बाकसको घाउ

Bhim, Khatiwada, Dharan,डा. भीम खतिवडा, pallawa, पल्लव

,डा. भीम खतिवडा

को भन्दिन्छ हुँदैन टिप्न सजिलो पैसा मरूभूमिमा
भोग्नेका गहमा अनन्त बहका गाथा कठै दारुण
आमा-बासँग भन्दिऊँ कि नभनौँ कालो भयो यो दिन
आयो बाकसमा अनन्त सपना छोपेर छोरो किन?

बाआमा! म दिनेछु सौख अब ता गर्नेछु सेवा सधैँ
भन्नेछन् सब- “पुत्र भैकन अहा! बन्नू ठुलोबाबुझैँ”
मौनी छौ किन दौँतरी खबरले पाइन्न कल्पी रुन
आयो बाकसमा विदीर्ण सपना रोपेर साथी किन ?

 

Continue reading


प्रिय काजी प्रवासी!

Bhim, Khatiwada, Dharan,डा. भीम खतिवडा, pallawa, पल्लव

,डा. भीम खतिवडा

केशले मात्र हुँदैन सम्पूर्णता,
उमेरले मात्र पाक्दैन मान्छे,
कर्मले, अनुभवले हो नि!
हातका रेखा पर्खेर,
भाग्य बन्दैन बाबू!
नङ नफुलेसम्म नयाँ लुगा,
कहाँ पाइन्थ्यो र!
तिमी धीर छौ, बुझ्छौ,
लाखौँ अनुहारका तिम्रा लागि,
कसैको सपना हराउँदैछ अझै,
मान्छेहरूले धारे हात लाउन लागेको,
देखिरहेछौ,
यो मेलामा इमानदारहरू पनि छन्
पर्ख है त केही समय !

 

Continue reading


प्रा.डा. भिम खतिवडाका केही मुक्तकीय टुक्राहरूः

Bhim, Khatiwada, Dharan,डा. भीम खतिवडा, pallawa, पल्लव

डा. भीम खतिवडा

आमाको ममता भुलेर धनमा चुर्लुम्म डुब्ने मन
आमाका सपना मिचेर बलले स्वार्थी हुँदै दिन्दिन
हाँस्ने सन्तति, मातृ-अश्रुरहमा कैल्यै नहूँ पौरने
माता-तीर्थ पवित्र देव हुनुको सौभाग्य पाऊँ सधैँ ।

समयका पदचापहरू सँगै
रहरका तह शान्त रहे सधैं,
शिशिर, हेम र ग्रीष्महरू गए
लहरबद्ध, वसन्त छ मौनझैं ।

 

Continue reading


डा.भीम खतिवडा का केही टुक्राहरूः

Bhim, Khatiwada, Dharan,डा. भीम खतिवडा, pallawa, पल्लव

,डा. भीम खतिवडा

आमाको ममता भुलेर धनमा चुर्लुम्म डुब्ने मन
आमाका सपना मिचेर बलले स्वार्थी हुँदै दिन्दिन
हाँस्ने सन्तति, मातृ-अश्रुरहमा कैल्यै नहूँ पौरने
माता-तीर्थ पवित्र देव हुनुको सौभाग्य पाऊँ सधैँ ।

भुलाएर सारा, कुराएर धेरै
चिनायौ मलाई रँगाई सबेरै,
सुनौला बिहानी कहाँ भेटिएला
बिसायो गुनासो रहरले मनेरै ।

 

Continue reading


गजल

Bhim, Dangi,भिम डाँगी, pallawa, पललव

भिम डाँगी

राजनिति गर्छन् यहाँ झुक्याएर ऊ भन्दै थियो
ती जनताहरू को मन दुखाएर ऊ भन्दै थियो

विकाशको नाराहरू घन्किरहन्थे त्यो बेला
चुनावमा जनतालाई हँसाएर ऊ भन्दै थियो

पढ्दा लिएको ऋण बुझाउन नसक्दा मैल
सहूले लग्यो हलगोरू फुकाएर ऊ भन्दै थियो

 

Continue reading


स्वाभिमानको सगरमाथा!

