बहरबद्ध गजल

Ambika, Karki, Bharatpur,अम्बिका कार्की ‘अमु’, pallawa, पल्लव

अम्बिका कार्की ‘अमु’

कत्ति साचौं शून्यलाग्दो जिन्दगानी ए हजुर ।
ख्याल ख्यालैमा गयो मेरो जवानी ए हजुर ।

चाहनाका राग भित्रै जल्नु कैले सम्म हो ,
भैदियो यो प्रेममा आफ्नै कहानी ए हजुर।

भोक तिर्खा नीद जादाँ लाग्छ गाढा प्रेम भो
त्यो दिलैमा राज गर्दै बन्छु सानी ए हजुर ।

 

Continue reading


बहरबद्ध गजल

Ambika, Karki, Bharatpur,अम्बिका कार्की ‘अमु’, pallawa, पल्लव

अम्बिका कार्की ‘अमु’

नदेखी नसोची चलायौ जवानी ।
साउने झरी झै बनायौ जवानी ।

नजरमा नजर नै मिलेथ्यो दुवैको
फकाई फुलाई सटायौ जवानी ।

कठोरै थियो दिल पगाल्यौ तिमीले
फुले झैं भयो फूल बसायौ जवानी ।

 

Continue reading


“चिन्तन”

Ambika, Karki, Bharatpur,अम्बिका कार्की ‘अमु’, pallawa, पल्लव

अम्बिका कार्की ‘अमु’

खै ! किन हो ?
आजभोलि आफैलाई
एउटा चिन्तनको घेरा भित्र
घेरिएको पाउँछु।
दबिएर रहेका छन् आफ्नै आकांक्षाहरू
जुन अझै दबिने क्रममा नै छ

मेरै देशका मानवहरूको भीडमा
हराएको आफ्नै मन आफू भित्रै
खोजिरहेकी छु ।

 

Continue reading


बहरबद्ध गजल

Ambika, Karki, Bharatpur,अम्बिका कार्की ‘अमु’, pallawa, पल्लव

अम्बिका कार्की ‘अमु’

रै` छ जिन्दगी यात्रा बास भो सधैं मेरो ।
बेदना र पीडाको रास भो सधैं मेरो ।

कल्पना यि लेख्दै जाँदा कथा बने आज
प्रेमको निशानी पो खास भो सधैं मेरो ।

ब्यर्थमा लडें, लड्दा लड्दै मुहार बद्लेन
सुख्ख मिल्छ भन्दा झन् दास भो सधैं मेरो।

 

Continue reading


“मेरो छोरोलाई गुण्डा भन्नुहोस् ।”

Ambika, Karki, Bharatpur,अम्बिका कार्की ‘अमु’, pallawa, पल्लव

अम्बिका कार्की ‘अमु’

मेरो बूढो ससुरा कप्तान हुनुहुन्थ्यो।
ससुरा बा आर्मीकै हवल्दारमा
पेन्सन निस्किनुभयो ।
मेरो पति पेन्सन पाक्ने बेलासम्म पनि
प्र. ज .हुनुहुन्छ ।
इमान्दारी र आदर्श बोकेर
राष्ट्र सेवक कहलाएको मेरो सन्तान
बाच्न निकै गार्‍हो भएको महसुस हुदैछ ।
छोरालाई भने अब गुण्डा बनाउन मन छ मेरो
त्यसैले मेरो छोरालाई गुण्डा भन्नुहोस् ।

 

Continue reading


गजल

Ambika, Karki, Bharatpur,अम्बिका कार्की ‘अमु’, pallawa, पल्लव

अम्बिका कार्की ‘अमु’

प्रीय सहिद तिमीले देशको माटो भिजाएर गयौ।
मैले टेकेको भूमिको अशुद्ध बाटो भिजाएर गयौ ।

टिष्टा कागडा लुट्नेको विरुद्ध हिजो बलिदान दिने :
तिमी महान भएर यी यिनै पाटो भिजाएर गयौ ।

