बाँसका खुट्टा . . . . .

Bhabkeshor, baral, भावकेशर बराल, pallawa, पल्लव

भावकेशर बराल

बाँसका खुट्टा
म सानो छँदा
गाउँका दाइहरू
बाँसका टुप्पा काट्थे
आँख्ला राख्थे
र, तिनै आँख्लामा टेकेर
हिँड्थे, टुकुटुकु ।

कयौँ पटक
तिनै बाँसका खुट्टाहरू चोरेर
हिँड्न खोजेको छु- म पनि
र, कयौँ पटक
लडेको छु- बासँका खुट्टामा नअडिएर ।

 

Continue reading


गलज

Mira, Baral, मिरा बराल, pallawa, पल्लव

मिरा बराल

यि ओठमा झुटो मुस्कान सजाउन बाध्य भए
आफूलाई माइती बाट हटाउन बाध्य भए ।

बा – आमाले पराईको साथ लगाई दिएपछि
जानै पर्ने रीति–रिवाज मनाउन बाध्य भए ।

गाउँ–घरको बाटो घाटो सँगालेर हृदयमा
पराईको पाउमा निधार टसाउन बाध्य भए ।

 

Continue reading


गजल

Mira, Baral, मिरा बराल, pallawa, पल्लव

मिरा बराल

सगरमाथाको शिर सम्झी सलामी गरिरहेछु
अन्जानमा कुनै मुसाफिरको गुलामी गरिरहेछु ।

हाँस्ने खेल्ने इच्छाहरू थन्क्याएर कफन भित्र
मत प्रत्येक विहान आफ्नै मलामी गरिररहेछु

जिन्दगीको लाल्टिन खोज्दै प्रदेश तिर भौँतारिँदै
नबुझिने काम गर्न विदेश तिरै आँटिरहेछु ।

 

Continue reading


नेपालीको चाड तिहार

Nanda, Lal, Baral, नन्दलाल बराल , pallawa, पल्लव

नन्दलाल बराल

चारबर्ष भो भाइ मैले , लाईन टीका पनि
धेरै साल बिते हेर्दै , भाइ आउला भनी ।
बाबुआमा तिम्रो बाटो , हेरि रुन्छन घर
देख्नै तिम्ले पाउन्नौ कि , के छ कालको भर ।।

चारबर्षमा एक बर्ष त , छुट्टी मिल्नु पर्ने
हाँसी खुशी रमाएर , खाना निल्नु पर्ने ।
आशा अनि भरोसा लि , तिम्लाई हुर्कायको
मेरो छोरो जन्म्यो भन्दै , गाउँले घुर्क्यायको ।।

 

Continue reading


कान्छी, साउने संक्रान्ति र बैंक ।।

Narayan, Baral, नारायण बराल, pallawa, पल्लव

नारायण बराल

स्याखु ओडेर कान्छाले, हल गोरु धपाउदै ।
हलो, जुवा र कोदालो, बिउ मुठो समाउँदै ।।१।।

पुगेछ खेतमा कान्छो, खेत जोत्न शुरु ग¥यो ।
सकेर जोतने काम, लिड्को ऊ लाउँदै थियो ।।२।।

कान्छाकी श्रीमती रातो, पिरो मुख बनाउँदै ।
पुगिछे खेतमा छिट्टै, अखबार समाउदै ।।३।।

 

Continue reading


गजल

Jay, Baral, जय बराल, pallawa, पल्लव

जय बराल

हिटलर हतियार देखाउँछ तर्साउँछ
साहु दुबई कतार देखाउँछ तर्साउँछ

ग्रह दसा ठिक छैन भन्दै पुजारी बा
कुण्डली बारम्बार देखाउँछ तर्साउँछ

म बुद्धको छोरो हुँ शान्ति फैलाउछु
उ धारिलो अौजार देखाउँछ तर्साउँछ

 

Continue reading


गजल

namita, baral, नमिता बराल, pallawa, पल्लव

नमिता बराल

तिमीलाई नछोइ झरी कहाँ मुस्कुराउँछ
त्यो हावा पनि सुस्तरी कहाँ मुस्कुराउँछ

सारा खुसी तिम्रै ओठमा अटाउनु पर्छ
तिमी नहासे मन्जरी कहाँ मुस्कुराउँछ

नढाक मुहार नकाबले नच्याप संकारले
पिन्जडामा बनको चरी कहाँ मुस्कुराँउँछ

 

Continue reading


गजल

Nanda, Lal, Baral, नन्दलाल बराल , pallawa, पल्लव

नन्दलाल बराल

चुनाव आयो जनताका पाउ, छुन लाए नेता
आशिष् दिनोस जितुँ भन्दै रुँन लाए नेता

अघि जे भो अब त्यस्तो, हुंनेछैन भन्दै
गाउँ शहरमा जन्ताका पाउ, धुँन लाए नेता

सधैं यस्तै हुनेभए, नेपाल कहाँ पुग्थ्यो
ब्रह्मा, बिष्णु, राम्चन्द्र जी, हुंन लाए नेता

 

Continue reading


गजल

Jay, Baral, जय बराल, pallawa, पल्लव

जय बराल

के गर्छेउ साइँली, मै मरि गए, बिरानो देशैमा !!
बालो यो जोवन, भै झरि गए, बिरानो देशैमा !!

