अन्जु पण्डित का जोर गजल

Anju, Pandit, अन्जु पण्डित , pallawa, पल्लव

अन्जु पण्डित

गजल– १,
निस्वार्थ पन छरेर पो के फाइदा ?
डोकोमा दूध भरेर पो के फाइदा ?

कसै गरी आउदैन जस यदि भने,
समाज सेवा गरेर पो के फाइदा ?

ग्राग्रीमा अनगिन्ती फोहोर छ भने,
सङ्लो पानी भरेर पो के फाइदा ?

 

Continue reading


अन्जु पण्डित का केही मुक्तकहरूः

Anju, Pandit, अन्जु पण्डित , pallawa, पल्लव

अन्जु पण्डित

तिम्रो मनको पाठशालामा के के पढाउँछौ?
कहाँ कहाँ जोड्छौ अनि कहाँ नेर घटाउँछौ?
हृदयमा अनगिन्ती आकृतिहरु होलान् नि पक्कै,
भन त मुटुको भित्तामा कस्ता चित्र सजाउँछौ?

बर्खा लाग्यो धेरै नेपालीले सुर्का गरा रोप्झन् ।
सहानुभूति देखाउनेहरू धान गमलामा रोप्छन् ।
फुस्रो आडम्बर देखाउनेहरू बिउको माला पहिरिएर,
जनताको चह्राइरहेको घाउमा पीडा दिदै घोप्छ्न् ।

 

Continue reading


अन्जु अनु का केही मुक्तकहरूः

Anju, Anu, अन्जु अनु, pallawa, पल्लव

अन्जु अनु

हिरा, जुहारत पाएपछी सुन बिर्सनेलाई के भन्नू ।
घामको उज्यालो पाएपछी जून बिर्सनेलाई के भन्नु।
अहिले बिर्सेपनि कुनैदिन याद खिलबनी सताउनेछ,
थोरै सम्पती कमाएपछी गुन बिर्सनेलाई के भन्नू।

सम्झना आउने अधर बनाउनु भयो।
किन झुक्याएर जहर पिलाउनु भयो।
अमृत हो भनी जहर पिलाउदा पनि ,
भएन त्यो दिल कोमल,पथर गराउनु भयो।

 

Continue reading


गजल

Anju, Pandit, अन्जु पण्डित , pallawa, पल्लव

अन्जु पण्डित

दुःख गर्नेलाई सधै दिन र रात एउटै हुन्छ।
भोकालाई सधै ढिडो र भात एउटै हुन्छ।

यो ठुलो अनि यो सानो भनेर नतर्किनु है,
हामी नेपाली हौं सबैको जात एउटै हुन्छ।

भन्छन कोहि सराबको अनि प्रेमको नशा,
असर फरक भए पनि मात एउटै हुन्छ।

 

Continue reading