बुझ्नै नसक्ने रिवाज बनेको छ यो इतिहास फेर्न :
ढाल्छन् शालिक गर्ल्याम्म मनको खाटो भिजाएर गयौ।

 

Continue reading


अम्बिका कार्की अमु का जोर गजल

Ambika, Karki, Bharatpur,अम्बिका कार्की ‘अमु’, pallawa, पल्लव

अम्बिका कार्की ‘अमु’

बहरबद्ध गजल– १,
भोक नै भयो खाल्डोमा फसाउँने ।
लोभले बनायो सारा गलाउँने ।

जानु पर्छ छोडेरै प्राण वायुमा :
कर्म त्यो गरौं देखेरै रमाउँने ।

शब्दमा तिखो बोली गर्नुहुन्न है :
व्यबहारले हो आफ्ना बनाउँने ।

 

Continue reading


“छोरी”

Ambika, Karki, Bharatpur,अम्बिका कार्की ‘अमु’, pallawa, पल्लव

अम्बिका कार्की ‘अमु’

छोरी ! यो शान्त,स्थिरता भएको देशमा
बुद्धत्व माथी बलत्कार भएकोछ।
तिनै बलात्कारीहरू बाट नै
तिमी लगायत कयौं बालकहरूको
रहरहरूका हत्या भएकोछ।
प्रत्येक पाइला-पाइला
साथै चोक चोकमा
प्रदूषित वायुका टुक्राहरू
ठोक्किएका छन् ।
विभक्त छ जीवन र उस्तै
विभक्त थिए चाहाना ,इच्छा र आकांक्षाहरू
जहाँ हुर्कनै नपाई बलत्कार भए।
उस्तै बलात्कृत म

 

Continue reading


बहरबद्ध गजल

Ambika, Karki, Bharatpur,अम्बिका कार्की ‘अमु’, pallawa, पल्लव

अम्बिका कार्की ‘अमु’

भत्केको दिलको आली लगाउन आयौ ।
गुम्सेका मनका इच्छा जगाउन आयौ ।

यो मेरो मनको गुञ्जार नै नहुने`थ्यो
रङ्गिन्दै छ जवानी यो सजाउन आयौ ।

ठूलो चोट सहेथेँ हर्षमा दुनियाँ भो
मेरो प्रेमिल दीयो नै जलाउन आयौ ।

 

Continue reading


अम्बिका कार्की अमु का जोर गजल

Ambika, Karki, Bharatpur,अम्बिका कार्की ‘अमु’, pallawa, पल्लव

अम्बिका कार्की ‘अमु’

१) बहरबद्ध गजल
मायाको बहारमा चल्दा पो जिन्दगी ।
प्यारैको सिरानमा बल्दा पो जिन्दगी ।

ती लाखौं थकान बिर्सिएरै साथमा
प्रेमीको समीपमा गल्दा पो जिन्दगी ।

श्रद्धाले त निष्ठुरी त्यहीँ भो आशिकी
प्रेमैको किनारमा ढल्दा पो जिन्दगी ।

 

Continue reading


अम्बिका कार्की ‘अमु’का केही मुक्तकहरू

Ambika, Karki, Bharatpur,अम्बिका कार्की ‘अमु’, pallawa, पल्लव

अम्बिका कार्की ‘अमु’

मेरो भगवान तिमी हौ ढुंगा संग दाँज्नु कसरी ?
समीप छैनौ तिम्रो वियोगमा म बाँच्नु कसरी ?
फूल जस्तो यो लाली जोवन लर्केर जादैछ खेर
टुटाएर गयौ भरोसा तिम्रै निम्ति साँच्नु कसरी ?

