मुक्तक

Prakash, Basnet, Gafadi, प्रकाश बस्नेत गफाडी, pallawa, पल्लव

प्रकाश बस्नेत गफाडी

र्वर बनाउछु बन्जर हुँनदिन्न यो माटोलाई
वैरी आई टेक्न खोजे छुनदिन्न यो माटोलाई
जन्में यहिं मर्छु यहिं यहि माटोलाई हँसाउछु
रुनु परे रुन्छु आफैं रुनदिन्न यो माटोलाई ॥

कसैको तालु नाङ्गो देखेपनि हाँसोउठ्छ
कसैको दैलो उदाङ्गो देखेपनि हाँसोउठ्छ
एउटा यस्तो समय पनि आउँछ जिन्दगीमा
कुकुरको पुच्छर बाङ्गो देखेपनि हाँसोउठ्छ ॥

 

Continue reading


असारे लोक गीतः

Dinesh, Basnet, दिनेश बस्नेत, pallawa,, पल्लव

दिनेश बस्नेत

असारको सुरु फुकाई गोरु, छत्री घुमओढेर
रोपेर धान मानवलाई खान, पिर ब्यथा छोडेर ।

नेपालको रीत, असारे गीत, घन्कियो खेतमा
काँधमा हलो, जोतेर भलो, भोक टार्न पेटमा ।

अल्छीपन भगाई पसिना बगाई, माटो मै खेल्दछन्
होहोरे…भनी झन खुसी मानी, दुःखलार्इ झेल्दछन् ।

 

Continue reading


जहाँ टेक्छौ पाइला . . . . .

Dinesh, Basnet, Mayalu, दिनेश बस्नेत मायालु, pallawa, पल्लव

दिनेश बस्नेत मायालु

जहाँ टेक्छौ पाइला त्याहा भेटौ आफ्नै देशको माटो ।
अग्रगामी देश बनाउन हामिले खन्नुछ प्रगतिको बाटो।

नेपालका सन्तान हामी सगरमाथा हाम्रो देसको सिर।
छातिमा सङ्गिन रोप्दै बिश्वसामु चम्किने गोर्खाली वीर।
चोट लाग्छ आमालाइ नकोट्याउ त्यो इतिहासको पाटो
अग्रगामी देश बनाउन हामिले खन्नु छ प्रगतिको बाटो।

 

Continue reading


गजल

Dinesh, Basnet, दिनेश बस्नेत, pallawa,, पल्लव

दिनेश बस्नेत

आफ्ना सबै पराई भए ओठमा छैन हासो
आशा त्यान्द्रो टुटि सक्यो केले लाउने पासो

साथदिन्छु भन्ने कुरा मिथ्या रै’छ क्यारे
अनि पो राख्नै छाड्यौं मेरो मनको चासो ।

अधेरीमा छायाले त साथ छोड्छ भन्छन्
दुःख पोखेको हैन मनको मेरो यो गुनासो ।

 

Continue reading


गजल

Dinesh, Basnet, दिनेश बस्नेत, pallawa,, पल्लव

दिनेश बस्नेत

डुबेको छु तिम्रै यादमा तिमीलाई त के था’ छ र
तिमीलाई मात्र हेर्ने मन अरू त के नै चा’ छ र ?

यि जोडि नैन डुब्दैन कतै तिम्रै तस्बिरमा भुलैदै छ
तिम्रैस्वप्न र अगाँलोमा हुन्छु अन्त कहा गा’ छ र ?

सधै तिम्रै स्मृतिमा हराएर आफैलाई पाएको छैन
अश्रुपात हुन्छ जीवन अर्को के नै याद आ’ छ र ?

