बहरबद्ध गजल

gyanendra, bahadur, singh, ज्ञानेन्द्र बहादुर सिंह,pallawa, पल्लव

ज्ञानेन्द्र बहादुर सिंह

माथी पुगेमा मल हुन्छ झैं भो ।।
नेपाल बन्ने छल हुन्छ झैं भो ।

यो देश सिङ्गापुर बन्छ भन्नू ।
आकाश फल्ने फल हुन्छ झैं भो ।

संसारको सामु त शक्ति हाम्रो ।
नाबालकैको बल हुन्छ झैं भो ।।

 

Continue reading


गजल

gyanendra, bahadur, singh, ज्ञानेन्द्र बहादुर सिंह,pallawa, पल्लव

ज्ञानेन्द्र बहादुर सिंह

कालो कामबाट धेरै कमाएको देख्छु ।
टेबुलको मुनि पैसा थमाएको देख्छु ।।

समयमा कामकाज पुरा गर्ने भन्दा
सुति,लुकि कमाउने रमाएको देख्छु ।।

प्रमाणपत्र बन्यो किन खोस्टो कागजको ।
ल्याप्चेवाला कापीकलम समाएको देख्छु ।।

 

Continue reading


बहरबद्ध गजल

gyanendra, bahadur, singh, ज्ञानेन्द्र बहादुर सिंह,pallawa, पल्लव

ज्ञानेन्द्र बहादुर सिंह

थियो प्यार जस्तो चुलेकै छु आज ।
त्यसैले त हो कि? झुलेकै छु आज ।।

कडा सब्द पोख्यौ भलै ख्याल गर्दा ।
कसम् बात मैले भुलेकै छ आज ।।

छु सानो सधैं पो कहाँ हुन्छ गल्ती ।
म साच्चै झुकेरै खुलेकै छु आज ।।

 

Continue reading


काव्यमा सम्बाद

Mani, Raj, Joshi, Doti, मनिराज जोशी, pallawa, पल्लव

मनिराज जोशी

gyanendra, bahadur, singh, ज्ञानेन्द्र बहादुर सिंह,pallawa, पल्लव

ज्ञानेन्द्र बहादुर सिंह

वरिष्ठ साहित्यकार तथा महाकाव्यकार मणिराज जोशी र ज्ञानेन्द्र बहादुर सिँह काव्यमा सम्बाद !!!
मणिराज जोशी
आहा राम्रो मधुररसको काव्यको स्वाद पाएं ।
फर्कीफर्की नजररसले मुक्त मुस्कान गाएं ।
खांदैखांदै भ्रमर म बनें मिष्ट मिष्ठान्न पाएँ
एक्लै खाएं मन मगजले एक्लएक्लै रमाएँ ।।

ज्ञानेन्द्र बहादुर सिंह
कच्चा बच्चा मन मुटु संगै काव्य लेख्ने परेँ म ।
ठण्डा काटेँ अलमल हुँदै बल्ल बेंसी झरेँ म ।।
बान्की पार्दै सरल रुपमै शब्दको भाव पोख्छु ।
साथी भेटेँ प्रखर मणि नै धन्य भै माथ ठोक्छु ।।

 

Continue reading


बहरबद्ध गजल

gyanendra, bahadur, singh, ज्ञानेन्द्र बहादुर सिंह,pallawa, पल्लव

ज्ञानेन्द्र बहादुर सिंह

देखिन्न कामै अब हुन्छ लाज ।
के पो भयो आज गरेर राज ।

यस्तै हुने हो कि त लोकतन्त्र ?
मार्ने भयौ सत्य बनेर बाज ।।

धम्की र धक्का नहुँदा कसैमा ।
सच्चा मनैले त हुँदैन काज ।।

 

Continue reading


बहरबद्ध गजल

gyanendra, bahadur, singh, ज्ञानेन्द्र बहादुर सिंह,pallawa, पल्लव

ज्ञानेन्द्र बहादुर सिंह

मरौं झैं भयो मन् पराएर मोरि ।
बित्यासै बनायौ कराएर मोरि ।।

कुरा बुझ्नु पैले कहाँ बोल्छु झुट्टो ?
बुझे जान्न सित्तै डराएर मोरि ।।

मरे झैं बनायौ दिदै दुःख धेरै ।
फुलेको नि आत्मा झराएर मोरि ।।

 

Continue reading


बहरबद्ध गजल

gyanendra, bahadur, singh, ज्ञानेन्द्र बहादुर सिंह,pallawa, पल्लव

ज्ञानेन्द्र बहादुर सिं

जुनै काम गर्दा लजाएर हुन्न ।
गरौं झट्ट दन्तै बजाएर हुन्न ।।

गरे कर्म भन्दै दिएको छ हात ।
गरौं आफुले नै कजाएर हुन्न ।।

कुरा जे भयो सो भए हुन्छ राम्रो ।
घरै मात्र आफ्नो सजाएर हुन्न ।।

 

