गजल

Bhawani, Timalsina, Neupane, भवानी तिमिल्सिना न्याैपाने, pallawa, पल्लव

भवानी तिमिल्सिना न्याैपाने

उड्न लागि प्राण हात मल्दै गर्दा नरुनु है
छट्पटिई पिडाले म गल्दै गर्दा नरुनु है

छाती पिटी रोलान अब कहाँ भेटुँ भन्दै
शोकाकुल भई सबै ढल्दै गर्दा नरुनु है

तयार गरि बाँस वाँध्लान डोरी कसी कसी
घाट तिर मेरो अर्थी चल्दै गर्दा नरुनु है

Continue reading

गजल

Bhawani, Timalsina, Neupane, भवानी तिमिल्सिना न्याैपाने, pallawa, पल्लव

भवानी तिमिल्सिना न्याैपाने

धनका खातिर हदै गिर्नेहरु देखेको छु
दाउ मार्न सियो बनी छिर्नेहरु देखेको छु

मनभित्र कालो मैलो कपटको भारी बोकी
मखुन्डो चैँ सज्जनको भिर्नेहरु देखेको छु

भलो गर्ने जमाना होईन रैछ बुझेँ मैँले
गुनलाई बैगुनले तिर्नेहरु देखेको छु

Continue reading

गजल

Bhawani, Timalsina, Neupane, भवानी तिमिल्सिना न्याैपाने, pallawa, पल्लव

भवानी तिमिल्सिना न्याैपाने

आज किन तिमीले आँखा तरे जस्तो लाग्यो
चिने पनि नचिने झैँ गरे जस्तो लाग्यो

तिम्रो माया मुटुभरी साँचेको छु भन्थ्यौ
मेरो झिकी अरुको नै भरे जस्तो लाग्यो

पर्खाई मै घण्टौँ बिताउँथेउ चौतारीमा
छैनौ आज अर्कै बाटो झरे जस्तो लाग्यो

Continue reading

छरिएका भावनाहरू

bhawani, khatiwada, भवानी खतिवडा, pallawa, पल्लव

भवानी खतिवडा

हाम्रा पौरखी हात पाउहरुको खाँचो छ त्यो देशमा
हाम्रै सोच विवेक बर्गतहरु खाँचो छ त्यो देशमा
हाम्रा बुद्धि विवेक शक्तिहरुको पर्खाइमा देश छ
नेपालीहरुबाट उच्च तहमा आत्मीय आदेश छ ।

वर्षाको अब याम आउन गयो पानी प-यो झम्झम
उब्जन्छन् मनभित्र पानी सरीकै इच्छाहरु रंरम
माटोबाट सुवास केही बटुली हावा चल्यो सर्सर
आफ्नो जन्मथलो पसेर स्मृतिमा ऐले भयो हर्हर ।

Continue reading

भवानी तिमल्सिना न्यौपानेका एकजोर गजल

Bhawani, Timalsina, Neupane, भवानी तिमिल्सिना न्याैपाने, pallawa, पल्लव

भवानी तिमिल्सिना न्याैपाने

गजल– १,
एकोहोरो तिमिलाई हेरिरहुँ झैँ लाग्न थाल्यो
तिम्रै लागि शव्दहरु केरिरहुँ झैँ लाग्न थाल्यो

के भयो कुन्नि आजकल सबै लाग्छन पराई
तिम्रा मात्र बातहरु टेरिरहुँ झैँ लाग्न थाल्यो

लुगा जे लाए पनि शरीर ढाके हुने मलाई
तर आज घरीघरी फेरिरहुँ झैँ लाग्न थाल्यो

Continue reading

बहबद्ध गजल

Sanu, Bhawani, Paudyal, Kabhre, सानू भवानी पाैडेल, pallawa, पल्लव

सानू भवानी पाैडेल

घाट जाँदा साथमा खै को रह्यो
साथ हाम्रो आखिरी आगो रह्यो !!

च्यात्तिएको पत्र फोटो साथमा
दूर जाँदा प्रेमको नासो रह्यो !!

रात किन्ने रात बेच्ने ठाउँमा
के गुनासो भावना सस्तो रह्यो !!

