गजल

Gam, Bayambu, Magar, गम बयम्बु मगर , pallawa, पल्लव

गम बयम्बु मगर

मखमली,गुरडौली फुल्यो होला तिहार आउँदा गाउँमा
रमाईलोको सीमा हुन्न झ्याउरे र सोरठी गाउँदा गाउँमा

सात धर्को टीका लगाई दिदी बहिनीले प्यार बाँड्छिन
गाढा सम्बन्ध मखमली,सयपत्री माला लाउँदा गाउँमा

दिदी बहिनी र दाजु भाई बिच गहिरो मायाँ रहिरहोस्
सधैँ देखियोस् जिन्दगी सुनौलो घाम छाउँदा गाउँमा

 

Continue reading


गजल

Gam, Bayambu, Magar, गम बयम्बु मगर , pallawa, पल्लव

गम बयम्बु मगर

दुई दिनको चोला हाम्रो किन पीर मान्ने प्यारी
हाँसी खुशी रमाएर आफैँ जिउन जान्ने प्यारी

दर्पण छायाँ जिन्दगी यो सुख दुख आई पर्छ
दुख भुलेर सक्नु पर्छ सुख लाई छान्ने प्यारी

दिन र रात भए सरी घाम र जून जिन्दगी हो
सन्तोषी मन लिएर सुखी जीवन ठान्ने प्यारी

 

Continue reading


गजल

Gam, Bayambu, Magar, गम बयम्बु मगर , pallawa, पल्लव

गम बयम्बु मगर

पर्व आउँदा पैसा छैन आमा तिम्रो चोली फेर्न।
ढोँटे जस्तो भयो आमा बोध्यतोले बोली फेर्न।।

पोहोर प्रहर त्यसै भयो तीज दशैँ तिहार सबै।
दिन कहिले जुटेन आमा भनिरहेँ भोली फेर्न।।

बेरोजगारी तिम्रो छोरो घरको आय के नै छ।
मनमा छ त हँसाउँदै तिम्रो आँशु खोली फेर्न।।

 

Continue reading


गजल

Gam, Bayambu, Magar, गम बयम्बु मगर , pallawa, पल्लव

गम बयम्बु मगर

सद्भाव र मेलमिलापको पर्व बनोस दशैँ।
जिन्दगीको विजयीपुर्ण अर्थ बनोस दशैँ।।

हामी र हाम्रो अनि सभ्यता बनोस राम्रो।
सबै को सफलता शुभ कर्म बनोस दशैँ।।

अँधेरीलाई चिर्दै उज्यालोमा लम्कियोस।
जीत होस शिखर चुम्ने तर्फ बनोस दशैँ।।

 

Continue reading


गम बयमबु मगरका मुक्तकहरूः

Gam, Bayambu, Magar, गम बयम्बु मगर , pallawa, पल्लव

गम बयम्बु मगर

उस्ले पनि हिस्सा पायो झुट हो भन्ने आँट हुँदैन।
आत्मै देखि सत्यता अपनाए पो कुनै ढाँट हुँदैन।।
जाली फटाह दुई नम्बर कै हालीमुहाली देशमा।
ईमान्दारलाई चाँडो उकास्ने पैसाको गाँठ हुदैन।।

हो नी सत्यतामा कहिल्यै पनि छल हुँदैन।
पक्कै बिना बोटको कुनै पनि फल हँदैन।।
हेर्नु धर्मात्मीलाई पो पुण्य पापीलाई शुन्य।
रिस,रागले कहिल्यै समस्याको हल हुँदैन।।

 

Continue reading


गजल

Gam, Bayambu, Magar, गम बयम्बु मगर , pallawa, पल्लव

गम बयम्बु मगर

तीजको नाममा रत्यौली गाए जमना फेरियो रे।
साडी छाडेर छोंटा मा रमाए जमना फेरियो रे।।

जमना कि मानव मन,चाह र ईच्छाहरु फेरियो।
चालढाल,लवाई खुलेर आए जमना फेरियो रे।।

अरुको हेरियो रहर फेरियो संस्कृति भुलेर पो।
राम्रो भन्दै फेशनहरुमा धाए जमना फेरियो रे।।

 

Continue reading


गम बयम्बु मगरका जोर गजल

Gam, Bayambu, Magar, गम बयम्बु मगर , pallawa, पल्लव

गम बयम्बु मगर

गजल– १,
मायाँ मायाँको घमासान प्रेमयुद्ध हुँदैथ्यो
कस्ले जित्ने भनेर मायाँहरू क्रुद्ध हुँदैथ्यो

कस्को मायाँ कस्ले फसाउनेको लडाईँमा
रणभुमी भने भावनात्मक विसुद्ध हुँदैथ्यो

नशालु ती नजरको तीरले नजरैमा ठोकी
तन मन सहज तर बोली अवरुद्ध हुँदैथ्यो

 

Continue reading


गम बयम्बु मगर का केही मुक्तकहरूः

Gam, Bayambu, Magar, गम बयम्बु मगर , pallawa, पल्लव

गम बयम्बु मगर

एक एक गरि गाउँशहरमा, पर्वहरूआउँछन
बरै! नाना थरी नोक्सानी, खर्चहरूलाउँछन।
हुने खानेलाई मजाछ, हुँदा खानेको विजोग
लौन कसो गरि गरिबहरूले,हर्षहरूपाउँछन।।

