कस्तो अङ्कगणित हामी ?

Prakash, Bhattarai, प्रकाश भट्टरार्इ, pallawa, पल्लव

प्रकाश भट्टरार्इ

कस्तो अङ्कगणित हामी ?
फलाना एकमात्र म,
वजन ६० केजि,
उमेर सत्ताईस;
पढाइमा यति छु,
तस्वीरमा यति लाइक्स!
यति कमाइ मेरो, यतिवटा घर,
यती छन् वरिपरि , यतिवटा पर!
यति जना मद्धेको म यस्तो,फलानो;
हुँदा हुँदा कपडा , जुत्ताको मूल्य
स्वास्थ्यको रक्तचाप,
अङ्कमैपो छ कि सब साथ ?

 

Continue reading


गायत्री भट्टरार्इका केही मुक्तकहरूः

Gayatri, Bhattarai, गायत्री भट्टरार्इ, pallawa, पल्लव

गायत्री भट्टरार्इ

अनौठो यो मान्छेको पारा देखेर
चकित भए म आफै सारा देखेर
शहरमा बस्नु बेकार लाग्छ मलाई
पानी बिना जडिएको धारा देखेर !!

जोड्यौ भने नाता अन्तै गारो हुन सक्छ
एक्कासि तातेर मान्छे पारो हुन सक्छ ।
निर्णय त गरी दिने तिमी नै हौ कान्छा
छोडेउ भने यता आँशु धारो हुन सक्छ !!

 

Continue reading


“जीउनेहरूलाई”

kuber, bhattarai, aavash, sikkim, कुवेर भट्टरार्इ ‘अावाष’, pallawa, पल्लव

कुवेर भट्टरार्इ ‘अावाष

शीरदेखि पाउसम्म
हेरेर उसले के सोच्यो कुन्नि मलाई?
भागमा परेको एउटा खुशीको तान पनि
पार्यो आफ्नो हकमा।
म अवाक उभिरहें नि:सन्देह
त्यो घुम्ती काटिसकेको थियो
भताभुङ्ग पारेर पाइलाहरूलाई
कसैले चिच्याएको सुनेन
उ हिँड़ेको बाटो
साँच्चै अँधकार छाए झैं थियो।
खोलो शान्त बगिरहेथ्यो
बगरलाई के के भन्दै
किनारामा छोएपछि
छालले पनि सुसाउन छोड़े झैं थियो।

 

Continue reading


गजल :

kuber, bhattarai, aavash, sikkim, कुवेर भट्टरार्इ ‘अावाष’, pallawa, पल्लव

कुवेर भट्टरार्इ ‘अावाष’

मलाई तिम्रो बारेमा कुरा गर्नु छैन
वैरी नसम्झ मलाई आँखा तर्नु छैन।

यो मायाको चोखो प्रीत कतै नटुटोस
छुरा झैं धारिलो शंका मनमा भर्नु छैन।

तिमी मेरो प्राण हौ म तिम्रो धढ़कन
बरू आऊ अंगालोमा एक्लै मर्नु छैन।

 

Continue reading


भरतकुमार भट्टरार्इका केही मुक्तकीय टुक्राहरू

Bharat, Kumar, Bhattarai, भरतकुमार भट्टरार्इ, pallawa.पल्लव

भरतकुमार भट्टरार्इ

आँसु-खोली बग्दा
आँसु-खोली बग्दा रैछन् आमा छुटेपछि
मुटुभन्दा प्यारी आमा कालले लुटेपछि
दिनभन्दा रातले बढी रुवाउँदो रहेछ
सृष्टिको त्यो न्यानो काख पूरै रित्तेपछि ।

बिहानीसँगै
बिहानीको स्वच्छ हावा सास फेर्छ मैसँग
चरीहरू गीत गाउँछन् मन साट्न मैसँग
बाटाहरू बोलाउँछन् साथसाथै हिँडूँ रे म
दिनभरिको स्वस्थ आशा शुभ बोल्छ मैसँग ।

 

Continue reading


“मान्छेको यथार्थ”

kuber, bhattarai, aavash, sikkim, कुवेर भट्टरार्इ ‘अावाष’, pallawa, पल्लव

कुवेर भट्टरार्इ ‘अावाष’

