विष्णु तिमिल्सिना का जोर गजलः

Bishnu, Timilsina, विष्णु तिमिल्सिना, pallawa, पल्लव

विष्णु तिमिल्सिना

गजल– १,
सल्बलियो पुरै तन भित्र कोही लुकेको छ
दिव्य नशा हतारिई चक्षुलाई ढुकेको छ ।

अदृश्य भै कैल्हेँ बोल्ने कैल्हेँ मनको घर कुर्ने
बिस्वासले भारी हुँदै शीर सदा झुकेको छ ।

छैन आफ्नो ताप तर उज्यालो त छर्छ चन्द्र
पूर्णिमाको जून जस्तै मनको चन्द्र फुकेको छ।

 

Continue reading


विष्णु तिमिल्सिना का तीन गजल

Bishnu, Timilsina, विष्णु तिमिल्सिना, pallawa, पल्लव

विष्णु तिमिल्सिना

गजल– १,
खोज्दिन भो लाखौंलाख सय भित्रै रमाउँला
संघर्षमा ज्युँन सकूँ भय भित्रै रमाउँला ।

हाँस्न खोज्ने ओठहरू कर्म गर्ने निधारमा
चाहिदैन अबीर जात्रा जय भित्रै रमाउँला ।

मादल झै निरन्तर मुटु हुन्छ ढुकढुक
गाऊ गीत पिरतीका लय भित्रै रमाउँला ।

 

Continue reading


गजल

Bishnu, Timilsina, विष्णु तिमिल्सिना, pallawa, पल्लव

विष्णु तिमिल्सिना

के भूल भो आज प्रीया रसाएको मात्र देख्छु
आँखा बाट तप्प आँसु खसाएको मात्र देख्छु।

बुद्ध जस्तै लाग्थ्यो तिमी शान्ति खोज्नु पर्दैनथ्यो
उत्तेजित बनी मुठ्ठी कसाएको मात्र देख्छु ।

नरम थ्यो वाणी तर कन्कालिनी बन्यौ किन
निकालेर अहंकार डसाएको मात्र देख्छु ।

 

Continue reading


गजल

Bishnu, Devkota, Tiwari, Usha, विष्णु देवकोटा (तिवारी) ‘उषा’ pallawa, पल्लव

विष्णु देवकोटा (तिवारी) ‘उषा’

निषेधित क्षेत्र भीत्र छिरेर गल्ति गर्यौ ।
जता मन लाग्यो उता हिडेर गल्ति गर्यौ ।

संसार स्वर्ग बन्छ मया प्रेम विश्वासले,
तेही विश्वास को गला चिरेर गल्ति गर्यौ ।

स्वाभिमानी शीर उठाइ जिउनु पो जिन्दगी,
अहमको खोक्रो झोला भिरेर गल्ति गर्यौ ।

 

Continue reading


‘अहमको पराकाष्ठा’

Bishnu,  Devkota, Tiwari, Usha,  विष्णु देवकोटा (तिवारी) ‘उषा’  pallawa, पल्लव

विष्णु  तिवारी ‘उषा’

मौनता लतपतिएको मुहारमा
एक्कासी मुस्कान जस्तै चमक ल्याउने
अभिनय गर भन्यो मैले गरें
जबर्जस्ती ठोसिएका
आगो जस्तै ताता वचनहरू
बारुदसँगै सल्कन नपाउँदै
एक्कासी मानसपटलमा
सहनशीला सुशीलाको बोक्रे तक्मा भिरायौ
मैले भिरे
तिम्रा कुकर्महरूको
पर्दा झुण्डिरहोस भन्ने हेतुले
बाध्यता र विवशताको चर्को झोल
अमृत सरह घुटकी लगाउँ भन्यौ–

 

Continue reading


“बदनीयत”

Bishnu, Tiwari, Usha, विष्णु तिवारी ‘उषा’, pallawa, पल्लव

विष्णु तिवारी ‘उषा’

बर्षातको मौसम चारैतिर बाढी-पहिरोले वातावरणलाई नै बिथोलिरहेको बेला हामी दुईलाई भने केहीले रोकेन। भन्छन् ‘जहाँ इच्छा त्यहाँ उपाय’। नयाँ दिल्लीबाट २८ घण्टाको लामो रेल यात्रा गरेर पुग्यौँ सुन्दर नगरी गोवा,जो क्षेत्रफलको हिसाबले भारतको सबै भन्दा सानो राज्य हो । समग्र दुनियाँमा गोवा आफ्नो प्राकृतिक सुन्दरताले भरिपूर्ण सामुन्द्रिक तटहरुले प्रसिद्ध मानिन्छ । गोवा पहिले पोर्चुगलको एउटा उपनिवेश थियो । पोर्तगालीहरूले लगभग ४५० वर्ष शासन गरे ।