मोती बर्षाउली, नयन बाट सुने यो खबर !
परदेशीलाई, नै चरि गए, बिरानो देशैमा !!

न भन्नू प्यारी, मलाई छाडेर, बादलै बनेर !
बाचुली कसरी, तै सरी गए, बिरानो देशैमा !!

 

Continue reading


“प्रकृति र जीवन”

Himalchandra, Baral, Abishranta, Akrajaya, Yatree, Yatri, Ytry, हिमालचन्द्र अविश्रान्त, pallawa, पल्लव

हिमालचन्द्र ‘अविश्रान्त’

मलाई सधैं पहाडले तानिरह्यो
जसरी तान्दछ चुम्बकले फलाम
मलाई पहाडको उचाइले आकर्षित गरिरह्यो
अझ भनौं उसको गम्भीरता र दृढताले खिचिरह्यो
सधैं सधैं मलाई लागिरह्यो
कहाँ पुगेर थकाइ मार्दा हुन्
नदीका यी उत्ताल छालहरू
तिनकै बुइ चढेर
थकाइरहित यात्रामा
निस्किने रहर लागिरह्यो सधैं
मलाई भीरमा फुल्ने गुराँसले
सधैं सधैं मोहनी लगाइरह्यो–

 

Continue reading


गजल

Nanda, Lal, Baral, नन्दलाल बराल , pallawa, पल्लव

नन्दलाल बराल

आठ बर्षभो कमाई गर्न धाएको दुबैतिर
चार बर्षहो राम्रो तलब, पाएको दुबैतिर

एक बर्षत मलाई याहाँ, काँजाउँ-काँजाउँ भयो
कमाई भन्ने खाएको अनि, लाएको दुबैतिर

अर्को साल मलाई याहाँ, राम्रो लाप्पा मिल्यो
जग्गा बेची मगाई पैसा, खाएको दुबैतिर

 

Continue reading


सहयोग गर्नु हेरी कोरो कुनु

Nanda, Lal, Baral, नन्दलाल बराल , pallawa, पल्लव

नन्दलाल बराल

नांफा धन कमाई पाए, सब आँफ्ना हुने
आपद, शंकट, बिष्मात पर्दा हुदैन कोहि रुने ।
कमाई, अनि शक्ति हुंदा, सबै लाईन बस्छन
सहयोग गर्न प-यो भनें सबै गुन्टा कस्छन ।।

हिक्मत अनि पौरख छंदा, सबै मेरा थिए
बुढेशकालमा सहयोग माग्दा, ऐले घेरा दिए ।
बाउआमालाई सहयोग गर्न, मुखामुख गरि
बुढाबुढी बाउआमालाई, बँचाई देउ न हरि ।।

 

Continue reading


‘खोज्दा खोज्दै रामे आज, गोरखपुरमा पाईयो रे’

Nanda, Lal, Baral, नन्दलाल बराल , pallawa, पल्लव

नन्दलाल बराल

खोज्दछु साहारा मैले, पाउँन सकिन कतै
जहाँ चोट लागेकोछ, घोच्दछ काँडाले त्यतै।
छैन फुर्सद चौबीस घन्टै, कमाउँने धन्दामा अती
आज ल्यायो भोलि छैन, टाल्ने प्वाल कति-कति।।

उता छोरो जुत्ता भन्छ, छोरी कुर्था सुरुवाल रे
सुन्को सिख्री लगाउँने, पालो आमाको हो गरे।
मलाई केही रहर छैन, कर्तब्य पूरा गर्नु छ
उकालो चढेर जान्छु, ओरालो फेरि झर्नु छ।।

 

Continue reading


खोज्दा खोज्दै रामे आज, गोरखपुरमा पाईयो रे

Nanda, Lal, Baral, नन्दलाल बराल , pallawa, पल्लव

नन्दलाल बराल

खोज्दछु सहारा मैले, पाउँन सकिन कतै
जहाँ चोट लागेको छ, घोच्दछ काँडालेत्यतै।
छैन फुर्सद चौबीस घण्टै, कमाउँने धन्दामा अति
आज ल्यायो भोलि छैन, टाल्ने प्वाल कति-कति।।

उता छोरो जुत्ता भन्छ, छोरी कुर्था-सरुवाल रे
सुन्को सिख्री लगाउँने, पालो आमाको हो रे।
मलाई केही रहर छैन, कर्तब्य पूरा गर्नु छ
उकालो चढेर जान्छु, ओरालो फेरि झर्नु छ।।

 

Continue reading


गजल

Bastola, Baral, Sabita, सबिता बराल बास्तोला , pallawa, पल्लव

सबिता बराल बास्तोला

समिपिंदा मदहोसितामा दिवा कालिन रातहरू !
पल भरमै सकिए मिलनका ती प्रभातहरू !!