Continue reading

गजल

Bhawani, Timalsina, Neupane, भवानी तिमिल्सिना न्याैपाने, pallawa, पल्लव

भवानी तिमिल्सिना न्याैपाने

तिम्रो तस्विर यो मन भित्र बस्यो के गरुँ
तिम्रो एकै नजरमा मन फस्यो के गरुँ

पत्थर झै छ मेरो यो मन गल्दैन भन्थे
गलायो मन तिम्रो मायाले डस्यो के गरुँ

मजबुत पर्खालले बारेकी थिए मन
सुस्तरी यो मनभित्र माया पस्यो के गरुँ

Continue reading

गजल

Bhawani, Timalsina, Neupane, भवानी तिमिल्सिना न्याैपाने, pallawa, पल्लव

भवानी तिमिल्सिना न्याैपाने

नारीको सीप रछ्यानमा हेप्छन केही गरेर देखाउनु छ
टपरीमामात्र नभै जीवनमा बुट्टा भरेर देखाउनु छ ।

सम्झिन्छन भुईँको धुलो जसले बदल्नु पर्छ सोच तिनको
आफ्नै पाखुरीको भरमा नै आफ्ना दु:ख हरेर देखाउनु छ ।

सामाजिक विभेद गरी घर भित्रै सिमित राख्न खोज्छन
तोडी कु-संस्कारको वन्धन आफू अघि सरेर देखाउनु छ ।

Continue reading

गजल

Bhawani, Timalsina, Neupane, भवानी तिमिल्सिना न्याैपाने, pallawa, पल्लव

भवानी तिमिल्सिना न्याैपाने

तिम्रै यादमा सधैँ भिज्छ सिरानी
छैन कुनै खबर भयौ बिरानी

तिमी निष्ठुरी भुलि दिन्छौ सहजै
कसरी भुलुँ हाम्रा मिठा कहानी

जोगिउँ कसोरी गिद्दे नजरबाट
साँचेकीछु तिम्रैलागि मेरो जवानी

Continue reading

गजल

Bhawani, Timalsina, Neupane, भवानी तिमिल्सिना न्याैपाने, pallawa, पल्लव

भवानी तिमिल्सिना न्याैपाने

एकोहोरो तिमीलाई हेरिरहुँ झैँ लाग्न थाल्यो
तिम्रै लागि शव्दहरु केरिरहुँ झैँ लाग्न थाल्यो

के भयो कुन्नि आजकल सबै लाग्छन पराई
तिम्रा मात्र बातहरु टेरिरहुँ झैँ लाग्न थाल्यो

लुगा जे लाए पनि शरीर ढाके हुने मलाई
तर आज घरीघरी फेरिरहुँ झैँ लाग्न थाल्यो

Continue reading

गजल

bhawani, khatiwada, भवानी खतिवडा, pallawa, पल्लव

भवानी खतिवडा

फेदीमै बसेर पुगिन्न बरु चारपाउ टेकेर चढे हुने ।
अरु नसके नसक बरु जिन्दगी मात्र पढे हुने ।।

यहाँ असङ्गठित हुँनेले सफलता के पाउला ।
बरु सङ्गठित हुँदै अन्यायसित लढे हुने ।।

आँखा चिम्लेर अन्धभक्त हुनमा हामी माहिर छौ ।
आफ्नै मार्मिक कथा आफै भित्र गढे हुने ।।

Continue reading

गजल

Bhawani, Timalsina, Neupane, भवानी तिमिल्सिना न्याैपाने, pallawa, पल्लव

भवानी तिमिल्सिना न्याैपाने

आमा मैले तिम्रो यो ओठको हाँसो साँच्न सकुँ
आफ्ना लागि मात्र नभै तिम्रा लागि बाँच्न सकुँ

तिम्रै आशिर्वादले म लम्किदै छु लक्ष्य तर्फ
लक्ष्य भेटि तिमिसँगै उमङ्गले नाच्न सकुँ

