तारानाथ भण्डारीको एकजोर कविता

Taranath, Bhandari, तारानाथ भण्डारी , pallawa, पल्लव

तारानाथ भण्डारी

छन्द स्नेह
छन्द आनन्दको साथ यो पाउँदा ।,
हर्ष यो प्रेमको चित्तमा छाउँदा ।।
कुल्चँदा कुल्चँदा छन्दको आँगनि ।
स्नेहको रापमा दन्किएँ दन्दनी ।।

छन्दकै भात होस् छन्दकै गास होस् ।
छन्दकै रात होस् छन्दकै प्रात होस् ।।
सत्यता शिष्टता नित्यता दृश्यता ।
दिब्यता भब्यता प्राप्यता द्रब्यता ।।

 

Continue reading


कविता-उत्सव

Ma Knows, Bhandari, मनोज भण्डारी, pallawa, पल्लव

मनोज भण्डारी

बेलीले कविता भनोस् गजलका माला उनोस् बामरी ।
ए काकाकुल पोखिदे मधुरता ल्याएर पोल्टाभरि ।
इन्द्रेणी ! सब पोतिदे हूदयका भित्ताहरू प्यारले ।
भित्र्याऊन् अमरावती धरणिमै भाका अलङ्कारले ।१

जा ब्यूँझा अब क्वै घुरेर नरहून् पल्टेर ओछ्यानमा ।
यौटा फूल बगाइदे जलपरी साहित्य-सम्मानमा ।
हो त्यै फूल किनारमा फुलिरहोस् खेलेर ढुंगासित ।
काँडाले पनि वैरभाव नगरोस् बिर्सेर थुंगासित ।२

 

Continue reading


मांगल्य दोषी हुँदा

Taranath, Bhandari, तारानाथ भण्डारी , pallawa, पल्लव

तारानाथ भण्डारी

बारौ मंगल होस् कि वा लगनमा द्वितीय चौथो अनि ।
सातौंमा अनि आठमा कुज भए लाग्नेछ दोषै पनि ।।
बारौ मंगलले दिनेछ सहजै दाम्पत्य बाधा सबै ।
खुट्टामा पनि दोष दिन्छ हलुका आँखा खराबी हुँदै ।।

यात्रामा पनि खर्च हुन्छ अति नै बस्दा त्यहीं बाह्रमा ।
पैसा खर्च हुँदा-हुँदा त ऋणले च्याप्नेछ यो दोषमा ।।
सच्चा बन्धु विचारमा पर हुनन् सानातिना तर्कले ।
पत्नीमा पनि रोग कष्ट हुन गै आत्तिन्छ संघर्षले ।।

 

Continue reading


’पिंजराकी चरी’

Taranath, Bhandari, तारानाथ भण्डारी , pallawa, पल्लव

तारानाथ भण्डारी

परें पिंजरामा अताली रहन्छु ।
सधै भोकभोकै म केके सहन्छु ।।
म आहार खोज्दै उडें भुर्र भुर्र ।
थियो एक ब्याधा दगुर्दै खुरुर्र ।।

गुलेली समाई सिकारी छ डुल्दै ।
यतै मार्छ झैं भो कुटीमा नपुग्दै ।।
लिने भो कि मेरो सफा स्वच्छ आत्मा ।
म मर्नेछु राती बचाऊ विधाता ।।

 

Continue reading


‘शंका,’

Taranath, Bhandari, तारानाथ भण्डारी , pallawa, पल्लव

तारानाथ भण्डारी

शंकाले जल्छ लंका पल पल मनले सोच्न थाल्नेछ कच्चा ।
भत्के ! हल्का मनैका घर महल सबै गिर्न थाल्नेछ पक्का ।।
फुल्छन् पाखा-पखेरा तरह-तरहका फूल लाली गुराँस ।
अफ्ठेरोमा फलेको सुमधुरफलले दिन्छ धेरै मिठास ।।

उल्टो उल्टो कुराले स्वजनसुजनमा पार्छ फाटो मजाले ।
शंका-शंका जुधेमा रवि-शशि-मुखमा लाग्छ टाटो मजाले ।।
कस्तो आयो जमाना सकल जगतमा छैन संतुष्ट मान्छे ।
राम्रै बोल्दा त उल्टै मति-विमति दिदै बन्छ झन् रुष्ट मान्छे ।।

