विमला चन्द ‘सानु’ का जोर गजल

Bimala, Chand, sanu, विमला चन्द ‘सानु’, pallawa, पल्लव

विमला चन्द ‘सानु’

गजल– १,
सपनिमा देख्छु सधैँ विपनी भई आउ सानु
मेरो मनको वगैचामा शितलता छाउ सानु ।

तिम्रै तस्वीर अङ्गालेर संधर्षा हिँडिरा’ छु
यो गन्तव्य पुरा गर्छु मेरो हात समाउ सानु ।

केवल तिम्रो प्रतिक्षा छ मेरै सामु आईदेउ
न्यानो तिम्रो र्स्पर्शले प्रेमको दीप सल्काउ सानु ।

 

Continue reading


गजल

आफ्नो भएर नि आफ्नो भन्न नपाउने मन छ नारीको
आफूलार्इ हटार्इ उहाँको भन्नु पर्ने जिवन छ नारीको ।

तै पनि मुस्कुराउँदै जिउन सहजै सक्छिन सदैव नारी
शहनशिलता अनि शुशिलता यही ठुलो धन छ नारीको ।

कैले वावा दाजु पति र सन्तानको लागि जिउन सक्छिन
उहाँकै स्वार्थ पुर्तीका लागि सुम्पनु पर्ने तन छ नारीको ।

 

Continue reading


गजल

Bimala, Karki, Karkee, karky, Thapa, बिमला थापा कार्की, pallawa, पल्लव

बिमला थापा कार्की

आनन्दकै निन्द्रा प्यारो गुन्द्री सानो भएपनि
आफ्नै आँगन स्वर्गबरु चुहुने छानो भएपनि

आँखा भिजाइ अरुको दया मुरी भर्नु भन्दा
पाखुरिकै पसिना मिठो मानो भएपनि

भोक सँग युद्ध गरि धर्तीमा निदाउनेले सधैं
जुनलाइ टेक्ने सपना देख्छ कानो भएपनी

 

Continue reading


बिमला ढकालका केही मुक्तकहरूः

Bimala, Dhakal,, jpg, बिमला ढकाल, pallawa, पल्लव

बिमला ढकाल

सुगा जस्तै पिँजडामा थुनिएर रूँदैछु म
याद आउँदा घरी घरी बेहाल हुँदैछु म
जुनदिन माइती छोडी पराइ घर टेके
त्यही दिनदेखी आमाको तस्विर छुदैछु म ।

तिम्रो न्यानो काखको माया गर्दिन भो आज
मुटु जोडी छोडी जाने प्यार भर्दिन भो आज
यसै दुख्ने, त्यसै दुख्ने एकान्त मै रुनु ठिक छ
तिम्रो झुटो मायाको भरोसा पर्दन भो आज ।

 

Continue reading


बिमला ढकालकाकेही मुक्तकहरूः

Bimala, Dhakal,, jpg, बिमला ढकाल, pallawa, पल्लव

बिमला ढकाल

मेरो हार तिम्रो जित हुन्छ भने हारिदन्छु
मेरो सारा खुशीहरू तिमितिरै सारिदिन्छु
मलाई दुख्दा त्यो दिलमा चोट लाग्छ र सानु
पिडाहरू देऊ मलाई मनै आँशु झारिदिन्छु ।

सुनको कुरा नगर प्यारी आमालाई खून चाहिएको छ
हुर्काउनु भो बढाउनु भो आज बाबालाई गून चाहिएको छ
कर्तव्य र धर्म ठूलो भयो विलासिता सानो भयो भन्छन
मेरो आमाको शरीर बचाई आफैलाई सगून चाहिएको छ ।

 

Continue reading


पोखरेल बिमला का केही मुक्तकहरूः

Bimala, Pokharel,, पोखरेल बिमला, pallawa, पल्ल्व

पोखरेल बिमला

को छ आखिर यहाँ मेरो तिमी टाढा भएपछि
रातभन्दा नि दिन अँधेरो तिमी टाढा भएपछि
साधा साधा बन्छ सहर रङ्ग उड्छ जिन्दगीको
सुनसान हुन्छ सेरोफेरो तिमी टाढा भएपछि !

