अन्जु सापकोटा “अनु”का केही मुक्तकहरूः

Anju, Anu, अन्जु अनु, pallawa, पल्लव

अन्जु अनु

सपना मा पनि तिम्रै याद हरु बर्सिदैछ ।
खोइ किन हो यो छाती त्यसै त्यसै चर्किदैछ ।
तिमी बाट आशा छैन भरोशा को के कुरा,
तर पनि यो मन ले तिमी लाई पर्खिदैछ ।

सजाएथे यै मुटु मा निकालेर फालिदिए ।
स्वार्थी रैछ तिम्रो माया भंगालो मा हालिदिए ।
चाहेर एक हात ले ताली बज्दो रहेनछ,
त्यसै ले लाचार भए आत्म लाई गालिदिए ।

 

Continue reading


अन्जु अनु का केही मुक्तकहरूः

Anju, Anu, अन्जु अनु, pallawa, पल्लव

अन्जु अनु

हिरा, जुहारत पाएपछी सुन बिर्सनेलाई के भन्नू ।
घामको उज्यालो पाएपछी जून बिर्सनेलाई के भन्नु।
अहिले बिर्सेपनि कुनैदिन याद खिलबनी सताउनेछ,
थोरै सम्पती कमाएपछी गुन बिर्सनेलाई के भन्नू।

सम्झना आउने अधर बनाउनु भयो।
किन झुक्याएर जहर पिलाउनु भयो।
अमृत हो भनी जहर पिलाउदा पनि ,
भएन त्यो दिल कोमल,पथर गराउनु भयो।

 

Continue reading


अरुणा श्रेष्ठ ‘अनु’ का तीन गजल

Aruna, Shresth, Anu, अरुणा श्रेष्ठ 'अनु', pallawa, पल्लव

अरुणा श्रेष्ठ ‘अनु’

बहरबद्ध गजल– १,
तिमी हाँस्नु पर्छ, लुकाएर पीडा ।
हजारौँ हियाका, भुलाएर पीडा ।

नआत्तीनु छर्छु, तिमीमा नै हाँसो-
बनौला म काँडा, फुलाएर पीडा।

सबै माझ पुग्ने, छु देख्छौ सबेरै-
म रत्ती नथाकी, कुदाएर पीडा ।

 

Continue reading


खैं के सजाँए दीऊँ?

Anu, Shah, अनु शाह,pallawa, पल्लव

अनु शाह

खैं के सजाँए दीऊँ?
सपनामा आई सताऊने लाई,
मेरो नीन्द्रा खोसी आफु
नीर्धक्क नीदाऊने लाई,

साँध छुटाट्यर आफ्नो,
मेरो मुटुमा घर बनाऊने लाई,
थाहै नदी धडकनमा मिठो मिठो
दुखाई दूखाउने लाई,

 

Continue reading


मागिरहेछु . . . . .

Anu, Shah, अनु शाह,pallawa, पल्लव

अनु शाह

तिम्रो जीवनको हर दिनरात मागिरहेछु।
सधैंभरीको लागि तिम्रो साथ मागिरहेछु।
अल्मलिन सक्छु यो दुनियाँको भिडँमा।
त्यसैले साहारा तिम्रो हात मागिरहेछु।

उजाँडीएको बगैँचामा हरियाली ल्याउन
भबिस्य को सुखद बर्षाद मागिरहेछु।
तिम्रो उपस्थितिको आभास जगाउन
मनको आँगनमा तिम्रो पदचाप मगिरहेछु।

 

Continue reading


“मलाई छोड्यौ . . . . . .”

Anu, Shah, अनु शाह,pallawa, पल्लव

अनु शाह

गयौ तिमी मेरो भन्दा मिठो साथ पाए पछी
मलाई छोड्यौ साहाराको अर्को हात पाए पछी

भूल गरें आफैंलाई भन्दा धेरै बिश्वास गरें
तिमीसंग जीन्दगी भर संगै हुने आश गरें
तोड्यौ कशम झिलिमिली रात पाए पछी
पागल सरी भए म तिम्रो घात पाए पछी

गयौ तिमी मेरो भन्दा मिठो साथ पाए पछी
मलाई छोड्यौ साहाराको अर्को हात पाए पछी

 

Continue reading


गजल

Anu, Shah, अनु शाह,pallawa, पल्लव

अनु शाह

तिम्रो कथा मेरो ब्यथाको दुखाई उस्तै उस्तै।
तिम्रो मायाँ मेरो मुटुको रुवाई उस्तै उस्तै।

