हिक्मत (प्रेम) बुढाथोकी का सात मुक्तकहरूः

Prem, Budhathoki, प्रेम बूढाथोकी, pallawa, पल्लव

प्रेम बूढाथोकी

मनमा सधै यस्तो एउटा चित्र भएपछि।
मन्दिर जानु पर्दैन मन पबित्र भएपछि॥
जोगाइ सधै हिन्दु संस्कार पर्मपरालाई।
बा’आमा नै मेरो भगवान मन भित्र भएपछि॥

अरूको रचना चोर्ने कहिल्यै माथी हुदैन।
त्यो मान्छे असल कहिल्यै साथी हुदैन॥
बिस्वास गरे मैले हेर घात गर्यो अस्ले।
मानो हो त्यो हेर कहिल्यै पाथी हुदैन॥

 

Continue reading


हिक्मत बुढाथोकी ‘प्रेम’ का बाह्र मुक्तकहरूः

Prem, Budhathoki, प्रेम बूढाथोकी, pallawa, पल्लव

प्रेम बूढाथोकी

परदेशमा..सधै नै अभाब हुने गर्छ।
एउटै कुराको सधै नै दबाब हुने गर्छ॥
हेर जति गर्दा पनि कहिले नसकिने।
यो कामको सधै नै लगाब हुने गर्छ॥

पैसा नै रहेछ मान्छेलाई टाढा बनाउने।
पैसा नै रहेछ मान्छेलाई गाढा बनाउने॥
हेर..पैसा नै बन्दैछ अब मान्छेको दुश्मन।
पैसा नै रहेछ मान्छेलाई छाडा बनाउने॥

 

Continue reading


प्रेम बुढाथोकीका केही मुक्तकहरूः

Prem, Budhathoki, प्रेम बूढाथोकी, pallawa, पल्लव

प्रेम बूढाथोकी

भेट्छु भनी किन तिम्ले कुराएर आइनौ।
अनेक कुरा किन तिम्ले फुराएर आइनौ॥
तिमी आउने बाटो हेरी रहे साँझ हुँदासम्म।
आउछु भनी किन साइत तिम्ले जुराएर आइनौ॥

मेरै मात्रै सबै गल्ती तिम्ले किन ठानेर गयौ।
मैले माया गर्दा पनि अर्कै किन तानेर गयौ॥
जति माया गर्दापनि तिम्ले बिस्वास गरेनौ मलाई ।
आज मलाई छोडी तिम्ले अर्कै किन छानेर गयौ॥

 

Continue reading


खै म कसरी हाँसु..?

Prem, Budhathoki, प्रेम बूढाथोकी, pallawa, पल्लव

प्रेम बूढाथोकी

खै म कसरी हाँसु..?
आँशुले नारीको सौगात
यौवनमा पुछिएको बेला।
लाला वालाहरुको सहारा
किशोर मै लुटिएको बेला॥
खै म कसरी हाँसु..?

रुकुम रक्ताम्य भएको बेला।
सल्यानमा काख रितिएको बेला॥
भालुबाङमा जोवान खोसिएको बेला।
दाङमा साथी हराएको बेला॥
खै म कसोरी हाँसु..?

 

Continue reading


‘‘तिमी साहस बटुलेर उठ’’

Prem, Budhathoki, प्रेम बूढाथोकी, pallawa, पल्लव

प्रेम बूढाथोकी

चारैतिर बन्धनले धेरेको बेला
अन्याय र अत्याचारले
बस्ती ढाकेको बेला
रोग भोग र अशिक्षा बिरुध्द
यो विकृति मास्न
तिमी एकजुट भएर लाग
थिचोमिचो
पिजडा भित्र
भावशून्य आवाज
लाटो भई
थुनिएर के बाँच्नु
यो बन्धनको घेरा तोड्न
तिमी साहस बटुलेर उठ–

 

Continue reading


प्रेम बूढाथोकीका केही मुक्तकहरूः

Prem, Budhathoki, प्रेम बूढाथोकी, pallawa, पल्लव

प्रेम बूढाथोकी

बचाउ बचाउ मलाई भन्दै सधै कराउने भइन आमा।
थाहा छैन सधै किन सपनीमा डराउने भइन आमा।
जुन दिन देखि नेताले देशलाई भाग बन्डागरी टुक्राय।
त्यही दिन देखि सधै किन डराउने भइन आमा॥

सबै जाति भाषा भेषलाई गोड्न सकियो भने।
हिमाल पहाड तराईलाई जोड्न सकियो भने॥
केही पूर्व पश्चिम भएर बस्नु पर्ने छैन।
एकतामा सबै मिलाई जोड्न सकियो भने॥