 

Continue reading


गजल

Upendra, Pagal, Basnet, उपेन्द्र पागल बस्नेत , pallawa, पल्लव

उपेन्द्र पागल

तिमी थियौ र पो मेरो माया अडिने ठाउँ पाएको थिएँ
आफ्नै देखायौ परेलीमा र पो तिमी तिरै धाएको थिएँ ।

हृदय बुझेर मन नदिने कति कठोर रहिछौ तिमी !!
तिमीलाई नजिक सम्झेर कसम पनि खाएको थिएँ ।

गम्भिरताको आवरण भित्रको आकर्षणले चुम्बीएर
तिर्मिरिएको मनलाई तिमीमा नै सम्हाल्न पाएको थिएँ ।

 

Continue reading


सिर्जना बस्नेत महतका १० मुक्तक

Sirjana, Basnet, Mahat,सिर्जना बस्नेत महत, pallawa, पल्लव

सिर्जना बस्नेत महत

छुपुमा छुपु असारमा धान रोप्न त मन थियो
लड्दै र बड्दै डोकामा बीउ बोक्न त मन थियो ।
सम्झनामा मात्रै बोकेर मन बस्या छु प्रदेशमा
त्यै गैरी खेतको हिलोले रूप पोत्न त मन थियो ।।

बोलाए झै गर्छौ मलाई ठुसुक ठुस्किन्छौ अनी
मन्द मुस्कान दिदै मसक उस्तै मस्किन्छौ अनी ।
खै कस्को संगतले बानी खराब भयो तिम्रो आज
गल्ति भयो प्यारा भन्दा झसक झस्किन्छौ अनी ।।

 

Continue reading


सिक्किममा राम्ररी नियाल्दा

Bikash, Basnet, Sikkim, विकास बस्नेत, pallawa , पल्लव

विकास बस्नेत

एसडीएफ पार्टीका अध्यक्ष श्री पवन कुमार चामलिंगले सिक्किमे जनता अनि एसडीएफ कार्यकर्ताहरुलाई आफ्नो पार्टीको स्थापना दिवस अनि चुनावको समयमा विभिन्न लोभ लालचहरु देखाउदै भए भरको घोषणा र सपना देखाउने गरेको २२ बर्ष पुग्दैछ । यसपाली पनि फेरि श्री पवन कुमार चामलिंगले विभिन्न लालच हरु देखाएर आफ्नो झुटो घोषणाहरु सुनाउनका निम्ति जनतालाई एसडीएफको बर्षगांठमा निम्त्याउने काम भैरहेको छ । त्यसर्थ , यसपालिको ४ मार्च एसडीएफ दिवसमा जानअघि श्री पवन कुमार चामलिंगलाई तल जनाईएका पूर्व घोषणा हरुको जवाब सिक्किमे जनता साथै एसडीएफ कार्यकर्ताहरुलाई दिने एसकेएम पार्टी मांग गर्दछ ।

 

Continue reading


राम्ररी नियाल्दा सिक्किममा . . . . . 

 

Bikash, Basnet, Sikkim, विकास बस्ने, pallawa , पल्लव

विकास बस्ने

एसडीएफ पार्टीका अध्यक्ष श्री पवन कुमार चामलिंगले सिक्किमे जनता अनि एसडीएफ कार्यकर्ताहरुलाई आफ्नो पार्टीको स्थापना दिवस अनि चुनावको समयमा विभिन्न लोभ लालचहरु देखाउदै भए भरको घोषणा र सपना देखाउने गरेको २२ बर्ष पुग्दैछ | यसपाली पनि फेरि श्री पवन कुमार चामलिंगले विभिन्न लालच हरु देखाएर आफ्नो झुटो घोषणाहरु सुनाउनका निम्ति जनतालाई एसडीएफको बर्षगांठमा निम्त्याउने काम भैरहेको छ | त्यसर्थ , यसपालिको ४ मार्च एसडीएफ दिवसमा जानअघि श्री पवन कुमार चामलिंगलाई तल जनाईएका पूर्व घोषणा हरुको जवाब सिक्किमे जनता साथै एसडीएफ कार्यकर्ताहरुलाई दिने एसकेएम पार्टी मांग गर्दछ |

 

