अस्तु बनेपछि

Surendra, Astafal, सुरेन्द्र अस्तफल, pallawa, पल्लव

सुरेन्द्र अस्तफल

(निर्वाण कविता)
केही समय आमाको गर्भमा बित्यो
केही समय हुर्कदा,बढ्दा ,खेल्दा बित्यो
बिहेबारीमा बिते केही दिन
सन्तान उत्पादनमा बिते केही दिन
वल्लो डाँडा
पल्ला डाँडाका बीचमा बिते धेरै दिन
खाली खुट्टाहरूले नापे हजारौँ माइल
मात्र आफ्नै खेतबारी र माइतबारी
सम्झिँएर जीवनको सर्वश्व
गरिरहेँ आफ्नै खरबारीको रखबारी–

 

Continue reading


डिभीमोह

Surendra, Astafal, सुरेन्द्र अस्तफल, pallawa, पल्लव

सुरेन्द्र अस्तफल

सन् २०१६ को डिभी चिठा खुलेपछि लक्ष्मी र टीका निकै चञ्चल थिए । वैवाहिक जीवनमा आवद्ध भएको दस वर्ष पूरा भए पनि जागिरको स्थायित्व नभएकोमा उनीहरू
चिन्तित थिए । दुईवटा सन्तानको भविष्य सुरक्षित गर्न नसकेकोमा के गरौ र कसो गरौँको भूमरीमा हराइरहेका थिए उनीहरू । एकदिन स्कुलबाट मध्यान्तरको समय
मिलाएर हतार हतार डिभी भरे ।

 

Continue reading


गजल

Surendra, Astafal, सुरेन्द्र अस्तफल, pallawa, पल्लव

सुरेन्द्र अस्तफल

दिउँसै पिउनुकाे मजा बेग्लै छ
पिएर जिउनुकाे मजा बेग्लै छ ।

फाट्नु पर्छ मन पनि छियाछिया भई
फाटेपछि सिलाउनुकाे मजा बेग्लै छ ।

हुनुपर्छ जवानीमा कवि,प्रेमी,पागल
झाेक्रिएर टाेलाउनुकाे मजा बेग्लै छ ।

 

Continue reading


तेल भिसा

Surendra, Astafal, सुरेन्द्र अस्तफल, pallawa, पल्लव

सुरेन्द्र अस्तफल

हातमा परेको छ तेल भिसा
छोराले पठाएको छ अस्ट्रेलियाबाट
जाते आते बोइङको खर्च
भनेको छ छोराले पटकपटक
बाबा र आमा जसरी भए पनि आउनू
बाबालाई नमिले
आमा त आउनू आउनू
बुहारीले बाटो हेरिरहेकी छ ।

सुटकेस भरिएको छ
नातिका भोटा र दौराले
अलिकति गाउँको
अर्गानिक तोरीको तेल पनि छ –

 

Continue reading


अभाव छ र पो यो जिन्दगी मज्जा छ

Surendra, Astafal, सुरेन्द्र अस्तफल, pallawa, पल्लव

सुरेन्द्र अस्तफल

सबै अभावलाई महाकाल ठान्छन्
म अभावलाई सहकाल ठान्छु
मलाई अभावले जिन्दगी पढाएको छ
हरेक दिन
भोलिको उज्यालोमा
मीठो निद्रा निदाएको छु
सबै अभावको उपेक्षा गर्छन्
म अभावको अपेक्षा गर्छु
मलाई अभावले
स्वाभिमानी बनाएको छ
मसँग अभाव नभएको भए
म मुन्द्रे बन्न सक्थेँ÷म ट्यापे बन्न सक्थेँ

 

Continue reading


म ध्रुबे अर्थात् धु्रबबहादुर

Surendra, Poudel, Astafal, सुरेन्द्र पौडेल अस्तफल, pallawa, पल्लव

सुरेन्द्र पौडेल अस्तफल

मलाई
मेरो ज्यानले अभियुक्त बनाएको छ
मलाई
मेरै ज्ञानले
भययुक्त बनाएको छ
मेरो बासस्थानमा
अविश्वासको बुलडोजर
लगायौ र म
बिछ्यौना खोज्दै
तिम्रो गाउँ पसेको हु
मलाई अभावले विद्रोह सिकायो
मलाई तनाबले हिसा सिकायो

 

Continue reading


नेपाली साहित्यको उन्नयनमा पल्लव साहित्यिक पत्रिकाको योगदान एक चर्चा

सुरेन्द्र अस्तफल

१. विषय प्रवेश
 
 साहित्य एक किसिमको कला हो । तथापि यो जोकसैलाई सहज रूपमा प्राप्त हुँदैन । यसको लागि साधनाको आवश्यकता पर्दछ । प्रतिभा,व्युत्पति र अभ्यासले मानिसलाई साहित्यिक मार्गमा डोर्‍याउँछ । साहित्यलाई समाज रूपान्तरणका लागि, चेतना विस्तारका लागि, स्वान्तसुखायका लागि प्रयोग गरिएको पाइन्छ । साहित्यरूपी वाटिकामा पुष्पित हुन ,पल्लवित हुन साधनाको आवश्यकता पर्दछ । साधना एवं निरन्तरताको लगनशीलताले मात्र वास्तविक साहित्यकार बन्न सकिन्छ । हिजोको र आजको परिवेश फरक भए पनि जून र घाम उनै हुन्, पहाड र पर्वत उनै हुन् ,देसको माटो उही हो । त्यसैले हिजो लेखिएका कति कुराहरू आज उत्तिकै महत्वपूर्ण रहेका छन् । नेपालको साहित्यिक गतिविधि अन्याय देसको तुलनामा धेरै पछि सुरु भएको हो । अझ नेपाली भाषा विकासको इतिहास एकहजार वर्षको रहेको छ । चितवनको साहित्य त अझ निकै पछि मात्र सुरु भएको हो ।

Continue reading