गजल

bijay, gyawali, विजय ज्ञवाली , pallawa, पल्लव

विजय ज्ञवाली

जिन्दगी नै बन्धन भए पछि कस्को के लाग्छ
आफन्त नै दुश्मन भए पछि कस्को के लाग्छ

परिचय सम्म नदिई रगत दिएर बचायो
छातिमा आफ्नोपन भए पछि कस्को के लाग्छ

जति सुकै आरोप लगाओस यो दुनिया
पबित्र तन भए पछि कस्को के लाग्छ

 

Continue reading


‘एउटा रङ्गमञ्चमा’

bijay, gyawali, विजय ज्ञवाली , pallawa, पल्लव

विजय ज्ञवाली

मञ्चन भैरहेको नाटक जस्तै
फरक फरक पात्रहरूको
डरलाग्दो अभिनय
हेर्न विवश छन मेरा यी आखाहरू

नचाहदा नचाहदै गासिएको सम्बन्ध जस्तो
जबर्जस्ती अर्कैको इशारामा
डोहोर्‍याईएर हिडिरहेको अजिबको प्राणी झै
भित्रि मनबाट खुशी नभएता पनि
मुहारमा कत्ती पनि नमडारीकन
कालो बादलका आकृतिहरू
गज्जबको अभिनय गरिरहेछ एउटा पात्र

 

Continue reading


विजय ज्ञवालीका केही मुक्तकहरूः

bijay, gyawali, विजय ज्ञवाली , pallawa, पल्लव

विजय ज्ञवाली

सोझो बन्दै बाङ्गिन्छन फेरि इज्जतको कुरा गर्छन
बिस्तारै उदाङ्गिन्छन फेरि इज्जतको कुरा गर्छन
यि ढोगीहरु अझ संस्कारको पाठ सिकाउछन यार
पर्दा पछाडी नाङ्गिन्छन फेरि इज्जतको कुरा गर्छन ।

सधै हतार सधै ब्यस्त मशिन भो मान्छे
आफ्नै दुनियामा मस्त मशिन भो मान्छे
बिदा हुनु छ एकदिन खाली हात सबै तर
सम्पत्ति कै रोगले ग्रस्त मशिन भो मान्छे ।

 

Continue reading


गजल

bijay, gyawali, विजय त्रवाली , pallawa, पल्लव

विजय त्रवाली

प्रगतिमा छेको हाल्छ समयले घरिघरी
मुटु भित्र आगो बाल्छ समयले घरिघरी

कागजको पुतली झैं बनाएर मेरो छाति
आफै च्यात्छ आफै टाल्छ समयले घरिघरी

हुर्काउछ मलजल गरी ठुलो हुने आश देखाइ
फेदै काटी किन ढाल्छ समयले घरिघरी

 

Continue reading


समय खोला

Bijay, Subedi, Bihu, विजय सुवेदी, ‘विजु’, pallawa, पल्लव

विजय सुवेदी, ‘विजु’

समय खोला फर्कत्र साथी नगर अबेर
बाँचेका बेला केही त गर कम्मर कसेर

सबैको खून रातै त हुन्छ नगर बिभेद
जे पायो त्यही नबोल साथी किताब पढेर
गरिब–लाई नगर हेला नैतिक बनन
सहीद हाम्रा यसैका लागि लडेथे समर

 

Continue reading