वाशुदेव पाण्डेय का केही टुक्राहरूः

Basudev, Pandey,वाशुदेव पाण्डेय,pallawa, पल्लव

,वाशुदेव पाण्डेय

शार्दूलछर्छन् सुन्दरता तथा मधुरता लालित्य दिव्य स्थल
झर्छन् निर्झरसाथ रत्न जलका थोपा बनी चञ्चल।
लाग्छन् निश्चल शैल धीर मुनिझैं धर्ती तपस्यास्थल
मेरो सुन्दर शान्त पश्चिम अहा ! हो दिव्य देवस्थल ।।
शार्दूलविक्रीडित
माटो उर्वर शक्ति बोट नभए यी फूल फुल्थे कहाँ
पर्दै लट्ठ मिलिन्द लाख पुतली आएर डुल्थें कहाँ।
बामे सर्न सिकें जहाँ विगतमा बाटो कहाँ भुल्छु म
आमाबा गुरुतुल्य देश र त यो माटो कहाँ भुल्छु म ।।
शार्दूलविक्रीडित

 

Continue reading


‘सङ्घीयता’

Basudev, Pandey,वाशुदेव पाण्डेय,pallawa, पल्लव

,वाशुदेव पाण्डेय

राणा हटायौं अनि पञ्च सत्ता
ल्यायौं प्रजातन्त्र मिलेन पत्ता।
ल्यायौं नयाँ यो गणतन्त्र कस्तो
सङ्घीयता यो ‘गलगाँड’ जस्तो।।
(१)
भण्डार सानो घरखेत थोरै
खाने थपिन्छन् प्रतिवर्ष धेरै।
थेग्नै नसक्ने करको छ भारी
हेरौं न चस्मा भ्रमको उतारी।।
(२)

 

Continue reading


सुन्दर पश्चिम

Basudev, Pandey,वाशुदेव पाण्डेय,pallawa, पल्लव

वाशुदेव पाण्डेय

किल्ला तुल्य डडेल्धुरा छ बलियो पुर्खाहरूको गढी
छुट्टै शान र मानमा अडिग छन् यी दार्चुला, बैतडी ।
सेती छाल बझाङमा छ जसको सैपालको माथ छ
हामी एक थियौँ हिजो र रहने छौँ एकता साथ छ ।।

प्यारो लाग्छ अछाम सुन्दर कला भाषा निकै मौलिक
हाम्रो सुन्दर बाजुरा पनि यतै हाँस्दै छ है दैनिक ।
डोटी सुन्दर, शान्त, मानिसहरू शालीन लाग्छन् अति
आफ्नो भिन्न छ रूपरङ्ग यिनको भाषा,कला,संस्कृति ।।

 

Continue reading


•भानुभक्तप्रति•

Basudev, Pandey,वाशुदेव पाण्डेय,pallawa, पल्लव

,वाशुदेव पाण्डेय

लाग्छन् पूरकतुल्य मासु-नङ झैं वास्ना तथा फूलझैं
नेपाली कविमाझ आदिकवि हुन् छन् काव्यका मूलझैं।
भाषामा लय शिल्प भाव गहिरो राखी मिसाई मिठो
साँच्चै सुन्दर ‘काव्यभानु’ सरि नै झुल्क्यो चुँदेली ठिटो।।

बेग्लै शब्द मिठास, वाक् चतुरता, छन्दादिको ओजन
सच्चा वर्णन चातुरी, सरलता,भाषा बडो कञ्चन ।
सग्लो आशुकवित्व,चित्रण कला,माधुर्य सम्मिश्रण
अग्लो,भिन्न,विशिष्ट ठाउँ उनको बेग्लै छ आकर्षण ।।

 

Continue reading


बहरबद्ध गजल

Basudev, Pandey,वाशुदेव पाण्डेय,pallawa, पल्लव

वाशुदेव पाण्डेय

दुरुस्तै छ पोशाक छन् कोट पेटी
यहाँ चिन्न गाह्रो छ केटा र केटी

विवेकी तथा सभ्य मान्छेहरू नै
बसे सभ्यता, धर्म सारा लखेटी

गरी काम कालो धनी भैसके जो
तिनै चोखिॅदै छन् चढाएर भेटी

 

