गजल

Arjun, Kumar, Satyal, अर्जुन कुमार सत्याल, pallawa, पल्लव

अर्जुन कुमार सत्याल

ताँई न तुईँको, कुरा धेरै भो
बिस्तारा भुइँको, कुरा धेरै भो ।

चाहि्न्थ्यो गुलाफ, प्रेम प्रतिक
जार्इ र जुहिको, कुरा धेरै भो ।

थुप्रै छन, अस्थार्इ साधनहरू
संगीनी सुर्इको, कुरा धेरै भो ।

 

Continue reading


गजल

Arjun, Kumar, Satyal, अर्जुन कुमार सत्याल, pallawa, पल्लव

अर्जुन कुमार सत्याल

आई अचानक,खेलेर गई
उर्लदो भेलमा,हेलेर गई

देखाई हजार,सपनाहरुको
भुमरीमा मलाइ,ठेलेर गई

बर्षाद बनी आशु,झर्यो तरर
तोरि झै मनलाइ,पेलेर गई

 

Continue reading


गजल

Arjun, Bhusal, अर्जुन भुसाल , pallawa, पल्लव

अर्जुन भुसाल

कस्को के लाग्छ फुललाई, झार सम्झिएपछि
कोमल हिर्दय र हातलाई तरवार सम्झिएपछि

यहाँ सम्बन्धहरु कसरी टिकाउन,सकिन्छ खै
माया, सदभाब,सुझाबलाई, मार सम्झिएपछि

हरेक साझ साईकलमै ,पुराउथ्यो घरमा उस्ले
बिच्कीइन एकदिन चडेको,कार सम्झिएपछि

Continue reading


मेरो कलमबाट लेखिएन कविता !

Arjun, ptasonet, , अर्जुन प्यासोनेट

अर्जुन प्यासोनेट

कविता सम्झिएर कविता लेख्न खोजें
साधना गरें, ध्यान गरें
अहँ, केही जोर चलेन मेरो
कलमले डेग सारेन
मेडिटेसन चाहिन्छ रे कविता लेख्न
इमाजिनेसन चाहिन्छ रे कविता लेख्न
तर फिलिङ्स के चाहिँदैन र –
अत्यावश्यक तत्व हो कविताको ।
वर्डस्वर्थ घन्के मेरो मगजमा
मसँग मेडिटेसन छ, इमाजिनेसन छ,
तर फिलिङ्स छैन यो बखत
म रित्तो छु
विल्कुल खोक्रो भावमा
त्यसैले त मेरो कलमबाट लेखिएन कविता ।

 

Continue reading


गजल

Arjun, Aacharya, अर्जुन आचार्य, pallawa, पल्लव

अर्जुन आचार्य

बिद्रोह सँगै शब्द। रुपी तिर छर्नेछु
राष्ट्रियता बचाउने प्रयत्न गर्नेछु !!

देशको लागि मर्नै पर्ने दिन आएमा
छाती मेरो ढाल बनाइ गोलि भर्नेछु !!

मातृ भुमिको सुरक्षार्थ भै खट्नु पर्दा म
जिउ ज्यानै बाजी राखी लागी पर्नेछु!!

 

Continue reading


गजल

Arjun, Aacharya, अर्जुन आचार्य, pallawa, पल्लव

अर्जुन आचार्य

खै कसरी पिरतीमा फस्न पुगेछु
अनायासै अंगालोमा कस्न पुगेछु !!

थाहा थियो पिरतीले भोक निन्द्रा हर्छ
बेहोसीमै त्यही जालमा पस्न पुगेछु !!

जवानीको मातमा आज यसरी बौलाएर
गुलाबी त्यो उस्को ओठमा डस्न पुगेछु !!

 

Continue reading


गजल

Arjun, Aacharya, अर्जुन आचार्य, pallawa, पल्लव

अर्जुन आचार्य

नमान्नु दुःख यो तिम्रो छोरो मरेछ भनेर
दुस्मनको गोलि त्यो छाती भित्र भरेछ भनेर!!

म मर्दा तिम्ले आँशुका धारा नझार्नु सम्झेर
देशको लागि छोराकै बली चरेछ भनेर!!

सकिन बस्न मुहार लुकाइ कांतर भए झै
रगतको खोली राष्ट्रियता माथी छरेछ भनेर!!

 

Continue reading


गजल

Arjun, Aacharya, अर्जुन आचार्य, pallawa, पल्लव

अर्जुन आचार्य

आज तिम्लाई अंगालोमा कस्न पाए हुन्थ्यो
यो ओठले त्यो ओठलाई डस्न पाए हुन्थ्यो !!

फक्रिएको फुल जस्तै तिम्रो त्यो जवानिमा
विलिनका आसु जस्तै खस्न पाए हून्थ्यो!!

बगैचामा डलेर भमराले झै रस चुस्न
लाग्यो आज तिम्रो जालमा फस्न पाए हुन्थ्यो!!

 

Continue reading


गजल

Arjun, Aacharya, अर्जुन आचार्य, pallawa, पल्लव

अर्जुन आचार्य

मेरी आमा तिम्रो खुसी फुलाउन सकिएन
चिता सँगै तिमीलाइ भुलाउन सकिएन !!

एकोरिदै एकान्तमा रुने गर्छु दिन दिन
मनै भित्र पिडा बेथा सुलाउन सकिएन !!

तिमी संग जुनी भरी संगै हुने चाह थियो
दैव संग तिथि मिति खुलाउन सकिएन !!