तिमीले दिएको कारण र मैले लगाएको अर्थ।
आफु नै सही ठान्नुको सोचाई उस्तै उस्तै।

तिमीले पातले छोपेको लाई मैले फूलले छोपे
नियत जस्तो भये पनि लुकाइ उस्तै उस्तै।

 

Continue reading


अनुका मुक्तकहरू

Anu, Shah, अनु शाह, pallawa,पल्लव

अनु शाह

नारिको कोमल मनभित्र गहिरो सागर हुन्छ,
त्यस भित्र कयौ रहस्यमय भेदहरु हुन्छ,
मनको आँखाले हेर्दा मोतीको घर हुन्छ,
बिटुलो मनले सोच्दाँ डुबेर मर्ने डर हुन्छ,

मेरो ब्यस्तताले दुखायको तिम्रो मनलाई,
फुर्सतको मल्हम लगाउन पाय हुन्थियो,
तिमीले दिएको त्यो बेइमान नाम लाई,
इमान्दारिको दर्जा दिन पाये हुन्थियो,

 

Continue reading


खैं के सजाँए दीऊँ ? ? ?

Anu, Shah, अनु शाह, pallawa,पल्लव

अनु शाह

खैं के सजाँए दीऊँ?
सपनामा आई सताऊने लाई,
मेरो नीन्द्रा खोसी आफु
,नीर्धक्क नीदाऊने लाई,

साँध छुटाट्यर आफ्नो,
मेरो मुटुमा घर बनाऊने लाई,
थाहै नदी धडकनमा मिठो मिठो
दुखाई दूखाउने लाई,

 

Continue reading


प्रेममा शँका छ ?

Anu, Shah, अनु शाह, pallawa,पल्लव

अनु शाह

मनको सँबेगहरु सँगै रुमलियेर म,
आफ्नै मनको पारिधि भित्र
लक्ष्मणरेखा कोरेर बसेकी छु
तिम्रो रँगिन सपनीमा रमाउँछु
तिम्रो स्पर्सको अनुभुति जगाउँछु
घोत्लिन्छु,टोलाउँछु,अनी लजाउँछु
थाहाछ तिमी छैनैउ मेरो सामु
तिम्रो उपस्थितिको अनुभुतीले
झस्काउँछ मलाई
कतै टाढा बाट सम्बोधन गरेको सुन्छु–

 

Continue reading


गजल

Anu, Shah, अनु शाह, pallawa,पल्लव

अनु शाह

अनुत्तरित ति प्रश्नका जवाफ खोज्न मन लाग्यो।
कहाँ भूल गरें आफैंलाई सोध्न मन लाग्यो।

मोती खोज्न गहिराई नचुमेको हैन मैले
थाकेपछि किनाराको लहर रोज्न मन लाग्यो ।

आँखा भरि सपनाले सताउँन कहाँ छोड्थे
ब्यूँझे पछी वर माग्दै देउता ढोग्न मन लग्यो ।

 

Continue reading


अनमोल सौगात हौ तिमी

Anu, Shah, अनु शाह, pallawa,पल्लव

अनु शाह

बंजर जिबनको सुखद
बर्षात हौ तिमी
प्रक्रितीको अनमोल
सौगात हौ तिमी।

करोडौ ताराहरु बिचको
एउटा जून हौ तिमी
मनको बस्ती बसाउने
अलौंकिक धुन हौ तिमी।

 

Continue reading


”नबिर्सिनु है मलाई”‘

Anu, Shah, अनु शाह, pallawa,पल्लव

अनु शाह

जुनेलि सँगै रहर पठाएको छु, नबिर्सिनु है मलाई।
पवन संगै खबर पठाएको छु, नबिर्सिनु है मलाई।

कहिले बिवस्ताले रोक्छ,कहिले परिस्थितीले छेक्छ।
मौसम त बदलिन्छ नै तर, नबिर्सिनु है मलाई।

कहिले कहीं आशुंको न्यानोमा निदाउने बानी छ।
अज्ञान मन्को कम्जोरी ठानेर,नबिर्सिनु है मलाई।

 

Continue reading


अनु शाहका मुक्तकहरू

Anu, Shah, अनु शाह, pallawa,पल्लव

अनु शाह

कल्पनाको बाइपखीमा सधैं उडी रहनेको,
रोकिन सक्ने निश्चित कुनै ठाउँ हुन्न .
भाबनात्मक सम्बन्धमा डुब्छन यतिकी
एथार्तको धरातलमा उनीहरुको गाउँ हुन्न,

मन सागर मा यसरी कमल फुलायौ किन
छोयर मनको तार मायाँमा भुलायौ किन?
उफ्फ यो हलचल यो बैचनी अनी छटपटी
स्पर्सको मिठाश चखाउन बोलायैा किन?

