गजल

Bhagawati, Khanal, Bidur, भगवती खनाल,, pallawa, पल्लव

भगवती खनाल

हात गलेको छ पाउ गलेको छ।
यो जिन्दगी ठाउँ ठाउँ गलेको छ।।

आँखा तर्नेहरू निचरेर जाउ।
हो मेरो मुटुको घाउ गलेको छ।।

पिर्नेहरू त सधैँ पिरिरहन्छन्।
भन्दैनन् ती बच्चा माउ गलेको छ।।

 

Continue reading


भगवती थापा खनाल का केही मुक्तकहरूः

Bhagawati, Thapa, Kanal, थापा खनाल भगवती, pallawa, पल्लव

थापा खनाल भगवती

यो कस्तो प्रेम हो हाम्रो एक दिन टाढा पुग्नु पर्ने छ
तिम्रै खुशीको लागि मैले त्यही बाटो हेरेर रुग्नु पर्ने छ ।
खै कसरी तिमीलार्इ अफ्नै भनेर सोच्न सक्छु र म
एक दीन तिमीले अर्कैको सउँदो भर्न ढुक्नु पर्ने छ ।

अनायासै यति धेरै तीम्रो माया लायौ कीन ?
मत सक्दीन कान्छू तीमीले चह्यौ खुशी दीन ।
मलार्इ आसा छ तिम्रो आगमन हुन्छ हुन्छ
हुनसक्छ कतै मलाई श्रद्धाञ्जली दिने त्यही क्षण ।

 

Continue reading


थापा खनाल भगवती का मुक्तकीय टुक्राहरूः

Bhagawati, Thapa, Kanal, थापा खनाल भगवती, pallawa, पल्लव

थापा खनाल भगवती

प्रकृतिको अनुपम उपहार तिमी मेरो जुनी जुनी,
मैले आशा गरेकी छु सयौं जुनि तीम्रोमात्र हुनी ।
सहरको रमझम होइन तीम्रो न्यानो साथ पाउँ,
सधै भरी रमाउँछु हजुरको कख पाखोबरी मुनी ।।

खहरेको भेलजस्तो तीम्रो माया मुटुभरी
तिमीलार्इ सम्झिएर बसेकीछु यादगरी ।
खै कसरी तिमी त अरु सँग रमायो प्रिय ?
भन तिमी नै आफू बीना म बाँचूँ कसरी ।।

 

Continue reading


गजल


Bhagawati, Khanal, Bidur, भगवती खनाल,, pallawa, पल्लव

भगवती खनाल

आँसुको भल त्यो चिन्न सकेनौ।
पात कि फल त्यो चिन्न सकेनौ।।

मलाई हो दोषी देख्ने आँखाले।
अरुको छल त्यो चिन्न सकेनौ

बिझाउला भनि भागेर गयौ।
काँडा मख्मल त्यो चिन्न सकेनौ।।

 

Continue reading


भगवती खनालका जोर गजल

Bhagawati, Khanal, Bidur, भगवती खनाल,, pallawa, पल्लव

भगवती खनाल

गजल– २,
थरी थरी अभिनय गरि जान्छ जिन्दगानी।
त्यो बूढो रुख झै पछी मरी जान्छ जिन्दगानि।।

फुल्छ अनि छर्छ सुवास राम्रो केही नराम्रो।
के के यहाँ गर्छु भन्दै टरी जान्छ जिन्दगानी।।

यता नाता उता नाता सम्बन्ध नी कति कति।
रिस ,राग,माया,मोह, भरी जान्छ जिन्दगानी।।

 

Continue reading


गजल

Bhagawati, Khanal, Bidur, भगवती खनाल,, pallawa, पल्लव

भगवती खनाल

मान्छेले मान्छेलाई धेरै डसीरहेछ रे।
मानबता दलदलमा खसीरहेछ रे।।

बेचेर मन मुटु ती ढुङ्गाहरूले आज।
स्वरुप मान्छे भई यहाँ बसीरहेछ रे।।

मुटु गुमेको सारा छातीहरूले त झनै।
मायाको नाममा बिष नै घसीरहेछ रे।।

 

