क्रुर झरी

Badaldevi, Chamling, वादलदेवि चाम्लिङ्ग, pallawa, पल्लव

वादलदेवि चाम्लिङ्ग

आकाशमा ठूलो चाल्नी रहेछ
लामा लामा केश राशी झै बनेर
चाल्नीवाट पानी झरीरह्यो ।
भीर, पहरा, खोला, भञ्ज्याङ
घरको छानो,विरुवाका पातहरु माथि ठोक्किएर
एउटा धून बजिरह्यो
जून धूनले
सप्पै वातावरण कज्यायो
र ऊ निक्कै बलियो बन्यो ।

 

Continue reading


मेरो देश नेपाल-म नेपाली

Badaldevi, Chamling, वादलदेवि चाम्लिङ्ग, pallawa, पल्लव

वादलदेवि चाम्लिङ्ग

दुषितअक्सिजनलिएर श्वास फेरेकै छु
धकफुकाएर
म नेपाली हुँ भनेर हाँस्नु हाँसेकै छु ।

क्षितिजलाईनिहुर्याएर लज्जालु झार झै वनाउने
आकाशलाई घोप्टिएरधर्ति हे{न लगाउने झरना
मेरो देशमा छ
तर यो भिक्टोरिया फल्स हो भन्दै मैले पढ्नु पर्छ
विद्यार्थीलाई पनि सहि हो हैभन्नु पर्छ
नत्र परिक्षामा फेल होईन्छ
सिमापारीवाट रेफ्रीले हरियो झण्डा उठाउँछ
म उठ्नु पर्छ
फेरी उसले रातो झण्डा उठाउँछ
म ढल्नु पर्छ
आफ्नै वलवुतोको फल टिपौ है भन्यो
यसरी यो अलिनो किन हुन्छ ?
नवँाच्नु पर्ने म वाँचेकै छु ।

 

Continue reading


गजल

Indira, Chamling, इन्दिरा चाम्लिङ, pallawa, पल्लव

इन्दिरा चाम्लिङ

(रेमिट्यान्सको जाम)
मरुभूमी देशमा गर्मी याम छ आजकल
बेचिएको तालुमा चर्को घाम छ आजकल ।

गल्लीमा हल्लिने भुस्याहाहरुको भुक्ने हैन
मन्त्रीगणको भागवन्डामा लाम छ आजकल ।

धार्नी, बिसौली सस्तै भाउमा मान्छे बेच्ने
अन्तराष्ट्रीय व्यापारीको काम छ आजकल ।

 

Continue reading


इन्दिरा चाम्लिङका केही मुक्तकहरूः

Indira, Chamling, इन्दिरा चाम्लिङ, pallawa, पल्लव

इन्दिरा चाम्लिङ

मेरो बस्ती
त्यहाँ एउटा सिटामल, एउटा मलम नपाइने बस्ती छ
रोग, शोक र भोक ग्रस्त मेरी अकेली आमा कस्ती छ ?
कतै मझेरीमा आगो नबाली, कोही अकाल मृत्यु मर्दा
कसैकसैको त्यही स्वर्ग छ कसैकसैको त्यही मस्ती छ ।

लुटेरा
स्वार्थको नौटंकी भंगालो छुट्छौ कति ?
मकैभटमास सरी निमुखा भुट्छौ कति ?
कहिले हार्ने त कहिले जित्ने बहानामा
मेरो पुर्खाले आर्जेको राज्य लुट्छौ कति ??

