गजल

Nirdosh, Kshetri, Atit,निर्दोष क्षेत्री  ‘अतीत’, pallawa, पल्लव

निर्दोष क्षेत्री ‘अतीत’

कस्लाई भनु केके भोगियो अतीत सम्झेर !
हो आज मर्न बाट जोगियो अतीत सम्झेर !!

हिजो मलाई पागल भन्थे आज बद्लामा
दुनियाँलाई पागल सोचियो अतीत सम्झेर !!

कसैले बाध्य बनायो अनि मात्र दुई थोपा
आँखा बाट आँसु पोखियो अतीत सम्झेर !!

 

Continue reading


चिठ्ठी प्राप्तिलाई

Atit, Mukhiya, अतित मुखिया, pallawa, पल्लव

अतित मुखिया

पृय प्राप्ति,
अतिक्रमण गरेर आफ्नै मनको मझेरी
आंसुका डोबमा हांसो पहिल्याउदै
खुसीको ढुकुटी खोज्ने प्रयास
नगरेको त काहा हो र ?
बाँधहालेर मनका विचलनहरुमा
धैर्यको घाउ सुम्सुमाउदै
पीडाको मूल थुन्ने कोशिश
नगरेको त काहा हो र ?

 

Continue reading


चरित्रचर्चा

Atit, Mukhiya, अतित मुखिया, pallawa, पल्लव

अतित मुखिया

“बडाले जे गर्‍यो काम, हुन्छ त्यो सर्वसम्मत”।

गुरु सिकाउनु हुन्थ्यो मलाई नितीश्लोक
कतै श्रुतिका कुरा
कतै स्मृतिका कुरा
कतै पुराणका कुरा
कतै कुराणका कुरा
अनि भन्नेगर्नु हुन्थ्यो
बलियाका जे पनि हतियार
लाठो होस वा अरुनै केही,
जे ठान…।

 

Continue reading


अत्भुत पराजय

Atit, Mukhiya, अतित मुखिया, pallawa, पल्लव

अतित मुखिया

सिंगो एउटा कोष
बिकशित हुदै सहस्र भयो
जिवाणु जिव बन्यो
शरीरमा आवश्यक अंग पलाउदै गयो
अनावश्यक सायद विलाउदै गयो
जलचर, स्थलचर, उभयचर भै
यत्रतत्र सर्वत्र छायो ।
सृष्टीको यो गुह्य भेद सृष्टिकर्ताले
जन्तरवनाई डार्विनको गलामा झुण्डायो
विकाशबादको डार्विन टाई ।

 

Continue reading


जगेडा

Atit, Mukhiya, अतित मुखिया, pallawa, पल्लव

अतित मुखिया

अवमुल्यन हुदाहुदा आˆनै व्यक्तित्व
जिन्दगीको विनिमय बजारमा
तिप्कोभर इज्यत सांचेको छु
सम्वोधनका तिम्रा शव्दार्थमा
जगेडा भएर बाँचेको छु ।

थाहाछैन काँहानेर कसलाई
कुनबेला चाहिने हो
कहिले सकिएर पालो अरुको
बल्ल पालो पाइने हो
हुलभित्र एक्लै बखेडागर्दै
अभिनयको हाँसो हाँसेको छु
सम्वोधनका तिम्रा शब्दार्थमा
जगेडा भएर बांचेको छु ।

 

Continue reading



गजल

Atit, Lingden, subba, अतित लिङ्देन ‘सुब्बा’, pallawa

अतित लिङ्देन ‘सुब्बा’

बिर्सिएर मेरो साथ न छोड्न सक्यौ तिमीले ।
फुटाएर छाती मेरो न तोड्न सक्यौ तिमीले ।।

सप्त रंगी इन्द्रेणी झैं रंगिन बन्ने ऋतुमा ।
फक्रिएको फूलबारी न गोड्न सक्यौ तिमीले ।।

 

सुसाउँदै सुस्त बग्ने खोलाको किनारा सरी ।
नाता हाम्रो छुटेपछी न जोड्न सक्यौ तिमीले।।

हाँस्ने खेल्ने चौतारीमा बिशाल पहाड बनी ।
छेकिएका पर्खाल त्यो न फोड्न सक्यौ तिमीले।

रोकी हिड्यौ आधी बाटो कोमल पाईला हरु ।
यात्रा हुँदा गोरेटोमा न मोड्न सक्यौ तिमीले।।

अतित लिङ्देन ( सुब्बा )
झापा


छन्दातमक गजल

Atit, Lingden, अतित लिङ्देन ‘सुब्बा’, pallawa

अतित लिङ्देन ‘सुब्बा’

चटक्क छोडी जाने भा।
नराख मोडी जाने भा।।

चुनेर न्यानो माया त्यो।
सजाउ जोडी जाने भा ।।

 

Continue reading


छन्दात्मक गजल

Atit, Lingden, subba, अतित लिङ्देन ‘सुब्बा’, pallawa

अतित लिङ्देन ‘सुब्बा’

रात मिठो मानी,जोड्छ नाता कहीले
साथ दिने भन्दै,तोड्छ नाता कहीले।।

बुझ्न कती गाह्रो,आउ भन्छे समाती
आँशु सरी देखे , गोड्छ नाता कहीले।।

 

Continue reading