 

Continue reading


मेरो माया तिमीलाई

bishnu, maya, bibhu, विष्णुमाया विभु, pallawa, पल्लव

विष्णुमाया विभु

तौलन मिल्ने भए मेरो माया तिमीलाई,
पृथ्वी भन्दा पनि बढी हुन्थ्यो होला !
देख्न मिल्ने भए मेरो प्रेम तिमीलाई,
आकाश भन्दा पनि फराकिलो हुन्थ्यो होला !

नाप्न मिल्ने भए मेरो श्रद्धा तिमीलाई,
नाइल नदी भन्दा पनि लामो हुन्थ्यो होला !
पगाल्न मिल्ने भए हिउँ झैँ मेरो विश्वास,
पग्लेर विश्वकै ठुलो ताल कैस्पियन नै बन्थ्यो होला !

 

Continue reading


हिन्दी ग़ज़ल

Bishnu,  Devkota, Tiwari, Usha,  विष्णु देवकोटा (तिवारी) ‘उषा’  pallawa, पल्लव

विष्णु देवकोटा (तिवारी) ‘उषा’

कहीं पर ठिकाना कहीं घर हमारा।
कहीं पर गुज़ारा मुक़द्दर हमारा।

कड़ी धूप में जो बढ़ी प्यास दिल की
लगा दूर हरदम समंदर हमारा।

बदी की चली ज़िक्र जब अंजुमन में
झुका जिल्लतों से रहा सर हमारा।

 

Continue reading


गजल

bishnu, maya, bibhu, विष्णुमाया विभु, pallawa, पल्लव

विष्णुमाया विभु

त्यो जुन यो घाम कसले बनायो आमा?
भगवान शिब राम कसले बनायो आमा?

मेचीदेखि महाकाली सम्मै हो भन्छन्!
यो देश यो गाम कसले बनायो आमा?

मर्ने हुन् कि हजुरआमा बाटैमा लौन!
यो बन्द यो जाम कसले बनायो आमा?

 

Continue reading


नर्बेमा १०९, औं लक्ष्मी जयन्ती तथा रचना वाचन कार्यक्रम सम्पन्न !!!

b=3b-7b-4,b-12

bishnu, maya, bibhu, विष्णुमाया विभु, pallawa, पल्लव

विष्णुमाया विभु

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नर्बे (अनेसास, नर्बे) को आयोजनामा नर्बेको राजधानी ओस्लोमा १०९औं लक्ष्मी जयन्ती तथा साहित्यिक रचना वाचन कार्यक्रम सम्पन्न गरिएको छ। महाकवि लक्ष्मी प्रसाद देवकोटाको फोटोमा माल्यार्पण गरी सुरु गरिएको सो कार्यक्रमको सञ्चालन संस्थाका उपाध्यक्ष खुम ढकालले गर्नु भएको थियो भने संस्थाका सदस्य विकल्प अधिकारीले कार्यक्रममा उपस्थित सम्पूर्णलाई स्वागत गर्नु भएको थियो। समाजकी अध्यक्ष बिष्णुमाया विभुको सभाध्यक्ष तथा नेपालबाट पाल्नु भएका काठमाडौँ युनिभर्सिटिका पी. एच. डी. शोधकर्ता तथा शान्ति र सुशासन संस्था (काठमाडौँ, नेपाल) का अध्यक्ष श्री देवेन्द्र प्रसाद अधिकारीको प्रमुख आतिथ्यमा सम्पन्न भयो ।

 

Continue reading


बिष्णुमाया बिभुका केही मुक्तक

bishnu, maya, bibhu, विष्णुमाया विभु, pallawa, पल्लव

विष्णुमाया विभु

मुत्तक: बत्तिमुनि अध्यारो
प्रदेशमा म रोएको घरमा कसलाई थाहा छ?
हराएको बटुवाको कर्म कसलाई थाहा छ?
पग्लिरहें बलिरहें उज्यालो म छरुँ भनी!
बत्तिमुनि अध्यारोको मर्म कसलाई थाहा छ?

