धर्ती थर्थर गर्छ काँप्छ मुटुमा पर्छन् चिरा छिन्छिन
सारा फूलहरू वसन्त ऋतुमै वैलेर झर्छन् किन ?
छाती पट्पट फुट्छ बग्छ खुनको खोलो सुसाई किन ?
लड्छन् भाइ र भाइ युद्ध घरमा रुन्छिन् मतारी किन ?
गोठालो वनबाट साँझ घरमा आएन फर्की यहाँ
बस्ती शून्य भयो गयौ प्रियतमा छाडी मलाई कहाँ ?
रात्तै छन् बटुका गिलास किन हो? रात्तै छ पानी पनि
रक्ताम्मे फरिया छ छैन बहिनी धारा पँधेरामुनि