हाम्रै उन्नतिका लागि त्यागिदियौ सारा खुसी
अब तिम्रा हरेक दु:ख पिडाहरु मास्न सकुँ

Continue reading

गजल

Bhawani, Timalsina, Neupane, भवानी तिमिल्सिना न्याैपाने, pallawa, पल्लव

भवानी तिमिल्सिना न्याैपाने

मेरा खुसीहरू तिमिले हर्छु नसम्झ
सानो चोटमा अपहत्ते गर्छु नसम्झ

आँट साहस हिम्मत छ बाँच्न म सँग
तिमिले साथ छोड्दैमा मर्छु नसम्झ

प्राणभन्दा प्यारोछ मेरो आत्मसम्मान
त्यो गुमाई तिम्रै शरण पर्छु नसम्झ

बहरबद्ध गजल

नयाँ बर्ष मान्दै बित्यो साल साल
न सुध्र्यो धराको भबिस्यै र हाल ।

अनेकौं व्यवस्था भए हेर फेर

bhawani, khatiwada, भवानी खतिवडा, pallawa, पल्लव

भवानी खतिवडा

जहाको त्यहीछन् दुखीका सवाल ।

खसे शीत वर्षा खडेरी र हिऊँ
नयाँ ओत हालौं हटाओैं त्रिपाल

Continue reading

गजल

Bhawani, Timalsina, Neupane, भवानी तिमिल्सिना न्याैपाने, pallawa, पल्लव

भवानी तिमिल्सिना न्याैपाने

हिँड्दा हिँड्दै पाईला गल्या नसम्झ
यो आत्माको विश्वास ढल्या नसम्झ ।

आदर मानी तिम्रा सामु झुकेको हूँ
लोभिएर तिम्रो पाउ मल्या नसम्झ ।

जाल बुनी पासा फ्याक्नु छैन मलाई
आफु झैँ शकुनि चाल चल्या नसम्झ ।

Continue reading

बहरबद्ध गजल

bhawani, khatiwada, भवानी खतिवडा, pallawa, पल्लव

भवानी खतिवडा

नयाँ बर्ष मान्दै बिते साल साल
न सुध्र्याे धराको भबिस्यै र हाल ।

अनेकौं ति मन्त्री भए हेर फेर
छुटेकाे छ जैले दुखीका सवाल ।

खसे शीत वर्षा खडेरी र हिऊँ
नयाँ अाेत हालाैन फाटे त्रिपाल

Continue reading

गजल

Bhawani, Timalsina, Neupane, भवानी तिमिल्सिना न्याैपाने, pallawa, पल्लव

भवानी तिमिल्सिना न्याैपाने

सन्तानकै सुख खातिर दु:ख गर्छिन आमा
तिनिहरूकै उन्नतिमा दङ्ग पर्छिन आमा ।

निदाएर रोला भनी अनिदो मै रात कटाउँदै
पीडा लुकाई ओंठमा मुस्कान छर्छिन आमा ।

ममता नबुझि उन्को सत्तो सराप गरेपनि
आशिर्वादले सधैँ तिनको झोलि भर्छिन आमा ।

Continue reading

नारीको पातो

bhawani, khatiwada, भवानी खतिवडा, pallawa, पल्लव

भवानी खतिवडा

(भवानी खतिवडाका केही टुक्रा )

अग्रजसँगको भेट
आस्था भक्ति र प्रेम यो हृदयमा उर्लीरहेको थियो
श्रद्धा हार्दिक भावना मनभरि सङ्लीरहेको थियो
माताको ममता पिता सरहकै माया मिलेको थियो
साक्षात्कार भएर आज मन यो मानौ फुलेको थियो ।

नारीले बहुमुल्य बस्तु गहना किन्दै न किन्यो भने
के गर्लान् र बिबाह खै पुरुषले चिन्दै न चिन्यो भने
सारी सोह्र हजारमा किनि दिने सुर्वाल धोती अझैं
नारी स्वर्ग समान छिन् जगतमा भन्छन् सबैले कठै ।

Continue reading

गजल

Bhawani, Timalsina, Neupane, भवानी तिमिल्सिना न्याैपाने, pallawa, पल्लव

भवानी तिमिल्सिना न्याैपाने

बाल मैत्री विद्यालय बनाउँ है साथी
शिक्षकको कर्तब्यलाई जनाउँ है साथी ।

गहना हुन स्कुलका साना बाबु–नानीहरू
नतर्सार्इ फकाएर मनाउँ है साथी ।

कक्षाभित्र धेरै भाषण दिई रहनु हुन्न
विद्यार्थीलार्इ बोलाएर भनाउँ है साथी ।

Continue reading