“तिमी लाई गलानी हुँदा”

Shiva, Sharma, Birahi, शिब शर्मा "बिरही" , pallawa, पल्लव

शिब शर्मा “बिरही”

चासो राख्दछन दुष्टहरू कति
सध्य हैनन बिग्री सकेका मति
तछाड मछाड गरि कन अझै
लाग तिमी गराउँन लाई खती
जोसै दौड तिब्र लिएर गति
म डग्ने छैन अह!
म बिस्तारै मेरै गोरेटो
अनि दो बाटो हुँदै
हिड्छु
ता कि घृस्रन नपरोस किन
यात्रा फरक होस –

 

Continue reading


शिब शर्मा “बिरही”का एकजोर कविता

Shiva, Sharma, Birahi, शिब शर्मा "बिरही" , pallawa, पल्लव

शिब शर्मा “बिरही”

१) नारायणी
छाती फरकिलो पारि
सुसेली खेल्दै
तछाड मछाड गर्दै आफ्नै रफ्तारमा
बगि रहेको निर्मल जल
गन्तब्य कहाँ हो कुन्नि ?
आँतुर छ पुग्नलाई
चट्टान खियाउदै
धर्ती फुटाउँदै
छाल मारी
फेरि नफर्कने
यात्रामा
जब ठोकिन्छ –

 

Continue reading


शिब शर्मा “बिरही”का दूइटुक्रा

Shiva, Sharma, Birahi, शिब शर्मा "बिरही" , pallawa, पल्लव

शिब शर्मा “बिरही”

१) श्रीमती देखाउँछिन
चल्दैन हात पाखुरी उ आफैँ दिक्क छ
माम माग्दछ बाला उ आफैँ दिक्क छ
फरिया फाट्यो श्रीमती देखाउँछिन उसै
फलेन मझेरिमा चामल भन्दै उ दिक्क छ ।

चुलो चम्को मेला पात स्वस्नी गर्दै दिक्क छ
चौरासी ब्यंन्जन खोजेर लाठे दिक्क छ
जांगर न सागर खाने बेलामा आँ गर भने झै
ठूलो स्वरमा धक्कु लाई आझ उहीँ दिक्क छ ।

 

Continue reading


‘दरिद्र कुबेर’

Shiva, Sharma, Birahi, शिब शर्मा "बिरही" , pallawa, पल्लव

शिब शर्मा “बिरही”

हे! धनी कुबेर धनका, दरिद्र मनका
टिपेर कोदाका गेडा पाखामा!
दिदैनउ छैन रत्तिभर सेवा भावना
तर नजर नपरोस् दुष्टको अँखामा !!

धनै धनको सुपैतामा घमन्डी त्यो मनले
रोगी बृद्धा मगन्ते भिख माग्दै घरमा!
लौरो ताकी भोटे कुकुर फुकाई आदेश दिन्छ
कुलेलाम ठोक्छ बिचरा डरै डरमा !!

 

Continue reading


शिब शर्मा “बिरही” का दुइ कविता

Shiva, Sharma, Birahi, शिब शर्मा "बिरही" , pallawa, पल्लव

शिब शर्मा “बिरही”


बिवाहाको मौसम दुलही . . . (हाँस्य व्यंग्य कबिता)
मसक्क मस्की नहाँस चेली
डोलि चढेर जादैमा !
माइतीको गुन बिर्सनु हुन्न
आज पराईले लादैमा !!
जन्मेको घर खेलेझै हुन्न
पराईको आँगन !
एक चोईली भात थपि देउँ सासू
गाह्रो` हुनेछ मागन !!