 

Continue reading


बहरबद्ध गजल

Bishnunanda, चाम्लिङ, chamling

बिष्णुनन्द चाम्लिङ

बिहानी उषामा हिमालै खुलेको ।।
पखेरी ढपक्कै चिमालै फुलेको ।।

फुलेरै चमेली खुलेको बगैँचा,
सुगन्धी पवन्मा भमारा भुलेको ।

Continue reading


त्यै बगाईमा हराउँ भन्छ लाली योवन पनि

Khusenicho, indra, Chamling

खुशेनिछो चाम्लिङ

नदी जस्तै बगौं भन्छ कस्तो यो मन पनि
त्यै बगाईमा हराउँ भन्छ लाली योवन पनि

कै’ले एक्लै किनारामा कै’ले भंगालोमा
उर्लिएका छालहरुलाई बाँधी अँगालोमा
झर्ना जस्तै झरौं भन्छ कस्तो यो मन पनि
त्यै झराईमा रमाउँ भन्छ लाली योवन पनि

नदी जस्तै बगौं भन्छ ……

Continue reading


सम्झनाका माला उन्दै थरी थरीका

Khusenicho, indra, Chamling

खुसेनिछो इन्द्रा चाक्लिङ

उँ बेशी गर्दै छु म तिमी अमेरिका
सम्झनाका माला उन्दै थरी थरीका

झुल्के घाम त्यहाँ पर्दा यहाँ साँझ ढल्छ
तिम्रो यादले मुटू झनै आगो सरी बल्छ
जूनलाई खबर पठा’की छु मन भरीका
सम्झनाका माला उन्दै थरी थरीका

Continue reading


जानी जानी आफैंलाई ढाँट्नु पर्‍यो मैले

Khusenicho, indra, Chamling

खुशेनिछो इन्द्रा चाम्लिंग

संझनामा एक्लो जीवन काट्नु पर्‍यो मैले
जानी जानी आफैंलाई ढाँट्नु पर्‍यो मैले

खुसीहरु फूल्दै थिए मनका उकालीमा
आफ्नै छाँया छुटेपछि झरेँ ओरालीमा
कल्पनामै बाँकी जीवन बाँच्नु पर्‍यो मैले
जानी जानी आफैंलाई ढाँट्नु पर्‍यो मैले

Continue reading


गजल

 

Kiran Chamling Rai

किरण चाम्लिङ्ग र्राई


 कुन्नि कैले पुरा हुने नेताजी को बोली यहाँ
पानी भन्दा सस्तो भयो रगतको खोली यहाँ ।

आफु आफै किन लड्यौ मर्नेएउटै सन्तान
वर्षाबनी झरिराछ दुइतिरको गोली यहाँ ।

 Continue reading


गजल

खुशेनिछो चाम्लिङ

तिम्रो मेरो कल्पनाको बातै मीठो मीठो
अदृश्य र अदभुतको साथै मीठो मीठो

न भेट्नु छ न देख्नु छ बिम्ब छल्किएरै
मायाँ अनि सम्झनाको जातै मीठो मीठो

Continue reading


गजल

खुशे चामलिंग

कथा-व्यथा धेरै कहयौ नाइँ अब सुन्दीन म
तिमी संग माया लाउने सपनाहरु बुन्दीन म

जति जोगी आए पनि कानै चिर्या हुदो रैछ
जान्छौ भने जाउ अब तिम्रो बाटो थुन्दीन म
Continue reading


बैनुनीको सम्झनाले

बिष्णुनन्द चाम्लिङ

बैगुनीको सम्झनाले नयन ताल छल्किएको
धेरै भयो शीत झर्दै परेलीमा टल्किएको

खेल खेल्यौ छाँती मैदान सुम्पिएथेँ तिमीलाई
धड्कि रहने मुटु मेरो सम्झिएथेँ तिमीलाई
पोल्छ छाती एकैनासे ननिभ्ने भो सल्किएको
धेरै भयो शीत झर्दै परेलीमा टल्किएको
बैगुनीको सम्झनाले …

Continue reading


गजल

बिष्णुनन्द चाम्लिङ

प्यासीलाई प्यास मेट्ने कुवा भएँ अहिले ।
बेठेगाना उडिरने भूवा भएँ अहिले ।

मनै फाटे सिलाउँने थिएँ सियो धागो ,
सलेदो झैँ जल्नु पर्ने रुवा भएँ अहिले ।
Continue reading


