मौन विद्रोह मा रमाउँदा . . . . .

Khagendra, Adhikari, Amrit, खगेन्द्र अधिकारी ‘अमृत’, pallawa, पल्लव

खगेन्द्र अधिकारी ‘अमृत’

समीक्षित कृति

डोल्पामा जन्मेर लमजुङमा हुर्केर सुनसरीमा वैवाहिक गठबन्धनमा बाँधिए पनि नेपालगञ्ज नर्सिङ्ग क्याम्पसमा सेवा गरिरहेकी शान्ति अधिकारी साविकको मध्यपश्चिम क्षेत्रमा रहेर नेपाली गजलमा कलम चलाउने एक शसक्त नारी स्रष्टा । साविकको मध्यपश्चिममा नेपाली साहित्यको गजल विद्याले आफ्नो साम्राज्य जमाएको मात्र होइन यसलाई प्रत्येक साहित्यिक मनको मझेरीमा गजलबीज समेत छरिरहेको छ । जीवनमा जो कोही पनि कवि बन्छ भन्ने उक्ती अब जीवनमा गजलकार नबन्ने मान्छे छैन भन्नेमा परिणत भइसकेको छ होला सायद । अप्ठ्यारो भित्रको सजिलो खोज्नका लागि गजललाई अध्ययन गर्नु जरुरी छ । गजलका बारेमा उठेका अनेकन प्रश्नहरुको उत्तर खोज्नु छ भने गजललाई अध्ययन गर्नु त्यति नै आवश्यक छ ।

 

Continue reading


गजल

Amrit, Kumar, Mandal, अमृत कुमार मंडल, pallawa, पल्लव

अमृत कुमार मंडल

राखेर मनको मन्दिरमा दियौं प्यारको गुलाबमा
अझ सजाउने छु यो पाना दिलको किताबमा

प्रिय जपेर ´´बस्नु “-प्रेमको नाम तिमी त्यहाँ
आउने छु म लुकि छिपी त्यो कालो नकाबमा

मलाई ढिला-“सुस्ती“भए नहुनु उदेश्य हिन
त्यहा अन्यत्र नसोचि नडुब्नु`,-त्यो शराबमा

 

Continue reading


मंडलका केही मुक्तकहरूः

Amrit, Kumar, Mandal, अमृत कुमार मंडल, pallawa, पल्लव

अमृत कुमार मंडल

अमृत कुमार मंडलका मुक्तकहरु
छिमेकी संग नाता जाेडने रहर थियाे
बाध्य बनायाे तिनैले ताेडने प्रहर थियाे
बिचार बिमर्श गरी एक भए प्राण दिन्थे
अन्तयमा अाएर साथ छाेडने शहर थियाे

जिउने ठाउँमा पिउन गाहाे भयाे यहाँ
यादहरु मा सिउन गाह्राे भयाे यहाँ
गर्दिनँ यादहरु ताजा यहाँसम्म अाएर
हुदाहुदै मलाई जिउन गाह्राे भयाे यहाँ

 

Continue reading


मण्डलका केही मुक्तकहरू

Amrit, Kumar, Mandal, अमृत कुमार मंडल, pallawa, पल्लव

अमृत कुमार मंडल

देश डुबेका देखेर कसरी बाच्नु
बिवादमा देखेर कसरी हास्नु
हेलामा परेको सुनेर लाग्छ डर
ब्यथाले जलाएर कसरी नाच्नु

गाउँले जिबन समझेर भयाे,गारो यहाँ
बेदनाले भरेकाे समझेर भयाे,साराे यहाँ
मिल्दो रैनछ जहाँ, गए पनि मनमा शान्त
जहाँ भए पनि “उहीँ” ठाउँ भयाे प्याराे यहाँ

 

Continue reading


१३ अक्षरीय गजल

Amrit, Kumar, Mandal, अमृत कुमार मंडल, pallawa, पल्लव

अमृत कुमार मंडल

कहिले नेपाल मा अाउनेछ शान्ति
सबै मिलेर “गित” गाउनेछ शान्ति ।

चालिन्छ ! प्रगतिको पाइला सबैले
रहन्न अवरोध, धाउनेछ शान्ति ।

फुल्ने छ, “मुर्छा” परेको ति फुलहरु
साेचेकाे सबै कुरा पाउनेछ शान्ति ।

 

Continue reading


गजल

किन मैले एकान्तमा हासो देखिरहे छु
डडेलो लागेको जंगल सरि डडिरहे छु

सफलता को अाश देखाए र मालाई

Amrit, Kumar, Mandal, अमृत कुमार मंडल, pallawa, पल्लव

अमृत कुमार मंडल

बग्न लागेको डुङ्गा जस्तै बगिरहे छु

सफलताको अाश न भए नि के भो,र
अाकिर प्रयास गर्दै अभ्यासी गरिरहे छु

 

Continue reading


भोक

Amrit, Subedi, Gurash, अमृत सुवेदी ‘गुराँस’, pallawa, पल्लव

अमृत सुवेदी ‘गुराँस’

भोक, मेरै घरको धुरीवाट कराउँछ
चिच्याउँछ आँटीको भकारीबाट
चिसो चुलोमा रमाउँछ,
रित्तो थाल बजाउँदै भित्र–बाहिर गर्छ
र बिउँझाउँछ, निदाएका नानीहरुलाई !
भोक, पुरानो सन्दुकमा कब्जा जमाउँछ
अनि देखाउँछ साहूको तीन पुस्ते तस्मुक
र भन्छ,
म तेरी आमाको चाउरी परेका गालाका रेखाहरु
आँशुका धर्साहरु–

 

Continue reading


नमनका तीन मुक्तक

Naman, Amrit, नमन अमृत,pallawa, पल्लव

नमन अमृत

हर प्रश्न यहाँ समाधान यहाँ
झुठ सत्यबिच घमासान यहाँ
बिचको भुमरीमा भँमरा परे
छ चारैतिर तानातान यहाँ !

को आफ्नो को अर्को छानाछान यहाँ
पराइ सम्झी हानाहान यहाँ
आफुले आफैँलाई पदवी पहिर्‍याउने
स्व अभिमानको स्वाभिमान यहाँ !

 

Continue reading


गजल

Amrit,Subedi,Gurans,अमृत सुवेदी ‘गुराँस ’, pallawa, पल्लव

अमृत सुवेदी ‘गुराँस ’

यहाँ मान्छेको दर्जा पाउन गाह्रो छ
आफ्नै स्वाभिमान बचाउन गाह्रो छ

भयावहले बरु यहाँ मूर्दाहरु जाग्लान्
तर ज्यूँदाहरुलाई ब्यूँझाउन गाह्रो छ

यो देशका नेता देख्दा यस्तो लाग्छ
गधा धोएर गाई बनाउन गाह्रो छ

 

Continue reading


गजल

Amrit, Subedi, Gurans, गुराँस, pallwa

अमृत सुवेदी गुराँस

कि कुरा सुन्नलाई उत्सुक हुनुपर्छ
होइन भने जन्मँदै बुज्रुक हुनुपर्छ

उसले यसरी हात फैलाउने थिएन
पक्कै घरको अवस्था नाजुक हुनुपर्छ

 

Continue reading