लक्ष्मी भट्टका तीन गजल

Laxmidatta, Bhatta, Satyapremi, लक्ष्मी दत्त भट्ट 'सत्यप्रेमी', pallawa, पल्लव

लक्ष्मी दत्त भट्ट ‘सत्यप्रेमी

बहरबद्ध गजल– १,
छ पानी परेको त आली लगाऊ
यही मासमा नै ल बाली लगाऊ

छ बाँझो बसेको र झाडी बनेका
ल जोतेर गोरु त फाली लगाऊ

ल फूटेछ मुलै बगाएछ बस्ती
ल जोगाउ धर्ती त जाली लगाऊ

 

Continue reading


“आमा” दुख्यौ के गरूँ ?

खोकीले मधुमेहले अपचले यो देह हल्लाउँदा

Hira, Bhatta,हिरा भट्ट ''सर्वनाम'', pallawa, पल्लव

हिरा भट्ट ”सर्वनाम”

हाडे रेबिज भ्यागुते र खटिरा म्यादे-ज्वरो आउँदा ।
जे मिल्थ्यो विष-औषधी मुसुमुसू हाँसेर खान्थेँ बरु।
आमा! आज त चस्स चस्स मुटुमा “सुस्ता” दुख्यो के गरूँ ??

मेरै वक्ष-बगान सिञ्चित गरी मेची र काली जल
लाखौँ लाख सुसेल्दथे हृदयका संवाद ती कल्कल ।
रोयो व्याकुल भो सुक्यो दिल-घडा पानी कहाँको भरूँ ?
आमा ! आज त चस्स चस्स मुटुमा “कोशी” दुख्यो के गरूँ ??

 

Continue reading


बहरबद्ध गजल

Laxmidatta, Bhatta, Satyapremi, लक्ष्मी दत्त भट्ट 'सत्यप्रेमी', pallawa, पल्लव

लक्ष्मी दत्त भट्ट ‘सत्यप्रेमी’

जडेको सितारा टुटेको छ या
दिलैको इमानै लुटेको छ या

परानी भरीका ति पूज्यै हरु
दबाऊन घाँटी जुटेको छ या

म आफैँ म बाँच्ने भनेरै सदा
शिशाका सरी पो फुटेको छ या

 

Continue reading


बहरबद्ध गजल

Laxmidatta, Bhatta, Satyapremi, लक्ष्मी दत्त भट्ट 'सत्यप्रेमी', pallawa, पल्लव

लक्ष्मी दत्त भट्ट ‘सत्यप्रेमी’

म सिङ्गो दिलै यो गलाएर आएँ
चिनारी थिए जो जलाएर आएँ

यहाँ जे छ आफ्नो खुशी साथ बस्ने
सदिच्छा सबैमा चलाएर आएँ

कहानी बनेको परानी छ हाम्रो
दिलै भित्र आशा पलाएर आएँ

 

Continue reading


पार्वती भट्टका केही मुक्तकहरूः

Parbati, Bhatta,पार्वती भट्ट, pallawa, पल्लव

पार्वती भट्ट

तिमीले लेख्ने गजलको, हरेक बहर प्यारो लाग्छ
यादहरुको बिसौनी, हर- एक प्रहर प्यारो लाग्छ
चाहाना पलाउँछ जब मुटुमै,राख्ने आँखामै साँच्ने
हो, त्यो पूरा नहुने आफ्नै अधुरो, रहर प्यारो लाग्छ ।

यहाँ निभ्दा निभ्दैका कयौं जीवन दीप जगाएर गयौ
हामीलाई बिर्सिनै नसकिने अतुलनीय गुन लगाएर गयौ
जानु त पर्थ्यो नै थियो, जो सुकै आए ती गए यो शाश्वत हो
तर तिमी समय अगावै संवेदनाका अश्रुधार बगाएर गयौ ।

 

Continue reading


हिरा भट्ट का तीन कविता

Hira, Bhatta,हिरा भट्ट ''सर्वनाम'', pallawa, पल्लव

हिरा भट्ट ”सर्वनाम”

