गजल

Bhagawati, Khanal, Bidur, भगवती खनाल,, pallawa, पल्लव

भगवती खनाल

हात गलेको छ पाउ गलेको छ।
यो जिन्दगी ठाउँ ठाउँ गलेको छ।।

आँखा तर्नेहरू निचरेर जाउ।
हो मेरो मुटुको घाउ गलेको छ।।

पिर्नेहरू त सधैँ पिरिरहन्छन्।
भन्दैनन् ती बच्चा माउ गलेको छ।।

 

Continue reading


तिमी प्यादा हौ कि !

Dr., Bidur, Chalise, डा. विदुर चालिसे, pallawa, पल्लव

डा. विदुर चालिसे

बथानका बथान
मानिसहरूका बीचमा
उभिन सक्थेउ भने
तिमीलाई प्यादाको सुन्दर
फूल पहिराइ दिन्थे तिम्रो शीरमा

तर तिमी यति परित्यक्त थियौ
अाश्रित पनि थुकिरहेका हुन्थे
लुकिलुकि बजारहरूको चोक
अनि गल्लिहरूका कुनाहरूतिर
हराएका तिम्रा स्मृतिका अनन्त
रवाफिलो अभावहरू उपर !
गुडिरहेका हुन्थे तिम्रा सवारीहरू सँग
धूलो उडिरहेका मानमर्दनका पाझ्ग्राहरू  !

 

Continue reading


व्यवस्था र राजमार्ग

Dr., Bidur, Chalise, डा. विदुर चालिसे, pallawa, पल्लव

डा. विदुर चालिसे

बाटो थ्यो बटुवाका
बीच बीचमा जाम थे
जामका हरफमा ट्राफिकका
दिनभरिका काम तमाम हुन्थे

बिहानको समय
हतार हतारको भय
दौडा दौडको स्वाँस्वाँ सास्ती
मेरो राजधानीको विशाल बस्ती
भौतारिरहेथेँ आँखा तानि तानि
ख्वप देशको विशाल फाँट भेट्न ।

 

Continue reading


गजल


Bhagawati, Khanal, Bidur, भगवती खनाल,, pallawa, पल्लव

भगवती खनाल

आँसुको भल त्यो चिन्न सकेनौ।
पात कि फल त्यो चिन्न सकेनौ।।

मलाई हो दोषी देख्ने आँखाले।
अरुको छल त्यो चिन्न सकेनौ

बिझाउला भनि भागेर गयौ।
काँडा मख्मल त्यो चिन्न सकेनौ।।

 

Continue reading


लालटिनको धूँवा

Dr., Bidur, Chalise, डा. विदुर चालिसे, pallawa, पल्लव

डा. विदुर चालिसे

निकै चमकका साथ उज्यालिरहेका
लालटिनहरूका राता परेलाहरूमा
भूगोलका जङ्गेपिलरहरू ठडिरहेथे
अपनत्वले सिमानाको छेउछाउतिर !

वरिपरि घुमिरहेका फुसफुसे बतासले
लालटिनका प्रकाशहरू छेकिरहेथे,
साँझमा रमाइरहेका हर्षालु अधरलाई !

 

Continue reading


भगवती खनालका जोर गजल

Bhagawati, Khanal, Bidur, भगवती खनाल,, pallawa, पल्लव

भगवती खनाल

गजल– २,
थरी थरी अभिनय गरि जान्छ जिन्दगानी।
त्यो बूढो रुख झै पछी मरी जान्छ जिन्दगानि।।

फुल्छ अनि छर्छ सुवास राम्रो केही नराम्रो।
के के यहाँ गर्छु भन्दै टरी जान्छ जिन्दगानी।।

यता नाता उता नाता सम्बन्ध नी कति कति।
रिस ,राग,माया,मोह, भरी जान्छ जिन्दगानी।।

 

Continue reading


गजल

Bhagawati, Khanal, Bidur, भगवती खनाल,, pallawa, पल्लव

भगवती खनाल

मान्छेले मान्छेलाई धेरै डसीरहेछ रे।
मानबता दलदलमा खसीरहेछ रे।।

बेचेर मन मुटु ती ढुङ्गाहरूले आज।
स्वरुप मान्छे भई यहाँ बसीरहेछ रे।।

मुटु गुमेको सारा छातीहरूले त झनै।
मायाको नाममा बिष नै घसीरहेछ रे।।

 

