(नारी तिमी हारेकी छैनौ)
नारी तिमि जीवनमा हारेकी छैनौं
आफ्नो लागि आँशु झारेकी छैनौं
संधै कमजोर नै छौ ठान्छन पुरुषहरू
घोच्छन हरेक शब्दमा खारेकी छैनौं
आधुनिक समाजको अपेक्षा राख्छ्यौ
र पनि धोकाको भुमरीमा पारेकी छैनौं
(नारी तिमी हारेकी छैनौ)
नारी तिमि जीवनमा हारेकी छैनौं
आफ्नो लागि आँशु झारेकी छैनौं
संधै कमजोर नै छौ ठान्छन पुरुषहरू
घोच्छन हरेक शब्दमा खारेकी छैनौं
आधुनिक समाजको अपेक्षा राख्छ्यौ
र पनि धोकाको भुमरीमा पारेकी छैनौं
मन छटपट्टाउँदा नि के भो भन्दैनौं
खुशीले रमाउँदा नि के भो भन्दैनौं
थाहा नपाए जस्तो गर्छौ जहिले किन
हात नै समाउँदा नि के भो भन्दैनौं
कहिले अभावमा कहिले बिन्दासमा
जत्ति कमाउँदा नि के भो भन्दैनौं
तिमी शिखर चढ्दा साथ दिन पाउँ
पाइला डगमगाउँदा हात दिन पाउँ
नबिराई बाटो अघि बढ्दै जाउ
सद्भावको मीठो बात दिन पाउँ ।
जीवनमा सुनामी चलेको बेलामा
दिलमा ज्वालामुखी बलेको बेलामा
आएनौ खै तिमी राहत बनेर
आँसुले सिरानी गलेको बेलामा ।
रोपेको छु खाडीमा पैसा फल्ने एउटा बूटो
तेसैले त मेरी आमा ज्यान डडेर भाछ ठूटो
बुहारीलाई भन्दिनु है जति मोज गरे नि हुन्छ
झारिराछु अनगिन्ती पठाउँने छु मूठो मूठो ।
हजूर आमा गाँउनु हुन्थ्यो विरह तीजका गीतमा
स्वतन्त्रता खोज्नु हुन्थ्यो आमा गाँउदै सबका हीतमा
हामीले पनि जनताका आवाज मिसार्इ गीत गायौं
संस्कृति जोगाउ है छोरी नभुल्नु नि पश्चिमा रीतमा ।
सुन्दरी केटीको बयान
यही पुरुष हो महोदय
मेरो घरको झ्यालबाट
मैले शृंगार गरेको चिह्याउने ।
यही पुरुष हो सानीमा
मैले उकालो चढेको देखिनसहने
यही पुरुष हो आमा
मलाई बाटो छेक्दै प्रेम प्रस्ताव राख्ने
र, स्वीकार नगरेको खण्डमा
रगतले मेरो नाम उसको हातमा लेख्ने ।
हात छुटे पछि बा’सँग अभाव थाहा भयो
त्यसपछि पो आफन्तको स्वभाव थाहा भयो ।
वर्षौ कुरे पनि नफर्कने गरि गए उनी
गए देखि नै समाजको दवाव थाहा भयो ।
कस्तो राम्रो मुस्कान भनेर सोध्छन मलाई
मैले गर्ने लाखौँ प्रश्नको जवाफ थाहा भयो ।
मेरो मनको आकाश उदाङ्ग छ
संघर्षका मैदानहरु खुलस्त छन्
मौनता सुसाउँदा,वियोगको गीत बनेको छ
तर पनि म मौन छु
पहाड जस्तै..!
भर्खरै थाहा पाएँ
तिमी पनि मौन छौं रे
म जस्तै…!
तिम्रो आँखामा पनि
मेरो आँखामा झैँ
मौनता छ रे…
कतिले खाए होलान ऋण कत्तिको खाइयो होला
कतिले धाए होलान् कतै आफैले धाइयो होला
लेखा जोखा छैन जीवनको न त भरोसा कसैको
कतै झगडा गरियो होला र गाली पाइयो होला
कतिसंग मागियो होला ऋण कतिलाई दिइयो
भो भो चाहिदैन भन्दा भन्दै पनि चाहियो होला
प्रिय !