१) आमाको सम्झना
आमा आज म जान्छु कान्तिपुरमा पुग्नेछु छिट्टै भरे
प्रज्ञाले प्रतियोगिता चरणमा निम्तो गरेकी छ रे ।
जस्तो चातक चाल त्यो गगनमा उस्तै धराको व्यथा
प्रज्ञा माझ सुनाउनेछु जननी माटो मुछेको कथा ।।

माटो रुन्छ असह्य हुन्छ मुटुमा क्वै मौनता छाउँछ
आमाको शिशुकालको र घरको झल्को झनै आउँछ ।
सोच्दैमा पनि दृष्टि बन्छ मधुरो आँखा बने टिल्पिल
आमा खोज्छु म भोलि कान्तिपुरमा “मेरो बगेको दिल” ।।

 

Continue reading


हिरा भट्ट का जोर कविता

Hira, Bhatta,हिरा भट्ट ''सर्वनाम'', pallawa, पल्लव

हिरा भट्ट ”सर्वनाम”

१) पात्रो सुधारौँ अब
पात्रो खेत भरी असार दुलही शृंगारमा आउँथ्यो
बाजा मेघ बजाउँथ्यो गगनले पीयूष बर्साउँथ्यो
माटोमा दिल नै चुहे सरि हुने भै स्याखु मेरो गिलो
ती रोपार र बाउसे सँगसँगै नाच्थ्यो असारे हिलो

कुद्थे मोटर वेगमा हुरुरुरू तारे र माले जब
दाँते माझ म नाच्दथेँ घर घरै नाँच्थ्यो भकारी तब
सुन्ने को छ र यो बडा सहरमा पोखूँ कुरा कोसित
पात्रो भित्र असार रुन्छ जननी पात्रो लुकाऔँ कि त

 

Continue reading


मेरो बगेको दिल

Hira, Bhatta,हिरा भट्ट ''सर्वनाम'', pallawa, पल्लव

हिरा भट्ट ”सर्वनाम”

बर्षामास चल्यो बतास छिनमै दर्केर पानी पर्‍यो
चौपाया र जहान साथ दिलमा उर्लेर कोशी झर्‍यो
क्वै कङ्काल र भग्न-खण्ड छरिए कोशी किनारा तिर
खोजूँ खै म कता? कता अलप भो मेरो बगेको दिल
।१।
कोही भन्छ बिहान साझ दिउँसो टिस्टा पुगी हाँस्छ रे
कोही भन्दछ जादु झैँ निमिषमै किल्ला पुगी नाच्छ रे
के भो कुन्नि छ स्वाभिमान मुटुमा भूकम्प झैँ हल्चल
कोही बोल न बोल आज छ कता मेरो बगेको दिल
।२।

 

Continue reading


बहरबद्ध गजल

Laxmidatta, Bhatta, Satyapremi, लक्ष्मी दत्त भट्ट 'सत्यप्रेमी', pallawa, पल्लव

लक्ष्मी दत्त भट्ट ‘सत्यप्रेमी’

वैंशको मातमा गाउँछे सुन्दरी
चादँनी रातमा आउँछे सुन्दरी

वेहुली भेषमा कामिनी केशमा
लालि यो ओठमा लाउँछे सुन्दरी

फेरियो रुप नै कामिनी चाल भो
प्रेयसी माझमा छाउँछे सुन्दरी

 

Continue reading


बहरबद्ध गज़ल

Komal, prasad, Bhatta, कोमल प्रसाद भट्ट, pallawa, पल्लव

कोमल प्रसाद भट्ट

प्रभो ! महा तोक तिमी रहेछौ
त्रिलोकका लोक तिमी रहेछौ

कृपा छ तिम्रो सबमा समान
समृद्ध वा भोक तिमी रहेछौ

सुकर्ममा प्रेम छ उच्च तिम्रो
कुकर्ममा झोक तिमी रहेछौ

 