 

Continue reading


आह्वान

Ma Knows, Bhandari, मनोज भण्डारी, pallawa, पल्लव

मनोज भण्डारी

तिम्रा खुट्टा अझ नकुँजिऊन् छाडिद्यौ लोकलाज ।
आओ अग्ला शिखर, मसँगै बुर्कुसी मार आज ।
ए पानीहो! किन बरफझैँ जम्दछौ बग्न छाडी
बग्दै जाओ समयजसरी चढ्नुपर्दैन गाडी ।

बुन्दै केही सरस सपना जून फुल्ने निशामा
आए बाँड्दै किरण हँसिला सूर्य पूर्वी दिशामा ।
जल्दाबल्दा जलह्रदहरू देखिएझैँ धपक्क ।
ए पन्छी हो ! नडुल यसरी, हेर सारा थपक्क ।

 

Continue reading


खै त खै ! भन्दिनू . . . . . .

Taranath, Bhandari, तारानाथ भण्डारी , pallawa, पल्लव

तारानाथ भण्डारी

अश्रुको तालमा पौडँदा हे प्रिय ।
प्रेमको जालमा दौडँदा हे प्रिय ।।
बुझ्न को सक्छ यो दर्द यो मर्म यो ।
निश्ठुरी निश्ठुरी रौरगी कर्म यो ।।

आततायी हरू घुम्दछन् रोडमा ।
पौरखी हात हुन् भन्दछन् जोसमा ।।
प्रेमको मूल्य को बुझ्दछन् क्रोधमा ?
मोहका पारखी के हुनन् होसमा ।।

 

Continue reading


नेपाल खाने भय

Taranath, Bhandari, तारानाथ भण्डारी , pallawa, पल्लव

तारानाथ भण्डारी

जन्मेथ्यो अब केहि गर्दछु भनी श्री बुद्धको देशमा ।
कल्पिन्थ्यो नव स्वर्गको म गरुँला निर्माण यो देहमा ।।
आँखामा कति वर्षिए कति अहो आमाहरूमा यता ।
सु्न्छौं भाषण शब्दवाण भरका अत्यन्त लाग्छन् फिका ।।

आमा हुन् धरणी विशुद्ध मनकी रुन्छिन् कठै धर्धरी ।
खोलो बग्छ सधै सधैं रगतको भन्छिन् नि नारायणी ।।
आत्मा शान्ति निमित्त झट्ट अब लौ त्याग्नै पर्यो क्लेश यो ।
कालीदास विचारले अब तिमी बद्लीदिनू भेष यो ।।

 

Continue reading


मुस्कुराऊ न प्यारी ,,

Taranath, Bhandari, तारानाथ भण्डारी , pallawa, पल्लव

तारानाथ भण्डारी

पति हुँ म कमलाको गर्व यै गर्छु प्यारी ।
सकल मन मझेरी हर्ष छर्नेछु प्यारी ।।
कति छ कति तिमीमा प्रेमको धार प्यारी ।
छर न अब उषाको लाल झन्कार प्यारी ।।

तन मन धन तिम्रो शील हो शील प्यारी ।
म पनि त सँग नै हूँ अल्प त्यो देह प्यारी ।।
नव नव नव आऊन् हर्ष यो वर्ष प्यारी ।
किन दुखित हुँदैछौ माग जो दिन्छु प्यारी ।।

 

Continue reading


भेटिन्न मानवता

Basundhara, Bhandari, वसुन्धरा भण्डारी, pallawa, पल्लव

वसुन्धरा भण्डारी

राम हैन सीता हैन यँहा देख्दैछु म दानव
हत्या हिंसा विकृति मच्चाई भन्छ हुँ म मानव
आफ्नै दिदी आमा छोरि बेचि गर्छाै नि कठोरता
सोझा नारि पुगे कोठिमा भेटिन्न मानवता