हामी भत्किएका होइनौ
हामी टाडिएका होइनौं
हामी छोपिएका होइनौं
हामी धसिएका होइनौं।

हामीलाई त अनैतिकताले भत्काएको हो
हामीलाई त व्यावाहारिकताले टाडा पारेको हो
हामीलाई त आडम्बरले छोपेको हो
हामीलाई त अचेतनले धसाएको हो।

 

Continue reading


यादव भट्टरार्इका मुक्तकहरू

Yadav, Bhattarai, यादव भट्टरार्इ, pallawa , पल्लव

यादव भट्टरार्इ

बाँसुरीको धूनझैँ बजाउन पाए हुन्थ्यो जिन्दगी
मादलको तालमा झैँ नचाउन पाए हुन्थ्यो जिन्दगी
भरोसा पटक्कै छैन र त यस्तो लाग्छ मलाई –
सपनासरि आँखामा सजाउन पाए हुन्थ्यो जिन्दगी ।

जत्ति उडूँ आकाशमा आफ्नै धरा प्यारो लाग्छ
जहाँसुकै पुगूँ आखिर आफ्नै गरा प्यारो लाग्छ
हाँगाबिगा माथि माथि जत्तिसुकै फैले पनि-
मलाई भने किन किन आफ्नै जरा प्यारो लाग्छ ।

 

Continue reading


कुवेर शर्माको एउटा लोक गीत:

kuber, bhattarai, aavash, sikkim, कुवेर भट्टरार्इ ‘अावाष’, pallawa, पल्लव

कुवेर भट्टरार्इ ‘अावाष’

गान्तोक छेउ लिङदुममा
धानको बाला झुलेछ,
कान्छीको सून्दर मुहारमा
पूर्णेको जून खुलेछ।

धजे है ड़ाँडाको चौतारी
कान्छीलाई भेट्न आउँला,
ओठको मीठो मुस्कानले
थकाई सबै मेटौंला।

 

Continue reading


“यी पदचापहरू”

kuber, bhattarai, aavash, sikkim, कुवेर भट्टरार्इ ‘अावाष’, pallawa, पल्लव

कुवेर भट्टरार्इ ‘अावाष’

एक पछि एक गरेर थुप्रिएको माटो
ढुंगा, बालुवा र बगरहरू
जहाँ लाखौं मान्छेका पदचापहरू अंकित छन ।

म त्यही यात्री मध्ये एक हुँ
बिहान लगाईएका मेरा निर्विरोध एक जोड़ी खुट्टा बेलुका घर फर्कदा
सबैदेखि वाक्क दिक्क मान्छन।
धावा बोल्छन यी राखेका मेरा खुट्टा हरूले बिसौनीमा
क्रान्ति गर्छन,आन्दोलित बन्छन यी पदचापहरूले।

मस्यौदा छन यिनीरूमा
भिजन छन यिनीहरूमा
पारदर्शिता छ यिनीहरूमा।यी मेरा खुट्टाहरू,
पदचापहरू हिड़िरहदैनन बिना काम बिना साईत ।

 

Continue reading


आर डी भट्टराईका दुइ मुक्तक

Radha, Bhattarai, राधा भट्टराई, pallawa, पल्लव

राधा भट्टराई

सताउछ दिनले भन्दा बढी रातले सताउछ
सम्झिन्छु बिगत अनि हरबातले सताउछ
भुल्छु भन्दा झनझन आईदिन्छ बल्झिएर
तिमले देको चोट र बिश्वास घातले सताउछ !!

जब मनमा खुशीका छालहरू,तरङ्गितभए झै लाग्छ
कता कता मनमा बेचैन,अनि छटपटी बढे झै लाग्छ !!
नखोज मलाई यो संसारमा अनतै बसाई सरिसके
भेटन आऊनू मसानघाट तिमऱो लागि मरी सके !!

