बहरबद्ध गजल

Basanta, Oli, Basantee, वसन्त ओली वसन्ती , pallawa, पल्लव

वसन्त ओली वसन्ती

कठै ! ऊ निरन्तर सधैं रूनुपर्छ,
झिकी आँसु बर्बर सधैं रूनुपर्छ ।

न त्यो सुक्छ कैल्यै न रित्तिन्छ कैल्यै,
यसो सोच्छु सागर सधैं रूनुपर्छ ।

गरेँ पाप मात्रै सदा जिन्दगीमा,
त्यसैले म सकभर सधैं रूनुपर्छ,

 

Continue reading


बहरबद्ध गजल

Basanta, Oli, Basantee, वसन्त ओली वसन्ती , pallawa, पल्लव

वसन्त ओली वसन्ती

आँसुको तालमा जिन्दगी नै बित्यो,
दु:ख बेहालमा जिन्दगी नै बित्यो ।

टिन लगाई बसे छर-छिमेकी बरु,
आफ्नो चैं पालमा जिन्दगी नै बित्यो ।

कर्म राम्रो गरे भन्नु पर्दैन है,
तासको खालमा जिन्दगी नै बित्यो ।

 

Continue reading


यो केवल संयोग मात्रै हुन सक्दैन

Meenraj, Basanta, मीनराज वसन्त, pallawa, पल्लव

मीनराज वसन्त

तिमीसँगको भेट
यो कुनै वियोग मात्रै पनि हुन सक्दैन
तिमीसँगको बिछोड
सरसर्ती अब म
तिमी जानुअघिका केही कुराहरू सम्झिन्छु:
सानो कसिङ्गर वा
धूलोको कण पर्दा पनि बिझाउने
यी नानीहरूमा
अचम्म छ:
आएर कसरी बस्यौ तिमी सिङ्गै ?
आफ्ना दुख्ख बाहेक
अरु सबै धमिलो देखिरहेका मेरा आँखाहरूले
तीव्र ज्योतिमय चमत्कारको अनुभूति
कसरी गरे
यो पनि छ, अचम्म
र यही अचम्मै अचम्मका –

 

Continue reading


म हिँडेको एक्लै

Meenraj, Basanta, मीनराज वसन्त, pallawa, पल्लव

मीनराज वसन्त

हिँडिरहेँ अरुभन्दा, आफ्नो बाटो बेग्लै
फेरिपनि के को रिस् हो, म हिँडेको एक्लै ।

कैले गर्‍यौ मीठा कुरा, तिता खस्रा कैले ।
कैले बन्यौ घाम चर्को, झरि वर्षा कैले ।।
पुग्नु थियो गन्तब्यमा, छुटेपछि एक्लै ।
हिँडिरहेँ अरुभन्दा, आफ्नो बाटो बेग्लै ।।

Continue reading


* फेरिपनि दशैँ *

Meenraj, Basanta, मीनराज वसन्त, pallawa, पल्लव

मीनराज वसन्त

फेरि ब्युँझेर
पोहोर साल जलाइएको एउटा
अवसानित मुर्दा
शुरु गरिसकेछ चहार्न
घर आँगनमा सबैको ।
ऊ चहार्न त चहार्छ;
सुललीत आँखाहरुमा- ज्योति बनेर चहार्छ ।
दृष्टिबिहिनको भोगाइमा- कौतुहलता बनेर चहार्छ ।
धनीहरुमा- उत्सव
मजदुरहरुमा- छुट्टि र
चहार्छ पूर्ण अपूर्णताको भ्वाङ्ग खोज्दै खोज्दै ।

Continue reading


‘इबोला’ तँलाई स्वागत छ नेपालमा

Meenraj, Basanta, मीनराज वसन्त, pallawa, पल्लव

मीनराज वसन्त

एउटा गुमनाम राज्यमा उत्पत्ति भएर
विश्व ब्रम्हाण्डमा तहल्का पिट्न सक्ने
‘इबोला’
मेरो ठाडै सलाम छ तँलाई
यो कविता लेख्नु अगाडी ।
हामी त बुद्ध जन्माएर बुद्धि हराएका
नरपशु
हामी त वीर योद्धा जन्माएर
काँतर गुफामा लुकिबसेका मान्छे
मरिसकेको देशको लास ठुँगेर –