Continue reading


बाबा र म

Basudev, Pandey,वाशुदेव पाण्डेय,pallawa, पल्लव

वाशुदेव पाण्डेय

‘बाबा’ शब्द मिलेर ओठ दुइटा जो हुन्छ उच्चारण
‘बाबा’ शब्द म दन्तपङ्क्ति नहुँदा भन्थेँ त्यसै कारण ।
‘बाबा’शब्द सिकेछु बालवयमा माया हुनाले छिटो
‘बाबा’शब्द विशेष आज र हिजो वा भोलि उस्तै मिठो ।।

‘बाबा’ काम परेर बाहिर गई कैले नफर्के छिटो
‘बाबा’आउनु हुन्छ है अब भनी हेरेर बस्थ्यो ठिटो ।
‘बाबा’ पर्खनुको उमङ्ग भरिई खानै म भुल्थेँ लिटो
‘बाबा’साथ हुँदा त भोजन सबै लाग्थ्यो मलाई मिठो ।।

 

Continue reading


●शोषण शृङ्खला●

Basudev, Pandey,वाशुदेव पाण्डेय,pallawa, पल्लव

वाशुदेव पाण्डेय

गरे पूजाआजा महसुस गरी ईश्वर पति
गए लोग्ने मर्दा खुरुखुरु पठाएपछि सती।
बुबाआमा छाडी विगत दिनको यादसहित
बिहे भै सम्हाले घर नर भई स्वार्थरहित ।।

गरे हत्या हिंसा, छल कपटका साथ हरण
विना गल्ती दोषी असमय गरे मृत्युवरण।
पठाए बाबाले सहजसित धोएर चरण
जलाए आगोले भयसहित पर्दा नि मरण ।।

 

Continue reading


बाध्यता

Basudev, Pandey,वाशुदेव पाण्डेय,pallawa, पल्लव

वाशुदेव पाण्डेय

हर्के हङकङ राम रोम छ भने माने छ मुग्लानमा
बिर्खे बेरुत कालु काबुल पुग्यो जङ्गे छ जापानमा ।
माने पुग्नु मलेसिया विवशता घैॅटे छ घानातिर
आधा देश विदेशमा मुलुकको फेरिन्छ के तक्दिर ?

पढ्दैमा घरखेत बन्धक भयो घट्दै गयो तागत
खोज्दा काम मिलेन यो मुलुकमा खाडी पुगे अन्तत:।
नेपाली श्रमले विदेश सजियो, खट्दै बिताए जुनी
बोकाझैॅ बलिको भईकन रहे जो बन्न खोज्थे धनी ।।

 

Continue reading


कहरमा कवि

Basudev, Pandey,वाशुदेव पाण्डेय,pallawa, पल्लव

वाशुदेव पाण्डेय

लेखी सुन्दर काव्य शान्त जनता सारा जगाए पनि
आफ्नो देश भनेर रक्त पसिना धारा बगाए पनि ।
सामन्ती घर ढाल्न एकजुट भै लेखी सघाए पनि
एक्लो भैकन मर्छ लेखक यहाँ कालै नआए पनि ।।

आफैँ खर्च गरेर पुस्तकहरू छाप्छन् यहाँ लेखक
ती जान्छन् उपहारमा कि धमिरा आहार बन्छन् न त ।
काटी छाक रचेर काव्य रचना भण्डार जो भर्दछन्
रोगी,जीर्ण,विदीर्ण भैकन छिटो ती व्यक्ति पो मर्दछन् ।।

 

Continue reading


अध्यात्म मार्ग

Basudev, Pandey,वाशुदेव पाण्डेय,pallawa, पल्लव

वाशुदेव पाण्डेय

राम्रो मानिसबाट प्रेरित भए, फेरिन्छ रे आदत
सोझै मन्दिर पुग्छ कीट छ भने पुष्पादिको सङ्गत।
थाँक्रोमा पनि बेरिएर लहरा,उक्लेर जान्छन् उँभो
लड्छन् वृक्ष धकेलिँदा पवनले, लड्दैन सानो दुबो ।।