 

Continue reading


“आमा”कविता

Parasu, Ram, Bhattarai, परशुराम भट्टराई , pallawa, पल्लव

परशुराम भट्टराई

आमा तिम्रो सहारा अमृत सरहको प्रेमको दुग्ध धारा |
आैँसीको रात मेट्द झिलिमिलि नभमा चम्किने जून तारा ||
भुल्नै गाह्रो चिनारी हृदय बीच बस्यो प्रेम छर्ने छहारी |
मेरो आत्मा तिमी हौ त्रिभुवन जननी बन्छु तिम्रै पुजारी ||

सेवाको भाव छर्दै सकल जगतमा शान्तिको वृष्टि गर्दै |
सच्चा सन्तान खोज्दै अतिशय गहिरो कष्टको सिन्धु तर्दै ||
जान्छिन् आमा सुनौलो रवि किरण सरी सृष्टिको दीप बाली |
आमा हुन् काव्यधारा सुललित कविता विश्वकै फूलमाली ||

 

Continue reading


अस्मिताका मुक्तकहरूः

Asmita, Bhattarai, अस्मिता भट्टरार्इ , pallawa, पल्लव

अस्मिता भट्टरार्इ

न आश देखिन्छ न पहिलेझैँ खास देखिन्छ
जहिले देख्दापनि मात्रै निराश देखिन्छ
भेटनेजति सबै यहि सोधिरहेछन मलाई
किन अचेल तेरो मुहार उदास देखिन्छ

तिमीतिरै गयो मन आँखाजुधेपछि
बढन थाल्यो धडकन आँखाजुधेपछि
खै के जादु रैछ तिम्रो नजरमा कुन्नि
धेरै बढयो आफ्नोपन आँखाजुधेपछि

 

Continue reading


काठमाण्डौंमा जीवन !!!

Ramesh, Bhattarai, Sahridayee, pallawa, पल्लव

रमेश भट्टरार्इ “सहृदयी”

संस्कृत शब्दको “काष्ठमण्डप”को अपभ्रंशबाट बनेको काठमाण्डौं शब्दलाई नेपालको राजधानीको रुपमा चिनिन्छ । जीवनदर्शनको खोजीमा सबै लालची बन्छन् नै । जीवन के हो- कहाँको जीवन र कस्तो जीवन सुखदायी बन्छ – यी त्रिकालदर्शी मुनी पनि जान्न असमर्थ हुन्छन् । ब्रह्माण्डमा जीवन, अन्तरिक्षमा जीवन, धर्तीमा जीवन, देशमा जीवन, जिल्लाको सहरमा जीवन, गाउँमा जीवन एउटा परिवारमा जीवन धेरै खालका जीवन भेटिन्छन् । जीवन त्यो हो जुन आमाको गर्भ भित्रदेखि लिएर बाहिर निस्केपछि श्वास चल्यो र अन्तिम श्वास जहिलेसम्म चल्छ, त्यो समय अर्थात् जन्म र मृत्युको बीचको अवधि नै जीवन हो ।

 

Continue reading


गजल

Umesh, Bhattarai, Birodhi, उमेश भट्टराई 'बिरोधी', pallawa, पल्लव

उमेश भट्टराई ‘बिरोधी’

रात दिन हामीलाई कमारा बनाएर
के गर्न खोजेको हो सर्वहारा बनाएर

उ भन्दै’थि देशमा नै गरेर बसौ केहि
छोडेको छ युवालाई आवारा बनाएर

न सक्छु म उनिलाई बातले सम्झाउन
सुम्पेकी छे जिन्दगी अभिभारा बनाएर

 

Continue reading


गजल

Binu, Bhattarai, विनु भट्टरार्इ, pallawa  , पल्लव

विनु भट्टरार्इ,

रात कसरी ढल्यो भन्न सकिन्छ र।
समय कस्तो चल्यो भन्न सकिन्छ र।

अभावमा छट्पटिदा के-के हुन्छ-हुन्छ,
तन-मन कति गल्यो भन्न सकिन्छ र।

समर्पित हुनु नै थियो भैदिए त के भो,
उल्टै उसलाइ, छल्यो भन्न सकिन्छ र।

 

Continue reading


गजल

Binu, Bhattarai, विनु भट्टरार्इ, pallawa  , पल्लव

विनु भट्टरार्इ

मृत्यु लाई अँगाल्नु नै छ,पत्थर पगाल्नु पनि त छ।
चोटहरु गुरु बन्दैछन जतनले सँमाल्नु पनि त छ

