जीतेर खेल हो की , या हारमा रमायो ।
झारेर आँशु थोपा ,आधारमा रमायो ।
लाचार नै छु थाहा ,होला यहाँ सबै लाई ।
आफ्नो त खानदान नै, ओढारमा रमायो।।
आफै उ मुर्ख ठान्ने , गुण्डा गरेर हिड्ने ।
त्यागेर मूर्खतालाई , लौ प्यारमा रमायो।।
जीतेर खेल हो की , या हारमा रमायो ।
झारेर आँशु थोपा ,आधारमा रमायो ।
लाचार नै छु थाहा ,होला यहाँ सबै लाई ।
आफ्नो त खानदान नै, ओढारमा रमायो।।
आफै उ मुर्ख ठान्ने , गुण्डा गरेर हिड्ने ।
त्यागेर मूर्खतालाई , लौ प्यारमा रमायो।।
निशामा तिमीछौ, उशामा तिमीछौ ।
रचेको छु मैले , कथामा तिमीछौ ।
सबैको छ खानी , तिमीमा अनौठो ।
त्यसैले अगाडी , कलामा तिमीछौ ।।
चुसेरै सकाए , अमीलो नमानी ।
अघाएछु मीठो ,पनामा तिमी छौ ।।
जलायौ नहेरी, बधाई छ माया।
दुखीको कटेरी ,बधाई छ माया।
हुने भो तिमीले , भने झैं मलाई ।
छ मनमा खडेरी, बधाई छ माया।।
निभाई दिएछौ , दियो नी फुकेरै ।
बनायौ अधेरी , बधाई छ माया ।।
चड्नु धेरै थिए ,खुड्किला जो थिएI
रोकिए साथमा ,पाइला जो थिए I
रूनु पर्ने त हो ,जिन्दगी देखि म I
लाजको पो थिए ,मामिला जो थिएII
छैन माफी दिने ,त्यो कठै बागले I
बोट बाटै लयौ ,कोपिला जो थिएII
मुटू को कुनामा, दखल हुन्छ हुन्नI
बनाएर राखे , पसल हुन्छ हुन्न I
म सोचेर हैरान भा’को छु प्यारीI
जगत यो सधै नै ,अटल हुन्छ हुन्नII
गरे काम मैले ,तिमीले भने झैँI
मलाई छ शंका,सफल हुन्छ हुन्नII
जूनको साथमा,काग पो देखियोI
जूनमा हेर लौ ,दाग पो देखियो I
एउटै भो कमी ,सानुको रुपमा I
चादँनी झै मुहार,माग पो देखियो I
खै सबै लोपभो,भन्छ मान्छे हरू I
आज आखाँ वरि,बाघ पो देखियो II
जून तारा झरे,आव्हानमा तिम्रो!
रोशनी नै छरे,सम्मानमा तिम्रो!
भो मलाई यती,,,माया नदिए है!
घात हुन्छ सधै,खान्दानमा तिम्रो!!
बात लाएर छोडि छौ भयो मेरो!
हात छोएछु नी,अन्जानमा तिम्रो!!
तिमिले मागे मुटु झिकि दिने सोचमा छु!
सधैका लागि ज्यान सुप्पिने सोचमा छु!
जति पिडा पनि सहेर,बसि दिउला बरु !
तिम्रा हरेक दुखमा, उभिने सोचमा छु!!
जिन्दगीमा माया ,दया पाईएन कसैको!
त्यसैले अब देखि,बिर्सिने सोचमा छु!!
के हुदै होला यो ,चमत्कार जस्तो ।
जून झर्नै अाटे,नि लाचार जस्तो ।
हेर प्यारी तिम्रो ,कुरा छोड भो यो ।
लाग्न थाल्यो सारा,ति तरवार जस्तो।।
चोर डाकाँ अाफै ,थियो गाउँ घरको ।
बन्छ बोलीमा त्यो ,समझ्दार जस्तो ।।
जून तारा झरे,आव्हानमा तिम्रो!
रोशनी नै छरे,सम्मानमा तिम्रो!
भो मलाई यती,,,माया नदिए है!
घात हुन्छ सधै,खान्दानमा तिम्रो!!
बात लाएर छोडि छौ भयो मेरो!
हात छोएछु नी,अन्जानमा तिम्रो!!
कठै यो नदेखाउ,उन्माद तिम्रो ।
र मैले बनाको हुँ ,अाजाद तिम्रो ।
रिसाएर बोल्छौ,गरुँ के त मैले ।
त्यहीँ नै त होला र,संवाद तिम्रो ।।
छु टाढा बिरानो,छ ठाउँ सधै यो ।
न बिर्सेर जाने,भयो याद तिम्रो ।।
गलामा लगाए, हिरा हो सबैको ।
नपाए पछि त्यो ,किरा हो सबैको ।
अनेकौं थरीका ,मसाला नखोजे ।
मसाला भरीमा ,जिरा हो सबैको ।।
मुटूमा रगत त्यो ,पुराएर राख्ने ।
सबैको प्रणाली,सिरा हो सबैको ।।
छोड भो सारा तिनी, राजधानीका कुरा!