Continue reading


गजल

Ram, Krishna, Bhatta, Nuwako6, ‎रामकृष्ण भट्ट‎ , pallawa, पल्लव

‎रामकृष्ण भट्ट‎

भय के रैछ वचनले चुकेको लाई सोध
महत्व के हो कर्तव्यमा झुकेको लाई सोध।।

झेल्नु पर्छ हरेक संघर्स अड्कल नहूँदा
उजगार नभई प्रतिभा लुकेको लाई सोध।।

दौलतले कति उन्मात हुन्छन मान्छेहरू
भोक के हो दुर बस्तीमा सुकेको लाई सोध।।

 

Continue reading


हिरा भट्टका जोर कविता

Hira, Bhatta,हिरा भट्ट ''सर्वनाम'', pallawa, पल्लव

हिरा भट्ट ”सर्वनाम”

१) मालती
राम्री छ्यौ ,ऋतु-राजका गगनको क्वैली सरी गाउछ्यौ!
चिन्ता लाग्दछ यौबना किन तिमी यो साँझमा आउछ्यौ?
खाली छैन कुनै कुना-हृदयको, जिद्धी गरेको कति?
सिंगो देश जलीरहेछ पिरती ”लाइन्न भो मालती”!

हाँस्थ्यो देश भने खुला पवनमा लान्थे टपक्कै टिपी!
छाती भित्र रुँदैछ-देश, तर त्यो उस्तै छ तिम्रो ढिपी!!
‘ढुंगे-मन्दिरमा’ झुटा कसम ती ”खाइन्न भो मालती”!
सिंगो देश जलीरहेछ पिरती ”लाइन्न भो मालती”!

 

Continue reading


लक्ष्मीदत्त भट्टका जोर गजल

Laxmidatta, Bhatta, Satyapremi, लक्ष्मी दत्त भट्ट 'सत्यप्रेमी', pallawa, पल्लव

लक्ष्मी दत्त भट्ट ‘सत्यप्रेमी’

बहरबद्ध गजल– १,
यहाँ खाग बन्दै बलेको छु साथी
कहाँ पाउँ छाया जलेको छु साथी

दुखी आशु झर्दा यहाँ हुन्छ हासो
जमाना सँगैमा चलेको छु साथी

जता स्वार्थ मिल्ने उत्तै भीड मान्छे
यही रीत बोक्दै पलेको छु साथी

 

Continue reading


हिरा भट्ट का जोर कविता

Hira, Bhatta,हिरा भट्ट ''सर्वनाम'', pallawa, पल्लव

हिरा भट्ट ”सर्वनाम”

१) “नारी गुञ्जन”
रामे भन्छ हिमालमा छ कविता ल्याऊ न दाजै टिपी
झर्नाको जलभित्र बग्छ कविता गर्दैछ श्यामे ढिपी
आमाको स्वर पो बुलन्द सुनियो “मिथ्या सबैका कुरा
मेरै आँचलमा नियाल सब ती झर्ना गुफा टाकुरा”
।१।
सन्ध्याकाल छ सुँक्क सुँक्क ननिको चीत्कार चिच्याहट
बिच्छी सर्प विराज दूर घरमा देखिन्छ क्वै बालक
वाणी एक विलीन भो हृदयमा “लम्की हिँडेको कता
पन्छेकी कविता छ छाउघरमा भो भो नजाऊ त्यता”
।२।

 

Continue reading


बहरबद्ध गजल

Laxmidatta, Bhatta, Satyapremi, लक्ष्मी दत्त भट्ट 'सत्यप्रेमी', pallawa, पल्लव

लक्ष्मी दत्त भट्ट ‘सत्यप्रेमी

फुर्दै छ आज आखाँ फर्केर याद आयो
बग्दै छ अश्रुधारा दर्केर याद आयो

टाढा भएर के भो माया छ साथ मेरो
स्वप्ना म देख्छु राती झल्केर याद आयो

बज्दैन धून ऐले लाग्दैन राग राम्रो
गाह्रो परेछ दिल्मा सर्केर याद आयो

 

Continue reading


हिरा भट्ट को कविता

Hira, Bhatta,हिरा भट्ट ''सर्वनाम'', pallawa, पल्लव

हिरा भट्ट ”सर्वनाम”

