गजल

Radha, Bhujel, राधा भुजेल , pallawa, पल्लव

राधा भुजेल

तिमीलाई ढुङ्गा जस्तो देखेर ढुङ्गाले के भन्ला?
हजारौंपटक मरेको मेरो आत्माले के भन्ला?

यसकारण ऎना अगाडि उभिनै सक्दिन म
मेरो कुरूप मुहारलाई , ऎनाले के भन्ला?

चप्पल चुँडेर बिच बाटोमै फालिदिएँ मैले
नयाँ लाउने औकात छैन खुट्टाले के भन्ला?

 

Continue reading


गजल

Radha, Bhujel, राधा भुजेल , pallawa, पल्लव

राधा भुजेल

तिमी भएनौ भने जिन्दगी कटाउन डराउँछु।
त्यसैले त आज्कल सपनीमै आउन डराउँछु।

केछ खबर भनी कहिल्यै सोध्दै नसोध मलाई
बेहाल भएकोछ यो जिन्दगी बताउन डराउँछु

भोलिपल्टै मन्दिरको फूल ओईलिएको हुन्छ
त्यसकारण मन्दिरमा फूल चढाउन डराउँछु।

 

Continue reading


पृथक हिमाल र राधा भुजेलको मुक्तक दोहोरी

Radha, Bhujel, Prithak, Himal, Oli, पृथक हिमाल र राधा भुजेल, pallawa, पल्लव

पृथक हिमाल र राधा भुजेल

लुरि लुरि नानी रैछ्यौ के हो तिम्रो नाम
आँखा मार्न जानी रैछ्यौ के हो तिम्रो नाम
पहिलो भेटमै मन चोरेको भन्छ्यौ अरे गाउँमा
मलाई आफ्नै ठानी रैछ्यौ के हो तिम्रो नाम।।
हिमाल

सधैँभरी सम्झिराख नाम मेरो राधा
आँखा मार्न जानेछु गर्दिन काम आधा
मन चोरेको होईन भन्न कसरी सक्छौ र
आफ्नै ठाने तिमीलाई परेछ कि बाधा
राधा

 

Continue reading


लक्ष्मण लामिछाने र दिलीमा भुजेलका मुक्तक दोहोरी 

laxman, Lamichhane,& dilima, Bhujel, लक्ष्मण लामिछाने र दिलीमा भुजेल, pallawa, पल्लव

लक्ष्मण लामिछाने र दिलीमा भुजेल

१)
सवाल
हिजो आमाले पकाएको दर खाएर।।
साथिसंगि सँगै नाच्दै गाउदै रमाएर।।
यो तिजमा बबाल मच्चाउनु पर्छ भन्दै,
उनि पनि आकि रैछे रातो साडि लगाएर।।

जवाफ
नाच्न अनि कम्मर भाच्ना आको हो।
आमाले पकाएको दर पनि खाको हो।।
यो तिजमा तिम्लाई नै देखाउन भनी,
यो पाउजु अनि रातो सारी लाको हो।।

 

Continue reading


मुक्तक दोहोरि

Laxman, Lamichhane,लक्ष्मण लामिछाने,pallawa, पल्लव

लक्ष्मण लामिछाने

Dilima, Bhujel, दिलीमा भुजेल, pallawa, पल्लव

दिलीमा भुजेल

सवालः लक्ष्मण लामिछाने

जवाफः भुजेल

सवालः
न दु:ख पिर तिमी गएदेखि।
न मन स्थिर तिमी गएदेखि।।

बसेको छ दाग भित्रि कुनामा,
एउटा तस्वीर तिमी गएदेखि।।
जवाफ
चल्दैछन यादहरु केश बनेर।
सधैं अाउछ एउटा भेश बनेर।।
बैगुनिले यस्तो चोट दियो हेर,
बसेको छ कतै अबशेष बनेर।।

Continue reading


मुक्तक दोहोरी

Chetan, Kumar, Sharma, Saldai, चेतन शर्मा साल्दाई, pallawa, पल्लव

चेतन शर्मा साल्दाई

Dilima, Bhujel, दिलीमा भुजेल, pallawa, पल्लव

दिलीमा भुजेल

चेतन
सम्झिन्थे तिम्लाई मेरो दिल्कि रानि
तर रहेछ यति छिटै रिसाउने बानि
हासो मजाक गर्छु धैरे आफ्नै सम्झि
मुटुमै सझाउ कालि केहि पिर नमानि
दिलीमा
सजाउ भने मुटमा खेर जानी पो होकि
पिरै पिरले यो परान खानी पो होकि
कसरी सम्झिउ आफ्नो अरुको नासोलाई
यस्तै भनी जिस्काउने बानी पो होकि

 

Continue reading