कहिले वार गरे जस्तो कहिले पार गरे जस्तो
यी नजरको बाटो हरदिन सवार गरे जस्तो
उनी प्रेम गर्छन् फूलैले हिर्काउछन् र पनि
दिल दुख्छ किन? काँडाले प्रहार गरे जस्तो ।

 

Continue reading


पोखरेल बिमलाका जोर गजल

Bimala, Pokharel,, पोखरेल बिमला, pallawa, पल्ल्व

पोखरेल बिमला

गजल– १,
बढाएनौ जिन्दगीको चाल खै के सोचेर
फेरेछौ जिवनको सुर ताल खै के सोचेर

मैले बगरमा बालुवाको घर बनाई रहेँ
तिमीले पठाई रह्यौ छाल खै के सोचेर

नुनको अभाव कर्णालीमा खड्किरहदाँ
सरकार पठाउछ त्रिपाल खै के सोचेर !

 

Continue reading


गजल

Bimala, Dhakal‎, विमला ढकाल, pallawa, पल्लव

विमला ढकाल

जुनै तन्त्र आए पनि देशको हाल फेरिएन
सबै उस्तै स्वार्थी हुन चाल माल फेरिएन

जनता सधै रूने हुन महंगीको चपेटामा
भुकम्पमा पर्नेहरूको अझै पाल फेरिएन

सबैलाई सत्ता हुँदै जमाउनु पर्ने अरे
भाषण चर्का काम गर्ने ताल फेरिएन

 

Continue reading


गजल

Bimala, Dhakal, बिमला ढकाल, pallawa, पल्लव

बिमला ढकाल

तिमीलाई मेरो मुटु चढाएर गल्ती गरेँ
टाढैबाट देख्दा मन पराएर गल्ती गरेँ ।

हरेक गल्तीगर्दा पनि सहनशील बने की थेँ
खुशीराख्न आफ्नै आत्मा डढाएर गल्ती गरेँ ।

आमा बाबा मामाको नमानेर हरेक कुरा
तिमीतिरै यी पाइला चलाएर गल्ती गरेँ ।

 

Continue reading


गजल

Bimala, Bikalata, Dangi, विमला डागी 'विकलता' , pallawa, पल्लव

विमला डागी ‘विकलता’

बोधै खुकुरी भए हुन्छ धार पो किन चाहियो र ?
म त तेसै नै सुन्दरी छु हार पो किन चाहियो र ?

धेरै कुराहरु बुझ्न चाहन्छौ भने मेरा तिमिले
उपन्यास नै पढे हुन्छ सार पो किन चाहियो र ?

नन्दनको सपनाहरु न देखाउ भो मलाई यहाँ
प्रकृतिमै रमाएकी छु प्यार पो किन चाहियो र ?

 

Continue reading


गजल

Bimala, Karki, Karkee, karky, Thapa, बिमला थापा कार्की, pallawa, पल्लव

बिमला थापा कार्की

निकै भाउ खान्छौ किन कमाउन थालेदेखि
आफू ठुलै ठान्छौ किन कमाउन थालेदेखी

हिजोसम्म एकजुम खैनी मागी खाने तिमी
आज सुर्या तान्छौ किन कमाउन थालेदेखि

छोड्याछैन हामीलाई ढिंडो फापर गुन्द्रुकले
डिस्को बार जान्छौ किन कमाउन थालेदेखी

 

Continue reading


विमला कार्की का जोर गजल

Bimala, Karki, Karkee, karky, Thapa, बिमला थापा कार्की, pallawa, पल्लव

बिमला थापा कार्की

गजल– १,
तिम्रो इच्छा भर्दा भर्दै खाली भएछु म
रुपकै वरिपरि घुम्ने माली भएछु म

कस्तुरी झैँ तिम्रो माया कहिलै नभेटिने
गौंडो गल्ली चहार्दैमा काली भएछु म

पवन बन्ने चाह राख्यौ बादल भएँ फेरि
साथ पाउने बहानामा जाली भएछु म

 

Continue reading


असहज सुकुल मै…!!!

Bimala, Thapa, Karki,बिमला थापा कार्की, pallawa, पल्लव

बिमला थापा कार्की

लखतरान भइ गलेका पाउहरुमा
दिनभरको यात्रा गुट्मुट्याउँदै
अर्थ बिहिन सपना च्यापेर
परालको सुकुल तान्दै पुर्लुक्क पल्टिएँ म

मेरा दृस्ठि केही घन्टाका लागि
बिदा बसेका बेला – अर्ध चेत मन
होस या बेहोस कसरी तय गरुँ म
शान्त तन भित्र सुस्तरि सल्बलाउछन्

 