मुत्तक: मनको रुमाल
माया बस्यो तराइमा क्याम्पसको पढाइमा
हुर्के बढें पहाडमा जन्मेकी म हिमालमा
बस्छु अहिले बिदेशमा मन मुटु छ स्वदेशमा
संगालेर सबको माया राख्छु मनको रुमालमा

 

Continue reading


तिहार विशेष गज़ल 

bishnu, maya, bibhu, विष्णुमाया विभु, pallawa, पल्लव

विष्णुमाया विभु

तिहार आयो सबै आए तिमी आइनौ बैनी!
यो साल पनि तिमीले छुट्टी पाईनौ बैनी?

घरमा कति बुहार्तन जागिर त्यसैमाथि!
तिहारका सेल पनि खायौ खाईनौ बैनी?

एक्लै नि गुन्गुनाउथ्यौ गाउँ बेसीका भाषा!
यसपाली देउसी भैलो गायौ गाईनौ बैनी ?

 

Continue reading


नर्बेमा पहिलो पटक मोती जयन्ती मनाइयो

21845773_1480885545293274_579795048_o21868472_1480890191959476_1001733262_o

bishnu, maya, bibhu, विष्णुमाया विभु, pallawa, पल्लव

विष्णुमाया विभु

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नर्वे (अनेसास, नर्वे) को आयोजनामा नर्वेको बोडोमा १५२ औं मोती जयन्ती तथा रचना वाचन कार्यक्रम सम्पन्न गरिएको छ।
आयोजकहरुले उत्तर युरोपियन देश नर्वेमा पहिलो पटक मोती जयन्ती मनाउँदै एक ऐतिहासिक कार्यक्रम गर्न सफल भएका हुन्।
युवाकवि मोतीराम भट्टको फोटोमा माल्यार्पण गरी सुरु गरिएको सो कार्यक्रमको सञ्चालन संस्थाका सचिब बरुण पौडेलले गरेका थिए भने संस्थाका सदस्य सुदिप क्रान्ति तिवारीले कार्यक्रममा उपस्थित सम्पूर्णलाई स्वागत गरेका थिए।

बाँकी समाचार तथा फोटोहरू हर्न तल Continue reading  लेखेको ठाउँमा क्लिक गर्नुहोस ।

Continue reading


‘संबुद्ध बुद्ध भवका रसिलो मुहार’

Bishnu, Prasad, Upadhyaya, विष्णुप्रसाद उपाध्याय, pallawa, पल्लव

विष्णुप्रसाद उपाध्याय

बुद्ध पूर्णिमाको उपलक्ष्यमा
हे! राष्ट्र देव करुणामय बुद्ध रूप।
नेपाल का जनमुहार कृपा स्वरूप।
अध्यत्मवाद जतिको गर है सुधार।
संबुद्ध बुद्ध भवका रसिलो मुहार।।

श्रीविष्णुको जगतमा नवमावतार।
हे शान्तिका पथ समुन्नत राष्ट्र धार।
यो विश्वले हजुरको कति गर्छ ध्यान।
जन्म्यौ जतातिर हरे रति छैन मान।।

 

Continue reading


नेपाल वन्दना

Bishnu, Prasad, Upadhyaya, विष्णुप्रसाद उपाध्याय, pallawa, पल्लव

विष्णुप्रसाद उपाध्याय

झर्ना झर्झर झर्छ शैल चुचुरा पग्लेर स्वच्छन्दमा।
लाली चाँप विभिन्न फूल रमिता देखिन्छ नेपालमा।
डाँफे भुर्र उडी हिमाल पहरा खेल्दैछ आकाशमा।
लुक्दै बादल भित्र खेल्छ कुहिरो सानन्द नेपालमा।।

पानी औषधितुल्य रूप रँगको हेमाद्रिका मार्गको।
आफ्नै भाव र भेषमा सु-रसिलो उद्यान नेपालको ।
चोली टम्म कसे जवान युवती गौरी उमा पार्वती।
दौरामा संझिने किशोर गतिला नेपालका सन्तती।।

 