किन किन आफ्नै बिम्ब आफैलाई भारी भएकोछ ।
लाग्छ सागर वीचमा बसी वारि पारि भएकोछ ।
संसार एक समथर फाँट हो वृक्ष रोप्छु भन्थें
मैले देख्ने सम्म खेत आज पाखो बारी भएकोछ।

 

Continue reading


गजल

Ambika, Karki, Bharatpur,अम्बिका कार्की ‘अमु’, pallawa, पल्लव

अम्बिका कार्की ‘अमु’

मलाई ढाँटी पैसा माग्थ्यौ कारण अर्कै रै’छ ।
सधैं घरमा खाना चाख्थ्यौ कारण अर्कै रै’छ ।

बाँकी छैन कुनै रात तिमी पर्खी नबसेको
गोधुलीमै बेसी लाग्थ्यौ कारण अर्कै रै’छ ।

परदेशीदा दुख सम्झी धनको जतन गरें
बैंकको खाता खाली राख्थ्यौ कारणअर्कै रै’छ।

 

Continue reading


परदेशिएको दाजुलाई तिहार विशेष चिट्ठी

Ambika, Karki, Bharatpur,अम्बिका कार्की ‘अमु’, pallawa, पल्लव

अम्बिका कार्की ‘अमु’

प्यारो दाजु,
थाहा छैन तँ सन्चै छस् या मरूभुमीको त्यो तातो बालुवामा भेडा चराउँदै घरको आर्थिक अवस्थालाईसम्झिदै मुटु गाठो पार्दै हासेको छस् फेसबुक,टुइटर,इन्ट्राग्राममा तेरो तस्बिर त निकै नक्कल पारेर अनि ठाटिएर खिचेको देख्छु ।तर तैले आफ्नो पीडा लुकाएकोछस् भन्ने मलाई लाग्छ ।तरपनी दाजु तिहारले ढपक्क ढाकेको छ।बारीको डिलमा आमाले रोप्ने गरेको मखमली र सयपत्री फुलेर ढकमक्क छ ।भोलिको भाइ टीका आफ्नो दाजु परदेश हुँदा मन रोएको छ ।देउसी ,भैलिका गित सन्चार माध्यामले बजाईरहदाँ कोठामा एक्लै बसेर रुन्छु म ।फेरि आफै सम्हालिन्छु ।

Continue reading


‘सोध्न मन छ मलाई’

Ambika, Karki, Bharatpur,अम्बिका कार्की ‘अमु’, pallawa, पल्लव

अम्बिका कार्की ‘अमु’

म त्यही नै हुं गर्भैमा भ्रूणलाई
विज्ञानको प्रविधीद्वारा केलाउदै फ्याँकिने ।हो म त्यही हुँ।

अनि
त्यही हुँ म गर्भ भित्रैबाट
सबैका मनमा खिन्नता भरिदिने ।
एक्काइसौं शताब्दीमा आइपुग्दा समेत
मलमूत्र खुवाँउदै म भित्रको
त्यो ढुकढुकी चल्ने वायुलाई
सौर्यमण्डलमा मिसाइने म त्यही हुँ।

हो

त्यही हुँ म ।
विभिन्न युगको परिवर्तन संगै
ब्रह्मा,विष्णु ,महेश्वर र कृष्णकै
पाला देखि अस्मिता शोषिएकी
अनि मेरा कोमल भावनासंग
खेलवाड गर्दै कहिले मुम्बैको कोठी
कहिले पार्कहरूमा र कहिले धनाढ्यमा
दिन दहाडै मूल्य तोकिने म त्यही हुँ ।
हो म त्यही हुँ र मेरो नाम नारी हो।

 

Continue reading


अम्बिका कार्की अमुका जोर गजल

Ambika, Karki, Bharatpur,अम्बिका कार्की ‘अमु’, pallawa, पल्लव

अम्बिका कार्की ‘अमु’

बहरबद्ध गजल– १,
मनैमा बसेरै बनायौ दिवाना ।
गुलावी फुलैमा जमायौ दिवाना ।

नबुझ्दै जवानी खुशीले सिँगार्न
नजान्दै झुमेरै जनायौ दिवाना ।

सुहाना प्रेमीको पुराना भएका
भरोसा मानेरै कमायौ दिवाना ।

 