 

Continue reading


सिन्धुलियन डॉफेका केही मुक्तक

Birat, Budhathoki, Sindhuliya, Danfe,  सिन्धुलियन डॉफे, pallawa, पल्लव

सिन्धुलियन डॉफे

एउटै कुरा लगातार सोधिराछु तिम्लार्इ
यो दिल दुख्या उपचार सोधिराछु तिम्लार्इ
कैलेसम्म भाका राख्दै पर्खाउँछौ भनिदेऊ
के गर्छौ र मलार्इ प्यार सोधिराछु तिम्लार्इ ।

जिस्काएर सोल्टिनि ज्यु भने के भन्छौ ?
रातो गुलाफ टिपी लिउ भने के भन्छौ ?
म तिमीलार्इ कत्ति मन पराउँछु साच्चै हो
मनै देखिन आर्इ लव यु भने के भन्छौ ?

 

Continue reading


बहरबद्ध गजल

 

Jeeva, Raj, Budhathoki, जीवराज बुढाथोकी, pallawa, पल्लव

जीवराज बुढाथोकी

नेपाली म नेपालकै माया लाग्छ ।
राम्रो भेष उस्तै मिठो भाषा लाग्छ ।

पर्बत ताल, खोला नदी आफ्नै जाति,
डाँडा फाँट थुम्का सबै खासा लाग्छ ।

धेरै जात आफ्नै प्रथा आफ्नै रीति,
साझा गीत साझै मिठो भाका लाग्छ।

 

Continue reading


बहरबद्ध गजल

Jeeva, Raj, Budhathoki, जीवराज बुढाथोकी, pallawa, पल्लव

जीवराज बुढाथोकी

भन्नु थियो भन्नलार्इ भने भैगो ।
जानु थियो आफ्नु बाटो गए भैगो ।

जान्छ के नै मर्छ मान्छे तरी आँखै,
बाँच्नलार्इ एक मुठ्ठी बचे भैगो ।

ज्यान फाली गर्नु के नै कुमार्गी भै,
ढुक्क संगै मात्र चुल्हो बले भैगो ।

 

Continue reading


बहरबद्ध गजल

Jeeva, Raj, Budhathoki, जीवराज बुढाथोकी, pallawa, पल्लव

जीवराज बुढाथोकी

पोख्न थालें मन्का कुरा उम्केर गै ।
छेक्न थालें बाटो जसै झम्टेर गै ।
.
लोभलाग्दा आँखा थिए सेता लुगा,
कम्मरै त्यो मर्काउँदै भागेर गै ।

केश कालो मुस्कान त्यो चन्द्रै सरी,
मोहनीको धप्पै दियो बालेर गै ।

 

Continue reading


बहरबद्ध गजल

Jeeva, Raj, Budhathoki, जीवराज बुढाथोकी, pallawa, पल्लव

जीवराज बुढाथोकी

भन्ने कुरा छन धेर खै, के पोखौं म ।
सुन्ने न भै त्यस्तो कतै, के पोखौं म ।

टाढै भए मुग्लानिया, छोरा नाति,
पीडा रुँदै पर्देश गै के, पोखौं म ।

मर्नै परे कस्ले दिने, होला बत्ति,
तीता कथा भन्द्यौ न है, के पोखौं म ।

 

Continue reading


बहरबद्ध गजल

Jeeva, Raj, Budhathoki, जीवराज बुढाथोकी, pallawa, पल्लव

जीवराज बुढाथोकी

गरौं र के म सम्झना, मरेर गै सकेपछि ।
टिपौं र फूल आज ती? झरेर गै सकेपछि ।

कथा सरी छ सम्झना, किनारमै सुसाउने,
सुनाउँ के तिमी नदी, तरेर गै सकेपछि ।

गर्यौ कुरा हरेक दिन, रहेछ सम्झनै ठुलो,
अनर्थ भो नि नाटकै, गरेर गै सकेपछि ।

 

Continue reading


बह्रबद्ध गजल

Jeeva, Raj, Budhathoki, जीवराज बुढाथोकी, pallawa, पल्लव

जीवराज बुढाथोकी

कोहि गर्ने नक्कली त्यो, भेषमा बाचा नयाँ ।
कोहि रच्ने स्वांग उस्तै, देशकै राजा नयाँ ।