Continue reading


भाउजुको भट्टि पसल

Meenraj, Basanta, मीनराज वसन्त, pallawa, पल्लव

मीनराज वसन्त

…र ठ्याक्कै आइपुगेको छु
यतिबेला
चमेली भाउजुको भट्टि पसलभित्र ।
देख्छु–परेवाका प्वाँख जस्तै छरिएका केहि
टेबुलहरु
झिङ्गा जस्तै भन्किरहेका मान्छेका
काला टाउकाहरु
खारो पानी जमेर बसेको एउटा सिसाको
मूर्ति
साक्षात्कार हुन पर्खिएका केहि थान
आत्माहरु छन्

 

Continue reading


गजल

Meenraj, Basanta, मीनराज वसन्त, pallawa, पल्लव

मीनराज वसन्त

मलाई ऋण पत्याउने, साउको दोष छ ।
खाडीको बाटो देखाउने, बाउको दोष छ ।।

हुर्केँ बढेँ गाउँको, सुगन्धित माटोसँग ।
आँखा चिम्लेर बिदा गर्ने, गाउँको दोष छ ।।

बाउले रक्सी पिउन र, आमाले बिँडी झोस्न
एउटा युवक बेचिनुमा, माउको दोष छ ।।

 

Continue reading


हरियो रङ्

Meenraj, Basanta, मीनराज वसन्त, pallawa, पल्लव

मीनराज वसन्त

अनेक रङ्हरुको भीडबाट
मलाई ‘तिमी’ मनपर्छ !

सोधौली -कसरी ?

म भनुँला-
मलाई पहेँलो रङ् मनपर्छ
भनौलि-
के हजुर हुँदा हुँदैको
विधवा हुँ र म ?
किन मन पर्दैन रातो ?

 

Continue reading


आगो पिएर बाँचेको म

Basanta, Shrestha, बसन्त श्रेष्ठ, pallwa, पल्लव

बसन्त श्रेष्ठ

हाँगो हाँगोमा
निलाम्य शिरिष
फुलेर सडकभरी छरिए
बिबश फूलहरू
गाडीको चक्काबाट मृत्‍यु शोक मनाउदैछ
ठ्याक्कै
म जस्तै यो शहरमा कोलाहल पिएर बाच्दैछु !

 

हिउँदमा
दु:ख साथ बनाएको गुड
आशाको फुल
कोराल्न नपाउदै सर्प आहार हुँदा
भाग्यवश बचेका फुलबाट
जन्मिएका
बचेराहरू उड्न नपाउदै
मरेका देख्दा
आफ्नो भाग्यसँग
यो हत्यारा शहरमा अल्कोहल पिएर बाच्दैछु !!!


गजल

Basanta, Shrestha, बसन्त श्रेष्ठ, pallwa, पल्लव

बसन्त श्रेष्ठ

छेउको माया कुना सर्दा,कस्तो होला तिमीलाई
अडेस ला’को भीर झर्दा कस्तो होला तिमीलाई ।।

उस्कै लागि बाख्रा पाल्छु,संस्था खोल्छु भन्थ्यौ
परदेशी त्यो साथी मर्दा कस्तो होला तिमीलाई ।।

सानै चोटले घाइते हुने,कोमल मन छ तिम्रो
पहाड जस्तो दु:ख पर्दा कस्तो होला तिमीलाई ।।

 

Continue reading


गजल

Basanta, Kshitiz, बसन्त क्षितिज, बसन्त नेपाली, pallawa

बसन्त क्षितिज

पीडा तिम्रो बतासले बताएको धेरै भयो ।
काँडाहरूले फूललाई सताएको धेरै भयो ।।

तिर्सना मनको मेरो,बर्षातले पूरा गरेन
बन्जर यो ह्रदयलाई तताएको धेरै भयो ।।

 

Continue reading


जिन्दगीको खर्पसहरुमा !

Basanta, Kshitiz, बसन्त क्षितिज, बसन्त नेपाली, pallawa

बसन्त क्षितिज

विस्थापित,
मनको खापाहरूको
जिन्दगीको चौकससँग
सम्बन्ध बिच्छेद हुँदा
अर्थहिन
सम्बन्धहिन
सम्बन्धहरूसंगै
ऐठन सहदै सपनाको पर्दाहरू
बेस्मारी-बेस्मारी
हुरीले हल्लाउदै
सयौ बतासे ववण्डर सहेर
घनघोर झरी बर्षा भोगेर
आफैलाई भिजाउदैछ जिन्दगी !!

 

Continue reading