Continue reading


आमाको आह्वान ।

gyanendra, bahadur, singh, ज्ञानेन्द्र बहादुर सिंह,pallawa, पल्लव

ज्ञानेन्द्र बहादुर सिंह

फर्की आउ विकास गर्न अब ता भन्दैछ डाफे चरी ।
भो भो दुख्छ नकाट भन्छ रुखले साह्रै नि बिन्ती गरि ।।
मेरा खै ? दुधको भएन किन पो कामै यसै देशमा।
पापी आउँछ ठग्छ है बुझ छिटो नौलो कुनै भेषमा ।।१

कस्ता मूर्ख भयौ अझै अबुझ हो हाम्रो त खै काम खै ?
तिम्रा ती घरमा त छैन बिजुली वर्षै भरी माम खै ?
भन्दै धर्धर आँसुको भल सहित् रुन्छ्न् नि खोलाहरु ।
आफ्नै देश भुलेर कर्म नगरे हे राम भोलाहरु ।। २।।

 

Continue reading


गजल

Purna, Bahadur, Saud, Shirish, पूर्णबहादुर साउद "शिरीष", pallawa, पल्लव

पूर्णबहादुर साउद “शिरीष”

देखिन्छ, सधैं अझ कति देख्नुछ,
बिचरा ! देशको दुर्गति देख्नुछ ।

आमाको गुनासो थिएन देशसंग,
छोरीको सधैं असहमति देख्नुछ ।

मैले देखेको भन्दा झन यो देश,
छोराको आखाबाट अति देख्नुछ ।

 

Continue reading


गजल

Purna, Bahadur, Saud, Shirish, पूर्णबहादुर साउद "शिरीष", pallawa, पल्लव

पूर्णबहादुर साउद “शिरीष”

झुक्याउँछ,, समय कसरी – कसरी ?
लागि रहन्छ, भय कसरी – कसरी ?

कहिल्यै नटुङ्गिने जिन्दगीको यात्रा,
हुन्छ, हमेशा तय कसरी – कसरी ?

ईच्छा विरुद्ध मर्नु थ्यो भने जन्मको
ब्यर्थ भयो उदय कसरी – कसरी ?

 

Continue reading


गजल

gyanendra, bahadur, singh, ज्ञानेन्द्र बहादुर सिंह,pallawa, पल्लव

ज्ञानेन्द्र बहादुर सिंह

मेरो फुल,वारी भित्र, अर्कैको पो राज भयो
फुत्किएर, भाग्यौ मोरि, भन कति लाज भयो ?

बन्धकी यो, मुटु राखी, सुम्पिए थेँ जवानी यो
थुक्क ! कस्ती, धोखेबाज, ब्यर्थ कामकाज भयो ।

शक्तिको यो, संसारमा, के पो लाग्थ्यो मेरो कठै ?
बनायौ नि, चल्लो मलाई, उ त मेरो बाज भयो ।

 

Continue reading


गजल

Purna, Bahadur, Saud, Shirish, पूर्णबहादुर साउद "शिरीष", pallawa, पल्लव

पूर्णबहादुर साउद “शिरीष”

हृदयको ॠतु भित्र, बसन्तको बास छैन,
दिलै जलेर हो कि,खुसिको आभास छैन ।

दिने संग घृणा थियो, दियो पीडा उपहार,
माया दिने होला की? कोही आसपास छैन ।

तन दुख्यो जगत दुख्यो,दु:खी लाग्छ संसारै,
दिन दाहडै अन्धकार, मलाई प्रकाश छैन ।

 

Continue reading


नारी

gyanendra, bahadur, singh, ज्ञानेन्द्र बहादुर सिंह,pallawa, पल्लव

ज्ञानेन्द्र बहादुर सिंह

नारी भित्र छ उच्च त्याग करुणा श्रद्धा र सम्मान है।
नारीकै अपमान पाप सरि हो ए ! मर्द हो जान है ।।
रानो नै नहुँदा हरे वनवनै मौरीहरू डुल्दछन् ।
नारी प्यार मिल्यो भने पुरुषले दर्दै सबै भुल्दछन् ।।

पैयाँ हो रथको तिमी बुझ सखे नारी त संसारको ।
बस्छ्न् है रथ पो थुपक्क घरमा पैयाँ त आधार हो ।।
जानेरै पनि नीच सोच छ यहाँ पार्दै गए मारमा ।
नारी नै नभए त सृष्टि कसरी पो हुन्छ संसारमा ?।।

 

