कठै ! ऊ निरन्तर सधैं रूनुपर्छ,
झिकी आँसु बर्बर सधैं रूनुपर्छ ।
न त्यो सुक्छ कैल्यै न रित्तिन्छ कैल्यै,
यसो सोच्छु सागर सधैं रूनुपर्छ ।
गरेँ पाप मात्रै सदा जिन्दगीमा,
त्यसैले म सकभर सधैं रूनुपर्छ,
कठै ! ऊ निरन्तर सधैं रूनुपर्छ,
झिकी आँसु बर्बर सधैं रूनुपर्छ ।
न त्यो सुक्छ कैल्यै न रित्तिन्छ कैल्यै,
यसो सोच्छु सागर सधैं रूनुपर्छ ।
गरेँ पाप मात्रै सदा जिन्दगीमा,
त्यसैले म सकभर सधैं रूनुपर्छ,
आँसुको तालमा जिन्दगी नै बित्यो,
दु:ख बेहालमा जिन्दगी नै बित्यो ।
टिन लगाई बसे छर-छिमेकी बरु,
आफ्नो चैं पालमा जिन्दगी नै बित्यो ।
कर्म राम्रो गरे भन्नु पर्दैन है,
तासको खालमा जिन्दगी नै बित्यो ।