भरत न्यौपाने का केही मुक्तकहरूः

Bharat, Neupaney,भरत न्यौपाने, pallawa, पल्लव

भरत न्यौपाने

सम्झाउनु पनि बेकार हो अहं व्यक्तिलाई
न बुझ्नु पनि दुर्बलता हो अपार शक्तिलाई
मुर्खाइ पन किन हटाउदैनस् हे मानव तँ
अझै खेलौना सम्झिन्छस् श्रदेय भक्तिलाई ?

औँशीको रात नि लाग्छ स्यानदार, प्यार सामु हुँदा
अरे जितजस्तो लाग्दो रहेछ हार, प्यार सामु हुँदा
कैछिनको प्रेममा रमाउने मित्र जनहरू सुन्नुहोस्
धोका पाएसि रुनु पर्ला लगातार, प्यार सामु हुँदा ।।

 

Continue reading


प्रेममा काँडा.

Bharat, Neupaney, Myanma, भरत न्यौपाने, pallawa, पल्लव

भरत न्यौपाने

मैले त लगाएको थिएँ
चोखो र न्यानो माया तिमीलाई
तर त्यो मायालाई तिमीले
बुझ्ने प्रयास गरिनौ कवै
कस्तो सोच राखि छौ तिमीले
फुललाई काँडाँ सम्झि यौ
अबुझ रहेछ तिम्रो भावना नै
चोखो माया तिमीलाई काँडा भो
रहि नौ तिमी पहिले जस्ती
बद्लिए छ तिम्रो चालडाल नै
एकलाई छाडि हजार हजारमा
बाँडिएर घुम्फिर गर्न लागि छौ
के कम थियोर त्यो चोखो प्रेममा ?

 

Continue reading


“जिन्दगी”

Bharat, Neupaney, Myanma, भरत न्यौपाने, pallawa, पल्लव

भरत न्यौपाने

पानिको खोला जसरी बगेको छ
जिन्दगीको यात्रा तेसै चलेखो छ
मेटाइ पाइला कवै नफर्कने गरि
दिलाइ सम्झना कवै नसकिने गरि।

रहेन छ कसैको पनि ठेगान यहाँ
विचित्र रहेछ भाग्यको लेखान यहाँ
नियतिको खेल नि रहेछ अपार यहाँ
कदम पिछै रहेछ तलवारको धार यहाँ।

 

Continue reading


गजल

Bharat, Acharya, भरत अाचार्य, pallawa, पल्लव

भरत अाचार्य

यसपाली तँ माथि त सौता, हाल्छु हाल्छु ।
भर पर्दिन अर्को कदम, चाल्छु चाल्छु ।।

सोँझ बिहान घरमो बास नभएसी
आश छैन अब तेरो सेखी झार्छु झार्छु ।

किर्नो जस्तै ढाडीएको, तेरो डाम्नोलार्इ
पर्खी ! जरै देखि उखेलेर फाल्छु फाल्छु ।

 

Continue reading


भरतकुमार भट्टरार्इका केही मुक्तकीय टुक्राहरू

Bharat, Kumar, Bhattarai, भरतकुमार भट्टरार्इ, pallawa.पल्लव

भरतकुमार भट्टरार्इ

आँसु-खोली बग्दा
आँसु-खोली बग्दा रैछन् आमा छुटेपछि
मुटुभन्दा प्यारी आमा कालले लुटेपछि
दिनभन्दा रातले बढी रुवाउँदो रहेछ
सृष्टिको त्यो न्यानो काख पूरै रित्तेपछि ।

बिहानीसँगै
बिहानीको स्वच्छ हावा सास फेर्छ मैसँग
चरीहरू गीत गाउँछन् मन साट्न मैसँग
बाटाहरू बोलाउँछन् साथसाथै हिँडूँ रे म
दिनभरिको स्वस्थ आशा शुभ बोल्छ मैसँग ।

 

Continue reading


गजल

Bharat, Acharya, भरत अाचार्य, pallawa, पल्लव

भरत अाचार्य

धोती तेरो टोपी मेरो, सुरुवाल कस्को हो त ?
पहाड तेरो तराई मेरो,नेपाल कस्को हो त ?

हिमालमा पैह्रो चले, तराई जोगिन्छ र ?
तराईमा सुख्खा परे, अनिकाल कस्को हो त ?

देख्यौं प्रजातन्त्र लोकतन्त्र, देख्यौं गणतन्त्र
सिंगो नेपाल टुक्र्याउने, जाल कस्को हो त ?