Continue reading


जीवन

Pramila, Basnet, प्रमिला बस्नेत , pallawa, पल्लव

प्रमिला बस्नेत

देखें आज सपनीमा खाेई कहाँ कहाँ,
झल्काे आयाे बिपनीमा खाेजें जहाँ त्यहाँ ।

झरना र छाँगाे नजिक सुन्छु तिम्राे स्वर,
कहीं छौ कि लुकि छिपी हेर्छु परवर ।

अनकन्टार जंगलभित्र तिम्रै साथ खाेज्छु,
कठाङ्ग्रिदाे जाडाे ढाक्न तिम्राे काख साेच्छु ।

 

Continue reading


आमा

Pramila, Basnet, प्रमिला बस्नेत , pallawa, पल्लव

प्रमिला बस्नेत

सक्दिन थाम्न आँसु आमा रोएको बेला,
क्षितिजको रङमा देखें शत्रुको यो खेला ।
भाइ छाति पिट्दै थियो बुवाको मृत्यु देख्दा,
बहिनी चिच्याउँदै थिइन् भाग्य बादलले छेक्दा ।।

देख्छु पूर्णीमा पनि औँशीको रात लुके झैं,
हेर्छु आफ्नै सँगिलाई देख्छु शीर झुके झै ।
सिमा पारीको वादल आउँछ गगनमा टम्म,
लान्छ घरवार जम्मै पानी थाल्दछ जम्न ।।

 

Continue reading


फेरि किरणमा सुन हराए

Baba, Basnet, बाबा बस्नेत  , pallawa, पल्लव

बाबा बस्नेत

तिमी आयौ गैगयौ फेरि म यहाँ एक्लो भए
नजाउ भन्न सकिएन निसासिदै म रोइरहे
फेरि बनमा न्याउली कराए
फेरि मनमा बयली हराए

रमझम वातावरण त तिमीले ल्याएका रैछौ
प्रकृतिमा हरियाली भै तिमी छाएका रैछौ
फेरि फूलमा सुवाश हराए
फेरि रूखमा बतास कराए

 

Continue reading


रमेकोछ जीवन

Pramila, Basnet, प्रमिला बस्नेत  , pallawa, पल्लव

प्रमिला बस्नेत

रमेकोछ जीवन हजुर सुन्दर हिमाल सरी,
नदी, खोला, झरनाले गीत गाए झैं गरी ।

न्याउलीको भाका पनि फेरिएछ अब,
हर्षित हुन्छ मन पनि दु:ख भाग्छ जब ।
पहाडको मकै भटमास लहलाउने यो वेला,
जाडो, गर्मी, झरी वादल प्रकृतिको खेला ।

 

Continue reading


बैशभरि लाँली जोवन . . . . .

Bhagawati, Basnet, भगवती वस्नेत, pallawa

भगवती वस्नेत

बिहानीको चिसो पवन तिम्रै सुवाष बोकी आउँछ
मगमग सुगन्धले चारैतिर खुशी छाउँछ ।

तिम्रै न्यानो स्पर्शभै लाँली किरण चुमिदिन्छ
शीतसरि यो मन पनि बाफ बनि उडिदिन्छ
मयुर नाँच्छ,कोइलीले मिठो धुन बर्साउँछ
बैँशभरि लाली जोवन फूल जस्तै मुस्कुराउँछ ।

 

Continue reading


”आफ्नै अनुभव तर तितो यथार्थता ”

Basnet, Xettri, बस्नेत क्षेत्री,pallawa , पल्लव

बस्नेत क्षेत्री

माया सबैलाई गर्नु तर धेरै कसैलाई नगर्नु ,
आशा सबैको गर्नु तर भरोशा कसैको नगर्नु ,
प्यारो सबैको बन्नु तर सिमा भित्र रहेर मात्र ,
सुन्दरता लाई भन्दा गुणलाई धेरै प्राथमिकता दिनु,

जीवनमा सहनशील,सहशी र नीडर रहनु ,
अनैतिक विचार भयका मानिस संग टाढा रहनु,
मन दुखेमा आसु झार्नु तर कसैको सामु नझार्नु,
जीवनमा पहिलो महत्तो आफ्नो आमा बुबा लाई दिनु

