“जवाफ”

anamika, sajal, अनामिका सजल, pallawa, पल्लव

अनामिका सजल,

ओ साथी अलि नजिकबाट
नियालेर हेर त
मेरो निधार, यहाँ केही देख्छौ ?
मैले मेरो निधारमा लगाउने अविरको टीका
सोधेको होइन ,
न त सोधेको हुँ आँखी भुइँमाथिको तिल
कोठी
अनि
हेर न थेप्चो न लाम्चो फुली फुकालेको नाक
यो नाकले कुन जात जनाउँछ हँ ?
साना-साना आँखा नसप्रिएका परेला
यी हेर त बाटुलो अनुहार
यसले कुन भुगोलकोर्,धर्म र जातको नक्सा
कोरेको छ –

 

Continue reading


अनामिका सजलका केही मुक्तकहरूः

 

anamika, sajal, अनामिका सजल, pallawa, पल्लव

अनामिका सजल

शहर पस या गाउँमै बस मलाई के मतलब
जोगी बनेर खरानी घस मलाई के मतलब ।
जुन दिन देखि तिमी अर्कैको मान्छे भयौ
मन्दिर धाऊ कि भट्टिमा पस मलाई के मतलब ।।

म तिम्रो मुहार हैन चरित्र हेरिरहेको छु
निश्चल छ कि छैन मनभित्र हेरिरहेको छु
आउँछ आँखासम्म तस्बिर र बिलाएर जान्छ
यस्तो लाग्छ म कुनै चलचित्र हेरिरहेको छु ।।

 

Continue reading


गजल

Anamika, Sharmai, अनामिका शर्मा, pallawa, पल्लव

अनामिका शर्मा

एक्लै बसी रुनु रहेछ जिन्दगी
आशु संग धुनु रहेछ जिन्दगी

कती भेटिए सहयात्री बन्छु भनी
एक छिन छुनु रहेछ जिन्दगी

पिर व्यथा जती बाट्दै हिडे पनी
तिरस्कृत हुनु रहेछ जिन्दगी

 

Continue reading