Continue reading


गजल

Bhagawati, Khanal, Bidur, भगवती खनाल,, pallawa, पल्लव

भगवती खनाल

यो मुटुमा तस्विर छपाएर भाग्यौ
देशको त्यो मुहार चपाएर भाग्यौ ।

भन्दिन तिमीलाई यसै गर भनी
छिमेकमा रमिता नचाएर भाग्यौ ।

लियौ पाउने जति अंश भाग भन्दै
माटै भएभरको पचाएर भाग्यौ ।

 

Continue reading


गजल

Bhagawati, Khanal, Bidur, भगवती खनाल,, pallawa, पल्लव

भगवती खनाल

तिम्रो मेरो मन फरक नपरोस
धर्ती र गगन फरक नपरोस ।

पुर्वमा रहौं या हामी पश्चिम रहौं
नेपालीको पन फरक नपरोस ।

हिमाल, पहाड,तराई चारैतिर
मिलाप त्यो झन फरक नपरोस ।

 

Continue reading


भगवती खनालका चार गजल

Bhagawati, Khanal, Bidur, भगवती खनाल,, pallawa, पल्लव

भगवती खनाल

गजल– १,
पैसालाई मान सम्मान वनाए दुनियाँले
मन मुटुलाई चिहान वनाए दुनियाँले ।

सत्यलाई त आगो लगाए खरानी वनाए
झुट अङगाली जिहान वनाए दुनियाँले ।

हो शान्ति ल्याउलान भन्ने आश कति रहेन
हिंसा हत्यालाई वगान वनाए दुनियाँले ।

 

Continue reading


गजल

Bhagawati, Khanal, Bidur, भगवती खनाल,, pallawa, पल्लव

भगवती खनाल

पिलाउने पनि समय रहेछ
मिलाउने पनि समय रहेछ ।

कहिले चम्कने कहिले मन्द भै
विलाउने पनि समय रहेछ ।

एक ठाउँ छाडी फेरी अर्कोतिर
हिलाउने पनि समय रहेछ ।

 

Continue reading


‘टल्कने चम्चा’

Dr., Bidur, Chalise, डा. विदुर चालिसे, pallawa, पल्लव

डा. विदुर चालिसे

मानिसहरूको भीडमा
मानिसहरू थे चापाचाप बीच
उच्च रक्तचापका मनोरोगीहरू
ढलिरहेथे अप्रत्याशित निर्णयहरूसँग
अाँखा रसाइरहेथ्यो, स्वर बर्बराइरहेथ्यो
मुहारमा पोतिएका फुस्रिला कलेवरसँग !
इमान्दारको व्यथा !
उदाश बन्थ्यो जिन्दगीको
अाशातित भविश्यहरू.सँग
चम्चाहरू बजिरहेथे, बजिरहेथे –

 

Continue reading


भगवती खनालका जोर गजल

Bhagawati, Khanal, Bidur, भगवती खनाल,, pallawa, पल्लव

भगवती खनाल

गजल– १,
कहिले को समात्यो कहिले को मात्य‍ो भन्छ दुनियाँ
आफ्नै एक हातले अर्को हात काट्यो भन्छ दुनिया ।

हिजो पानी वारवार गर्ने रामे हर्केहरू आज
आपसी मिलेर नै दु:खसु:ख साट्यो भन्छ दुनिया ।

वर्षौ देखि सिलाउँदै राखेकी थिन आमाले मन
यसरी सन्तानकै वेदनाले फाट्यो भन्छ दुनियाँ ।

 

Continue reading


खेती गर्नेहरू

Dr., Bidur, Chalise, डा. विदुर चालिसे, pallawa, पल्लव

डा. विदुर चालिसे

व्याकुल चरा झैं
भौंतारिएर हिंडे थे
ती दुष्टमतिका पतिताहरू
आकाशका सन्ध्यासम्म ।
हरेक वर्ष वर्षिन्थ्यो वर्षा
हावा हुरी आउँथे हरेक साल
सज्जन मानिसहरूका बीचमा ।
मौसम हुन्थ्यो, फेरिन्थ्यो आफै
खेतिपाती गर्नेहरूको नामबाट
हाट बजारका बजारूहरू सँग ।
खेतिपाती गर्नेहरू !