बालबच्चाहरूरमाउँछन,चाडपर्व आयो भनी
हातका अौँला समाउँछन,घरि घरी दिन गनी।
हे दैव! किन बुझ्दैनौ दरिद्रहरूको भावनाहरू?
दिन्छौ चोटहरू,बगाउँछन आँशुहरूभेल बनी।।

 

Continue reading


मगर भाषामा लेखिएका केही मुक्तकहरूः

Gam, Bayambu, Magar, गम बयम्बु मगर , pallawa, पल्लव

गम बयम्बु मगर

लाफा कोई डेच कुराको ड सेनिस है।
डुन्च्यो मिगिन ले डेयाङ्ग च झेनिस है।।
सेच्यो कुरा लाफाकोके ड सेटाक्निस।
अर्चिके महाले लौ अघेर ख्योहोनिस है।।
(१)
आर्मिट्नि जजाकोके ढलिङ पर्ढिसक्के।
लङघाके खास्के पट्ट अघेर बढ्डिसक्के।।
कनकोई मजाट्मो कुसै सेटक्ले लङघा।
कठाह खाट्मो पट्टको हिल सार्डिसक्के।।
(२)

 

Continue reading


गम बयम्बु मगरका मुक्तकहरूः

Gam, Bayambu, Magar, गम बयम्बु मगर , pallawa, पल्लव

गम बयम्बु मगर

तिम्रै जीतमा मैले भने आफैँ हारिरहने।
तिम्रै हितमा मैरै सपनाहरू पो मारिरहने।।
किन तिमीले बुझेन त्यसै आँखा रुझेन।
कसैको प्रीतमा तिम्ले सुबास छारिरहने।।

हो सच्च प्रेमको आभास दिलायौ तिमीले
मायाँको मीठो सुबास पो पिलायौ तिमीले।
त्यसैले त जिन्दगी जिउनुको बेग्लै मजाछ
मायाँमा मायाँको मिठास मिलायौ तिमीले।।

 

Continue reading


गम बयम्बु मगरका जोर गजल

Gam, Bayambu, Magar, गम बयम्बु मगर , pallawa, पल्लव

गम बयम्बु मगर

गजल– १,
तिम्रो रुपमा हराएँ, मन पराएँ
तिम्रै मायाँले भराएँ, मन पराएँ

प्यासी मनको, यो मेरो भँमरा
तिम्रै बगानमै चराएँ, मन पराएँ

अङ्गालोमा बेरिएर, प्रेमिल हुँदै
पिरतीमा लहराएँ, मन पराएँ

 

Continue reading


गजल

Gam, Bayambu, Magar, गम बयम्बु मगर , pallawa, पल्लव

गम बयम्बु मगर

कसैको बगैँचामा फूलिर’थ्यौ, यी आँखाले देखेकै हुन्।
फक्रीएर बसाउँदै झुलिर’थ्यौ, यी आँखाले देखेकै हुन्।।

फसेपछि दुनियाँ बिर्सिन्छ, बिचित्रछ मायाँको संसार।
दुख र पीडा सारा भुलिर’थ्यौ,यी आँखाले देखेकै हुन्।।

प्रेम मातमा झुम्मिँदैथ्यौ, कसिलो अङ्गालोमा बेरिएर।
प्रेमिलको शिखर चुलिर’थ्यौ, यी आँखाले देखेकै हुन्।।

 

Continue reading


गम बयम्बु मगरका तीन गजल

Gam, Bayambu, Magar, गम बयम्बु मगर , pallawa, पल्लव

गम बयम्बु मगर

गजल– १,
बिछोडमा परी रुँदा रुँदा,बित्यो पुरै रात।
आँशुले मुख धुँदा धुँदा, बित्यो पुरै रात।।

न्यानो स्पर्श लिई,टाढा गयो किन तिमी।
तिम्रो तस्बिर छुँदा छुँदा, बित्यो पुरै रात।।

किन छाड्यो दिलको, मेरो राजा भनी।
रोएर पागल हुँदा हुँदा, बित्यो पुरै रात।।

 

Continue reading


गम बयम्बु मगरका मुक्तकहरूः

Gam, Bayambu, Magar, गम बयम्बु मगर , pallawa, पल्लव

गम बयम्बु मगर

प्रसाद बोकी मन्दिर धाएको देखेँ तर धर्म देखिन।
पुजापाठ गरेर टीका लाएको देखेँ तर मर्म देखिन।।
हरे !! जगतमा स्वार्थी मात्र छन कि मानव बस्ती।।।
सेवा गर्ने कसमहरू खाएको देखेँ तर कर्म देखिन।।।।

क्यामेराहरु आजकल सालसाल को अबिष्कार गरे
फस्दै र फसाउँदै गरि खालखाल को अहितकार गरे।
कुरुपलाई पनि सुन्दर देखाएर पो झुक्याउँछन साथी
भो फोटोहरु खिच्दिन तालताल को बाहिस्कार गरेँ।।

 

Continue reading


गजल

Gam, Bayambu, Magar, गम बयम्बु मगर , pallawa, पल्लव

गम बयम्बु मगर

टह टह रातमा जून छाएको त्यो रात
एकान्तमा प्रेमिल रसाएको त्यो रात

आफ्नै दुनियाँमा खुल्ला आकाशमा
समिपमा हामी सङ्गै रमाएको त्यो रात

तोडेर सारा दुनियाँको सीमा स्तम्भ
मनको चङ्गा सङ्गै उडाएको त्यो रात

Continue reading