मन मनै त हो भोलि के हुन्छ भन्न सकिदैन,आजै
चुहिने छानो र भत्केको भित्तो टाल्नु पनि त छ।

तिम्रो अभाब ले कति पोल्यो, तिमिलाइनै भेटेपछी
हजुरआमा ले झै लोरि सुनाएर दर्द पखाल्नु पनि त छ।

 

Continue reading


विकल्पका केही मुक्तकहरू

Sanjaya, Bikalpa, Bhattarai, सञ्जय विकल्प भट्टरार्इ’, pallawa, पल्लव

सञ्जय विकल्प भट्टरार्इ’

कस्तो होला प्रेममा पागल हुँदा खेरि
तिम्रै यादमा यता म घायल हुँदा खेरि ।
अचेल त गाउँमा यस्तै भनिरहन्छ्न,
उनि राम्री आँखामा गाजल हुँदा खेरि ।।

थोरै खुसी धेरै पीर यस्तै छ जिन्दगी
कतै सम्म कतै भिर यस्तै छ जिन्दगी ।
जाने ले त मन मुटु लिएर गएपछी,
यता भने खोक्रो शरीर यस्तै छ जिन्दगी ।।

 

Continue reading


अनुभूति- !

Neeta, Kc, Bhattarai, नीता के.सी. भट्टराई, pallawa, पल्लव

नीता के.सी. भट्टराई

मेरा स्मृतिहरू
मेटिए हुन्थियो झैँ लाग्छ कहिले
मेरा अनुभूतिहरु
हराए हुन्थियो झैँ लाग्छ कहिले
पागल पागल झैँ भैदिन्थे बरु
मुटु र मस्तिस्क देखी टाढा
घायल घायल झैँ भैदिन्थे बरु
तृष्णा र तृप्तिहरु देखि टाढा
भुल्न किन सकिदैन –

 

Continue reading


गजल

Sanjaya, Bikalpa, Bhattarai, सञ्जय विकल्प भट्टरार्इ’, pallawa, पल्लव

सञ्जय विकल्प भट्टरार्इ’

त्यो बोलीमा धार महसुस भएको छ
र त मुटुमा भार महसुस भएको छ ॥

फुलको जवाफ पत्थर भएर हुनुपर्छ,
कलेजी मै प्रहार महसुस भएको छ ॥

मायाले त हँसाउनु पर्छ भनिरहन्थ्यौ,
यता भने अत्याचार महसुस भएको छ ॥

 

Continue reading


एसियामा रामकथाको प्रभाव र विस्तारः एक सङ्क्षिप्त प्रसङ्ग

Dr. ,Gobinda, Raj, Bhattarai, डा. गोविन्दराज भट्टराई, pallawa, पल्लव

डा. गोविन्दराज भट्टराई

आज प्रशिद्ध मानिएको विश्वव्यापी भाषा पनि एकदिन, इतिहासको कुनै कालखण्डमा ससानो मूलबाट पलाएको थियो । जर्मन, फ्रेन्च, इङ्लिस, अरवी, चिनियाँ, जापानी सबै कुनै न कुनै पुरानो रूपबाट विकसित हुँदै आएका छन् । प्रायः सबै भाषाको मध्ययुगबाट नवीकरण हुन थाल्यो । पुराना र नयाँका सन्धिकालमा धेरैजसो कवि स्रष्टा नै उभिएका छन् । धरैजसो धार्मिक, आध्यात्मिक काव्यगाथा रचेर वा अनुवाद गरेर नयाँ भाषालाई जनमानसमा स्थापित गराएका छन् । उदाहरणको लागि ल्याटिनमा दन्ते अलिग्हिअरीको -१२६२-१३२१) डिभाइन कमेडी, अङ्ग्रेजीमा जेफ्री चौसर -१३४३-१४००) को क्यार्न्र्टबरी टेल्ज् । यता आफ्नै परिवेशको कुरा गर्दा हिन्दी, बङ्गाली, गुजराती, आसामी, नेपाली, जस्ता भारोपेली भाषा पनि कुनै न कुनै पर्ूवरूपबाट विकसित भएका हुन् ।

 

Continue reading