 

Continue reading


बहरबद्ध गजल

Chuda, Nirbhik, Bharat, Mani, Marahatta, चूडा निर्भीक, pallawa, पल्लव

चूडा निर्भीक

प्यार भन्दै स्वार्थ राख्छन् भित्र आत्मा मैल हुन्छन् ।
ठीक्क पार्छन् वात मीठा वैंश पोख्ने जाल बुन्छन् ।।

जाल थापी मार्नु माछा कर्म ठान्दा बन्छ पेशा ।
आज मान्छे थाप्छ पासो प्यारलाई भित्र थुन्छन् ।।

हेर्नु घृणा फैलिँदैछन् प्यार भन्दै गर्नु हिंशा ।
त्याग्नु स्वार्थी प्यार आजै जिन्दगी त्यो नत्र रुन्छन् ।।

 

Continue reading


बचाऊ ! बचाऊ !

Bharat, Acharya, भरत अाचार्य, pallawa, पल्लव

भरत अाचार्य

पर्चन्न राजननिती बाट बैराग्य भएर योगी भएछन् । उता भोकमान राज्य कोषको
दुरुपयोग गरेकाले सवर्स्व हरण भएछ ! भोकमान पापी पेट पाल्न माझिको काम
गर्न थालेछन भने पर्चन्न जप तप आदि गर्ने र बेद बेदाङ्ग अध्ययन गर्न थालेछन ।
एक दिन महायोगी भएका पर्चन्नलाई अर्को पिठाधिसको निम्तो मान्न ठूलो नदि
पार गरेर जानू पर्ने भयो ।

 

Continue reading


– म भकुण्डो –

Bharat, Acharya, भरत अाचार्य, pallawa, पल्लव

भरत अाचार्य

म भकुण्डो
खेलाडीको लात्तिको बलमा
माथि सम्म उफ्रिन्छु
बजारिन्छु
थेचारिन्छु
फेरी लात्तिमा चेपिन्छु
म भकुण्डो
मेरो भिन्न स्वरूप छ
मेरो छुट्टै पहिचान छ
मेरो इज्जत छ  ।
तर ,
बलिया लात्ती संग
गहिरो सम्बन्ध छ
जब लात्तीका बलले
उफ्रिन्छु ,बजारिन्छु
अन्तत गोल पोस्ट मा ठोकिन्छु –

 

Continue reading


आचार्यका केही मुक्तक

Bharat, Acharya, भरत अाचार्य, pallawa, पल्लव

भरत अाचार्य

ल्याउन त ल्याउछन् बा”ले ,खसी डोर्‍याई ल्याउछ्न् ।
जसो तसो सालै पिच्छे, हासी खुसी दशै मनाउछन् ।
आकासिदो भाउ सङ्गै ,जुधेकै छन् बाबा आमा
लाला बाला खुसी पार्न , रगत पसिना बगाउछन् ।

अचानो एताको तरबार उताको
नेता यताको घरबार उताको
अधिकार माग्ने नेता चिनियो
अपराध यता भो जागिर उताको

Continue reading


गजल

Bharat, Acharya, भरत अाचार्य, pallawa, पल्लव

भरत अाचार्य

भाडा कुँडा नबजार , नबजाउ चुरा प्यारी
सुस्तै बोल हेर यता ,नरुवाउ भुरा प्यारी

ऐचो पैचो गरम् बरु ,यता उता जता हुन्छ
मिली चलाउँ घरवार् ,नचलाउ छुरा प्यारी

घरको कुरा घर भित्रै, मिलाउ मिलीजुली
हाँस्लान फेरी जोरीपारी, नखुलाउ कुरा प्यारी

 

Continue reading


भरत आचार्यका मुक्तकहरूः

Bharat, Acharya, भरत अाचार्य, pallawa, पल्लव

भरत अाचार्य

बतास नलाई पत्ता चल्दैन
निकास नआए सत्ता चल्दैन
विचार पुर्याऊ उता मो-धीस
र आदेश न भै हत्या चल्दैन

के के सुन्नु पर्छ, अबोध बालालाई भविष्य बकाउछन्
डाँका, घुस्याहा फटाहालाइ सुनपानीले चोख्याउछन्
हरे ! मेरो देश सीता बुद्ध भृकुटीको आदर्श कहाँ छ?
गणेश भै कुबेरको ढुकुटी रित्याए झैँ देश रित्याउछन्

 

Continue reading


गजल

Bharat, Rodan, Saud, भरत रोदन साउद,  pallawa, पल्लव

भरत रोदन साउद

कसैका टुक्का सुनेर कसैका उखान सुनेर
प्रभावित हुन्छौँ हामी राष्ट्रिय गान सुनेर ।

बाबू ब्यविचारी थियो बराजुले देश बेच्यो
कस्तो सोच्दा हुन् तिनका सन्तान सुनेर ।

तिमी कङ्गाल तिम्रो देश कङ्गाल भन्छ
अभ्यस्त भइयो बाँच्न अपमान सुनेर ।

 

Continue reading


‘विवाह’ कैदको उपहार हो !!

