अरुण भेटवालका केही टुक्राहरूः

Arun, Bhetwal, अरूण भेटुवाल, pallawa, पल्लव

अरूण भेटुवाल

“मनका कुरा”
असत्यमाथी सत्यको विजय
हवस त “गांधी”को जस्तो!
जसरी बहुमुल्य छ,संधै नै
चांदीभन्दा सुनको मुल्य यस्तो!!

किन हुंदैन त मानव हृदय,
भैदिए हुन्थ्यो नि,संधै नै त्यस्तो!
किन छैन,शालिकको मूल्य आज
लाईदें झैं,एकैछिनको पिरती जस्तो!!

 

Continue reading


“समर्पण,तिमीलाई”

Arun, Bhetwal, अरूण भेटुवाल, pallawa, पल्लव

अरूण भेटुवाल

ती बम्बै र दिल्लीका
कोठिमा बेचिएका
चेलीका आंसुले रुवाएका छ्न मलाई,
ती कोरिया,कतारका
रोटीमा थिचिएका
संगीका मासुले थलाएका छ्न मलाई!
पाप हो कि,
पुर्व जन्मको अभिशाप?
कि त केहीको कुत्सित खेलको हात??
मन रोएको छ
तन कांपेको छ,
पटकपटक यी हातले,
पासोकै डोरी नापेको छ!
तर पनि,

 

Continue reading


सिवाय प्रेम …..

Hari, Maya, Bhetwal, हरिमाया भेटवाल, pallawa, पल्लव

हरिमाया भेटवाल

हिड्दा हिड्दै पत्तैबिना
हिडिरहेको बाटोसग पनि हुदोरहेछ प्रेम
बस्दा बस्दै थाहै बिना
बसिरहेको माटोसग पनि हुदोरहेछ प्रेम
पानीलाई बिना स्वादै गरिदोरहेछ प्रेम
हावालाई बिना महसुस नै हुदोरहेछ प्रेम
फुलिरहेको फुलबाट किन आउछ प्रेमको सुबास ……?
झुल्किरहेको घामबाट किन आउछ घामको न्यानु ..?
किन जन्मदै गरेको सिसुलाई र बैसका ठिटाठिटीलाई देख्दा
उम्रन्छ एउटा सुन्दर दृश्य मन भित्र …

Continue reading


मभित्रको मन मौलाएको छैन !!!!!

Hari, Maya, Bhetwal, हरिमाया भेटवाल, pallawa, पल्लव

हरिमाया भेटवाल

तिमीलाई धेरैदिन पछि देख्दा तिमी मैलिएको देखेँ,
खै के के ले हो साह्रै मैलिएछौ तिमी !
सायद तिमी मैलिएको तिम्रो आँखाले नै देखेनौ तिमीले
तर मैले परबाट नै तिमी मैलिएको देखे मेरो आँखाले,
तिमीले आफ्नै अनुहार हेर्‍यौ कि हेरेनौ ऐनामा ?
तर तिमीलाई भ्रम नहोस्
तिमी मैलिएको भने पक्का हो,
कुनै दिन फेरि तिम्रो र मेरो जम्काभेटमा–
म तिमीलाई देखाउने छु,
मेरो आफ्नै आँखामा तिमी मैलिएको तिम्रै तस्बिर !

 

Continue reading


सन्दर्भ नारीदिवस ……!!!

Hari, Maya, Bhetwal, हरिमाया भेटवाल, pallawa, पल्लव

हरिमाया भेटवाल

बिद्रोह
सदियौ देखि …
मेरी आमाले बाचेको जिन्दगी हेरेर
अब म बाकी यात्रा तय गर्ने छैन
तिमी बिद्रोही भन वा जे भन
गुन्रुक हाले झैँ खाल्डोमा
मेरा सपनाहरु पुरेर
अब म बाच्ने छैन
म सित मेरी आमाले बोल्न नसकेको ओठ छ
म सित मेरी आमाले लेख्न नसकेको चोट छ
त्यसैले ,,,,

 

Continue reading


समिश्रण हो ‘जीवन’

