अरुण भेटवालका केही टुक्राहरूः

Arun, Bhetwal, अरूण भेटुवाल, pallawa, पल्लव

अरूण भेटुवाल

“मनका कुरा”
असत्यमाथी सत्यको विजय
हवस त “गांधी”को जस्तो!
जसरी बहुमुल्य छ,संधै नै
चांदीभन्दा सुनको मुल्य यस्तो!!

किन हुंदैन त मानव हृदय,
भैदिए हुन्थ्यो नि,संधै नै त्यस्तो!
किन छैन,शालिकको मूल्य आज
लाईदें झैं,एकैछिनको पिरती जस्तो!!

 

Continue reading


“समर्पण,तिमीलाई”

Arun, Bhetwal, अरूण भेटुवाल, pallawa, पल्लव

अरूण भेटुवाल

ती बम्बै र दिल्लीका
कोठिमा बेचिएका
चेलीका आंसुले रुवाएका छ्न मलाई,
ती कोरिया,कतारका
रोटीमा थिचिएका
संगीका मासुले थलाएका छ्न मलाई!
पाप हो कि,
पुर्व जन्मको अभिशाप?
कि त केहीको कुत्सित खेलको हात??
मन रोएको छ
तन कांपेको छ,
पटकपटक यी हातले,
पासोकै डोरी नापेको छ!
तर पनि,

 

Continue reading


किरिङमिरिङ सडकमा अलपत्र

Arun, Nadi, Khatri, Kathamandu,अरूणनदी खत्री, pallawa, पल्लव

समीक्षकः अरूणनदी खत्री

कृति समीक्षा
यात्रा साहित्य विश्व साहित्यमै लोकप्रिय विधाको रुपमा मानिन थालिएको छ । सभ्यता र संस्कृति जीवन र जगत्को अनुभव र अनुभूतिका कारण नियात्राका पाठक बढेर असाहित्यिक वर्गमा पनि प्रभावकारी बन्दै गएको छ । यही कारण अन्य विधामा हात हालेका स्थापित लेखकहरु पनि यस विधाप्रति आकषिर्त भइरहेका छन् । वियोगी बुढाथोकी नेपाली साहित्यको काव्य विधामा सुपरिचित नाम हो । कविता, गजल र मुक्तकका क्षेत्रमा उनले ख्याति कमाएका छन् ।

 

Continue reading


नदेखिएका स्वप्नहरू (गजलसङ्ग्रह)

Arun, Nadi, Khatri, अरुणबहादुर खत्री “नदी”, pallawa

अरुणबहादुर खत्री “नदी”

कृति समीक्षा
नेपाली साहित्यका कविता, मुक्तक, कथा र गजल विधामा कलम चलाउँदै आएकी साहित्यकार सुमित्रा सुमीको नदेखिएका स्वप्नहरु नामक गजलसङ्ग्रह दोस्रो कृतिको रुपमा २०७१ साल माघमा प्रकाशित भएको छ । यसभन्दा अगाडि कवयत्री एवं गजलकार सुमित्राको एक्लो कुसुम नामक गजलसङ्ग्रह पहिलो कृतिको रुपमा २०६३ सालमा प्रकाशित भएको थियो । यस कृतिभित्र चौसट्ठीवटा गजलहरु समावेश गरिएका छन् ।

 

