राधा भुजेल का केही मुक्तकहरूः

Radha, Bhusal, राधा भुजेल, pallawa, पल्लव

राधा भुजेल

म त आजकल रमाएकी छु महफिलमा आएर
गाउँ छोडेर स्वार्थि शहरको झिलमिलमा आएर
बिच सफर सम्म ल्याई तिमीले मलाई छोडेपछि
तड्पि तड्पि बाँचेकोछु झन मुस्किलमा आएर ।

उनको शहरमा आईपुगेँ भेट हुन पाईन
भेट नभएपछि उनिसङ्गै बसेर रुन पाईन
मनमा गुनासो केही राख्दिन भन्दा पनि
आत्तिएको मनले उनको दिल छुन पाईन ।

 

Continue reading


गजल

Radha, Bhusal, राधा भुजेल, pallawa, पल्लव

राधा भुजेल

मान्छे भर्इ जन्मिएर एकदिन मर्नु पर्ने रै’छ
बाँचुन्जेल नै जिन्दगीमा संघर्ष गर्नु पर्ने रै’छ

जिन्दगीमा प्रेमरूपी गहिरार्इमा पुग्न खोज्नेभए
यो दिलको बगैंचामा प्रेमको बीज छर्नु पर्ने रै’छ

आफ्नो दु:ख आफैँलाई नै जानकारी हुन्छ साथी
दुनियाँको सामुन्यमा झुठो मुस्कान भर्नु पर्ने रै’छ

 

Continue reading


एम.एस.भुसाल “अन्तर्मुखी” को जोर गजल

M S, Bhusal, Antarmukhi, एम एस भुषाल ‘अन्तर्मुखी’, pallawa, पल्लव

एम एस भुषाल ‘अन्तर्मुखी’

गजल– १,
उ- महलमा त भरिएका भकारी रहेछन्
झुपडिमा जसोतसो छाक टारी रहेछन्

पुछिरहेछ दुखहरु पछ्योराको सप्कोले
गरिबका त ए.सी. पनि चौतारी रहेछन्

के बोकिरहेछ वृद्ध त्यो चोकचोक डुल्दै
खोलि हेर्दा दुखका त्यी भारि रहेछन्

 

Continue reading


गजल

M S, Bhusal, Antarmukhi, एम एस भुषाल ‘अन्तर्मुखी’, pallawa, पल्लव

एम एस भुषाल ‘अन्तर्मुखी’

एकैसाथ आशु-मुस्कान कसरी हुन्छ ?
जिन्दगीमा भुल जानाजान कसरी हुन्छ ?

हर रात अैठनमा समय काट्ने म
सोच्छु जिन्दगीमा बिहान कसरी हुन्छ ?

जो आफ्नै परिवारको लागि बाचेन
सहिद त्यो बलवान कसरी हुन्छ ?

 

Continue reading


गजल

Arjun, Bhusal, अर्जुन भुसाल , pallawa, पल्लव

अर्जुन भुसाल

कस्को के लाग्छ फुललाई, झार सम्झिएपछि
कोमल हिर्दय र हातलाई तरवार सम्झिएपछि

यहाँ सम्बन्धहरु कसरी टिकाउन,सकिन्छ खै
माया, सदभाब,सुझाबलाई, मार सम्झिएपछि

हरेक साझ साईकलमै ,पुराउथ्यो घरमा उस्ले
बिच्कीइन एकदिन चडेको,कार सम्झिएपछि

Continue reading


गजल

Krishna, Bhusal, Pyasi, कृष्ण भुषाल 'प्यासी', pallawa, पल्लव

कृष्ण भुषाल ‘प्यासी’

माया घटायौ ब्याथा बढायौ
बोलाइ आँफै आँफै धपायौ

कमजोर भैयो बढ्यो निराशा
पासा उठायो चौका लगायौ

पिर मात्र बढ्यो थाक्यो जवानी
घाँटी कसायौ पासो लगायौ

 

Continue reading


बहरबद्ध गज़ल

Krishna, Bhusal, Pyasi, कृष्ण भुषाल 'प्यासी', pallawa, पल्लव

कृष्ण भुषाल ‘प्यासी’

छु कब्जा दिलैमा म आजाद छैन
तिमी संग बोल्ने कुनै नाद छैन I

तिमी चन्द्रमा हौ, अझै आस केको ?
कसी सूनलाई, कि संवाद छैन I

जुधाएर आँखा दिवाना बनायो
तिमी साथ भुल्ने ति उन्माद छैन

 

Continue reading


बहरबद्ध गज़ल

Krishna,  Bhusal, Pyasi, कृष्ण भुषाल 'प्यासी', pallawa, पल्लव

कृष्ण भुषाल ‘प्यासी’

लाख छन् बुझ्दिनौ खुट्किला प्रेममा
लाग्छ मुद्दा कतै मामिला प्रेममा

शित झैँ टल्किदै प्रातमा फूल्द थ्यो
पक्ष दो एक् भए कोपिला प्रेममा

बैसको रागले खाग पार्ला शरिर्
सोँचदै चाल्नु क्या पाइला प्रेममा!

 

Continue reading


गजल . . . . .

Krishna, Bhusal, कृष्ण भुषाल,pallawa, पल्लव

कृष्ण भुषाल

नआत्तिनु,भेट पक्का,हुन्छ, सुस्त सुस्तै
रात हटि,बिहानिले,छुन्छ सुस्त सुस्तै ।

यौटै धर्ति,यौटै आकाश्, घुम्दै, रुम्जा टार
भगवान्-ले,हाम्रो पुकार्,सुन्छ, सुस्त सुस्तै ।

पर्देशिनु,बाध्यता हो,क्यारौँ, तनि सानु. . . . .
जति सम्झ्यो, उति अत्मा, रुन्छ,सुस्त सुस्तै ।

 

Continue reading