राम्रा छन् उपदेश मान्यजनका लाग्छन् अनौठो सुने
हाम्रो जीवनमार्ग हुन्छ सजिलो अर्ती सबैका गुने ।
अर्ती बिझ्छ चसक्क भैकन सुई बुझ्छन् कमैले तर
गर्छन् रोग निको परन्तु सबले मान्छन् असाध्यै डर ।।

 

Continue reading


‘च’ चिन्तन

Basudev, Pandey,वाशुदेव पाण्डेय,pallawa, पल्लव

वाशुदेव पाण्डेय

चन्दा,चोर र चक्रव्यूह,चतुरा,चम्चेहरूले चुसी
चासो,चिन्तन,चाख,चेत चुप छन् चर्कै चल्यो चाप्लुसी ।
चौडा चोक चिनेर चिन्तित हुँदै चाहे चलून् चालक
चल्ने चाट, चना,चुरोट कि चिया,चुस्की र चन्दा चक ।।

चल्ने, चर्च, चरेस,चोक र चिनी,चौका,चुलो चामल
चोली,चर्म र चुम्बकीय गुणको,चर्चा चले चञ्चल ।
चोखो चन्दन,चन्द्रमा चहकिलो,चाञ्चल्य त्यो चाखको
चर्चा चल्दछ चारुको र चरुको चार्वाक ,चाणक्यको ।।

 

Continue reading


बहरबद्ध गजल

Basudev, Pandey,वाशुदेव पाण्डेय,pallawa, पल्लव

वाशुदेव पाण्डेय

कतै स्वच्छ रारा बन्यो जिन्दगानी
कतै जून तारा बन्यो जिन्दगानी ।

थियो सोच सानो नपुग्ने भयो त्यो
न पानी न धारा बन्यो जिन्दगानी ।

स्वयम् बेचिने बाध्यता पेट पाल्न
र पो ज्यानमारा बन्यो जिन्दगानी ।

 

Continue reading


कविताको जीवन

Basudev, Pandey,वाशुदेव पाण्डेय,pallawa, पल्लव

वाशुदेव पाण्डेय

मिठो भाषाशैली रस,लय मिसाओस् रचयिता
कथा आफ्नो हो झैँ महसुस गराओस् न कविता ।
भए कोरा नारा लवज घटिया झर्छ कविता
प्रशंसा वा निन्दा अतिशय भए मर्छ कविता ।।

ग-यो जम्मा ल्याई मधुकणहरू वा मधुरस
भ-यो चाकाचाका मह,रज मिलाएर क्रमश: ।
मरेझैँ त्यै मौरी महबिच डुबी, सर्जक पनि
बनाए भाषाको महल त्यसमै डुब्दछ त नि ।।

 

Continue reading


भूस्वर्ग हो बैतडी

Basudev, Pandey,वाशुदेव पाण्डेय,pallawa, पल्लव

वाशुदेव पाण्डेय

अग्लो पावन धाम, देव रहने हो तीर्थ रौलेश्वर
आस्थाको प्रतिमूर्ति सुन्दर गुफा पातालभूमेश्वर ।
साह्रै सुन्दर ठाउँ पाटन यता अग्लो उताको गडी
हो भन्छन् अपभ्रंश’वायुतड’को विद्वान् हरू बैतडी ।।

गर्छन् देख र भाल नित्य जसको बाबा जगन्नाथले
देवीस्थान समान सुन्दर धरा टेकूँ त्यहाँ माथले ।
गौरा मौलिक चाड भिन्न रसको गाइन्छ ड्यौडा बढी
मेलौली,सतबाँझ ,च्वाँगढ हुने भूस्वर्ग हो बैतडी ।।

 

Continue reading


बहरबद्ध गजल

Basudev, Pandey,वाशुदेव पाण्डेय,pallawa, पल्लव

वाशुदेव पाण्डेय

वस्त्रादि बाँध्न र समाल्न तुनो रहेछ
सोझ्याउने कि टपरी कि दुनो रहेछ ।

सानो भनेर उति ध्यान दिँदैन मान्छे
रोगादिको जड भने ‘भुसुनो’ रहेछ ।

भित्ता दुई फरक,पत्थर भिन्न माटो
जोड्ने दुवैतिर तटस्थ कुनो रहेछ ।

 

