बद्रीप्रसाद दाहाल का दुइ टुक्रा

Badri, Prasad, Dahal, बद्री प्रसाद दाहाल , pallawa, पल्लव

बद्री प्रसाद दाहाल

१) आषाढका रातमा
सम्झी बस्दछु दूर छ्यौ नि कविता, गर्मीछर्यो ग्रीष्मले ।
झल्को झल्मल पार्छ चित्र पटका, राधा र श्रीकृष्णले ।।
पानी झम्झम बर्षिए नजरमा, पीडा बहे आँतमा ।
निन्द्रा लाग्न सकेन छट्पट हुँदा, आषाढका रातमा ।।

हेर्थ्यौँ मुग्ध हुँदै दुबै नजरले, विश्राम जान्दैनथे ।
तिम्रा कोमल हात छुट्टिन कबै, मान्दैन मान्दैनथे ।।
लामा रात विते सधैँ प्रणयका, रम्दै नयाँ बातमा ।
निन्द्रा लाग्न सकेन स्निग्ध कविता, आषाढका रातमा ।।

 

Continue reading


म सञ्च – पञ्चचामर

Badri, Prasad, Dahal, बद्री प्रसाद दाहाल , pallawa, पल्लव

बद्री प्रसाद दाहाल

म भावनासँगै बसी, सुसिर्जना सजाउँछु ।
म कल्पना छुँदै छुँदै, यथार्थमा रमाउँछु ।।
म शून्य अन्धकारमा, विचार — रश्मि छाउँछु ।
पदावली धुँदै धुँदै, म शिल्पमा उदाउँछु ।। १ ।।

म दृष्टिका सुविन्दुमा, सुसिन्धु नै फिँजाउँछु ।
म सृष्टिका अनन्तमा, सुधामृतै पिलाउँछु ।।
खुसी सजाउँदै धुँदै, म सत्यमा रसाउँछु ।
सुखी हुँदै म ब्रह्ममा, सुभारती नचाउँछु ।। २ ।।

 

Continue reading


हिरामणिका केही हाइकूहरूः

Badri, Dhakal, hiramani, बद्री ढकाल ‘हिरामणि’, pallawa, पल्लव

बद्री ढकाल ‘हिरामणि’

तिम्रा नजर
चिरफार औजार
सुख्खा रहर

कुत्सित स्वार्थ
गुलाम सार्वभौम
त्यै वेलगाम

कुन त्यागौ म?
वाआमा कि श्रीमती?
चुल्हो छुट्टै छ ।

 

Continue reading


गजल

Badri, Suvas, बद्री सुवाष, pallawa, पल्लव

बद्री सुवाष

आकाश मा घर बनाउछु भन्दै हिडेको छ
समुन्द्र मा शहर बनाउछु भन्दै हिडेको छ ।

नेपाललाई अखन्ड देश भएको हेर्ने सधैभरी
नेपालीको यौटै नजर बनाउछु भन्दै हिडेकोछ ।

गर्दैन सम्झौता उ सत्यसङग कदापि गर्दैन
कोमल मन पत्थर बनाउछु भन्दै हिडेको छ ।

 

Continue reading


भिजेको लुङ्गी

Badri, Palekhe, बद्री पलिखे, pallawa, पल्लव

बद्री पलिखे

लघुयौन कथा
पोहरसाल । असोज महिना हुनुपर्दछ । काठमाडौँमा म एक्लै लजमा रेडियो सुन्दै थिएँ । बाहिर झमझम पानी पर्दै थियो । ढोका ढक्ढक् गर्‍यो । चुकुल खोलेर ढोका उघारेँ । पुनः ढोका लगाएँ । उहाँहरू भित्र प्रवेश गर्नुभयो । त्यसमध्येको एकजना पुरुष जसलाई म पहिलेदेखि नै चिन्दछु । अर्की युवती थिइन् जसलाई म चिन्दिन थिएँ । दुवै पानीले भिजेका थिए । तौलिया दिएँ । उहाँहरूले तौलियाले जीउ पुछ्नुभयो । ती युवतीलाई मैले कुनै चलचित्र या कुनै फिल्मी पत्रिकामा देखेको हुनुपर्दछ । ठम्याउन सकिन । परिचय भयो । भलाकुसारी कुराकानी पनि भयो ।  पूर्वपरिचित पुरुषले पाँच प्लेट मःमः मगाउन पैसा दिनुभयो । रेष्टुराँको नाम र ठेगाना पनि बताउनुभयो । मैले हुन्छ भनेर छाता ओढेर मःमः रेष्टुराँमा गएँ र अर्डर गरेँ ।

Continue reading


रमेशको अक्षरको खेत

Badri, Palekhe, बद्री पलिखे, pallawa

बद्री पलिखे

रमेश आफ्ना समकालीन कृतिहरूमा सबैभन्दा अब्बलदर्जाका बिम्बवादी कवि हुन् । आफन्त द्यौतेरी कविहरूको कविताको दौडमा सबैभन्दा अघि देखिने कवि हुन् । रमेश कविताको शिखरमा चढिरहेको आरोही हुन् । रमेशको आफ्नै शैली छ । अलग्गै पहिचान छ । त्यसैले म उनलाई मन पराउँछु । रमेश काँडाभित्र फुलेको मगमग वासना आउने गुलाफको फूल हुन् । उनको जीवनबाट यही झल्किन्छ । रमेश राम्रा कवि हुन् । हाम्रा कवि हुन् । सबैका कवि हुन् । सधैँका कवि हुन् त्यसैले म उनका कविताहरू पढ्छु । कृष्णचन्द्रसिंह प्रधानको बिम्बउत्सवमा ‘अक्षरको खेत’ भूमिका र डा. लक्ष्मणप्रसाद गौतमको अक्षरको खेतमा बिम्बको रोपाइँ मूल्याङ्कनले सुशोभित रमेश श्रेष्ठको अक्षरको खेत -कवितासङ्ग्रह, २०६५) ले रमेशको उचाइ बढाएको छ ।

 

Continue reading