Chitra, Prasd, Bharat, Poudel, भरत पौडेल, pallawa, पल्लव

भरत पौडेल

दिनेले सँधै एकनासले दिएको हो ।
आघात त मेरै विस्वासले दिएको हो ।।

म यी खतहरु सुम्सुम्याइ रहन्छु,
धेरै त मेरै विलासले दिएको हो ।।

यो असत बदनामी यति मिठो लाग्छ,
जुन मेरो हार्दिक मिजासले दिएको हो ।।

 

Continue reading


गजल

Chitra, Prasd, Bharat, Poudel, भरत पौडेल, pallawa, पल्लव

भरत पौडेल

हृदयमा नमिलेका केही लेखाइ फेरिदिएँ ।
तिमी उही हौ त के भो मैले हेराइ फेरिदिएँ ।।

नबोला ए हावा ! अब, पात हल्लाइ चौतारीमा,
तेरो सीतल छुवाइको बहकाइ फेरिदिएँ ।

भावनामा मेल छैन फेरी हक त लागिहाल्छ,
बुझ्नु भयो होला किन दाजुभाइ फेरिदिएँ ।।

 

Continue reading


गजल

Chitra, Prasd, Bharat, Poudel, भरत पौडेल, pallawa, पल्लव

भरत पौडेल

बोतल भित्र सराब जस्तै याद भित्र विगत हुन्छ ।
जति धेरै पुरानो छ उति गहिरो लत हुन्छ ।।

अम्मली त वेहोशीमा जसोतसो बाँच्ला तर,
रमित बन्ने इज्जतसँग दुनियाँको घत हुन्छ ।।

जहाँ धेरै परेवाको शिकार हुने गर्छ बाबु,
विचार गर्नू त्यो घरको पक्कै खुल्ला छत हुन्छ ।।

 

Continue reading


गजल

Chitra, Prasd, Bharat, Poudel, भरत पौडेल, pallawa, पल्लव

भरत पौडेल

कि त मान्छे खास हुन्छ कि त जिउँदो लास हुन्छ ।।
आफ्नै मनलाई ऐना देखाऊ अनिमात्र आभाष हुन्छ ।।

सोच्नु अब बुहारीलाई असल घरमा भित्र्याउन पाउँ,
त्यस्तै गरी जब छोरी बिदा गर्दा सन्त्रास हुन्छ ।।

असल शिक्षा अनि संस्कार त्यहिँनेर छर्लङ्गिन्छ,
समाजको नजरबाट जब मान्छे पास हुन्छ ।।

 

Continue reading


गजल

Chitra, Prasd, Bharat, Poudel, भरत पौडेल, pallawa, पल्लव

भरत पौडेल

अल्लारिदै उनको छेउमा भ्रमर धेरै डुले होलान ।
दाउरा घाँस गर्ने ठाउँमा लाली गुराँस फुले होलान ।।

वास्ना वोकी डुली हिँड्ने ए सरावी मन्द हावा,
तिम्रो कारण जवान दिलले संयम समेत भूले होलान ।।

नयाँ फूल नयाँ माली मिल्न पाउँने हिउँदै त हो,
खोला सुकी गाउँ जोड्ने धेरै बाटो खुले होलान ।।

 

Continue reading


हाम्रो देश संधै विश्व सामु…

Chuda, Nirbhik, Bharat, Mani, Marahatta, चूडा निर्भीक, pallawa, पल्लव

चूडा निर्भीक

हाम्रो देश संधै विश्व सामु चम्कोस
गरीवीमा हैन अब विकासमा लम्कोस ।
जन्म मेरो भएको छ सगरमाथा तल
जहाँ बग्छ संग्लो पानी गरी कलकल ।

मान्छेहरु जाँगरीला परिश्रमी हुनु
के को श्रापले पर्‌यो हाम्लाई आज रुनु
पर्यटकको आईरो लाग्ने स्वर्गजस्तो भूमि
भेटिदैन यस्तो हेर संसार घुमिघुमि ।

 

Continue reading


यात्रा थालौं प्रगतिको

Chuda, Nirbhik, Bharat, Mani, Marahatta, चूडा निर्भीक, pallawa, पल्लव

चूडा निर्भीक

आऊ साथी अव सब मिली, देश माथी उठाऊँ,
लाग्यो जो ग्रहण जगतमा, शान्त बन्दै छुटाऊँ ।
हामी जागे सकल जनता, फेर्छ यस्ले मुहार,
आमा नेपाल-कन सबले, पुष्पको लाउँ हार ।।

हामी जस्तै हुन-भुवनका, अन्य लागे अगाडी,
खाली वाँध्यौ कर-अनि गयो, देश हाम्रो पछाडी ।
भोलीसम्मन् पनि चुपबसे, होला की देश नष्ट,
खोजौला फेरि भन कसरी खै, न सोचौँ अनिष्ट ।।

 

Continue reading