हसाई बुद्ध डुल्थे परेवा शान्ति धुन बजाई
गाउथिन कोहिलिले गित नाच्थ्यो डाँफे रमाई
छैन शान्ति,दया र करूणा कहाँ पाउ ममता
भन्छ पैसा हो सर्वस्व मान्छे भेटिन्न मानवता

 

Continue reading


विज्ञान – सिद्धान्तले,,

Taranath, Bhandari, तारानाथ भण्डारी , pallawa, पल्लव

तारानाथ भण्डारी

अर्को सत्य यथार्थ छैन जगमा प्रारब्ध भन्दा ठुलो ।
यो विज्ञान हुँदै-हुँदैन कहिल्यै प्रारब्ध भन्दा ठुलो ।।
गर्जन्छौ किन होर सत्य नबुझी प्रारब्ध नै खेल हो ।
कुर्लन्छौ किन व्यर्थमा भुजग हे सन्सार नै जेल हो ।।

एकाएक हुनेछ विघ्न दुगुना प्रारब्ध टप्केपछि ।
कस्तै मानिसको उदार दिलमा दुख्नेछ भोगेपछि ।।
पुग्छन् पुग्न त चन्द्र सम्म सहजै ती भाग्यमानी नर: ।
अर्को छैन कदापि दूर नभ त्यो अद्ध्यात्म भन्दा पर ।।

 

Continue reading


गजल

Basundhara, Bhandari, वसुन्धरा भण्डारी, pallawa, पल्लव

वसुन्धरा भण्डारी

दु:ख कष्ट केही नभनि शरीर गालेर
पालेकै हुन् आमाले छोरा बालुवा चालेर

अभावै अभावमा बित्यो उनको जिन्दगी
भोकै सुत्थिन् लगाउथिन फरिया टालेर

छोराको सुख अनि खुसिको वर माग्थिन उनी
हरेक साँझ मठ मन्दिरमा दियो बालेर

 

Continue reading


याद बालपनको . . . . .

Ambika, Bhandari, Pokhara. अम्बिका भण्डारी, pallawa , पल्लव

अम्बिका भण्डारी

डाँडा काट्यो जिन्दगीले याद बालपनको।
समझिएर मेटाई दिन्छु रहर जति मनको।।

झल्को आऊँछ आमा सँग मीठो मीठो खाको ।
पछि लाऊँदै मामा घरमा आमा सँगै गा’को ।।

मडारीन्छन मन भित्रै यादहरू घरी घरी ।
नदी जस्तै बग्ने मनलाई रोकौँ कसोगरी ।।

 

Continue reading


गजल

Taranath, Bhandari, तारानाथ भण्डारी , pallawa, पल्लव

तारानाथ भण्डारी

उसकै यादमा रोइ रोइ जीवन धान्न सकिएन ।
रहेछ मुटु पत्थरको माया मान्न सकिएन ।।

वैगुनीलाई सुम्पिए थेँ पुरै गुण जिन्दगीको ।
औशी समान पूर्णिमाको मूल्य जान्न सकिएन ।।

राधा–मीराको जस्तो प्रेम भेटिन्छ र गल्लीमा ?
हरेक दिलमा विराजमान कृष्ण तान्न सकिएन ।।

 

Continue reading


बहरबद्ध गजल

Taranath, Bhandari, तारानाथ भण्डारी , pallawa, पल्लव

तारानाथ भण्डारी

चलाएर गोली लगातार भन्छौ ।
सिकेछौ सदा यै सदाचार भन्छौ ।।

छल्यो जिन्दगीले भताभुङ्ग पारी ।
तिमी फूल टेक्दै बिझ्यो धार भन्छौ ।।

अचम्मै छ सुन्दा यो प्यासी शहरमा ।
सबै मूल थुन्छौ र हो द्वार भन्छौ ।।

 

Continue reading


‘‘म’’

Taranath, Bhandari, तारानाथ भण्डारी , pallawa, पल्लव

तारानाथ भण्डारी

म आफ्नै आत्माको विरह कविता कोर्दछु यहाँ ।
म यी पाखाबारी गिरि शिखर ती भुल्दछु कहाँ ।।
म टिस्टाको माटो अति जतनले पोत्छु घरमा ।
म नेपाली छोरो अब दसगजा लिन्छु करमा ।। १ ।।