Continue reading


अचम्मको सञ्जीवनी

Bishnu, Prasad, Upadhyaya, विष्णुप्रसाद उपाध्याय, pallawa, पल्लव

विष्णुप्रसाद उपाध्याय

मुर्छा लक्ष्मण देशमा कति भए खै काँछ सञ्जीवनी।
छोरी रावण हस्त अर्पणगरी खाँदैछ सञ्जीवनी ।
शत्ता शक्ति समाजमा र घरमा प्यारोछ सञ्जीवनी ।
निस्क्यो प्राण समुद्रको कति मरे खाएर सञ्जीवनी।।

आफ्नो नैतिकता विगार्छ कतिले सम्झेर सञ्जीवनी।
केहो काम अचम्म लाग्छ मनमा के गर्छ सञ्जीवनी ।
मार्थे देव मिलेर दानवहरू पाएर सञ्जीवनी ।
निस्क्यो दानवको प्रयाशवलले त्यै होत सञ्जीवनी ।।

 

Continue reading


‘पराधीनताको अनन्त शृङ्खला’

Bishnu, Neupane, विष्णु न्यौपाने, pallawa, पल्लव

विष्णु न्यौपाने

पहाडी भेगमा यौटा गाउँ थियो घमाइलो
साधना सबको एकै भावना थ्यो रमाइलो
धर्म,जात कुनै थ्येनन् उच्च नीच कुनैपनि
थ्येनन् ठूला कुनै साना धनी वा गरिबै पनि ।

अदृश्य शक्ति उब्जेर वैरीले लिइ आसन
उराल्यो निमुखा बस्ती भाँड्यो सारा कुनाकुना
एकता छिन्न भिन्नै भो आगो बल्यो अशान्तिको
खण्डखण्ड भयो गाउँ झुण्ड झुण्ड समाज भो ।

 

Continue reading


तिम्रो नैतिकता

Bishnu, Prasad, Upadhyaya, विष्णुप्रसाद उपाध्याय, pallawa, पल्लव

विष्णुप्रसाद उपाध्याय

बेचे मानिसले विचार नगरी ती वीरको आर्जन।
ऐले खोज्छ हिसाब मानिसहरू ती वीरको सिर्जन।
पुर्खाको इतिहास मासिन गयो ज्युदै गरे तर्पण।
हेर्दै दृश्य अदृश्य मानिस मरे अज्ञात भै कारण।।

आमाका तनको लुछेर कपडा बेच्दै छ चोली पनि।
बण्डा भाग लगाउने रहरले दासत्व पार्छौं भनि।
तोड्दा देश हुने छ उन्नत कहाँ चोक्टा र लाम्टा गरि।
गिद्धैको अधिकार हुन्छ अनि लौ बस्छौ कता के गरि।।

 

Continue reading


अचम्मको सञ्जीवनी

Bishnu, Prasad, Upadhyaya, विष्णुप्रसाद उपाध्याय, pallawa, पल्लव

विष्णुप्रसाद उपाध्याय

मुर्छा लक्ष्मण देशमा कति भए खै काँछ सञ्जीवनी।
छोरी रावण हस्त अर्पणगरी खाँदैछ सञ्जीवनी ।
शत्ता शक्ति समाजमा र घरमा प्यारोछ सञ्जीवनी ।
निस्क्यो प्राण समुद्रको कति मरे खाएर सञ्जीवनी।।

आफ्नो नैतिकता विगार्छ कतिले सम्झेर सञ्जीवनी।
केहो काम अचम्म लाग्छ मनमा के गर्छ सञ्जीवनी ।
मार्थे देव मिलेर दानवहरू पाएर सञ्जीवनी ।
निस्क्यो दानवको प्रयाशवलले त्यै होत सञ्जीवनी ।।

 

Continue reading


साना छोरीहरू

Bishnu, Neupane, विष्णु न्यौपाने, pallawa, पल्लव

विष्णु न्यौपाने

हमेसा ध्यानले उस्तै, विहेको खेल खेल्दछन् ।
बेहुला बेहुली बन्दै, श्रृङ्गार गर्न थाल्दछन् ।।
ओढेर लाजको घुम्टो, निहुरी शान्त झैं बनी ।
म बने बेहुली भन्छिन्, तिमी हौ बेहुला भनी ।।

मट्टीको जलको जोहो, फूलको फलको पनि ।
अनेकौं राख्तछन् नाम, शब्दका ज्ञानका धनी ।।
बनाई यज्ञको कुण्ड, गाँठो लगनको कसी ।
घुम्दछन् सात फेरा नै जग्गेका नामले पुजी ।।

 

Continue reading