हाम्रो पितृसत्तात्मक सोच!

Srijana, Aryal, Adhikai, सृजना अर्याल अधिकारी, pallawa, पल्लव

सृजना अर्याल अधिकारी

श्रीमती उवाच:
हे प्यारा तनमा छ दर्द अति नै लौ के भयो के भयो
छाती कम्मर ढाड कोख सबमा चस्केर दुख्दो भयो
दुख्छन् यी पिँडुला कठै! कटकटी खायो असाध्यै भयो
गर्दा मालिस तेलले यदि कतै हुन्थ्यो कि वा यो निको

श्रीमान उवाच:
गर्छेस् स्वाङ अलच्छिनी तँ जहिल्यै आएर मेरो घर
लोग्ने साथ हुँदा बिमार जहिल्यै सन्चो कहाँ हुन्छ र!
लाजै छैन नकच्चरी कति कुरा गर्छेस् र लोग्नेसित
स्वास्नीको शुश्रुषा गरेर म बसूँ? गर्छेस् कि बेइज्जत

 

Continue reading


गजल

Kamal, Aryal, कमल अर्याल 'धादिङ्गे', pallawa, पल्लव

कमल अर्याल ‘धादिङ्गे’

घर बनाएको छु रहरमा यतै बगरमा ।
म कसरी आउनु साथी तिम्रो शहरमा ।

म फर्कनु निकै खतरा छ बगर बाट ,
सिसाको झ्याल ढोका छ घर घरमा ।

बगिरहे पछि पसिना पुछिएन निधारको ,
बरु लुकेर आँसु खुब पुछियो डरै डरमा ।

 

Continue reading


आलस्य महिमा

srijana, aryal, adhikari, सृजना अर्याल अधिकारी‎ , pallawa, पल्लव

सृजना अर्याल अधिकारी‎

मीठा सुन्दर भावना मगजमा आएर घुम्दा पनि
“लेख् लेख् लेख्ँन छिटो भनी कलमले हैरान गर्दा पनि
मेरा हातहरू समाइ यसरी आलस्य आईकन
बिस्तारा तिर लान्छ भन्छ-“अब सुत्” लोरी सुनाईकन

हेरौं पुस्तकमा तथापि उसले आँखा उसै लाउँछ
नौलो क्यै जब हुन्छ फेसबुकमा आएर ब्यूँझाउँछ
धन्दा काम यता बसे कति उसै पर्दैन गर्नै भनी
मोड्यो ध्यान कता कता अधमले मोडिन्न भन्दा पनि

 

Continue reading


सचिन प्रयास अर्यालका मुक्तकहरू

सचिन प्रयास अर्याल

मनकॊ कुरा भनु भने बि-जायर जान्छकी।
अनि तिम्रॊ कॊमल मन दु-खायर जान्छकी।
अह म चाहान्न तिम्रॊ मन दुखाउनलाई!
बरु नभनेर जिन्दगी क-टायर जान्छकी।

मेरॊ बारेमा उस्ले सॊधे रुदैछरे भनिदिनु।
तिमि आउछौ कहिले भनि कुर्दैछरे भनिदिनु।
बुझ्छिन हॊला अबत मेरॊ पिडा ब्यथाहरू!
आशु झार्दै तिम्रॊ तस्बिर छुदैछरे भनिदिनु।

 

Continue reading


अनिता नेपाल अर्याल का केही मुक्तकहरूः

Anita, Aryal, Nepal, अनिता अर्याल नेपाल, pallawa, पल्लव

अनिता अर्याल नेपाल

तिमी शिखर चढ्दा साथ दिन पाउँ
पाइला डगमगाउँदा हात दिन पाउँ
नबिराई बाटो अघि बढ्दै जाउ
सद्भावको मीठो बात दिन पाउँ ।

जीवनमा सुनामी चलेको बेलामा
दिलमा ज्वालामुखी बलेको बेलामा
आएनौ खै तिमी राहत बनेर
आँसुले सिरानी गलेको बेलामा ।

 

Continue reading


गजल

Aditee, Aryal, Gyawali, अदिती अर्याल ज्ञवाली, pallawa, पल्लव

अदिती अर्याल ज्ञवाली

बढ्नुपर्ने तिम्रो माया घट्दै गयो आजभोलि!
शंका लाग्न थाल्यो मलाई त्यो दिलमा कोही होलि !

मलाई भने भेटिएर छुट्ने मन हुन्न कहिल्यै;
किनारामा छोड्यौ पापी तार्छु भन्दै मलाई खोली !

जसोतसो बाँचेकोथेँ हात थाम्छु भन्यौ किन?
आजसम्म रित्तै छु म भर्छु भन्थ्यौ होइन झोलि ?

 

Continue reading


१८ अक्षरिय गजल

Aditee, Aryal, Gyawali, अदिती अर्याल ज्ञवाली, pallawa, पल्लव

अदिती अर्याल ज्ञवाली

पहिलो भेटमा अाफैँ समाएको हात बिर्सेको हो र?
बेसरी रुँदारुँदै बिताएको त्यो रात बिर्सेको हो र?