था,छ हामीलाई ती, शीत पानीको कुरा!
भोक भोकै बस्छु के खाउँ के लाउँ यहॉ !
के सुनाउ यो झिनो, जिन्दगानीको कुरा!!
पागलै भा थे कुनै, दीन मायॉमा म नी!
आज फेरी याद आयो, जवानीको कुरा!!
तिमीले रचेको कहानी हरायो ।
पिरैले त होला जवानी हरायो।
पियारी यता आउ खोजौ मिलेरै ।
तिमीले दिएको निशानी हरायो ।।
अनौठो नमानेर के मानु साथी ।
सधैंको सुनौलो बिहानी हरायो।।
जात नै बैगुनी यार मायालुको ।
खेप्नु पर्ने सबै भार मायालुको।
मान ईज्जत् अती चाहिने साथमा।
के गरी लागु भो पार मायालुको।।
हेर के को कमीले रिसा बेसरी ।
देख्छु आखा पनी चार मायालुको ।।
फूल रोप्ने भने चाहना मात्र भो ।
त्यो बगैंचा पनी सम्झना मात्र भो।
जानलाई कती अातुरी मन थियो ।
प्रेमको गाउँमा कल्पना मात्र भो ।।
लाख बत्ती जलाएर के पाउँछौ ।
धर्म माने यहाँ यातना मात्र भो ।।
यो कुन बिष हाल्यौ भगवान् तिमिले ।
मानव जाती ढाल्यौ भगवान् तिमिले ।
पत्थरहरु थिए धरहरामा भित्र पनी ।
विना अागो नै गाल्यौ भगवान् तिमिले ।।
दुश्मन सोचेर मार्नु थियोे भने अाज ।
सानामा किन पाल्यौ भगवान् तिमिले।।
छोड भो सारा तिनी,राजधानीका कुरा!
था,छ हामीलाई ती,शीत पानीको कुरा!
भोक भोकै बस्छु के खाउँ के लाउँ यहॉ!
के सुनाउ यो झिनो,जिन्दगानीको कुरा!!
पागलै भा थे कुनै,दीन मायॉमा म नी!
आज फेरी याद आयो,जवानीको कुरा!!
बढेको छ माया, नधानी नफाले !
बनाएर प्रेमी जवानी नफाले !
कसैका हुँदैनन् परानी सँगैमा !
पुरानो पनाको, मदानी नफाले !!
सजाएर राखे, सधैं याद हुन्थ्यो !
निशानी जलेको, खरानी नफाले !!
तेह्रथुम सुदुर पूर्वमा पर्ने एक सुन्दर एवम् मनोरम पहाडी जिल्ला हो । शैक्षिक तथा राजनैतिक हिसावले अगाडि देखिदै आएको यो जिल्ला सहित्यिक क्षेत्रमा पनि उतिकै अग्रणी जिल्लाको रुपमा परिचित रहँदै आएको छ । साहित्यका सवैखाले विधामा केन्द्रसंग कुममा कुम जोड्दै आएको यो जिल्ला गजल विधामा पनि त्यति पछि देखिदैन । अन्य जिल्लालाई पछि पार्दै अगाडि वढि रहेको छ । दशौ शताब्दीमा इरानी अन्धा कवि रौदकी (अबु अब्द अल्लाह सफर इब्न मुहम्बत)बाट जन्मिएको विश्वास गरिएको यो विधा वि.स.१९४०मा मोतीराम भट्ट (१९२३–१९५३)बाट नेपालमा भित्रिएको हो । मोतीराम भट्टबाट नेपाली माटोमा भित्रिएर झण्डै चारदशक जति सुशुप्त अवस्थामा रही वि.स.२०३६ सालपछि पुनः मौलाउने अवसर पाएको गजल विधाले तेह्रथुम जिल्लामा भने आधिकारिक रुपमा वि.स.२०४६ साल पछि मात्र भित्रिने अवसर पाएको देखिन्छ । वि.स.२०४६ साल पछि भने यो विधा तेह्रथुम जिल्लामा निरन्तर रुपमा अघि वढिरहेको छ । यो जिल्लाको गजलको पछिल्लो अवस्था माथि दृष्टिगोचर गर्दा यस्तो निष्कर्षमा पुग्न सकिन्छ कि– आजको तेह्रथुमे गजल र यहाँको गजलकारिता फक्रदो अवस्थामा छ । फुल्दो अवस्थामा छ ।