Continue reading


भलाकुसारी

Shanti, Adhikari,शान्ति अधिकारी, pallawa, पल्लव

अन्तर्वार्ताकी पात्रः शान्ति अधिकारी

Arun, Nadi, Khatri, Kathamandu,अरूणनदी खत्री, pallawa, पल्लव

प्रस्तुतीः अरूणनदी खत्री

मध्य पश्चिमाञ्चल, डोल्पाको बैजवारा निवासी बाबा पदमहरी अधिकारी र आमा अम्बिका अधिकारीका कोखबाट जन्मिनु भएकी शान्ति अधिकारी -पोख्रेल) को इनरुवा, सुनसरी निवासी गोपाल पोख्रेल सँग वैवाहिक सम्बन्धमा वाधिनु भएकी हो । शान्ति अधिकारीको पुख्र्यौली घर भने तार्कु खहरे, लमजुङ्ग हो । राष्ट्र सेवक भनौँ वा जीविको पार्जनका शिलशिलामा हालको बर्साई कोहलपुर, बाँके रहेको छ । उहाँ सगुन र शिशिर पोखरेल दुइ सन्तान की धनी हुनुहुन्छ । आफू नेपालगञ्ज नर्सिङ्ग क्याम्पस, कोहलपुरमा सेवारत हुनुहुन्छ । हालसम्म उहाँका ‘ शान्ति वाटिका गजल संग्रह- २०७०’ प्रकाशन भैसको छ भने हाल अर्को नूतन कृति प्रकाशनको तयारीमा जुटिरहनु भएको छ ।

 

Continue reading


आत्मालाप, कृति समीक्षा

Arun, Nadi, Khatri, अरुणबहादुर खत्री “नदी”, pallawa

अरुणबहादुर खत्री “नदी”

नेपाली साहित्यको साधना र सिर्जनाको क्षेत्रमा आफ्नो जीवनका साढे चार दशक बिताइसकेका गोर्खे साइँलोको आत्मालाप नामक विभिन्न छन्दमा लेखिएका कविताहरुको कवितासङ्ग्रह २०७२ सालमा प्रकाशित भएको छ । यस कविता सङ्ग्रहभित्र उनीद्वारा लेखिएका विभिन्न शीर्षकका ६२ वटा कविताहरु राखिएका छन् । उनले कविता, कथा, गजल, लघुकथा, निबन्ध, हाइकु र समीक्षा विधामा पनि कलम चलाउदै आइरहेका छन् । आत्मालापभित्र देश दुखेका गन्थनहरु छन् । नितान्त व्यक्तिगत गन्थनहरु पनि छन्, पारिवारिक गन्थनहरु छन्, भुइँचालाका गन्थनहरु पनि छन्, जननी एवम् जन्मस्थलका गन्थनहरु पनि छन्,।

 

Continue reading


झोला हरायो

Arun, Nadi, Khatri, अरुणबहादुर खत्री “नदी”, pallawa

अरुणबहादुर खत्री “नदी”

काठमाडौंबाट ओखलढुंगाको रुम्जाटारमा हुने साहित्यिक कार्यक्रममा सहभागी हुन ओखलढुंगा जाने बस चाबहिलचोकबाट चढ्यौ । बसले सिन्धुलीको रातमाटेमा पुगेर खाना खान रोक्यो । बसले खाना खान रोक्दा एकजना साहित्यकार दाजुको झोला नै देखिएन । झोला नै हरायो । झोला हरायो भन्ने थाहा पाएपछि त्यो साहित्यकार दाजुसंग झोलाभित्र के के थियो मैले भने । झोलाभित्र मैले निकालेको उपन्यास तीस प्रति, मेरो र्सट पायन्ट र एउटा इमर्जेन्सी लार्इट थियो उहाँले भन्नुभयो ।

 

Continue reading


पवन र पसलको सम्बन्ध

Arun, Nadi, Khatri, अरुणबहादुर खत्री “नदी”, pallawa

अरुणबहादुर खत्री “नदी”

पवन आफ्नो घर नजिकै किराना पसल भएर पनि केही सामान किन्नु परेमा घरदेखि टाढाकै पसलमा पुगेर किनेर ल्याउने गथ्र्यो । उसका छिमेकीहरु पनि अचम्म मान्दथे उसले टाढाको पसलमा गएर सामान किनेर ल्याएको देख्दा एकदिन उसले बिहान टाढाको पसलबाट सामान किनेर ल्याउदै गर्दा उसको छिमेकी रमाले पवन दाइले घर नजिकैको पसलमा सामान नकिनेर किन टाढाको पसलबाट किनेर ल्याउनु भएको – भनिन् । “आफूलाई जहाँको पसलमा किन्न मन लाग्छ त्यहीको पसलमा गएर किन्ने त हो नि” पवनले भन्यो ।

 