Continue reading


गजल

Bhagawati, Khanal, Bidur, भगवती खनाल,, pallawa, पल्लव

भगवती खनाल

यो मुटुमा तस्विर छपाएर भाग्यौ
देशको त्यो मुहार चपाएर भाग्यौ ।

भन्दिन तिमीलाई यसै गर भनी
छिमेकमा रमिता नचाएर भाग्यौ ।

लियौ पाउने जति अंश भाग भन्दै
माटै भएभरको पचाएर भाग्यौ ।

 

Continue reading


गजल

Bhagawati, Khanal, Bidur, भगवती खनाल,, pallawa, पल्लव

भगवती खनाल

तिम्रो मेरो मन फरक नपरोस
धर्ती र गगन फरक नपरोस ।

पुर्वमा रहौं या हामी पश्चिम रहौं
नेपालीको पन फरक नपरोस ।

हिमाल, पहाड,तराई चारैतिर
मिलाप त्यो झन फरक नपरोस ।

 

Continue reading


भगवती खनालका चार गजल

Bhagawati, Khanal, Bidur, भगवती खनाल,, pallawa, पल्लव

भगवती खनाल

गजल– १,
पैसालाई मान सम्मान वनाए दुनियाँले
मन मुटुलाई चिहान वनाए दुनियाँले ।

सत्यलाई त आगो लगाए खरानी वनाए
झुट अङगाली जिहान वनाए दुनियाँले ।

हो शान्ति ल्याउलान भन्ने आश कति रहेन
हिंसा हत्यालाई वगान वनाए दुनियाँले ।

 

Continue reading


गजल

Bhagawati, Khanal, Bidur, भगवती खनाल,, pallawa, पल्लव

भगवती खनाल

पिलाउने पनि समय रहेछ
मिलाउने पनि समय रहेछ ।

कहिले चम्कने कहिले मन्द भै
विलाउने पनि समय रहेछ ।

एक ठाउँ छाडी फेरी अर्कोतिर
हिलाउने पनि समय रहेछ ।

 

Continue reading


भगवती खनालका जोर गजल

Bhagawati, Khanal, Bidur, भगवती खनाल,, pallawa, पल्लव

भगवती खनाल

गजल– १,
कहिले को समात्यो कहिले को मात्य‍ो भन्छ दुनियाँ
आफ्नै एक हातले अर्को हात काट्यो भन्छ दुनिया ।

हिजो पानी वारवार गर्ने रामे हर्केहरू आज
आपसी मिलेर नै दु:खसु:ख साट्यो भन्छ दुनिया ।

वर्षौ देखि सिलाउँदै राखेकी थिन आमाले मन
यसरी सन्तानकै वेदनाले फाट्यो भन्छ दुनियाँ ।

 

Continue reading


•गजल•

Bhagawati, Khanal, Bidur, भगवती खनाल,, pallawa, पल्लव

भगवती खनाल

लडाउने र तान्ने छेउ छाउमै हुन्छन्
ती कुरा काट्न जान्ने छेउ छाउमै हुन्छन्

अघि फुल देखाई मौकामा पछी पछी
घातमा छुरा हान्ने छेउ छाउमै हुन्छन्

वोल्दैनन् कोही सत्य वाचा कसम सम्झी
अाफ्नो त्यो अर्को छान्ने छेउ छाउमै हुन्छन्

 

Continue reading


गजल

Bhagawati, Khanal, Bidur, भगवती खनाल,, pallawa, पल्लव

भगवती खनाल

न्याय ती झुकाई दिन्छन् पैसा देखेपछि
हत्यारा फुकाई दिन्छन् पैसा देखेपछि

पैसामा विक्यो मान्छे सत्य छोडेर अाज
अन्याय लुकाई दिन्छन् पैसा देखेपछि

किनवेच भो सारा पैसाको अघि पछी
सज्जन चुकाई दिन्छन् पैसा देखेपछि

 

