गजल– १,
कूलको मर्यादा सदैव धानेकी छु
बंशजको परम्परा सधैँ मानेकी छु ।
सबै अग्रज मेरा मान्यजनहरूका
अर्तीज्ञान लिएर बढ्न जानेकी छु ।
चलेको छ यहाँ मिनीस्कट र जामा
मैले त हाम्रै चौवन्दी नै छानेकी छु ।
गजल– १,
कूलको मर्यादा सदैव धानेकी छु
बंशजको परम्परा सधैँ मानेकी छु ।
सबै अग्रज मेरा मान्यजनहरूका
अर्तीज्ञान लिएर बढ्न जानेकी छु ।
चलेको छ यहाँ मिनीस्कट र जामा
मैले त हाम्रै चौवन्दी नै छानेकी छु ।
परिवारमा छोरा जन्मदा दीयो बालेको देखेँ
त्यहीघरमा छोरीलाई गर्भ मै फालेको देखेँ ।
जब, बाबु आमा बृद्धआश्रम लैजान्छ छोराले
पुनश्चः छोरीले तिनै बुवा आमा पालेको देखे ।
शुसिल र सहनशिल हुन्छन् नारी समाजमा
आफ्ना मान्यजनहरूको आज्ञा मानेको देखे ।
जन्मिएर यश धर्तीमा भातै खाने हो,
वृहत धनी मरेर नि घाटै जाने हो ।
बाचुन्जेल धर्म गर्नु, शर्म बचाएर
विविध कर्म मरीजाँदा, साथै लाने हो।
किन गर्नु बैरी भाव मानव जीवनमा
धनी गरिव जो छ खाली हातै माने हो ।
प्रेमले दिल चोरी गोडेर गयौ
आफैँ बिच बाटोमा छोडेर गयौ ।
सँगै ज्यूँने मर्ने वादा थियो हाम्रो
अनायासै त्यो मार्ग मोडेर गयौ ।
तिम्रै मायामा सजिएको यो छाती
वचन – वाँणले हान्दै फोडेर गयौ ।
प्रलोभनमा इमान जोडेर हेर
वेइमानको विमान फोडेर हेर ।
सेवामुखी हुन्छ मानविय चोला
त्यो घमण्डी पनालार्इ छोडेर हेर ।
संसारिक वनावट छ साह्रै सुन्दर
प्रकृतिको वगैँचालार्इ गोडेर हेर ।
ए सरकार ! न जोत्यौ खेत नलगायौ आली ।
कामै बिना आशगर्छौ जनताको वा!वा! र ताली ।
फटाहा छौ अनि धुर्तभयौ गरेनौ दशको निम्ति
देखायौ पारा आफैँले बन्यौ खिया लागेको फाली ।
सक्दैनौं गर्न केही गुहार्छौ विदेशीहरूलाई नै
गछौ केबल झुटो भाषण र आमसभा खाली ।
तिमी छौ र पो जिन्दगीमा मस्तीजस्तो लाग्छ
पोहोर भा’को भेट हाम्रो अस्ती जस्तो लाग्छ ।
तिम्रो साथ बसेको छु मलाई स्वर्गसरी
सबै उजाड गाउँ सुन्दर बस्ती जस्तो लाग्छ ।
दुःख गरें कष्ट गरें कयौं पटक जिन्दगीमा
जे जे गरें सबैकुरा जबर्जस्ति जस्तो लाग्छ ।
गजल– १,
कसरी गरौं म तिमीसंग प्रीतका कुरा ।
कविताका कुरा ,पुराना गीतका कुरा ।
चराइरहेको त्यो घाउमा मलम बनेर ,
बिहानीको मिर्मिरेमा शीतका कुरा।।
हृदयभरि साँचेका छौ हजारौं कल्पनाहरु ,
कसरी बयान गरौं अब तिम्रा जीतका कुरा ।।
देशको निम्ति तिमी केही गरेर त हेर
सहिद बनी देशको लागि मरेर त हेर
जिवन एउटा संघर्ष हो भन्ने कुरा सम्झी
एक दुई कदम अघि पाइला सरेर त हेर
रंङ्ग मञ्च जस्तो कहा हन्छ जिन्दगी यो
बाधा अड्चनहरु काटी सागर तरेर त हेर
(झ्याउरे लयमा)
असारे पानी साउने झरी दर्कियो किन हो ?