Bhim, Khatiwada, Dharan, भीम खतिवडा, pallawa, पल्लव

भीम खतिवडा

स्वाभिमानको सगरमाथा!
बधाई नेपाली युवा खेलाडीहरू!
बधाई लात्तेभकुन्डोका महारथीहरू!
तिनका बोलीको मीठो,

व्यवहारको रुखोपन,
साँध र बाँधको हस्तक्षेप,
हाम्रो सानो शरीरमाथि,
माटो र पानीको बलात्कार,
सहेर नेपाल आमा,
शदियौँदेखि,
रोइरहिन्/
तिनका स्वार्थको घोडा नबन्दा,–

 

Continue reading


. . . . . हिउँले पनि पोल्छ

Bhim, Parjol, भीम प्रज्वल, pallawa , पल्लव

भीम प्रज्वल

माटो पनि बोल्न था ल्छ ढुंगा पनि बोल्छ
बेला आयो भने पछि हिउँले पनि पोल्छ ।

तर्की हिंड झर्कि हिंड मेरो धर्ति फाट्दा
पाइन लाउनु खुकुरीमा मेरै पन ले मलाई काट्दा

मुटु राखी अगेनोमा जिउने बाटो खोज भन्छौ
फासी लाउकी गोलि ठोकु मन परेको रोज भन्छौ

 

Continue reading


बहरबद्ध गजल

Behoshi, Bhim, Rasaili, वेहोशी भीम रसाइली, pallawa, पल्लव

वेहोशी भीम रसाइली

बेमौसमी फूल जस्तै फूल्दै गयौ।।
पानी दिने मै हुँ माली भुल्दै गयौ।।

बिर्सेर नै आफु लाई संसार मा।
उन्मादले बैंस बल्दा झुल्दै गयौ।।

लाजै बिना बेसरम भै हाँस्दै तिमी।
अञ्जानका बाग सारा डुल्दै गयौ।।

 

Continue reading


२२ मात्राको मात्रिक बहर गजल

Behoshi, Bhim, Rasaili, वेहोशी भीम रसाइली, pallawa, पल्लव

वेहोशी भीम रसाइली

तिखो भाला मुटु माझ गाडिएको थियो।।
र त धड्कन् डराएर टाडिएको थियो।।

एक्लै हाँस्न त्यसै रुन सिकाई मलाई।
पागलको नाम टाँसि छाडिएको थियो।।

कस्को नजर् छ र हेर्न वैलिएको फूल
छैन सुवास् जम्मै रस काडिएको थियो।।

Continue reading


बहरबद्ध गजल

Behoshi, Bhim, Rasaili, वेहोशी भीम रसाइली, pallawa, पल्लव

वेहोशी भीम रसाइली

जहाँ टेक्छु, त्यै भासिन्छ, पैदल गह्रुंगो भो।।
एकै ठाउँ, रोकिन्दैन, मन चैं हलुंगो भो।।

फिकर छैन, जे ले हान, आफै तिमी थाक्छौ।
सयौ चोट, खेपेको ले, छाती यो ढुंगो भो।।

नरोएर, धर पाईन, यादै पठाउँदा।
अनायास, झर्ने आँसु, साँच्चै बिटुङ्गो भो।।

 

Continue reading


बहरबद् गजल

Behoshi, Bhim, Rasaili, वेहोशी भीम रसाइली

वेहोशी भीम रसाइली

आस्था नढालौ पापी भएर।।
जोगाउँ सके बैसाखी भएर।।

गुम्दैछ नेपाली शान आज।
थामौ सबै एक हामी भएर।।

लुट्ने को याँ के नै कम थियो र।
जन्मे छ माओबादी भएर ।।

 

Continue reading


आमा

Bhim,Neupane, भिम न्यौपाने, pallawa, पल्लव

भिम न्यौपाने

एक दिन एउटी आमा ले आफ्नो छोरा संग
सोधिन-
‘नानि..!कुनै दिन मेरा आँखाले देख्न छाडे, अनि म
‘अन्धी’ भएँ भने,तिमि के गर्छौ’?
छोराले आमा लाइ,मायालु पाराले हेर्यो,
आमा को चिउड़ो मा आफ्नो कोमल हातले
समाएर,हेर्दै भन्यो-
‘आमा त्यस्तो भयो भने,
म तपाईं लाइ शहर को सबै भन्दा ‘नामी’
डाक्टर को मा लिएर जान्छु l

 

Continue reading