घुम्टोले लाज छोपेकै जाति
संस्कृती यो हाम्रो !
त्यो सिउँदो ठाडो पारेको भन्दा
झुकेको झन राम्रो !!
Continue reading


देवका केही मुक्तकहरूः

Dev, Birahi, देव विरही, pallawa , पल्लव

देव विरही

त्यो दिन फिदा भए, देखेर म पनि ।
रहेछौं मेलिना सुमधुर, स्वरको धनि।
कुन नाम लिएर बोलाउ तिमिलाई,
आएछौ मलेसियामा अपसरा बनि।

नाम रहेछ हजुरको सम्झना लामिछाने ।
लोक दोहोरी गीत गाउन हजुरलाई माने ।
मान्छे हेर्दा कालि कालि जिउडाल मिलेको,
अरु भन्दा राम्री हुनाले आफैँ तिर ताने।

 

Continue reading


बहरबद्ध गजल

Dev, Birahi, देव विरही, pallawa , पल्लव

देव विरही

कस्तुरी बासना ,रातमा भेटियो ।
फूलमा भेटियो ,पातमा भेटियो ।।

जूनको के कुरा , हारको के कुरा।
रोशनी “सानुको”,हातमा भेटियो ।।

जोस तिम्रो थियो ,धेर मेरो कमै ।
त्यो सबै प्यारको ,मातमा भेटियो ।।

 

Continue reading


स्थार्इ

Dev, Birahi, देव विरही, pallawa , पल्लव

देव विरही

सिरानी भिज्छ, रुदै तिमीबाट टाढा हुदा ।
याद आउछ मन,थामिन्छ तस्वीर यो छुदा ।

दुख सुख जे भएनि, दुई छाक खाकोछु ।
तिम्रो नामको चुरा पोते,सिन्दुर लाकोछु ।
मुग्लान पठाए प्यारा ,गरीबीले च्यापेर ।
धन कमाई छिट्टै आउनु,होला बस्छु पर्खेर ।

 

Continue reading


पिरतिमा . . . स्थार्इ

Dev, Birahi, देव विरही, pallawa , पल्लव

देव विरही

फाटेपछी यो मनपनि,झुल हुदोरहेछ ।
पिरतिमा काँडापनी ,फुल हुदोरहेछ ।

जिन्दगीको साहारा,सोचि हात समाए ।
यो मुटुको ढुक्ढुकीमा,तिमिलाई बसाए ।
झुटो मायाले बेसरी ,आज रुवाई दियो ।
छोडि दिए अब गर्न ,तिम्रो चर्चा चियो ।

 

Continue reading


बहरबद्ध गजल

Dev, Birahi, देव विरही, pallawa , पल्लव

देव विरही

डुबाई नहरमा , मलाई तिमीले ।
नखोजे बगरमा , मलाई तिमीले ।

बसाएर दिलमा, बचनले नहान
नघोचे अधरमा ,मलाई तिमीले ।।

नशा लाग्छ तिम्रो,नयनको सधै त्यो ।
हिडायौ नि भरमा ,मलाई तिमिले।।

 

Continue reading


बहरबद्ध गजल

Dev, Birahi, देव विरही, pallawa , पल्लव

देव विरही

जमाएर डेराँ, बसेको छ दिलमाँ।
रमाएर कोही ,डसेको छ दिलमाँ।

दुखेको छ भन्दै ,अझै सोध्छ उस्ले ।
सियो झैं बनेर , पसेको छ दिलमाँ।।

म हेर्दै छु उस्को , नियालेर जात्राँ।
चलाएर जादू , फसेको छ दिलमाँ।।

 

Continue reading


बहरबद्ध गजल

Dev, Birahi, देव विरही, pallawa , पल्लव

देव विरही

सधै मध्य राती , दुखेको छ मेरो ।
कराएर घाटी , सुकेको छ मेरो ।।

बसेकोछु भोकै , नखाएर खाना।
कसैले त भागै , लुटेको छ मेरो।।

न सोचे न चाहे , अचम्मै भयो लौ।
उसै साथ आखाँ, जुधेको छ मेरो ।।

 

