आमा

Ambika, Adhikari, अम्बिका अधिकारी , pallawa, पल्लव

अम्बिका अधिकारी

ठुलो स्वप्न सजाउँदै हृदयमा आमा तिमीले सधैँ
जन्मायौ अनि प्यार साथ खुसले हुर्की वढायौ अझै
शिक्षा ज्ञान र चेतना सव दियौ वात्सल्यतामा कुनै
दोषी खोट नपार्इ हुर्कन पुग्यौ त्यो छत्र छायाँ मुनी ।

भोको पेट र क्यै अभाव नपरी हुर्केर ठूलो भएँ
दु:खै दर्द विमारले पनि कठै छोएन बढ्दै गएँ ।
आफू खाइ नखाइ वंश सवको देख्भाल गर्दै रह्यौ
केही सुख्ख नपाइ जीवन भरी आमा तिमी नै गयौ ।

 

Continue reading


अम्बिका अधिकारी का केही टुक्राहरूः !

Ambika, Adhikari, अम्विका अधिकारी, pallawa, पल्लव

अम्विका अधिकारी

भिजायो मेरा यी नयन झरेर वर्षाद झरीले
प्रेमको फूल उमारे भाचियो चलेको हुरीले
अंध्यारो वन्यो संसार अंध्यारीय यी मौसम
म रोई रहे उ खुशी भई छोडी गई निस्ठुरीले।

मेरो रमिता हेर्नेको जमात छ रे
तिम्रो माया, प्रेम उतै साथ छ रे
कसैले सोधे भने चिन्दिन म भन्नु
मेरो मरणको पल सुहागरात छ रे ।

 

Continue reading


‘तिमी’

रूप वान्की टहटह अहा पूर्णिमा जुन जस्तो
गोलो वर्ण चहक छ अझै नम्वरी सुन जस्तो

Ambika, Adhikari, अम्बिका अधिकारी , pallawa, पल्लव

अम्बिका अधिकारी

खुल्दा चोखोसँग मधुरता रश्मीलो तेज पाई
ईन्द्रेणी-कै प्रतिरूप जसै लाग्छ साच्चै मलाई

तप्के दाना टप टप वगी शीरका केशवाट
झर्छन ठान्छु शुर वीरहरू फर्कने देशवाट
नाक कान नयन चपला ओठ च्युडो मुहार
रक्तिम लाली सरी चहकिलो वर्षदा पूर्ण प्यार

 

Continue reading


आमा

Ambika, Adhikari, अम्बिका अधिकारी , pallawa, पल्लव

अम्बिका अधिकारी

ठुलो स्वप्न सजाउदै हृदयमा आमा तिमीले सधै
जन्मायौ अनि प्यार साथ खुसले हुर्की वढायौ अझै
शिक्षा ज्ञान र चेतना सव दियौ वात्सल्यतामा कुनै
दोष खोट नराखी हुर्कन पुग्यौ त्यो छत्र छायाँ मुनि

भोक प्यास अभावका दिन सवै तिम्ले वितायौ कति
दुख्ख दर्द विमारले पनि कठै रोकेन तिम्रो गति
आफु खाई नखाई हामी सवको देख्भाल गर्दै रह्यौ
केही सुख्ख नपाई जीवन भरीआमा तिमी नै गयौ

 

Continue reading


गजल

Ambika, Adhikari, अम्बिका अधिकारी , pallawa, पल्लव

अम्बिका अधिकारी

दैवले बनायो मलाई मनको काराबासी ।
बितार्इ रहेको छु दिन न बोली न हाँसी ।।

लाग्छ बाटो भुली भूमरी मा परेकी छु,
यौवन र त्यो तिम्रो चाहत बन्यो फाँसी ।

गोरेटो मा झाडी उम्रला फर्कँदा डुलेर,
धनको लोभ परार्इ मुलुक बन्यौ दासी।

 

Continue reading


गजल

 

Ambika, Adhikari, अम्बिका अधिकारी , pallawa, पल्लव

अम्बिका अधिकारी

मन त थियो तिमी जस्तै उडने आकास छुन म।
दैव किन अपाङ्ग बनायौ सकिन कसैको हुन म।।

शारीरिक कमजोरी मेरो दोष हैन न चाहना नै,
खै कस्तो भाग्य पाउदिन डाको छोडी रुन म।

मान्छे आफ्ना केही दिन सके हैछ हुने याह हेर,
म थला मा छु सक्दिन लाउन कसै लार्इ गुन म।

 

Continue reading


अम्विका अधिकारीका केही मुक्तकहरूः

Ambika, Adhikari, अम्विका अधिकारी, pallawa, पल्लव

अम्विका अधिकारी

जीवन जीउन समयसँग भिख मागेको छु
दुश्मन अनि पराई सँग ईख मागेको छु
दौलत ले धनी हुन्न न त महल स्वार्ग हुन्छ
सत्य यही मनमिल्ने दिन तारिख मागेको छु

हेर्नुहोस् आजसम्म कसैको तगारो बनिन
दुखी हुदा पनि कहिल्यै अध्यारो बनिन
जे भएपनि मनको कुरा प्याच्च बोलीदिन्छु
सायद त्यसैले पनि हाला कसैको प्यारो बनिन

 