मैले सपना देखे
खै किन देखिन्छ सपना
किन आउँछन् तरङ्गहरु
पहिले पनि देखेको थिए तेस्तै सपना
आज फेरी दोहोरिए तिनै दृश्यहरु, तेस्तै सपनाहरु
बिउँझे,मन भारि भयो
झन् झन् यादले सतायो…
तर प्रिय !
सपना त् केवल सपना नै हुन्छ
बिपनाको धरातलमा येथार्थ हुँदैन
मैले फेरी देखे तेही सपना
मेरा सपनाका संकेतहरुले
तिमिलाई कुनै संकट नाओस –
को होला त्यो भाग्यमानी तिम्रो अधर चुम्न सक्ने
तिम्रो मनको संसारमा बिना संकोच घुम्न सक्ने ।
जिज्ञाशु भो यो मन यता,बल्झिन्छ कि फेरी बेथा
को होला त्यो तिम्रो प्रितमा सङ्गीत बनि झुम्न सक्ने ।
मन्द मन्द मुस्कान छोडी मुस्कुराउँदै बोलिदिन्छौ
को होला त्यो सागर रुपी तिम्रो प्रेममा डुब्न सक्ने ।
यहाँ ग्यासको अभाव छ चुलो बलेको छैन
यहाँ पेट्रोलको अभाब छ गाडी चलेको छैन
उफ ! काठमान्डौको बसाई के कुरा गरौं हजुर
जसोतसो पाक्छ खाना, समस्या गलेको छैन
विदेशको धर्तीमा पानी पर्दा नेपालमा छाता ओड्नेहरु
आफ्नो बंगैचामा झार उम्रंदा अरुकै गमला गोड्नेहरु
जनयुद्ध गरेउ देशमा आखिर शान्ति कै शरण परेउ
देशलाई घाइते बनायौ किन आफ्नै सिदान्त तोड्नेहरु
तिमी त्यहाँ एक्लै थियौ,म यहाँ एक्लै प्रिय !
तिम्रो हाल बेग्लै थियो ,मेरो माहोल बेग्लै प्रिय !
एसलाई पनि जीवनको सुखद क्षेण माने मैले,
म त तिमीसंगै थिए टाढा थिइन कहिल्यै प्रिय !
खुशी साथ मान्नु यो सालको दशैं म आउन पाइन
निधारमा टिका, शिरमा जमरा लगाउन पाइन
सपनीमा आई भन्दै थेउ मलाई टाढा छु पियारी
बल्झियो बेथा ऐया र आथा कोही छैनन् अगाडी
आफ्नै मनले आफैँलाई झुक्याइदियो नराम्ररी
कोही आई मेरो दिललाई टुक्र्याइदियो नराम्ररी
शिशाको यो मुटु भए टुक्रा हुन्थ्यो जान्थ्यो बरु
कस्लाई देखाऊ मनको घाउ दुखाइदियो नराम्ररी
‘यात्री’को यो यात्रा त्यसै सुकाइदियो जिन्दगीमा
बिश्वासको डोरी मेरो फुकाइदियो जिन्दगीमा ।
मैले आज थाहा पाएँ, आँधी–बेहरी प्रेम रै’छ
मेरो मनको सारा खुशी उडाइदियो जिन्दगीमा ।।
दिनदहाडै मुर्ख बनाउने यो शहर मन परेन
मुर्ख बनाएर हाँस्ने कस्तो रहर मन परेन
समस्या आफ्नो मात्र ठूलो रे अरुको भन्दा
राख्छन अरुप्रति स्वार्थी नजर मन परेन
दरिद्र प्रवृतिले छोपेको छ बाकी सब उदांगो
शुद्ध खानामा पनि घोल्छन जहर मन परेन
नारीको बर्णन तिमि खै कसरी गर्छौ ?