अझैपनि ताजाछन् ती बाचाहरू मेरो मनभित्र;
सजाएका थियौ सपनाका ती खात बिर्सेको हो र?

तिमीबिना एकपल पनि ज्यूँन सक्दिन भन्दैथियौ
अतितमा गरेका तिम्रा ती सबै बात बिर्सेको हो र?

 

Continue reading


अनिता अर्याल नेपालका केही मुक्तकहरूः

Anita, Aryal, Nepal, अनिता अर्याल नेपाल, pallawa, पल्लव

अनिता अर्याल नेपाल

रोपेको छु खाडीमा पैसा फल्ने एउटा बूटो
तेसैले त मेरी आमा ज्यान डडेर भाछ ठूटो
बुहारीलाई भन्दिनु है जति मोज गरे नि हुन्छ
झारिराछु अनगिन्ती पठाउँने छु मूठो मूठो ।

हजूर आमा गाँउनु हुन्थ्यो विरह तीजका गीतमा
स्वतन्त्रता खोज्नु हुन्थ्यो आमा गाँउदै सबका हीतमा
हामीले पनि जनताका आवाज मिसार्इ गीत गायौं
संस्कृति जोगाउ है छोरी नभुल्नु नि पश्चिमा रीतमा ।

 

Continue reading


म जन्माउँछु

Kashika, Aryal, काशिका अर्याल, pallawa,

काशिका अर्याल

मैले जन्म दिएँ भने गगनका तारा म जन्माउँछु
सीता बुद्ध र भानु वा अरनिको सारा म जन्माउँछु
जन्मे यै घरमा उमा र भृकुटी यै बुद्ध जन्मस्थल
अर्को व्यास बनाउँदैछु म अझै प्यारा म जन्माउँछु ।

खाँचो खड्किरहेछ भक्ति अहिले ज्यूँदै भएका भए !
पृथ्वी अौ भिमसेन ती समरमा लड्दै रहेका भए!
टिष्टा साथ हुने थियो दशगजा रुन्थेन कैल्यै पनि
किल्लामा बलभद्रले कुशल भै खट्दै गरेका भए !

 

Continue reading


काशिका अर्यालका दुइ टुक्रा कविता

Kashika, Aryal, काशिका अर्याल, pallawa,

काशिका अर्याल

सम्बन्ध यी झूट हुन्
तिम्रो प्रेम त खेलमात्र, अनि ती बाचाहरू झूट हुन्
न्यानो साथ सँगै थिए मिलनका आशाहरू झूट हुन्
अङ्गालो कसिलो र ती रहरका पानाहरू झूट हुन्
मोती झैं गहबाट तप्प चुहिने दानाहरू झूट हुन ।

मीठा बात सँगै बिते प्रहर ती झूटै थियो आखिर
सारा झूट रहेछ त्यो निकटता सामिप्यता आखिर
हाँसो,खेल खुसी त आखिर सबै सोच्दैछु झूटो थियो
सारा याद र सम्झना अनि चिनो सम्पुर्ण झूटो थियो ।

 

Continue reading


सृजना अर्याल अधिकारीका तीन टुक्रा

Srijana, Aryal, Adhikai, सृजना अर्याल अधिकारी, pallawa, पल्लव

सृजना अर्याल अधिकारी

रातो खूब सुहाउने कलर हो रातै लगाऊ तिमी
सर्दी लाग्छ गरेर ख्याल कपडा तातै लगाऊ तिमी
रूघाले पनि ग्रस्त पार्दछ चिसो पानी नखाऊ न है
खोकी लागिरहन्छ बाहिर कतै केही नखाऊ न है!

तिम्रा रोग र शोकले मनभरी आँधी हुरी चल्दछ
ऐया!मात्र भन्यौ भने हृदयमा आगो उसै बल्दछ
आँखामा नबगाउनू न सरिता त्यो छाल उर्ल्यो भने
मै बग्नेछु सँगै त्यसै लहरमा रोकिन्न कस्तै गरे

 

Continue reading


रमेश अर्यालका केही मुक्तकहरूः

Ramesh, Aryal, Syanjali, रमेश अर्याल , pallawa, पल्लव

रमेश अर्याल

गार्हो छैन सजिलो छ बाँच्न जानेपछी
पिर ब्यथा हाँसो संग साट्न जानेपछी
थाहै नपाई जिन्दगी यो चलिदिदो रैछ
मुस्कानले आफैलाई ढाट्न जाने पछी ।

साझँ जोगी घरघर आऊछन गाजा खाएपछि
बलिया नि लर्बराऊछन गाजा खाएपछि
धर्ति घुम्छ यताऊता रुन्छन् कोही हास्छन्
सद्दे पनि बर्बराऊछ गाजा खाएपछि ।

 

Continue reading


बहरबद्ध गजल

Srijana, Aryal, Adhikai, सृजना अर्याल अधिकारी, pallawa, पल्लव

सृजना अर्याल अधिकारी

म आमा हुँ यौटा कुरा बुझ्न सक्छु
म बच्चाहरूका कुरा बुझ्न सक्छु ।

कतै भोक लाग्यो कतै नींद लाग्यो
सही हो म यस्ता कुरा बुझ्न सक्छु ।

अनौठो छ चाला अनौठो छ भाषा
र के भन्छ आँखा कुरा बुझ्न सक्छु ।

 