Hari, Maya, Bhetwal, हरिमाया भेटवाल, pallawa, पल्लव

हरिमाया भेटवाल

हिँड्दा–हिड्दै शरीरभरी चिसो हावा खसेजस्तो
अलिपर पुगेपछि झिल्को आगो पसेजस्तो
अझ पर हिँड्दै जाँदा फूलमा मौरी बसेजस्तो
सम्बन्धले सम्बन्धलाई बिष घोली डसेजस्तो
कठै ! जीवन –
कहिले निलकाँडामा पसेजस्तो
कहिले बिउ बनी माटोमा खसेजस्तो–

 

Continue reading


हिजो जस्तो लाग्छ,

Hari, Maya, Bhetwal, हरिमाया भेटवाल, pallawa, पल्लव

हरिमाया भेटवाल

आमाले भनेको –
‘घाम र तँ सँगै–सँगै आयौ यो धर्तीमा एकाबिहानै’
मलाई सम्झना छैन
पहिलो चोटी म यो धर्तीमा आएको
तर सम्झनामा अरु थुप्रै कुरा छन्
आज पनि मसँग ।

 

Continue reading


पारिजात ….

Hari, Maya, Bhetwal, हरिमाया भेटवाल, pallawa, पल्लव

हरिमाया भेटवाल

पारिजातको बोट .
रातभरी सेताम्मे फुल जन्माउछे

बिहान सन्न बिहिन हुन्छे

पारिजातको फुल रातभरिको जीवन जिउछे

बिहान बलेसीभरि पोखीन्छे

 

Continue reading


मनमाया को सपना !!!

Hari, Maya, Bhetwal, हरिमाया भेटवाल, pallawa, पल्लव

हरिमाया भेटवाल

तप्किए झैँ बलेसीमा सीत को थोपा
किन तप्प तप्प झर्छ होला मनमायाका स साना सपनाहरु ………..?
उसैको आखा अगी
, पानी जमिनमा भिज्छ माटोको प्यास बुज्छ..
मनमाया तिर्खाउछे
हिजो पल्लोघरको सुबेदी बाजेले भनेको सम्झन्छे उ …
धर्ति र आमा उस्तै हुनुपछ रे …
धर्तिमा मनमायाले डल्ला फुटाउदा…
उसको मनमा परेको डल्ला फुटाउछ कसले ………..?

 

Continue reading


कसरी लेखौ प्रेम कविता …….?

Hari, Maya, Bhetwal, हरिमाया भेटवाल, pallawa, पल्लव

हरिमाया भेटवाल

तिमी प्रेम कविता लेख भन्छौ मलाई ..
आफ्नै पहिचान पत्तो नपाई
को हो ! को हो भन्दै उडेको कोयेली चरो झैँ
पंख फिजाउन खोज्दा आकाशमा…..
म ठोकीनेगर्छु पर्खालमा
अनि पछारिन्छु आफ्नै आगनमा
हो त्यो बेला म कसरि लेखौ प्रेम कविता …….?
माटोको भित्तोहरुमा ज्यानजोगाउन तल्लिन
कमिलाको ताती झैँ म ज्यानजोगाउने लाईनमा उभिएको बेला …
तिमी नै भनन म कसरि लेखौ प्रेम कविता …….?

 

Continue reading


कुलो मात्र भई बगे पनि

 

हरिमाया भेटुवाल

न क्यामराले फोटो खिचे झै खिच्न मिल्ने
न बैंक खाताबाट पैसा झिके झै झिक्न मिल्ने

न तराजुमा जोखेझै जोख्न्न मिल्ने
न त झोलामा बोकेझै बोक्न मिल्ने

Continue reading


रुपान्तरण …

हरिमायाँ भेटुवाल

हिजो आज प्रत्येक पल
मृत्यू संगको जम्का भेटले ,म बदलिएकी छु
मैले देखे
पानीले आत्महत्या गर्दै माथि -माथि
आकासिएर कुहिरो बनेको
अनि,
कुहिरोले आत्महत्या गर्दै तल -तल झरेर पानी बनेको
आहा…कति आनन्ददायी रुपान्तरण !
प्रकृति संग प्रकृति को !

Continue reading