Continue reading


कालो बिरालोले बाटो काट्दा

Arun, Nadi, Khatri, अरुणबहादुर खत्री “नदी”, pallawa

अरुणबहादुर खत्री “नदी”

लघुकथा
बिहान घरबाट खाना खाएर आफ्नो कार्यालय जान लाग्दा गोंगबु चोक पुग्नु अगाडि कालो बिरालोले बाटो काट्यो । कालो बिरालोले बाटो काट्दा राम्रो हुंदैन भन्ने सोचेर केहीबेर म उभिए । अर्को मान्छे हिँडेपछि म पनि गोंगबु चोकमा पुगेर बस चढ्न फटाफट हिँडे । गोंगबु चोकमा पुग्नु अगाडि कर्मचारी चढ्ने सरकारी बस गुडेको देखे । कर्मचारी चढ्ने बस छुट्यो र भाडा तिरेर चढ्ने र्सार्वजनिक बसमा चढेर आफ्नो कार्यालय पुगे । कार्यालय ठिक दस बजे पुग्नु पर्नेमा साढे दस बज्यो ।

 

Continue reading


कृति समीक्षाः आत्मालाप

Caver Aatmalapko

Arun, Nadi, Khatri, Kathamandu,अरूणनदी खत्री, pallawa, पल्लव

अरूणनदी खत्री

नेपाली साहित्यको साधना र सिर्जनाको क्षेत्रमा आफ्नो जीवनका साढे चार दशक बिताइसकेका गोर्खे साइँलोको आत्मालाप नामक विभिन्न छन्दमा लेखिएका कविताहरुको कवितासङ्ग्रह २०७२ सालमा प्रकाशित भएको छ । यस कविता सङ्ग्रहभित्र उनीद्वारा लेखिएका विभिन्न शीर्षकका ६२ वटा कविताहरु राखिएका छन् । उनले कविता, कथा, गजल, लघुकथा, निबन्ध, हाइकु र समीक्षा विधामा पनि कलम चलाउदै आइरहेका छन् । आत्मालापभित्र देश दुखेका गन्थनहरु छन् । नितान्त व्यक्तिगत गन्थनहरु पनि छन्, पारिवारिक गन्थनहरु छन्, भुइँचालाका गन्थनहरु पनि छन्, जननी एवम् जन्मस्थलका गन्थनहरु पनि छन्, भ्रष्टाचार एवम् भ्रष्टाचारीका् गन्थन छन् लोक-परलोकका गन्थन पनि छन् ।

 

Continue reading


सूत्रमालामाथि नयन घुमाउँदा

Arun, Nadi, Khatri, Kathamandu,अरूणनदी खत्री, pallawa, पल्लव

अरूणनदी खत्री

नेपाली साहित्यको साधना र सिर्जनाको क्षेत्रमा आफ्नो जीवनका साढे चार दशक बिताइसकेका गोर्खे साइँलोको सूत्रमाला नामक शास्त्रीय सूत्रसहित शास्त्रीय वहरकै गजल सङ्ग्रह २०६३ सालमा प्रकाशित भएको छ । यस गजल सङ्ग्रहभित्र उनीद्वारा लेखिएका बाँच्न इच्छा हुँदा, पढी सूत्रमाला, तेजिलो जिन्दगी, पियारो, नुवाकोटे जिन्दगीमा लगायत विभिन्न शीर्षकका ६५ वटा गजलहरु राखिएका छन् । यस कृतिभित्रको पहिलो गजल बाँच्न इच्छा हुँदा शीर्षकभित्र बाँच्न इच्छा हुँदा देशको शानमा ज्यान फ्याक्न तयारी छु सम्मानमा भनिएको छ । २०६१ सालमा गजलपथका यात्रीहरु -गजलसङ्ग्रह) संयुक्तलेखन पहिलो कृतिको रुपमा गोर्खे साइँलोले प्रकाशित गरेका थिए ।

 

Continue reading


मातृभूम्रि्रतिको प्रतिबद्धता

Arun, Nadi, Khatri, अरुणबहादुर खत्री “नदी”, pallawa

अरुणबहादुर खत्री “नदी”

