फेरियो जमाना

Bishnuhari, Poudel, विष्णुहि पौडेल, pallawa, पल्लव

विष्णुहि पौडेल

वामे सर्न सिकें लगाउँन जुर्यो भोटो ठुटे खद्दर ।
जुत्ता, चप्पल, जीन पाउनु कहाँ निर्धो थियो खप्पर ।
टीका,गाजल तीनतर्फ चुलठी लर्काउँथें फुर्किंदै ।
मेरो बाल दशा दिशा बदलियो फेर्दै प्रथा, हुर्किंदै ।।

गुच्चा किन्न थिएन दाम, म भुलें रिठ्ठा,मट्याङ्ग्रासित ।
सिक्थें बाह्रखरी किताब न कपी पाटी खरी नै ठिक ।
पीठाले नुन साटिने दिन थिए पैसा थियो दुर्लभ ।
चाँदी मो.रू. लुके र कागज बन्यो पैसा हलुङ्गो अब ।।

 

Continue reading


आदिकवि भानुको संझना

Bishnuhari, Poudel, विष्णुहि पौडेल, pallawa, पल्लव

विष्णुहि पौडेल

तिमी नेपालीका शिरमुकुट हौ आदिकवि हौ ।
सबै काव्यस्रष्टा अनुगृहित छन् प्रेय छवि हौ ।
तिमी झुल्केकाले कुसुमित भयो काव्य जगत ।
बनेका छौ आत्मा नश नश बगेको छ रगत ।।

धरै पाउन्नन् जो कवि नि नगरी भानु स्मरण ।
तिमी हौ उन्मेष स्रजक प्रतिभाका हृत-कण ।
छ जिब्रामा तिम्रो श्रुति मधुर रामायण कृति ।
सभक्ति त्यो व्याख्या विभव गुरु अध्यात्म प्रकृति ।।

 

Continue reading


क्यै हुन्छ यो देशमा ??

Bishnuhari, Poudel, विष्णुहि पौडेल, pallawa, पल्लव

विष्णुहि पौडेल

(समस्या-पूर्ति)
देखिन्छन् सपना मनोहर अहा लाग्छन् सबै सुन्दर ।
राजाले पनि शान्ति-क्षेत्र सपना देखे नि भो मत्थर ।
झुल्क्यो शासन लोकत्न्त्र जहिले बेसी र यो लेकमा ।
ठानें पुग्छ शहीद चाह सपना क्यै हुन्छ यो देशमा ।।

आफ्नो गाउँ स्वयं बनाउन भने धेरै गरें भामत ।
यो नेपाल नयाँ बनाउन भनी झिक्तै रहें ताकत ।
बाला त्यो सुनको झुलेन अहिले चाँदी चढ्यो केशमा ।
फुर्ती उच्च छ धैर्य धारण गरे क्यै हुन्छ यो देशमा ।।

 

Continue reading