“नेपाल चाहिन्छ है”

Ganesh, Atreya, गणेश अत्रेय, pallawa, पल्लव

गणेश अत्रेय

हीरा स्वर्ण मुगा र रत्न गहना चाँदी म चाहन्न क्यै ;
दामी रेशमका लुगा मखमली शृङ्गार चाहिन्न क्यै |
मीठो वैभव सौख्य सम्पति मजा आनन्द चाहिन्न क्यै ;
नेपालीपन जन्मजात मनमा नेपाल चाहिन्छ है ||०१||

इच्छा छैन विदेशका रहरिला रोमाञ्चकारी -स्थल ;
डुल्ने चाह भएन विश्वभरका ती रञ्जनाका-स्थल |
छोडी देह अमर्त्यलोक अथवा वैकुण्ठ चाहन्न है ;
नेपालीपन जन्मजात मनमा नेपाल चाहिन्छ है ||०२||

 

Continue reading


गणेश आत्रेयका छन्दात्मक मुक्तकहरूः

Ganesh, Atreya, गणेश अत्रेय, pallawa, पल्लव

गणेश अत्रेय

छन्द: स्वागता
लाज घीन डर क्यै नभएका ;
स्थान मान भर क्यै नभएका ।
मात्र गर्व र अराजकता छ;
देश-प्रेम छ र ?क्यै नभएका ।।

छन्द: द्रुता
देश – प्रेमको नाटकी भयौ,
शान मानमा शासकी भयौ ।
जे भयो गयो बिग्रिंदै गयौ;
बन्छ के गरी? गाहकी भयौ ।।

 

Continue reading


गणेश अत्रेयका जोर कविता

Ganesh, Atreya, गणेश अत्रेय, pallawa, पल्लव

गणेश अत्रेय

१) “छन्द”
भाषामै व्यभिचार छन्द लयमा, बेकारको लंगुर |
के लेख्छौ कवि भै वृथा विरसिला, शब्दार्थका डंगुर ||
भाषा शुद्ध सफा मिठा सरसिला, भावार्थका अंकुर |
छ्न्दालंकृतिले सुशोभित गरी, लेखौं सदा सुन्दर ||१||

ठूला काव्य रचेर बन्दछु भनी, साहित्यस्रस्टा कवि |
आशा साथ प्रयत्नका रहरले, जिल्याउदै छन् कति ||
कैल्यै पूर्ण बनेन हेर कविता, मीठा रसीला अति |
कस्ले पढ्छ र लेख्दछौ भन तिमी?, भन्दा भयो दुर्गति ||२||

 

Continue reading


बहरबद्ध “गजल”

ganesh, atreya, गणेश अत्रिय, pallawa.

गणेश अत्रिय

तागत्, कमाइ,स्वास्थ्य; ताला भयो हरायो
रोगी,अभाव,दु:ख; माला भयो रजायो ।

शौन्दर्य,हृष्ट,पुष्ट; साथी सँगी हराए
आरोप,दोष,शोक; साला भयो रमायो ।

पैसा,छिमेक,आफ्ना ; आफन्त,मित्र भागे
टाढा भए हितैषी; काला भयो डरायो ।

 

Continue reading