म जन्मे आफ्नै देशमा
हर्ुकन पाए यही देशमा
देशका लागि केही गर्न
साहस छँदैछ मेरो मनमा ।
सुन्दर शान्त र विशाल
मेरो प्यारो देश नेपाल
कति राम्रा छन् ल हेर
सेता अग्ला हिमाल ।

 

Continue reading


नयाँ गजल लेखकलाई ठूलो हौसला दायक ‘सूत्रमाला’

Cover, of, Sutramala, Gazals,‘सूत्रमाला’ शास्त्रीय सूत्रमा आधारित वहरबद्ध गजल सङ्ग्रह– २०६३,

‘सूत्रमाला’ शास्त्रीय सूत्रमा आधारित वहरबद्ध गजल सङ्ग्रह– २०६३,

Arun, Nadi, Khatri, Kathamandu,अरूणनदी खत्री, pallawa, पल्लव

अरूणनदी खत्री

नेपाली साहित्यको साधना र सिर्जनाको क्षेत्रमा आफ्नो जीवनका साढे चार दशक बिताइसकेका गोर्खे साइँलोको सूत्रमाला नामक शास्त्रीय सूत्रसहित शास्त्रीय वहरकै गजल सङ्ग्रह २०६३ सालमा प्रकाशित भएको छ । यस गजल सङ्ग्रहभित्र उनीद्वारा लेखिएका बाँच्न इच्छा हुँदा, पढी सूत्रमाला, तेजिलो जिन्दगी, पियारो, नुवाकोटे जिन्दगीमा लगायत विभिन्न शर्ीष्ाकका ६५ वटा गजलहरु राखिएका छन् । यस कृतिभित्रको पहिलो गजल बाँच्न इच्छा हुँदा शीर्षकभित्र बाँच्न इच्छा हुँदा देशको शानमा ज्यान फ्याक्न तयारी छु सम्मानमा भनिएको छ । २०६१ सालमा गजलपथका यात्रीहरु -गजलसङ्ग्रह) संयुक्तलेखन पहिलो कृतिको रुपमा गोर्खे साइँलोले प्रकाशित गरेका थिए । उनले कविता, कथा, गजल, लघुकथा, निबन्ध, हाइकु र समीक्षा विधामा पनि कलम चलाउदै आइरहेका छन् ।

Continue reading


शहीद

Arun, Nadi, Khatri, अरुणबहादुर खत्री “नदी”, pallawa

अरुणबहादुर खत्री “नदी”

हे मेरा सहीद
तिमी बाँचुञ्जेल
आफैंलाई बिर्सिएर
देसलाई बलियो
बनाउनतिर लाग्यौ
हे मेरा सहीद
आफूलाई अलग्याएर रित्याएर
तिमीले प्रजातन्त्रको गीत गायौ

 

Continue reading


तिमी मेरो सम्झनामा

Arun, Nadi, Khatri, अरुणबहादुर खत्री “नदी”, pallawa

अरुणबहादुर खत्री “नदी”

तिमीलाई म के भनौं
फूल भनौं त्यसमा काँडा छ
चन्द्रमा भनौ त्यसमा दाग छ
शुभकामना तिमीलाई

सधैँभरिको लागि मिलीरहोस्
मंगल होस् सधैँ मंगल रहोस्
सफलताले तिमीलाई चुमी रहोस्
छातीभरी बलेको आगो
सम्हालीराख्न झनै गाह्रो–

 

Continue reading


गजल

Arun, Chhetri, Anuragi, अरुण क्षेत्री ‘अनुराग’,  pallawa, पल्लव

अरुण क्षेत्री ‘अनुराग ’

हिजो राति सपनीमा आउने मान्छे को हौ,,
सुमधुर गीत थियो गाउने मान्छे को हौ,,

चिन्न खोज्दा तिमीलाई भागेयौ मुख छोपी,,
निलो कुर्ता रातो टिकी लाउने मान्छे को हौ,,