दुई मुटुका धड्कनहरू द्रुत गतिमा बड्न थाल्दा !
भुल्नै नसकिने थिए त्यो जवानी का मातहरू !!

सँगै बिताएका ती पल कति अबिस्मरणिय भए हेर !
अनगिन्ती रह्यो मनमै भन्न तिम्लाई बातहरू !!

 

Continue reading


नन्दलाल बराल का तीन गजल

Nanda, Lal, Baral, नन्दलाल बराल , pallawa, पल्लव

नन्दलाल बराल

गजल– १,
निर्धा, गरीव, निमुखालाई, अठ्ठ्याउँछ मान्छे
गरीवलाई निचोरी धन, गठठ्या्याउँछ मान्छे

लाउन, खान नपाएर, दु:ख पाएका छन
आँङ ढाक्ने टालो छैन, कठ्ठ्याउँछन मान्छे

चाहिदो मात्र अड्कलेर, बोले पनि हुन्छ
अनाहक्मा नचाहिदो, भट्ट्याउँछ मन्छे

 

Continue reading


नन्दलाल बराल का जोर कविताः

Nanda, Lal, Baral, नन्दलाल बराल , pallawa, पल्लव

नन्दलाल बराल

१) पिरतिको खेल
तिम्रो मेरो सल्लाह थियो
मुस्ताङ चोकमा भेटहुंने
चोक-चोकमा खोजें मैले
भित्रीमन्को माला उँने।

बैदाम तालमा पुगें खोज्न
खोल्सा-खाल्सी किनार डुलें
पसिनाले शरीर भिज्यो
माया,पृती सबै भुलें।

 

Continue reading


अविश्रान्त अपराजेय यात्रीका मुक्तकहरूः

Himalchandra, Baral, Abishranta, Akrajaya, Yatree, Yatri, Ytry, हिमालचन्द्र अविश्रान्त, pallawa, पल्लव

हिमालचन्द्र ‘अविश्रान्त’

बजारमा गयो हरेक चीज कमसल लाग्छ ।
यहाँ मान्छेलाई किन आफू मात्रै असल लाग्छ ।।
किनबेचको हानथाप जब देख्दछु जताततै ।
किन किन यो दुनियाँ नै एउटा पसल लाग्छ ।।

रावणले राम हैन विभीषणको टक्कर खान्छ ।
मान्छे लालची मनकै सुमेरुको चक्कर खान्छ ।।
जित हारको तुलोमा जोखिरहेछन् जिन्दगीलाई।
मान्छे बारबार आफ्नै अहंकारसँग ठक्कर खान्छ ।।

 

Continue reading


“मलाई अस्वीकार्य छ”

Himalchandra, Baral, Abishranta, Akrajaya, Yatree, Yatri, Ytry, हिमालचन्द्र अविश्रान्त, pallawa, पल्लव

हिमालचन्द्र ‘अविश्रान्त’

मलाई गुमनाम जीवन अस्वीकार्य छ
मलाई गुमनाम मृत्यु अस्वीकार्य छ
मलाई सपनाबिहीन जिन्दगी अस्वीकार्य छ
अस्वीकार्य छ मलाई
चुनौतिरहित यात्राहरू
काँडा नभएको गुलाब
म कल्पना गर्न सक्दिन
घृणा छ मलाई
आफ्नो स्वार्थको रछ्यानमा
झिङ्गो बनेर रुमलिन
असफलताको सन्त्रासले
पसिनाको पहाड उक्लिने यात्रा परित्याग गर्न
मलाई अस्वीकार्य छ ।

 

Continue reading


“जीवन गुरु”

Himalchandra, Baral, Abishranta, Akrajaya, Yatree, Yatri, Ytry, हिमालचन्द्र अविश्रान्त, pallawa, पल्लव

हिमालचन्द्र ‘अविश्रान्त’

हिजो रुनुको अर्थ नबुझ्दै
रुँदै जन्मिएको थिएँ म
आज मलाई आँसुको मर्म सिकाउने को ?
हिजो कारण बिना रुन्थें
मलाई अमृतधारा पिलाएर
आमाले फुल्याउनुहुन्थ्यो
बिना कारण हाँस्थे म
बाबाको मुहारमा खुशीको गुँरास झुल्थ्यो
आज मलाई खुशी हुन कारण चाहिन्छ
अनि रुनको लागि पनि कारण चाहिन्छ
यसरी कारण सिकाउन खोज्ने को??

 

Continue reading