बर्णन गर्ने बेला आए पछि पछि सर्छौ ।
आफ्नो धाक देखाउछौ टोल टोलमा
मौका मिले नारीकै नाममा पेट भर्छौ ।
सम्पत्तिको कुरा गर्छौ छैन केहि नारीको
एकदिन खान नदिएमा कठै भोकै पर्छौ ।
आफ्नो नाम चम्काउन लिन्छौ सहारा
उनको नमिले सहारा सिधै तल झर्छौ ।
पार्टी ,सभा सम्मेलनमा गुणगान कत्ति
भित्र भित्र गनाउने बाहिर अत्तर छर्छौ ।
कुदेकै छ जिन्दगीको रफ्तार कस्का लागि?
दौडीरहन्छौ फेरी गर्दै हतार कस्का लागि ?
कर्तब्य र काम चलिरहन्छ निरन्तर एकैनाश
घडी संगसंगै घुम्दैछौ संसार कस्का लागि?
सुनको मृग खोज्दै जाँदा भेटेनन् रामले पनि
आफैलाई थाहा नभएको अबतार कस्का लागि ?
बेदनाले पोखिएको भावमा रुदै कहानी सुनाईन्
दयालु र निष्कपट रहेछ आफ्नो बानि सुनाईन्
टिल्पिलाउदै बिगतका पलहरुमा आँखा भिजाई
नाफा र नोक्सानको लेखाजोखामा हानी सुनाईन्
आफू जस्तै पारदर्शी कोही भेट्टीन्छन कि भनि
तर यँहा हुँदो रहेछ रे ठूलाको मनोमानी सुनाईन्
नारी तिमि जीवनमा हारेकी छैनौं
आफ्नो लागि आँशु झारेकी छैनौं
संधै कमजोर नै छौ ठान्छन पुरुषहरु
घोच्छन हरेक शब्दमा खारेकी छैनौं
आधुनिक समाजको अपेक्षा राख्छ्यौ
र पनि धोकाको भुमरीमा पारेकी छैनौं
सहनशीलता, मिलनसारिता, धर्तिमाताको संज्ञा नारीलाई नै दिन्छन ।
भाषण, कविता ,कथा अनेकौ बिधामा नारीकै बर्णन गर्छन ।
माया प्रितिका कुरा देखि लिएर गीत, गजलमा नारीकै चर्चा छर्छन ।
नारी सौन्दर्यता र मृदुभाषी नारीकै प्रशंसामा अघि सर्छन ।
दिन रात संगै बिताउने नारीको कुनै मूल्य छैन यँहा ।
रातदिन अदृश्य नारीकै कल्पनामा मख्ख छन् जहाँ ।
सक्षम नारीलाई अगाडी बढेको हेर्ने खुबी कसैको छैन ।
असक्षम नारीलाई माथि उठाउने भन्छन ठाउं नै छैन ।
दिनभरि दिनभरि ओछ्यानमा लम्पसार भएर सुतेको लोग्नेको तस्बिर भाउजूको आँखाअगाडि बारम्बार दोहोरिन्छ। यसरी बारम्बार आँखाअगाडि आएको लोग्नेको तस्बिर उसलाई पटक्कै मनपर्दैन। बिर्सन चाहेर पनि नसकेका उसका आफ्ना क्षणहरू देखेर लाचार हुनुसिवाय उससँग अरू उपाय नै थिएन। मैलो लुगाको थुप्रो लिएर हतार–हतार लुगा धोइरहेकी भाउजूका हातहरू मिसिनजस्तै छरितो देखिन्थ्यो। लुगाको मैलो गयो गएन, त्यो पनि उसलाई थाहा छैन। नाम त उसको गोमा हो तर भाउजू भनेपछि टोलभरि, छिमेकभरि, घर–घरमा उसलाई नचिन्ने कोही छैन। बच्चादेखि बूढोसम्मको भाउजूका शारीरिक बनौट राम्रो छ, नराम्रो भन्न सकिन्न। बाटुलो गोरो निधारमा ठूलो रातो टीका र सधैँ–सधैँ नै हाँसिरहने उसको ओठ नै भाउजूको विशेषता हो।