Continue reading


गजल

Ambika, Karki, Bharatpur,अम्बिका कार्की ‘अमु’, pallawa, पल्लव

अम्बिका कार्की ‘अमु’

हेलाँ गर्छौं जिन्दगीको अन्तिम बिदाई हुने बगरलाई ।
नत छेक्छौं लोभ र पापको सागरमा डुब्ने नजरलाई।।

जहिले देखि बसाइ सरि आएँ अनेक सपना तूनेर
न तिमिले चिन्यौ न मैले चिन्नसकें यो पापी शहरलाई।

आकांक्षा अनगिन्ती थिए क्षितिज पारीसम्म गन्तव्य थियो
हिड्दा हिड्दै थाकीसकें रोक्न मनछ अब यो सफरलाई ।

 

Continue reading


गजल

Ambika, Karki, Bharatpur,अम्बिका कार्की ‘अमु’, pallawa, पल्लव

अम्बिका कार्की ‘अमु’

हेलाँ गर्छौं जिन्दगीको अन्तिम बिदाई हुने बगरलाई
नत छेक्छौं लोभ र पापको सागरमा डुब्ने नजरलाई ।

जहिले देखि बसाइ सरि आएँ अनेक सपना तूनेर
न तिमिले चिन्यौ न मैले चिन्नसकें यो पापी शहरलाई ।

आकांक्षा अनगिन्ती थिए क्षितिज पारीसम्म गन्तव्य थियो
हिड्दा हिड्दै थाकीसकें रोक्न मनछ अब यो सफरलाई ।

 

Continue reading


अम्बिका कार्की “अमु”का जोर गजल

Ambika, Karki, Bharatpur,अम्बिका कार्की ‘अमु’, pallawa, पल्लव

अम्बिका कार्की ‘अमु’

गजल– १,
चाहाना थियो तिमी छेउ बस्दै गर्नलाई राज ।
डोर्‍यायो समयको गतिले बिह्वल छु आज ।

कुँदिएका छन् तिम्रा तस्बिर हृदयका कुनामा
भाग्यको खेल निष्ठुरी रै’छ आफैँमा भो साज ।

भनिन्छ प्रेममा खेल जित र हार हुन्छ भनी
तर देखिदैन लगाएको कुनै खेलाडीले ताज ।

 

Continue reading


अम्बिका कार्की ‘अमु’का मुक्तकहरूः

Ambika, Karki, Bharatpur,अम्बिका कार्की ‘अमु’, pallawa, पल्लव

अम्बिका कार्की ‘अमु’

रत्तिभर छैन खुसि प्रदेश दुई बलेको छ ।
जाँगर बिना मुफतमा यो कलम चलेको छ ।
मधेश भन्दै सात जिल्ला मात्र छुट्ट्याएर
के छ स्वार्थ किन हो हाम्रो सरकार गलेको छ?

पुर्ब मेची पश्चिममा मेरै हो महाकाली
बीस बर्सको प्रतिक्षामा राजपा भो जाली ।
भन्थें मत दिई राम्रालाई जिताउनु छ
रहर गुम्यो स्वस्तिक नै हुन्छ कि पो खाली ।

 

Continue reading


गजल

Ambika, Karki, Bharatpur,अम्बिका कार्की ‘अमु’, pallawa, पल्लव

अम्बिका कार्की ‘अमु’

जस्तो देख्यो उस्तै लेखिदियो कलमको झन् त्यो काम बैगुनी ।
धन,मन प्रसादको नाउँ मात्र सिमित छ त्यो नाम बैगुनी ।

न्याय भित्र खिचातानी ,अख्तियार के हो खै! मान्यता केहिछैन
कान्तिपुरी भनेर नहुने उपत्यका भएको त्यो ठाम बैगुनी ।

निमुखाले दिनरात नभनी पसिना बगाएका कस्ले देख्ने
हरेक निर्णय ठालुहरूले साँझमा गर्छन् त्यो साम बैगुनी ।

 

Continue reading