तिमीलाई भेट्न दरौदी खोला फर्कियो किन हो?
थिएनौ त्यस्तो नराम्रो जस्तो छल गर्यौ गर्नलाई
त्यसैले आज यो छाति मेरो चर्कियो किन हो?
खुर्खुरे बाटो हामफाल्दा मैले भनिन ऐया नी
त्यै मेरो गोडा सुकुलमा टेक्दा मर्कियो किन हो ?
मनमुटुमा तिम्रो तस्बिर टासेको छु कालू
तिमीलाई नै भेट्ने आशामा बाचेको छु कालू
यादै यादले नाजुक भयो जिन्दगानी आज
अझै पनि यो दिलभित्रै राखेको छु कालू ।।
ओभर फेसनले बिग्रियो दुनिया यहाँ
लाउनै छाडे सारी चोली र गुनिया यहाँ
भुले सबैले खान मकै भटमास खाजा
चाहिन्छ खाजा चाउमिन र बुनिया यहाँ ।
प्रेममा नै मान्छे जीएको छ
प्रेममा नै मान्छे पिएको छ
कस्तो रैछ माया भन्ने चिज
यसले ज्यान पनि लिएको छ
माया भन्ने कुरा बुझ्नै भो गार्हो
कतिको यस्ले ज्यान खिएकोछ
बर्ष दिन भो मैले तिमीलाई देख्न पाको छैन
खुशी मनले तिम्रो नाम लेख्न पाको छैन ।
कति तड्पिएर रात काट्छु सानु मैले यहाँ
मायाको अपार तिमीलाई थेक्न पाको छैन ।
कति अभागी यि रातहरू छिट्टै घाम लाग्ने
सपनीमै तिम्रो पाइला छेक्न पाको छैन ।
यो मनको पीडा बुझिदिने कोही छैन सारा
तिमीपनि टाढा भयौ आजबाट हैन? प्यारा !
दुनियाँलाई भुलेको थिए तिमी नै मनको राजा
दुख सुखमा ठानेको थिए जीवनकैचैन सहारा ।
सर्बेसर्बा ठानेको छु माया तिम्रै मानेको छु
अन्तै दिल सरेको छ देख्दैछु यो बेचैन पारा ।
धोका दियौ मित्र तिम्ले हार्दा मैले सहेँ
मेरै छाती माथि भार्इ मार्दा मैले सहेँ ।
तिम्ले मलाई केही दिए लिन आएको थे
सुस्तालाई भारत तिर सार्दा मैले सहेँ ।
जननीको आधार माथि घृणा थपिदियौ
अपमानको खडेरीमा खार्दा मैले सहेँ ।
अन्धकार छ मेरो जीवनमा जून बनेर आउनु
सन्नाटा छाएकोछ सारङ्गीको धुन बनेर आउनु ।
कष्टैकष्टले रूमलिएको काँचै छ यो जिन्दगानी
भावीको लेखन मेट्न सक्ने गुन बनेर आउनु ।
शृङगार रस बिनाको यो स्वप्निल सन्सारमा,
जीवन सन्तुष्ठीको स्वादिलो नुन बनेर आउनु ।
सत्मार्गको दिव्य लक्ष्यमा घुल्न सकुँ आहा
स्वच्छ मनले निर्मलआकाश डुल्न सकुँ आहा ।
सबैसँग रम्दै रम्दै खुशी साथ जम्दै जम्दै
सबैलाई समान व्यवहारमा फूल्न सकूँ आहा ।
जिन्दगी एउटा मेल हो दुई दिनको खेल हो
खुशी दिदै र लिदै सबै माझ खुल्नसकुँ आहा ।
परिवारमा छोरा जन्मदा दीयो बालेको देखेँ
त्यहीघरमा छोरीलाई गर्भ मै फालेको देखेँ ।
जब, बाबु आमा बृद्धआश्रम लैजान्छ छोराले
पुनश्चः छोरीले तिनै बुवा आमा पालेको देखे ।
शुसिल र सहनशिल हुन्छन् नारी समाजमा
आफ्ना मान्यजनहरूको आज्ञा मानेको देखे ।