म गोर्खाली माटो वनचउरमा फुल्दछु कतै ।
म टिष्टाको छेऊ अवतरण भै डुल्दछु सधैं ।
म सीता-मातामा मन मगज यो अर्पण गरि ।
म आफ्नै आस्थामा अटल मनले भज्दछु हरि: ।।२ ।।

 

Continue reading


शून्य ही शून्य लग्ता ,,

Taranath, Bhandari, तारानाथ भण्डारी , pallawa, पल्लव

तारानाथ भण्डारी

प्रभु हि भुल गये तो नष्ट ही नष्ट होगा ।
सुधरनहि गये तो कष्ट ही कष्ट होगा ।।
जय जय जय अम्वे दु:ख दारिद्र्य हर्ता ।
तन मन धन सारा आपको भेट कर्ता ।।

अतुलित बल धामा अञ्जनी पुत्र देखो ।
किधर चल रहे है धर्ती के लोग देखो ।।
असुर दल खुसी से लूटने मे जुटेङ्गे ।
भ्रमण रमण जैसे आजके खेल होङ्गे ।।

 

Continue reading


तारानाथ भण्डारीका एकजोर कविता

Taranath, Bhandari, तारानाथ भण्डारी , pallawa, पल्लव

तारानाथ भण्डारी

जिन्दगी हर्न थाल्यो
कति छ कति गुनासो देश नै भो विरानो ।
घर – शहर सबैको आँगनी भो अँध्यारो ।।
दुखित मन हुनाले लेखनी कार्य थालें ।
अविरल वह पोख्दै काब्यधारा बगाएँ ।।

सिमलसरि भुवा झैँ दौडिदोरैछ चित्त ।
सकलजगभरीकै दु:खदायी छु भित्र ।।
हित मित जन प्यारा दूर छन् दूर देश ।
कुटुकुटु मुटु पोल्दा छैन निंद्रा निमेष ।।

 

Continue reading


‘प्रेम’

Taranath, Bhandari, तारानाथ भण्डारी , pallawa, पल्लव

तारानाथ भण्डारी

प्रेम आनंद हो प्रेम नै सत्य हो ।
प्रेम नै शक्ति हो प्रेम उत्कर्ष हो ।।
प्रेम सौन्दर्य हो प्रेम हो माधुरी ।
प्रेम नै धैर्य हो हुन्न यो काँचुली ।।१ ।।

प्रेमको वागमा प्रेम नै फुल्दछ ।
प्रीतिको द्वारमा प्रेम नै झुल्दछ ।।
जो कुरा प्रेमले मिल्छ त्यै धन्य हो ।
प्रेमकै अन्त्यले पथ्य कूपथ्य हो ।।२ ।।

 

Continue reading


भावना भित्रका भावनालार्इ सलाम

Bhawani, Neupane, Bhabana, भवानी न्याैपाने ‘भावना’, pallawa, पल्लव

कविताकी पात्रः भवानी न्याैपाने ‘भावना’

Taranath, Bhandari, तारानाथ भण्डारी , pallawa, पल्लव

तारानाथ भण्डारी

यो साहित्य समाजमा अमर भै चम्कीरहुन् भावना
छर्दै सौम्य विचारका धरहरा , अग्लीरहुन् भावना ।
बाह्रैमाष फुलाइ चेतन गरा , साहित्यकी भावना
लेख्छिन् काव्य सुधा सयौं कलमले ,साहित्यकी भावना ।।

विद्याको महिमा जगाइरहने निश्वार्थ छिन् भावना
साँच्चै शुद्ध विचार बुद्ध दिलकी निश्काम छिन् भावना ।
आइन् काव्य सुधा पिलाउन ममा यी दाङकी भावना
श्रद्धा भाव सुधा सबै मनुजमा अर्पेकि छिन् भावना ।।

सिङ्गो राष्ट्र उठाउने प्रणगरी उठ्छिन् सधैं भावना
नौला काव्य सिकारुका हृदयमा उत्साह हुन् भावना ।
स्वार्थी भाव बिना प्रफुल्ल दिलले गर्छिन् भलो भावना
सादा जीवनकी उदार दिलकी सम्मानकी भावना ।।

Continue reading