Continue reading


गजल

Bimala, Thapa, Karki,बिमला थापा कार्की, pallawa, पल्लव

बिमला थापा कार्की

एक्लै डुङ्गा ख्याउँदा दुबै हात गलेपछि
संघर्षको उर्लदो भेलमा आँधी चलेपछि

अभ्यासका छविहरू नहुर्कदै मरे आज
भावनामा संङ्किर्णताको रंग दलेपछि

मनभित्रका सबै चित्त विवेक रित्ता भए
सहासमा पिडाजनित चिन्तन मलेपछि

 

Continue reading


विमला डागीका जोर गजल

Bimala, Dangi, बिमला डाङ्गी, pallawa, पल्लव

बिमला डाङ्गी

गजल– १,
अब मेरो जिउने आधार बेग्लै छ
बदलियो मेरो संस्कार बेग्लै छ ।

अनि आशा र भरोसा टुटदै गए
मेरो लागि कथाको सार बेग्लै छ ।

सुनाउ दिन गुनासाहरु कसै सँग
मेरो लागि फोनको तार बेग्लै छ ।

 

Continue reading


बिमला डाङ्गीका केही मुक्तकहरू

Bimala, Dangi, बिमला डाङ्गी, pallawa, पल्लव

बिमला डाङ्गी

कहाँ बवि बन्छर भावनाको मुल फुट्दैन भने
हरपलमा कौतुहलताका शब्द जुटदैन भने ।
जहाँ नागबेली सरी पहरामा बेरिएको मन
एक अर्काको माया र ममतामा छुट्दैन भने ।।

हल्का त यो रोगले मलार्इ पनि छोएकै हो
बिगतका दिनहरूमा म पनि रोएकै हो ।
तर दुनियाको सामु कसरी शिर झुकाउनु
सम्झनाका आसुले मुख पनि धोएकै हो ।।

 

Continue reading


गजल

Bimala, Dangi, Dang, विमला डाँगी, pallawa, पल्लव

विमला डाँगी

प्रतिष्ठा बोकेर आउ प्रभातमा हेर
जीवन संकल्प गरिदिन्छु हातमा हेर

अभिष्ट वस्तुको खोजीमा लिन भयर
प्रतिविम्व नै भेटिएन त्यो खातमा हेर ।

संहार नगर कसैको सम्मानलाई यहाँ
अदभुत छैन नि यहाँ कुनै जातमा हेर।

 

Continue reading


विमला ढाङ्गी ‘विकलता’का केही मुक्तहरूः !!

Bimala, Dangi, Dang,विमला ढाङ्गी ‘विकलता’, pallawa, पल्लव

विमला ढाङ्गी ‘विकलता’

आमा तिमी जनमतलमा आर्इ आफैँ हरायौ
यौटा थुड़्गा बनतिर कतै व्यर्थको नै बनायौ ।
ठाऊँ के हो कसरि उसमा सृष्टि आफैँ रचेर
त्यो बाटोमा पनि उसरी जालमा फस्न मनायौ ।।

यो मनमा हुरीबतास चल्छ किन ?
ताप विना पनि मुटु जल्छ किन ?
निभाऊने दमकल हुँदा हुदै पनि
हर हराउदै आगो झैँ बल्छ किन ?

 

Continue reading


‘विकलाका दुइ टुक्रा’

Bimala, Dhakal‎, विमला ढकाल, pallawa, पल्लव

विमला ढकाल

१,
‘भक्कानो फुटाएर रोएँ’
आज फेरी बिगत सम्झेर रोएँ
अमृत सरी माया सम्झेर रोएँ
खाटा बसेको घाउ रहरले छोएँ
दिलभित्रको तस्विर आँशुले धोएँ

साथ छुटाऊने दैब सम्झेर रोएँ
भाग्य लेख्ने भावि सम्झेर रोएँ
तिम्रा ति मिठो बचन सम्झेर रोएँ
हरपल तिम्रो तस्विर सम्झेर रोएँ

 

Continue reading


पुग्यो

Bimala, Dhakal, विमला ढकाल, pallawa, पल्लव

विमला ढकाल

भयो प्रिय साथ दिन्छु नभनिदेउ मलार्इ
पुग्यो मलाई तिम्रो माया बस्दिन मन जलाई

स्वार्थी अनि पापी बन्यौ आँशुमा म डुब्दाखेरी
रमाउँदैथ्यौ पराईसित मेरा सारा दर्द हेरी

जुन फुलमा रमाउँथ्यौ त्यसकै हाँगो भाचेपछि
भयो पुग्यो नआउ अव पराईसँग नाचेपछि

 

Continue reading