 

Continue reading


•गजल•

Bhagawati, Khanal, Bidur, भगवती खनाल,, pallawa, पल्लव

भगवती खनाल

लडाउने र तान्ने छेउ छाउमै हुन्छन्
ती कुरा काट्न जान्ने छेउ छाउमै हुन्छन्

अघि फुल देखाई मौकामा पछी पछी
घातमा छुरा हान्ने छेउ छाउमै हुन्छन्

वोल्दैनन् कोही सत्य वाचा कसम सम्झी
अाफ्नो त्यो अर्को छान्ने छेउ छाउमै हुन्छन्

 

Continue reading


गजल

Bhagawati, Khanal, Bidur, भगवती खनाल,, pallawa, पल्लव

भगवती खनाल

न्याय ती झुकाई दिन्छन् पैसा देखेपछि
हत्यारा फुकाई दिन्छन् पैसा देखेपछि

पैसामा विक्यो मान्छे सत्य छोडेर अाज
अन्याय लुकाई दिन्छन् पैसा देखेपछि

किनवेच भो सारा पैसाको अघि पछी
सज्जन चुकाई दिन्छन् पैसा देखेपछि

 

Continue reading


अजम्बर गीत

Dr., Bidur, Chalise, डा. विदुर चालिसे, pallawa, पल्लव

डा. विदुर चालिसे

रमाइलो थ्यो मौसम
मौसम सदावहार उफ्रन्थ्यो
वायुका हरियाली जोवनसँग
यता थे बटुवा, उता थे बटुवा
नजरानाका तत् तत् तन्कामा
जमराका पहेंला सहेलीसँग ।

आकाश खुल्ला थ्यो ।
पन्छीहरू उड्दथे बेगले
मैतालुका अजम्बर मोहमा
त्यहाँ तिमी थियौ टिकोमा
म टालोले आँशु पुच्छदथेँ
कोक्याइ कोक्याइ नजरमा,
उनीहरू पैदलका चापहरूसँग
गाइरहन्थे आशिर्वादको गीत ।

 

Continue reading


•गजल•

Bhagawati, Khanal, Bidur, भगवती खनाल,, pallawa, पल्लव

भगवती खनाल

गरीवलाई दशै तिहार मान्नै धौ धौ भयो
यो महङ्गीले चाडपर्व नै धान्नै धौ धौ भयो

अती धेरै छ खाडल यहां हुने नहुनेमा
हामी सवै नेपाली हौ ठान्नै धौ धौ भयो

धेरै रहर वोकी दिन्छन् ती साना नानी वावु
कसरी हो माग पूरा गर्ने जान्नै धौ धौ भयो

 

Continue reading


उडान र प्रवेश

Dr., Bidur, Chalise, डा. विदुर चालिसे, pallawa, पल्लव

डा. विदुर चालिसे

गाउँलेहरू थे
सुधा हरिणजस्ता
ती जय जयकार गर्थे
बारबार भोकका लागि
म दैलो खोल्थेँ र चिहाउँथेँ
तिनका महान नजरहरू ।

तिनलाई म दल भन्थे
र, प्रस्ताव राख्थेँ सगर्व
ती विगतका सजल थे,
बटुलबाटुल निर्दल पराग ।
प्रस्ताव परिभाषित हुन्थ्यो,
जमिन्दारीका अकरहरूमा !

 

Continue reading


‘खाजा कि हुर्मत’ ??

Dr., Bidur, Chalise, डा. विदुर चालिसे, pallawa, पल्लव

डा. विदुर चालिसे

अपाङ्गता !
तिम्रो विवशता थ्यो
मेरो बाध्यता थे
बेलाबेला तिमीलाई देख्थेँ
जम्कामा मुसुक्क हाँसिदिन्थेँ
तिमी अप्ठेरो मानि मानि
लजाउँथ्यौ र तर्किन्थ्षौ कुनैबेला
म रबाफले रेष्टुराँमा भन्किन्थेँ
तिमी टुक्रिएका हातहरू हल्लाउँदै
खरिएर भौतारिन्थ्यौ
मेरा सजल आँखाहरू
तिम्रा निश्चल नजरहरू
किन ? कता कता हरमउँथेँ
म तिमीलाई मन पराउँथेँ
तिमी मलाई मन पराउँथ्यौ ।

 

Continue reading