 

कसैले भन्थे रानी जस्तै बनाउँला
कसैले भन्थे फूलै फूलले सजाउँला।
नपाउँन्जेल देखाउँछन नै हजारौं रंग
पाए पछी छैन कसैको सम्भाल्ने ढंग।


भित्तामा टांगियेको एउटा तस्बिर !!

Anu, Shah, अनु शाह, pallawa,पल्लव

अनु शाह

सबैलाई हेरेर हाँसिदिन्छ,
आफु भित्रको रिक्ततामा आँफै सँग ब्यँग गरेर,
अनी मुर्कुट्टाको बस्तिमा प्राण सहीत
मुटु छात्ती बाट बहिर निक्लन खोज्दैछ.

म डराएको छु एती बेला,अतितको अट्टहाँसले
वर्तमान तर्सिरहेछ,हराउने पो हो कि मेरो भबिस्य कतै
डराएको मनलाई लुकाउन,कुनै छात्तिको वोडार खोज्दै छु

 

Continue reading


गजल

Anu, Shah, अनु शाह, pallawa,पल्लव

अनु शाह

मनको अदालतमा दिलको पुकार स्विकार भएन आज
मदिराले नशालाई गरेको पुकार स्विकार भएन आज

उनको मौनतामा कुनै रहस्य लुकेको पक्कै हुनुपर्छ
किन पाउँजुको उत्सबमा झँकार स्विकार भएन आज

ए हजुर जानी नजानी ठुलो भुल भयो कि त मै बाट
किन आँखालाई परेलीको अलँकार स्विकार भएन आज

 

Continue reading


हुलाकिले बुझाँई सक्यो पिंजराको साँचो

Anu, Shah, अनु शाह, pallawa,पल्लव

अनु शाह

ठीक्क पार्न थाल्नु आँमा जमराँ र थाली।
आउँदैछु आशीस माग्न दसैंमा यसपालि।

आँगनभरी सयपत्री फूल सजाँई राख्नु।
संघारमा झिलिमिली दियो जलाई राख्नु।

बिवश थिएँ तिमी सम्म पुग्दा बेरै भयो।
स्पर्सको न्यानोपन नपाएको धेरै भयो।

 

Continue reading


आत्मियताको मिठो आभाश नखोज्नु म सँग

Anu, Shah, अनु शाह, pallawa,पल्लव

अनु शाह

कल्पनाको बाइपखीमा सधैं उडी रहनेको,
रोकिन सक्ने निश्चित कुनै ठाउँ हुन्न,

भाबनात्मक सम्बन्धमा डुब्छन यतिकी
एथार्तको धरातलमा उनीहरुको गाउँ हुन्न,
हिजो हितैशी थियौ तिमी आज बीरोधी भयौ
माफि मागे दिन सक्छु,तिम्रो गल्ति हरुको

 

Continue reading


“तिम्रो जवानी”

Anu,Shah, अनु शाह, pallawa, पल्रलव

अनु शाह

तिम्रो मुस्कानमा बिजुली चम्किन्छ
कहीँ कसैलाई लोभ्याउन त हैन?

धपक्क बलेको जवानी तिम्रो
कहीँ कसैलाई जलाउन त हैन?

बैचन छन तिम्रो मनका भावहरु
कहीँ कसैलाई ब्याकुल बनाउन त हैन?

 

Continue reading


बहरबद्ध गजल

Aarati, Pokhrel, Anu,आरती पोखरेल 'अनु', pallawa, पल्लव

आरती पोखरेल ‘अनु’

सबै सम्म पारी मिलाई हरायौ
म प्यासी थिएँ जल् पिलाई हरायौ ।

थियो आङ रित्तो थियो बस्त्र जिर्ण
बटूली सबै त्यो सिलाई हरायौ ।

थियो र्ब्यर्थ जीवन कसोरी म बाचूँ
भरोसा मुटूमा दिलाई हरायौ ।

 

Continue reading