 

Continue reading


 “कैले लाग्छ्यौ जून जस्तै, कैले पँहेल्पुर सुन |”

Krishna, Basnet , Bhagya, कृष्ण बस्नेत ‘भाग्य’, pallawa , पल्लव

कृष्ण बस्नेत ‘भाग्य

कैले लाग्छ्यौ जून जस्तै, कैले पँहेल्पुर सुन |
जति सुन्यो उति मिठा, पिरतीका सबै धुन ||

तिम्लाई देख्दा भोक तिर्खा, सबै कुरा हराउँछ |
मैले जति तिमीलाई, कसले मन पराउँछ ?
पठाएछन भगवानले, जुनी जुनी मेरै हुन |
कैले लाग्छ्यौ जून जस्तै, कैले पँहेल्पुर सुन ||

 

Continue reading


बयान गरि साध्यै छैन

Krishna, Basnet , Bhagya, कृष्ण बस्नेत ‘भाग्य’, pallawa , पल्लव

कृष्ण बस्नेत ‘भाग्य

तिमी जस्ती सुन्दरी होस्, त्यस्तो कुनै राज्यै छैन
तिम्रो रुपको के गरौ म, बयान गरि साध्यै छैन

अंग अंग नशालु छन्, हेराईले पार्छ्यौ लट्ठै
कति ढले म जस्ता नि, सोझासाझा बरा कठै
उद्दार गर्ने भेटिएनन्, मुर्छा परि लडिने भो
यो उमेरमा लौ न के भो, तिम्रै फेला परिने भो

 

Continue reading


“मैले बोल्दा”

Krishna, Basnet , Bhagya, कृष्ण बस्नेत ‘भाग्य’, pallawa , पल्लव

कृष्ण बस्नेत ‘भाग्य

मैले बोल्दा झर्किञ्छ्यौ किन हो ?
भेट्न आउँदा तर्किञ्छ्यौ किन हो ?
के भो तिमीलाई ?
हिजोसम्म भन्दैथ्यौ यै मायाँ, पुग्छ हाम्रो जुनिजुनीलाई |

नबोल्दा नि फ़काउँथ्यौ पहिला त
बोलाउँदा नि बोल्दिनौ अहिले त
किन बल्द्लियौ ?
यति छिटै बन्ने भा’ ढुंगा नै, भन पैले किन पग्लियौ ?

 

Continue reading


शरष्माका फर्दहरू

Sushma, Basnet,शुष्मा बस्नेत , pallawa, पल्लव

शुष्मा बस्नेत

पढी, बुझी खोट देखाउ त्यो स्वीकार छ मलाई
आँखा चिम्ली गर्ने वाह वाहि अस्विकार छ मलाई

पत्थर पनि पग्लिदिन्छ मनमा श्रद्दा भए देखि
नसम्झनु म अस्ताउछु पर्खाल बिच ठड्याउदैमा

वनभरि गुराँस देख्दा मन त्यसै फुल्छ
जहाँ मिठो मुस्कान हुन्छ मुहार उसै खुल्छ

 

Continue reading


होटल लज खुलेको विज्ञापन

Anil, Basnet, अनिल बस्नेत, pallawa,पल्लव

अनिल बस्नेत

चितवनको नारायाणगढ पुलचोक नजिकै उत्तर तर्फ पाहुनाहरुलार्इ आरामदायी बास बस्नका लागि साह्रै उपयोगी र सुविधा युक्त लज साथमा नूतन स्वाद दिन सफल रेष्टुरेण्ट सुविधा भएको (होटल लज) Hotel  Addखुलेको छ सेवा गर्ने मौका दिनुहोस ।
आरामदायी बास बस्नका लागि साह्रै उपयोगी र सुविधा युक्त लज साथमा नूतन स्वाद दिन सफल रेष्टुरेण्ट सुविधा भएको (होटल लज) खुलेको छ सेवा गर्ने मौका दिनुहोस ।

 

 

Continue reading