 

Continue reading


गजल

Arjun, Aacharya, अर्जुन आचार्य, pallawa, पल्लव

अर्जुन आचार्य

आमा तिम्रो यादले मन जलायो आज
रुदा रुदै आशुले ज्यान गलायो आज!!

निष्ठुरी दैवले टिपेर लाँदा तिमिलाई
छिनछिन मै बेहोसीले ढलायो आज !!

मातृ सुख पाउन बाट बन्चित पारि
दैवले नि आँधीहुरी चलायो आज !!

 

Continue reading


गजल

Arjun, Aacharya, अर्जुन आचार्य, pallawa, पल्लव

अर्जुन आचार्य

म बाट मेरी आमा छुटाएर लगिस् दैव
छाती बाट कलेजी टुटाएर लगिस् दैव!!

राम्रो-राम्रो मान्छे सधै तेरै प्यारो हुन्छ किन
मेरा सारा स्वप्न किन फुटाएर लगिस् दैव!!

टुहुरो नै बनाइ हामी दुई सन्तान लाई
आमाको काख पनि लुटाएर लगिस् दैव!!

 

Continue reading


गजल

Arjun, Aacharya, अर्जुन आचार्य, pallawa, पल्लव

अर्जुन आचार्य

तिम्रो मेरो मायाको फुल फुल्न थाले पछि
जवानिको मदहोसी मै भुल्न थाले पछि !!

दैबले नि डाहा गर्छ हाम्रो पिरतीलाई
राम सिताको जोडी जस्तै डुल्न थाले पछि !!

एसो गर्यो उसो गर्यो गाउमा चर्चा हाम्रै हुने
छर छिमेक एताउता घुल्न थाले पछि !!

 

Continue reading


गजल

Arjun, Aacharya, अर्जुन आचार्य, pallawa, पल्लव

अर्जुन आचार्य

हृदयमा चोट दिई छुट्नेहरु धेरै छन्
जिन्दगि नै खाली पारि लुट्नेहरु धेरै छन्!!

तिमि बिना एकै पल नि बाँच्दिन भन्नेहरु
एकाएक बारुद बनि फुट्नेहरु धेरै छन्!!

सुख छँदा सधै भरि मेरै मित्र बन्नेहरु
बिध्वम्स संजाल बनि चुट्नेहरु धेरै छन्!!

 

Continue reading


गज़ल

Arjun, Dristi, अर्जुन दृष्टी, pallawa,पल्लव

अर्जुन दृष्टी

जिन्दगी बुझाउछ उसले आफ्नो परिधीबाट
सिकेर कहिले पो सकिन्छ र नदीबाट ।

आज खुट्टा टेक्ने भएसी चिन्दिन भन्यो
जसलाई कुनैदिन हिडाइयो आफ्नै छातिबाट ।

महलका खुशीहरुमा भुइचालो जानेछ
जव हामी मुस्कुराई दिनेछौं झुपडीबाट ।

 

Continue reading


गजल

Arjun, Nirjen, पौडेल, Paudel, pallawa

अर्जुन निराजन पौडेल

वल्लालाई पल्लाले मार्ने जमाना छ
धेरैलाई हल्लाले मार्ने जमाना छ

सडकमा राजनीति सदनमा उस्तै
उपल्लोलाई  तल्लाले मार्ने जमाना छ

 

Continue reading


गजल

Arjun, Nirjen, पौडेल, Paudel, pallawa

अर्जुन निराजन पौडेल

बजार मा जुवाको खाल देखिन्छ
दुर्गम मा सधै अनिकाल देखिन्छ ।

हर साल बजेट सडक मा पोतिन्छ
बिचरा उक्किएर बेहाल देखिन्छ ।

 

Continue reading


गजल

Arjun, Nirjen, पौडेल, Paudel, pallawa

अर्जुन निराजन पौडेल

शिशै शीशा को घर बनाउने तिमी
मसानघाट मा शहर बनाउने तिमी ।

युद्ध मैदान बाट भागेको त्यों मान्छे
उसैलाई कमान्डर बनाउने तिमी ।

Continue reading


निर्जनका तीन मुक्तक

Arjun, Nirjen, पौडेल, Paudel

अर्जुन निराजन पौडेल

आफ्ना को केही सहारा हुने भए
सुख दुख मा पहरा हुने भए
 बगर को माछी किन मर्थ्यो र
पानी बिना उस्को आहार हुने भए

Continue reading


नबस प्रीया मुर्छित भई तस्विर छोएर

 

Arjun, Ghimire, उजाड, Ujad

अर्जुन घिमिरे उजाड

मै मरि जाँदा नर्झानु आँशु साँझमा रोएर
नबस प्रीया मुर्छित भई तस्विर छोएर।

नजानु मलाम् नचढाउँ फूल त्यो मन दुख्दछ
बगेर गए नथामि किन त्यो आँखा सुक्दछ।

Continue reading


मेरो देश नेपाल

अर्जुन तामाङ

जहा पुगे पनि, जहा गए पनि
गर्व गर्छु म सधै
समझी आफ्नै माटो, उकाली ओरली
र भन्छु सधै, म हु एक नेपाली

बीरताको इतिहास बोकेको, हामी बीर नेपाली
शत्रुलाई पनि माया गर्ने, हाम्रो अनौठो बानी
शीर काट्न तयार हुने तर कहिले नझुक्ने, हामी स्वाभिमानी
जसलाई पनि यही परिचय दिदै भन्छु, म हु एक नेपाली

Continue reading