गजल

Dipak, Biwash, Aanshu, दिपक विश्वास ‘अाँसु‘, pallawa, पल्लव

दिपक विश्वास ‘अाँसु‘

उर्वशी नै भए पनि, भित्री मन खराब थियो,
तिखो वाणले घोचे जस्तो,उनले दिने जवाफ थियो।

मृग तृष्णा प्यासोवन,जवानीले मस्त थिईन,
हाई-हेल्लो मोवाईलमा,उनको बग्लै रवाफ थियो।

अर्धनग्न जिउडाल, अर्धनग्न शरीर उनको,
पश्चिमेली शैलीले,उनको छुट्टै प्रभाव थियो।

 

Continue reading


गजल

Dipak, Biwash, Aanshu, दिपक विश्वास ‘अाँसु‘, pallawa, पल्लव

दिपक विश्वास ‘अाँसु‘

वालिङ्को डाँडा पाखा, मिर्मी उनको गाउँ ।
हेर्दा सानी होची मोरी, पुष्षा उनको नाउँ।।

स्याङ्जा त झनै राम्रो, पुतली बजार संगै,
आँधीखोला भञ्ज्याङमा, बिसाउने पो ठाउँ ।

मन्द मस्कान सुस्तरी, मुसुक्क मेस्काई दिँदा,
म त भन्छु अलिक नजिक, वर-वर आउ?

 

Continue reading


विवशका तीन मुक्तक

Biwash, Pokharel,विवश पोखरेल,pallawa, पल्लव

,विवश पोखरेल

पीडा
कहिले आफूले साँचेको समय दुख्छ
कहिले आफू बाँचेको परिवेश दुख्छ
ईश्वर किन बनायौ दुखाउन कमजोर मुटु
उफ ! कहिले गाउँ दुख्छ, कहिले देश दुख्छ ।
देशदंश
एक हूल स्यालहरू सेतो ठुलो घरभित्र पसेछन्
पल्याकपुलुक हेर्दै रित्ता कुर्सीमाथि बसेछन्
खस्रो पीँधमा मलमलको धोती बिझाएछ क्यार
जुरुक्क उठ्दै सिङ्गै देशलाई डसेछन् ।

 

Continue reading


दाउरा

Biwash, Pokharel,विवश पोखरेल,pallawa, पल्लव

विवश पोखरेल

लघुकथा
घरमा कोही नभएका बेला बाहिर निस्कन लागेको नातिले विरामी हजुरबाको हातमा चाबीको झुप्पा दिदै भन्यो -हजुरबा, म दाउराको कुपन लिन जाँदैछु, यो चाबी आमा आएपछि दिनु होला है ।
-अनि कति दाउरा ल्याउछस बाबू ? हजुरबाले सोधनु भो ।
– एक क्विन्टल त दिन्छ हजुर बा सरकारले , त्यही भए पनि ल्याउनु पर्यो नि ! नातिले थप्यो ।
– अनि नाथे एक क्विन्टलले पुग्छ त ? तेरी हजुरआमालाई पोल्दा त चार क्विन्टल लागेको थियो । हजुर बा गम्भीर हुनु भयो । उहाँलाई लाग्यो, अहिलेको नाकाबन्दी, बन्द, हडतालले गर्दा छोराहरुले बाबुको अन्त्येष्टिका लागि समयमा नै आफूलाई चाहिने दाउराको जोहो गर्न लागे

 

Continue reading


ऊसँगको भेटमा…

Biwash, Pokharel,विवश पोखरेल,pallawa, पल्लव

विवश पोखरेल

व्यस्त सहरको एउटा कुनामा
अनायास भेटें उसलाई
मलाई देखेपछि एकाएक लजाई
एक छेउमा सियो राखेकी रहिछे
अर्का छेउमा–
चाइनिज ब्याट्री, ग्यास लाइटर
र केही चुरोट सलाई
सोधें ठूली, कसरी चल्दैछ जीवन
मुसुक्क हाँस्दै भनी उसले
जसरी चलिरहेको छ देश ।

 

Continue reading


विवश पोख्रेलका केही मुक्तकहरूः

Biwash, Pokharel,विवश पोखरेल,pallawa, पल्लव

विवश पोखरेल

तिम्रो सुन्दर रूप हेरेर कहिले रात लजाउँछ
तिम्रो अधरको मुस्कानसँगै प्रभात लजाउँछ
विन्ती † छाता फ्याँकेर यो झरीमा नरूझ्नु प्रिय
तिमीलाई देखेपछि झर्दाझर्दैको बर्सात लजाउँछ ।

अनागरिकको खल्तीमा सहजै नागरिकता भेटिन्छ
धर्मको विवादमा बाइबल, कुरान र गीता भेटिन्छ
हरे ! कति अभागी छौं हामी , कति निरीह छ देश
जहाँ सधैं, डराइरहेको बुद्ध र रोइरहेकी सीता भेटिन्छ ।

 

Continue reading