Continue reading


बहरबद्ध गजल

Dev, Birahi, देव विरही, pallawa , पल्लव

देव विरही

बढेकोछ धड्कन , कसोरी म रोकौं ।
हिजो अाज झनझन ,कसोरी म रोकौं ।

तिमीले त भन्छौ , जवानी चडेको ।
म माथी छ बच्पन, कसोरी म रोकौं ।।

हराए छु पानी , बिनाको बगरमा ।
हुरी चल्छ फन्फन ,कसोरी म रोकौं।।

 

Continue reading


बहरबद्ध गजल

Dev, Birahi, देव विरही, pallawa , पल्लव

देव विरही

धसाएर भाला , ढलाई तिमीले ।
नरोए न सम्झे , मलाई तिमिले ।।

नछोए मलाई , नफोडे चुरा त्यो ।
म बाँच्दा नसोच्ने ,भलाई तिमिले।।

नडाके मलामी , नपारे खरानी ।
नजल्दा नकोर्नु , सलाई तिमीले ।।

 

Continue reading


बहरबद्ध गजल

Dev, Birahi, देव विरही, pallawa , पल्लव

देव विरही

मलाई असाध्यै, रुवायो कसैले ।
छुरा झै बचननै, धसायो कसैले ।

उ फोटो र चिट्ठी, पठाएर जान्छ ।
नराम्रो गरेर ,सतायो कसैले ।।

त निर्दोष भन्दै, सधैनै म माथी।
नभाको व्यर्थै दोष, लगायो कसैले ।

 

Continue reading


बहरबद्ध गजल

Dev, Birahi, देव विरही, pallawa , पल्लव

देव विरही

जहा छुन्छु मैले , त्यहीँ लाग्छ तातो ।
पुरा यो शरिरमा ,भएको छ रातो ।।

तिमीले नि धोका , दियौं निष्ठुरी भै ।
यहाँ सम्झनामा , उड्यो मात्र सातो।।

गरीबको हुँ छोरा, कहाँ खोज्नु मीठो।
सधै खान्छु आँटो ,चलाएर जातो ।।

 

Continue reading


बहरबद्ध गजल

Dev, Birahi, देव विरही, pallawa , पल्लव

देव विरही

भए नेत्र राता, गयो आज कोही ।
टुटाए र नाता ,गयो आज कोही ।

तिमिले लिएको , छ बाकी भनेर ।
देखाएर खाता , गयो आज कोही।।

असारे झरीमा , म ओड्ने छु भन्दै ।
थमाएर छाता , गयो आज कोही ।।

 

Continue reading


बहरबद्ध गजल

Dev, Birahi, देव विरही, pallawa , पल्लव

देव विरही

चुमेका हात मेरो जब ,खरानी बन्छ ।
र तिम्रो बल्ल मायाको ,निसानी बन्छ ।

रुदाँ मेरा कठै झर्ने ,ढिका अाँशु यी ।
सधै पुछ्ने प्रबासमा, यो सिरानी बन्छ ।।

सजाएको थिए मनमा,कसैलाई तर ।
उही नै अाज एक्कासी ,बैमानी बन्छ ।।

 

Continue reading


बहरबद्ध गजल

Dev, Birahi, देव विरही, pallawa , पल्लव

देव विरही

पसे देखि मुग्लान् , रमाए पियारी ।
न राम्रो लगाए , न खाए पियारी ।

तिमीले नसोचे , छ मोजै प्रदेशमा ।
यहाँ धेरै पसीना, बगाए पियारी ।।

कठै हुन्छ होला , अधूरो रहर त्यो ।
सजाएर मनैमा , दबाए पियारी ।।

 

Continue reading


बहरबद्ध गजल

Dev, Birahi, देव विरही, pallawa , पल्लव

देव विरही

अाउ नाचौ गीत, हो यो जिन्दगी ।
साथ साथै मीत , हो यो जिन्दगी ।

झर्छ अाफै अाँशु , मैले के गरूँ ।
रातको हो शीत , हो यो जिन्दगी ।।

भन्छ कोही मात, मा नाच्दै अरे ।
खास माया प्रित ,हो यो जिन्दगी।।

 

Continue reading