गजल

बिष्णुनन्द चाम्लिङ

सोधेँ प्रश्न सभासदलाई महाकालीको खबर ।
सुनाउँन थाल्यो उसले कान्छीसालीको खबर ।

घुसतन्त्रले देशको रङ्ग,उजाडियो नि भने,
सुनाउँन थाल्यो उसले दल्नेलालीको खबर।

Continue reading


मेरो सानो ढोल र शिली

बिष्णुनन्द चाम्लिङ

बैसाके पूर्णे र मंसिरे पूर्णे – यो समयले माझकिरातको गाउँघरमा अथवा किरात राईहरुको बस्तीतिर सालै पिछे हर्षोल्लाष र उमङ्ग लिएर आउने गर्छ । बनपाखा, खेतबारीका बोटबिरुवाहरुले पालुवा फेरिसकेका हुन्छन् । चराचुरुङ्गीहरुले भाषा फेर्नथालिसकेका हुन्छन्। घर वरिपरीका बारीभरि लहलह मकै उम्रिसकेको हुन्छ ।  नौ सिङ्गे भाले आगन घुर्यान अनि गाईगोठ र सुँगुरको खोरको धुरीधुरी चढेर पखेटा भ्याट्भ्याट्गर्दै कुकुरी काँ…गरेर बास्दै गरेका हुन्छन् । पोथी भने आफ्नो चल्लाहरुलाई खानेकुरा खेजेर खुवाउँदै हैरान हुन्छे, तै पनि भाले बासेको सुनेर कोरकोर गर्दै, भालेतिर मुन्टो घुमाउँन भने छोडि्दन ।  बडो चलाखी साथ रहनु उसको कर्तब्य हुन्छ ।  किन कि त्यो हरियो मकै बारी भित्रबाट लुकेर स्याल/बनबिरालोले र आकाशबाट बकुलो/बेसाराले आफू र आफ्ना बथानलाई आक्रमण गर्दै त छैन भनेर ।  पोथीले मात्र होइन भालेले पनि आग्लो ठाउँमा चढेर वरपर हेर्ने गर्छ ।  यदि केही नौलो अथवा खतरा देखेमा आफ्नो बथानलाई थाहादिन कोकोक्याक गर्दै कराउँने गदर्छन् ।

Continue reading


मुक्तकमा सवाल र जवाफ

बिष्णुनन्द चाम्लिङ

सीता सुबेदी’प्रकृति’
खुशी खोज्न वसन्तमा, आएको ‘नि धेरै भयो।
जवानीले रङ्ग फेर्न, चाहेको ‘नि धेरै भयो।
तिमी भने मेरो माया, बुझ्ने चाह मारिरह्यौ,
मनमनै संगाली प्रीत, लाएको ‘नि धेरै भयो।

बिष्णुनन्द चाम्लिङ्ग
गुलाबी त्यो गाला जस्तै सारा प्रहर रङ्गिएला  ‎
वसन्तको पालुवा झैँ तिम्रो रहर रङ्गिएला ।
तिम्रासारा सपनाको साकार हुँने बाटो रोज,
संगालेको पिरतीले अब पत्झर रङ्गिएला ।
Continue reading


गजल

बिष्णुनन्द चाम्लिङ

पाइलैपिच्छे लडे पनि हिँड्न भने सिकेकै छु ।    
बिपनीमा हारे पनि सपनीमा जीतेकै छु ।

हातै रित्तो काँधै रित्तो जोरकोदाली खने पनि,
एकै मूठ्ठी खान सधैँ पसिनाले भिजेकै छु ।

Continue reading


गजल

बिष्णुनन्द चाम्लिङ

तिम्रो आँशु मैले पुछेँ मेरो पुछ्ने कोही छैन ।
तिम्रो पीर मैले बुझेँ मेरो बुझ्ने कोही छैन ।

आफू दुःख्दै भए पनि तिम्रो दिलमा खुशी छरेँ,
तिम्रो निम्ति उठे सबै मेरो उठ्ने कोही छैन ।

Continue reading