Continue reading


मेरा केही थान आँखा

krishna,prasad, aryal, कृष्णप्रसाद अर्याल, pallawa, पल्लव

कृष्णप्रसाद अर्याल

हेर्दा हेर्दै मनको चिसोले पग्लिएर
अनायासै खसेपछि दुई थोपा
आँखा तिम्रै तस्वीरमा छोडेर हिडेको हूँ ।
त्यस पछि परेको हो आँखा छोडेर हिड्ने बानी ।
अघि भर्खर
अन्तिम पटक त्यहाँ छोडेर आएको छु आँखा
जहाँ भित्ताको माउसुलीले मेरै अगाडि पुच्छर छोडेर गयो ,
तिमीले मलाई छोडेजस्तै गरेर।
पत्रिकामा ‘सुवर्ण अवसर’ पढ्न पुगेका आँखा
यौन रोगको विज्ञापनमा अल्मलिए पछि
त्यहाँ पनि दूईप्रति आँखा छोडेर आएको हूँ।
त्यो भिडमा पनि तिमीजस्तै मानेर
एउटी अपरिचित युवतीका अनुहारमा दुई थान
आँखा फ्याकेर हिडेको हूँ जहाँ ती आँखा हराउनेवाला थिएँ ।

 

Continue reading


गजल

krishna, prasad, aryal, कृष्णप्रसाद अर्याल, pallawa, पल्लव

कृष्णप्रसाद अर्याल

रुने मन थियो ठिकै भयो ।
आँखा घोचियो ठिकै भयो ।

आँखा फुट्यो कसरी भनौँ ,
निभेछ दीयो ठिकै भयो ।

म त ढुङ्गा खोज्दै हिडे थेँ ,
ढुङ्गै भेटियो ठिकै भयो ।

 

Continue reading


गजल

Kamal, Aryal, कमल अर्याल 'धादिङ्गे', pallawa, पल्लव

कमल अर्याल ‘धादिङ्गे’

जब मन र अाँखा मारा मार हुन्छ ।।
कवि हुन्छ मान्छे कलाकार हुन्छ ।।
.
सबै कुरो मिल्छ यता दाँयाँ बाँयाँ ।
उता बाट फेरि –खबरदार हुन्छ ।।
.
कैले भेल आउँछ– बगाउँ छ बस्ती ।
कोहि डुब्छ मान्छे कोहि पार हुन्छ।।

 

Continue reading


बहरबद्ध गजल

Aryal, Kisna, ,अर्याल कृष्ण pallawa, पल्लव

अर्याल कृष्ण

तिमी फूल साराले चिन्ने रहेछन् ।
सबै भृङ्ग काँडाले चिन्ने रहेछन् ।

नहेरी हिँडेथेँ आए पाउ छेऊ,
मलाई त ढुङ्गाले चिन्ने रहेछन् ।

नअल्झी कसैको छातीमा पुगेँ म ,
नयाँ मार्ग आँखाले चिन्ने रहेछन् ।

 

Continue reading


गजल

Kamal, Aryal, कमल अर्याल 'धादिङ्गे', pallawa, पल्लव

कमल अर्याल ‘धादिङ्गे’

घुम्तीको बाटो नहींड एक्लै साँझमा चाँदनी ।
बादल बैरी घुमेछन् यहाँ —काजमा चाँदनी ।

छिन्न र भिन्न पार्छन्की कोहि कोमलो रुप त्यो,
सिन्धुको यात्रा अड्कनु पर्ला माझमा चाँदनी ।

म संग पनि लगाउ मित—– ठुलै छ यो मन ,
कहिले लुक्छिन् कहिले हेर्छिन् लाजमा चाँदनी ।

 

Continue reading


गजल

Kamal, Aryal, कमल अर्याल 'धादिङ्गे', pallawa, पल्लव

कमल अर्याल ‘धादिङ्गे’

कस्ती राम्री देखिएकी सानी आज काफियामा
रदिफ मात्र लेखिएकी नानी आज काफियामा ।

चिरी च्याट्ट भयौ तिमी सांचै मेरो मन छोयो
आइ छौ नि त जानी जानी आज काफियामा ।

रटान हुँदा जिन्दगीमा भनेउ….. कटान भयो
कता बाट मायाँ की खानी आज काफियामा ।

 

Continue reading


गजल

Krishna, Aryal, अर्याल कृष्ण, pallawa, पल्लव

अर्याल कृष्ण

रुनेछन् बाँसुरी सारा तिमीले गीत गाएमा ।
र हाँस्छन् दुनिया सारा तिमीलाई रुवाएमा ।

कहाँ ओभाउछन् आँखा यी छोरा फर्किआउँदा ,
कि हाँस्दै पाउ छोएमा कि निदाएर आएमा ।

मृत्यु सधैँ छ माछीको जीवन माझीको जालमा ,
पुण्य या पाप के होला नदीले जाल बगाएमा ।

 

Continue reading