नर्तकी नाच्छे कसैको, भावभङ्गी चालमा,
गीत उस्तै ताल उस्तै, गाउँछन् भाका नयाँ ।

छैन चिन्ता एक केवल, खाउँ मैं आजीवनै,
डाडुपन्यू हात राख्ने, ती उनै पाखा नयाँ ।

 

Continue reading


बहरबद्ध गजल

Jeeva, Raj, Budhathoki, जीवराज बुढाथोकी, pallawa, पल्लव

जीवराज बुढाथोकी

नसोचेकै भयो, मैले हार्न खोजे ।
भयो हारेर के, बाधा टार्न खोजे ।

नजाने पन्थको, सोध्नै हुन्न बाटो,
त्यसैले आज चाहानै मार्न खोजे ।

मुखै खोली भएँ, छुच्चो भन्नु भन्दा,
थियो क्यै बाध्यता, बोली बार्न खोजें ।

 

Continue reading


बहरबद्ध गजल

Jeeva, Raj, Budhathoki, जीवराज बुढाथोकी, pallawa, पल्लव

जीवराज बुढाथोकी

कोहि गर्ने नक्कली त्यो, भेषमा बाचा नयाँ ।
कोहि रच्ने स्वांग उस्तै, देशकै राजा नयाँ ।

नर्तकी नाच्ने कसैको, भावभङ्गी चाल त्यो,
गीत अर्कै ताल अर्कै, गाउँछन् भाका नयाँ ।

छैन चिन्ता एक केवल, खाउँ मैं आजीवनै,
डाडुपन्यू हात राख्ने, ती उनै पाखा नयाँ ।

 

Continue reading


विडम्बना

Jeeva, Raj, Budhathoki, जीवराज बुढाथोकी, pallawa, पल्लव

जीवराज बुढाथोकी

कस्तो यो विडम्बना, कस्तो यो अनर्थ,
हुन्छ के–के जीन्दगीमा, के–के आइपर्छ ।।

दैवले न साथ दिन्छ, न सहयोग गर्छ,
चाहानाको फूल सधैं, हावा बिनै झर्छ ।।
न त हुन्छन् इच्छा पूरा, न विपत्ति टर्छ….
कस्तो यो विडम्बना……………………

 

Continue reading


बहरबद्ध गजल

Jeeva, Raj, Budhathoki, जीवराज बुढाथोकी, pallawa, पल्लव

जीवराज बुढाथोकी

म टाढा हुने त्यो, रहर नै थिएन ।
हुनेछौ तिमी नै, ठहर नै थिएन ।

नभेटे सुने क्यै कता पो हरायौ,
नअत्तो नपत्तो खबर नै थिएन ।
.
बुझे धेर मैले कुरा ती लुकेका,
तिमी भित्र मेरो कदर नै थिएन ।

 

Continue reading


बहरबद्ध गजल

Jeeva, Raj, Budhathoki, जीवराज बुढाथोकी, pallawa, पल्लव

जीवराज बुढाथोकी

रोग भै देशको, बेदना बर्षियो ।
मार्ग त्यो शान्तिको, गर्भमै अल्झियो ।

भावना ती अझै, जीवितै छन् तर,
हेर पासा कता, बिपरीत् फर्कियो ।

खोइ को सक्छ त्यो, भन्न केही अब,
बन्द नाका भर्इ, थोक सब् भाँडियो ।

 

Continue reading


बहरबद्ध गजल

Jeeva, Raj, Budhathoki, जीवराज बुढाथोकी, pallawa, पल्लव

जीवराज बुढाथोकी

सुन्दैन भन्दा कुनै, कस्तो जमाना हरे ।
गर्दैन धन्दा कुनै, कस्तो जमाना हरे ।

कंगाल बन्दै गए, जन्ता सबै हेर त्यो,
छोड्दैन चन्दा कुनै, कस्तो जमाना हरे ।

बाँच्नै न मर्नै सके, भन्दा कतै मर्छु क्वै,
खै काँ छ फन्दा कुनै, कस्तो जमाना हरे ।

 

Continue reading


बहरद्ध गजल

Jeeva, Raj, Budhathoki, जीवराज बुढाथोकी, pallawa, पल्लव

जीवराज बुढाथोकी

सुन्दरीको बातमा, यो जवानी ढल्कियो ।
छैन केही हातमा, यो जवानी ढल्कियो ।

सोचियो यस्तै त हो, जिन्दगानी आखिर,
भो नि मस्ती मातमा, यो जवानी ढल्कियो ।

आज आयो होस त्यो, गर्नु के खै बिग्रदा,
सम्झनाको खातमा, यो जवानी ढल्कियो ।

 

Continue reading