Continue reading


•गजल•

Bhagawati, Khanal, Bidur, भगवती खनाल,, pallawa, पल्लव

भगवती खनाल

गरीवलाई दशै तिहार मान्नै धौ धौ भयो
यो महङ्गीले चाडपर्व नै धान्नै धौ धौ भयो

अती धेरै छ खाडल यहां हुने नहुनेमा
हामी सवै नेपाली हौ ठान्नै धौ धौ भयो

धेरै रहर वोकी दिन्छन् ती साना नानी वावु
कसरी हो माग पूरा गर्ने जान्नै धौ धौ भयो

 

Continue reading


गजल

Bhagawati, Khanal, Bidur, भगवती खनाल,, pallawa, पल्लव

भगवती खनाल

मुटुले माट‍ो वोल्छ वोल्दैन
गुन्द्रुक अांटो वोल्छ वोल्दैन

अोल्लो पल्लो छिमेकी भाईको
हिड्ने दोवाटो वोल्छ वोल्दैन

एउटै घर टुक्रीदा खेरी
पिडाको खाटो वोल्छ वोल्दैन

 

Continue reading


गजल

Bhagawati, Khanal, Bidur, भगवती खनाल,, pallawa, पल्लव

भगवती खनाल

तिमी अन्तै रम्न थाले पछी थाहा भो
नियतिले पाउ चालेपछी थाहा भो ।

अमृत भन्दै मलाई बीस दिएछौ
प्यारले यसरी गालेपछी थाहा भो ।

खरानी वनाउन मागेछौ नी मुटु
यादले नै अागो वाले पछी थाहा भो ।

 

Continue reading


भगवती खनालका तीन गजल

Bhagawati, Khanal, Bidur, भगवती खनाल,, pallawa, पल्लव

भगवती खनाल

गजल– १,
गरि आनाकानि कसरी हो रम्ने
यस्त‌ै छ लौ वानि कसरी हो रम्ने

मन दुखे पछी आंखा रुन्छ फेरि
वगाउंदै पानी कसरी हो रम्ने

तिमी गल्ती गर्छौ माफ दिन्छु म‌ैले
होला फेरि हानि कसरी हो रम्ने

 

Continue reading


भगवती खनालका एकजोर गजल

Bhagawati, Khanal, Bidur, भगवती खनाल,, pallawa, पल्लव

भगवती खनाल

गजल– १,
बाँझो खेत र कितावी ज्ञान उस्तै भएको छ
आजभोलि त हाम्रो ध्यान उस्तै भएको छ ।

डिग्री सकिंदा पनि हातमा केही सीप नहुंदा
यो जिन्दगी अनि चिहान उस्तै भएको छ ।

परीश्रममा गर्न कसैको मन नै देखिँदैन
लाग्छ यहाँ सबै खान्दान उस्तै भएको छ ।

 

Continue reading


गजल

Bhagawati, Khanal, Bidur, भगवती खनाल,, pallawa, पल्लव

भगवती खनाल

भनि देउ मरे पछि के के हुन्छ ?
फुल्द‍ो फुल झरे पछि के के हुन्छ ?

तिमी मेरो मनमा वसाई सर्दा
उस्ले पनि डेरा सरे के के हुन्छ ?

सधैं हांसीखुसी म जिउछु भन्दा
एक्कासी अापत परे के के हुन्छ ?

 

Continue reading


भगवती खनालका जोर गजल

Bhagawati, Khanal, Bidur, भगवती खनाल,, pallawa, पल्लव

 भगवती खनाल  

गजल– १,
मन दुवैतिर दुख्यो
मुटु र शरिर दुख्यो

तिमीले मलाई छोड्दा
हेर यहाँ पीर दुख्यो

यसरी चोट दियौ की
लाग्छ है तक्दिर दुख्यो

 

Continue reading