अनिश न्यौपाने “मनको आँखा” का जोर गजल

Anish, Neupane, Manko, Aankha, अनिश न्यौपाने "मनको आँखा", pallawa, पल्लव

अनिश न्यौपाने “मनको आँखा”

गजल– १,
तिरस्कारमा छौ कि आज, प्यारमा छौ
तिमी अझै सम्म पनि दोधारमा छौ

तिमिले नभने पनि म बुझ्न सक्छु
पक्कै पनि कुनै कुराको, मारमा छौ

बाहिर स्वतन्त्र जस्तो देखिए पनि
तिमी आफ्नै मनको, कारागारमा छौ

 

Continue reading


अनिश न्यौपाने “मनको आँखा” का केही मुक्तकहरू

 

Anish, Neupane, Manko, Aankha, अनिश न्यौपाने "मनको आँखा", pallawa, पल्लव

अनिश न्यौपाने “मनको आँखा”

टोड्दिन भन्दा भन्दै पनि टोडेर जानुपर्यो !
नचाहदा नचाहदै बाटो मोडेर जानुपर्यो !
लाखौ पटक उठाउँदा पनि उठ्न नमानेपछी !
मैले बाध्य भइ तिमीलाई छोडेर जानुपर्यो !

झुपडीलाई देखाइदिए , दरबार कहाँ छ ?
दरबारभित्र लुकाएको , हतियार कहाँ छ ?
सरकार घरैमा आएर, मेरि आमालाई सोध्यो !
त्यो ‘अनिश’ आतंकारी मुक्तककार कहाँ छ ?

 

Continue reading


गजल

Anish, Moktan, अनिस मोक्तान. pallawa, पल्लव

अनिस मोक्तान

रुपैयाँ पैसा खर्च गरि हजार कमाउने धेरै भेटें!!
लाखौंलाख खर्च गरि बा’ आमा रुवाउने धेरै भेटें!!

घरमा कहिल्यै पुजा सम्म नगर्ने महान ब्यक्तिहरु,,
बाटामा मन्दिर देख्दा हात फैलाउने धेरै भेटें!!

बा’आमा लाई आश्रम छाड्ने महान पुरुषले आज,,
ईश्वर को हो? भन्दा उत्तर बा’आमा बताउने धेरै भेटें !!

 

Continue reading


गजल

Anish, Moktan, अनिस मोक्तान. pallawa, पल्लव

अनिस मोक्तान

तिमी सँगै घुम्ने धेरै रहर छ ।।
घुम्नको लागि पोखरा सहर छ ।।

रारा,रुपा,फेवा तालले चिनेको
सँगसँगै राम्रा राम्रा नहर छ ।।

बस्नको लागि नगर चिन्ता प्रिय
तेतै हाम्रो जेठी फुपुको घर छ ।।

 

Continue reading


१६ अक्षेरीय गजल

Anish, Moktan, अनिस मोक्तान. pallawa, पल्लव

अनिस मोक्तान

दुखितहरुको मन मात्रै चोर्न जानेको छौ ।।
खुसिहरु सोतर सोरे झै सोर्न जानेको छौ ।।

साचो माया भने कहिल्यै गरेको चै होईन
झुटा माया देखाई साईनो जोर्न जानेको छौ ।।

अाफ्नो स्वार्थ पूरा गरेर फसाउनको लागि
सधैं माया गर्छु भन्दै पत्र कोर्न जानेको छौ ।।

 

Continue reading


गजल

Anish, Bista, Kalikote, अनिश बिष्ट ‘कालिकोटे’ , pallawa, पल्लव

अनिश बिष्ट ‘कालिकोटे’

चाहिँदैन सुरा तिमी साथमा हुँदा
नशा हुन्छ पूरा तिमी साथमा हुँदा

खैलाबैला हुन्छ टोलमा थाहा पाए
नबजाउनु चुरा तिमी साथमा हुँदा

काखैमा बसेर खेलु खेलु लाग्छ
बनेर म भुरा तिमी साथमा हुँदा

 

Continue reading