Continue reading


यो देश सिङ्गापुर

gyanendra, bahadur, singh, ज्ञानेन्द्र बहादुर सिंह,pallawa, पल्लव

ज्ञानेन्द्र बहादुर सिंह

छाडा भो किन यो सराब अति नै पर्दै गयौं जालमा ।
रोजै तीस हजार पो लिटर है भित्रिन्छ नेपालमा ।।
यस्तो पातक वस्तुकै शरणमा पर्दै गयौं आखिर ।
बन्ने लक्षण देखिदैन बुझ है यो देश सिङ्गापुर ।।

एक्लै मानिस रातको समयमा घुम्ने कुरा भो पर ।
ढोका बन्द गरेर हुन्छ किन है सुत्दा घरैमा डर ?
चोरी हुन्छ कतै बलत्कृत कतै माया गयो है दूर ।
बन्ने लक्षण देखिदैन बुझ है यो देश सिङ्गापुर ।।

 

Continue reading


गजल

Purna, Bahadur, Saud, Shirish, पूर्णबहादुर साउद "शिरीष", pallawa, पल्लव

पूर्णबहादुर साउद “शिरीष”

के टुङ्गेला यो यत्रा? तेज रफ्तार केका लागी ?
कहाँ पुग्नुछ, र आखिर, हतार केका लागी ?

तील ठानेको कमजोरीले ज्यान जान सक्छ,
बुझ्दैनौ सम्झ त? यो अवतार केका लागी ?

अरे! दुई दिनका पाहुना हौं यार जो कोही,
कसलाई देखाउछौ चमत्कार केका लागी ?

 

Continue reading


बहरबद्ध गजल

gyanendra, bahadur, singh, ज्ञानेन्द्र बहादुर सिंह,pallawa, पल्लव

ज्ञानेन्द्र बहादुर सिं

कहाँ हुन्छ नेता नखाएर जेल ।
अहो ! खेल्नु पर्ने नचाहेर खेल ।।

मजा भो उनैको बसे जो पदैमा ।
उजाडै बनाए उधारेर मेल ।।

छ्काएर सारा लुटे मोज मस्ती ।
बखेडा गरेका अझै जालझेल ।।

 

Continue reading


गजल

Kaji, Surya, Bahadur, Thapa, Parabasi, काजी सूर्यबहादुर थापा ‘प्रवाशी’, pallawa, पल्लव

काजी सूर्यबहादुर थापा ‘प्रवाशी’

थाहा छैन कति अघाएका कति भोकाएका छन्।
जब नियाल्छु नजिकबाट त सबै रमाएका छन।

पंछी रछामा लागेकाहरु हो गुलेली समाती बस।
भर्खरै तिम्रो बस्तिमा एक हुल चरा आएका छन।

तिम्रो अन्याय र अत्याचारको पिडा सहन नसकी।
विरक्तीएर बुद्दले पनि आज खुकुरी उदाएका छन।

 

Continue reading


केही मुक्तकीय टुक्राहरूः

Kaji, Surya, Bahadur, Thapa, Parabasi, काजी सूर्यबहादुर थापा ‘प्रवाशी’,  pallawa, पल्लव

काजी सूर्यबहादुर थापा ‘प्रवाशी’

मुक्तकः देश प्रेम
देशका लागि मर्न तयार छु म मार्न तयार छु।
सिमामा भोकै बसि शत्रुलाई पछार्न तयार छु।
मेरो दुखमै यो देशले परिवर्तन स्वीकार्छ भने।
म फुटपाथमै बसि देशलाई सुधार्न तयार छु।
समाज राजनिती
दिक्क छन सबै मान्छेहरु देशको राजनिती देखेर।
हैरान छन यो समाजको रुढिबाद र कुरिती देखेर।
प्रश्न खडा हुन्छ भोली आफनो परिचयका लागि ।
यो समाज र वर्तमान यो राजनितीक स्थिती देखेर।

 

Continue reading


गजल

 सूर्य ब. थापा ‘काजीप्रवाशी’

सूर्य ब. थापा ‘काजीप्रवाशी’

थाहा छैन कति अघाएका कति भोकाएका छन्।
जब नियाल्छु नजिकबाट त सबै रमाएका छन।

पंछी रक्षामा लागेकाहरू हो गुलेली समाती बस।
भर्खरै तिम्रो बस्तिमा एक हुल चरा आएका छन।

तिम्रो अन्याय र अत्याचारको पिडा सहन नसकी।
विरक्तीएर बुद्दले पनि आज खुकुरी उदाएका छन।

 

Continue reading


“गजल“`

Lal, Bahadur, Suchikar, लालबहादुर सुचिकार, pallawa , पल्लव

लालबहादुर सुचिकार

सारा संसारलाई जिती बनाउँछु !!
अब म पिरतीको नीति बनाउँछु !!

बिचमा बाधा अड्चन त आउँलान् नै !!
हटाइ अनुकूल स्थिति बनाउँछु !!

प्रेमका प्रस्तावहरु रुखमा खोप्ने !!
पुरानै त्यो चलन- रिती बनाउँछु !!

 

Continue reading