किन आयौ अनामिका फर्केयौ किन मौन,,
घरि-घरि कल्पनामा छाउने मान्छे को हौ,,

 

Continue reading


अरुलाई यो अर्ति

Arun, Nadi, Khatri, अरुणबहादुर खत्री “नदी”, pallawa

अरुणबहादुर खत्री “नदी”

रेडियो नेपालबाट प्रशारण गरिने विभिन्न कार्यक्रमहरुको नियमित श्रोता खड्गबहादुर एकदिन रेडियो नेपालको कार्यालय परिवेशभित्र रेडियो नेपालमा प्रशारणको लागि आफ्नो रचना पुर्‍याउन जाँदा एउटा कर्मचारीले आफ्नो खल्तीबाट सुर्ती झिकेर मुखमा हालको देख्दा खड्गबहादुर अचम्ममा पर्‍यो र उसले भन्यो खैनी, सुर्ती र चुरोटको सेवन आफू पनि नगरौं अरुलाई पनि नगराउ भनेर रेडियोबाट भनिरहन्छ तर तपाई जस्तो रेडियोनेपालमै काम गर्नेले हाम्रो अगाडि खानुहुन्छ, किन ? सुर्ती, खैनी र चुरोट हामीले नखाइदिएमा कारखानालाई नोक्सान भईहाल्छ नि त्यस कर्मचारीले भने । त्यसो भए रेडियोबाट प्रशारण गरिने यस विज्ञापनलाई पनि बन्द गरिदिनु पर्‍यो खड्गबहादुरले भने । विज्ञापन नै रेडियोनेपालको मुख्य आम्दानीको स्रोत हो, विज्ञापन बन्द गरेमा हामीले तलब कसरी खाने नि त्यस कर्मचारीले भन्यो ।

 

Continue reading


सीमान्त सपना कविता सङ्ग्रह

 

Arun, Nadi, Khatri, अरुणबहादुर खत्री “नदी”, pallawa

अरुणबहादुर खत्री “नदी”

कृति समीक्षा
दिनेश अधिकारी नेपाली कविता काव्य क्षेत्रमा चर्चित नाम गरेका व्यक्ति हुन् । २०३७ सालमा अन्तरका छिटाहरु –कविता सङ्ग्रह) पहिलो कृति लिएर साहित्याकाशमा उदाएका अधिकारीको निरन्तर सक्रियताले सीमान्त सपना नामक कविता सङ्ग्रह २०६७ सालमा साझा प्रकाशनले प्रकाशित गरेको छ । यस कृतिभित्र भोक, निलो बह, तिमी को हौ ? लिजा म असाध्यै डरपोक छु, खै के भएको हो यो समयलाई ? लगायत विभिन्न शीर्षकका ५१ वटा कविताहरु राखिएका छन् । यस सङ्ग्रहभित्रको भोक शीर्षकको पहिला कवितामा म त भोक खप्न नसकेपछि आफ्नै शरीरको मासु लुछेर आफ्नो भोक मार्ने भैरवलाई पूजा गर्ने मान्छे भनिएको छ । नीलो बह शीर्षकको कवितामा देश, झण्डा, कानुन र सरकार एउटै हो भन्नुहुन्छ तर हामी आकाश–पाताल जस्तै फरक छौं भनिएको छ ।

 

Continue reading


गजल

Arun, Chhetri, ‘अनुरागी’, Anuragi, pallawa

अरून क्षेत्री ‘अनुरागी’

रोकिएन जित हारको खेल किन हो,,
बढीरा’छ काट मारको खेल किन हो,,

शान्ति भूमि रहेन अब रणभूमि भो,,
जता ततै हतियारको खेल किन हो,,

 

Continue reading


“नदी”का मुक्तकहरु

Arun, Nadi, Khatri,  “नदी”, pallawa

अरुणबहादुर खत्री “नदी”

चिठी लेख्दा आज कविता भयो
किन किन यो हृदय चञ्चल रह्यो
प्रकृतिको प्रेमी म प्रकृतिसँगै रमाउँछु
सुन्दरताको प्रतिबिम्ब मेरो मन बग्यो ।

Continue reading