Continue reading


फेसबुक विहगावलोकन

Basudev, Pandey,वाशुदेव पाण्डेय,pallawa, पल्लव

वाशुदेव पाण्डेय

कस्तो लेख्यो गजल कविता गर्दछन् नित्य गस्ती
स्रष्टा, द्रष्टा विमल मनका पूज्य छन् कृष्ण वस्ती ।
भाषा, शैली, पद, लय तथा भाव, माधुर्य, साज
हेरी ‘यस्तो गर’, ‘हुनु प-यो’ भन्दछन् ‘कोशराज’ ।।

होस्टे हैॅसे ‘उठ बढ’ भनी नित्य उत्प्रेरणा दी
साँच्चै स्रष्टा, सरल गुरु हुन् सत्यवक्ता ‘गिरी’ श्री ।
पढ्दै सारा गजल कविता लेख्दछन् मित्र ‘सोम’
हेरी सारा विवरण बुझी झिक्दछन् सार ‘होम’ ।।

 

Continue reading


गजल

Basudev, Pandey,वाशुदेव पाण्डेय,pallawa, पल्लव

वाशुदेव पाण्डेय

स्वामी थिए गोराहरू दास थिए काला
शक्तिशाली हुँदै रै’ छ शरीरको छाला

रूप,बैँस, शरीरको के घमण्ड गर्छौ ?
बुढो भए चाम्रिनेछन् तिम्रा पुष्ट गाला

जे जे हुन्न नियमले यो देशमा काम
फ्याट्टै हुने गर्छ बाबै लगाए त ताला

 

Continue reading


स्मरण

Basudev, Pandey,वाशुदेव पाण्डेय,pallawa, पल्लव

वाशुदेव पाण्डेय

फुल्थे बेली कुसुमित जुही लोभलाग्दा चमेली
पर्ने गर्थे विविध ढपले खेतमा झन् तरेली ।
बग्थे खोला कलकल गरी पर्दथ्यो नागबेली
चुच्चो जोडी तरुबिच बसी प्रीत गाँस्थे जुरेली ।।

हावा चल्दा फिरफिर गरी पात नाच्थे रमेर
हुन्थ्यो गाना कलरव चरा गर्दथे जो जमेर ।
हेर्थ्यो शोभा गगन जगको ध्यानले एकनाश
पुग्थेँ हेर्दै प्रकृति सुषमा कुञ्जका आसपास ।।

 

Continue reading


विनाशकाले विपरीत बुद्धि

Basudev, Pandey,वाशुदेव पाण्डेय,pallawa, पल्लव

वाशुदेव पाण्डेय

छ धूर्त मान्छे जब मिल्छ मौका
हेरी मजाले तब हान्छ चौका
अभ्यासले जो पनि पोख्त हुन्छ
इच्छा भए ‘चन्द्र’ उडेर छुन्छ ।।

पाषाण भिज्दा पनि हुन्छ साह्रो
आफन्त को हो पहिचान्न गाह्रो ।
व्यापार चल्ला नभएर क्रेता
भागी हिँडे बन्दछ को विजेता ?

 

Continue reading


गुरु महात्म्य

Basudev, Pandey,वाशुदेव पाण्डेय,pallawa, पल्लव

वाशुदेव पाण्डेय

झिल्को अग्नि मनग्य हुन्छ जगका वृक्षादि सल्काउन
एकै दीप प्रशस्त हुन्छ तममा आलोक झल्काउन ।
छेकोस् बादल सूर्य-रश्मि त्यसले आउन्न कालो निशा
पक्कै हो घनघोर रात नबिती आउन्न नौलो उषा ।।

यौटा मार्ग र ध्येय लक्ष्य नभई बग्दैन खोला पनि
पैले बादलभित्र द्वन्द नभए चम्किन्न सौदामिनी ।
मान्छेमा पनि ज्ञानचक्षु नभए ठानिन्छ लाटो यहाँ
यात्रामा गुरुज्ञान साथ नभए देखिन्छ बाटो कहाँ ?

 

Continue reading