रामे भन्छ हिमालमा छ कविता ल्याऊ न दाजै टिपी
झर्नाको जलभित्र बग्छ कविता गर्दैछ श्यामे ढिपी
आमाको स्वर पो बुलन्द सुनियो “मिथ्या सबैका कुरा
मेरै आँचलमा नियाल सब ती झर्ना गुफा टाकुरा”
।१।
सन्ध्याकाल छ सुँक्क सुँक्क ननिको चीत्कार चिच्याहट
बिच्छी सर्प विराज दूर घरमा देखिन्छ क्वै बालक
वाणी एक विलीन भो हृदयमा “लम्की हिँडेको कता
पन्छेकी कविता छ छाउघरमा भो भो नजाऊ त्यता”
।२।

Continue reading


बहरबद्ध गजल

Laxmidatta, Bhatta, Satyapremi, लक्ष्मी दत्त भट्ट 'सत्यप्रेमी', pallawa, पल्लव

लक्ष्मी दत्त भट्ट ‘सत्यप्रेमी’

दिलै भित्र माया म पाली रहेको
बितेको कहानी सम्हाली रहेको

तिमी साथ छोड्यो म छोड्न सकेन
दिएको ति नासो सम्हाली रहेको

सधैँ साथ बस्ने उही आँचलैमा
मनैका ति पीडा पखाली रहेको

 

Continue reading


“आमा” दुख्यौ के गरूँ ?

Hira, Bhatta,हिरा भट्ट ''सर्वनाम'', pallawa, पल्लव

हिरा भट्ट 

खोकीले मधुमेहले अपचले यो देह हल्लाउँदा
हाडे रेबिज भ्यागुते र खटिरा म्यादे-ज्वरो आउँदा ।
जे मिल्थ्यो विष-औषधी मुसुमुसू हाँसेर खान्थेँ बरु।
आमा! आज त चस्स चस्स मुटुमा “सुस्ता” दुख्यो के गरूँ ??

मेरै वक्ष-बगान सिञ्चित गरी मेची र काली जल
लाखौँ लाख सुसेल्दथे हृदयका संवाद ती कल्कल ।
रोयो व्याकुल भो सुक्यो दिल-घडा पानी कहाँको भरूँ ?
आमा ! आज त चस्स चस्स मुटुमा “कोशी” दुख्यो के गरूँ ??

 

Continue reading


पार्वती भट्टका केही मुक्तकीय टुक्राहरूः

Parbati, Bhatta,पार्वती भट्ट, pallawa, पल्लव

पार्वती भट्ट

भन्ने त के के पो भन्छन् सकिन्न, भन्नेका पछि लाग्न
सकिन्न कम्जोरी खोट्याई औँलामा, गन्नेका पछि लाग्न
समाजको कामै त हो नि दुखमा उडाउने,सुखमा गुडाउने
तब त सकिन्न बिनाकारण खोइरो, खन्नेका पछि लाग्न ।

जिन्दगी
जे जे आई पर्छ जिन्दगीमा सहन्छु, सहनु हो जिन्दगी
सकिन्न गुम्सेर बस्न कहन्छु ,कहनु हो जिन्दगी
नदी,समुन्द्र,खै!के केसँग, पोखिन मन लाग्छ नि जब
आफ्नै भावका तरङ्गसित वहन्छु,वहनु हो जिन्दगी ।

 

Continue reading


पार्वती भट्टका केही मुक्तकहरूः

Parbati, Bhatta, पार्वती भट्ट, pallawa, पल्लव

पार्वती भट्ट

सोचेजस्तै हरेक जीवन हुने भए देखि
कल्पनाले आकाशको जून छुने भए देखि
दुनियाँमा बाहिरिनुको के नै अर्थ भो र
दुख्ने जति हरेक आत्मा रुने भए देखि ।।

पुकारा नसुन्ने मुर्तिवाल भगवाको मन्दिरमा धाउनुको के अर्थ
समर्पण बिनाको श्रीखण्ड घोटेर तक्दिरमा लाउनुको के अर्थ
भक्तहरूका लागि मात्र रमाउँछ घण्टी समाउँछ पुजारी भने
मन रङ्गहिन भई उडेका बेला निधारको अबिरमा छाउनुको के अर्थ …?

 

Continue reading