Continue reading


म र मेरो कुशे औँशी

Ambika, Aryal, अम्बिका अर्याल, pallawa, पल्लव

अम्बिका अर्याल

बाबा, यसपालि पनि कुशे औँशी आयो रे गाउँमा
सहरमा त खै आएकै थाहा पाइन्न
यो मात्रै कहाँ हो र बा
यहाँ चाडपर्व कहिले आउला कसैलाई सोच्ने फुर्सद
अहँ कसैलाई छैन
बरु भाषा र साहित्यप्रेमीले
खै के आशामा हो
मोतीजयन्ती मनाएर
फेसबुक र पत्रिकामा केही स्थान ओगट्छन्
तर
जन्मदिने पिताको यादमा
कोही घोरिए कि भनेर नियाल्छु म
आँशुले छऔपिदिए दृश्यहरू
यसपालि पनि यहीँ अल्झिएँ भन्ने बोधपछि–

 

Continue reading


‘मेरो प्राकृतिक डिम्पल’

Ambika, Aryal, अम्बिका अर्याल, pallawa, पल्लव

अम्बिका अर्याल

मेरो डिम्पलको पासोमा नपर तिमी
डिम्पलको खाल्डोको शक्ति कति छ
डुबेपछि उत्रनै नसकौला
प्यास मेटाउने मात्र होइन
अमन होला
तिमीलाई थाहा छ नि
डुबेकालाई उतार्ने होइनन्
शिखरमा पुगेकालाई पछार्ने पाइन्छन् यहाँ
झिना मसपना पासामा परेर
जीवन बर्बाद नपार
मैले भनिन र बारम्बार
तर तिमी
यही खाल्डोमा जाकियौ रे
मलाई दोष दिँदै हिँड्छौ रे
अनि त्यही डिम्पलको जालमा पारी भन्दै
मलाई सराप्दै हिँड्छौ रे
बेलामा सजग हुनु भनेकै होइन र?

 

Continue reading


बहरबद्ध गजल

Ambika, Karki, Bharatpur,अम्बिका कार्की ‘अमु’, pallawa, पल्लव

अम्बिका कार्की ‘अमु’

कत्ति साचौं शून्यलाग्दो जिन्दगानी ए हजुर ।
ख्याल ख्यालैमा गयो मेरो जवानी ए हजुर ।

चाहनाका राग भित्रै जल्नु कैले सम्म हो ,
भैदियो यो प्रेममा आफ्नै कहानी ए हजुर।

भोक तिर्खा नीद जादाँ लाग्छ गाढा प्रेम भो
त्यो दिलैमा राज गर्दै बन्छु सानी ए हजुर ।

 

Continue reading


बहरबद्ध गजल

Ambika, Karki, Bharatpur,अम्बिका कार्की ‘अमु’, pallawa, पल्लव

अम्बिका कार्की ‘अमु’

नदेखी नसोची चलायौ जवानी ।
साउने झरी झै बनायौ जवानी ।

नजरमा नजर नै मिलेथ्यो दुवैको
फकाई फुलाई सटायौ जवानी ।

कठोरै थियो दिल पगाल्यौ तिमीले
फुले झैं भयो फूल बसायौ जवानी ।

 

Continue reading


“चिन्तन”

Ambika, Karki, Bharatpur,अम्बिका कार्की ‘अमु’, pallawa, पल्लव

अम्बिका कार्की ‘अमु’

खै ! किन हो ?
आजभोलि आफैलाई
एउटा चिन्तनको घेरा भित्र
घेरिएको पाउँछु।
दबिएर रहेका छन् आफ्नै आकांक्षाहरू
जुन अझै दबिने क्रममा नै छ

मेरै देशका मानवहरूको भीडमा
हराएको आफ्नै मन आफू भित्रै
खोजिरहेकी छु ।

 

Continue reading


अम्बिका भण्डारी का केही मुक्तकहरूः

Ambika, Bhandari, Pokhara. अम्बिका भण्डारी, pallawa , पल्लव

अम्बिका भण्डारी,

मन मै आगो बल्यो आज ताप्ने भए आऊँ।
बलिन्धारा आँसु हातमा थाप्ने भए आऊँ।।
के हुन्छ र दुखि सगँ पसिना र आँसु बाहेक ।
साहास गर पीडा भित्र बाच्ने भए आऊँ।।

लोकतन्त्रको अर्को नाम भोकतन्त्र नभैदियोस्।
फेरि ऊहि पुरानो ठोकतन्त्र नभैदियोस् ।
तन्त्र बदलियो भन्छन् स्वाथ घमण्ड ऊस्तै छ।
संसारलाई पीडा दिने शोकतन्त्र नभैदियोस्।।

 

Continue reading


बहरबद्ध गजल

Ambika, Karki, Bharatpur,अम्बिका कार्की ‘अमु’, pallawa, पल्लव

अम्बिका कार्की ‘अमु’

रै` छ जिन्दगी यात्रा बास भो सधैं मेरो ।
बेदना र पीडाको रास भो सधैं मेरो ।

कल्पना यि लेख्दै जाँदा कथा बने आज
प्रेमको निशानी पो खास भो सधैं मेरो ।

ब्यर्थमा लडें, लड्दा लड्दै मुहार बद्लेन
सुख्ख मिल्छ भन्दा झन् दास भो सधैं मेरो।

 

Continue reading


“मेरो छोरोलाई गुण्डा भन्नुहोस् ।”

Ambika, Karki, Bharatpur,अम्बिका कार्की ‘अमु’, pallawa, पल्लव

अम्बिका कार्की ‘अमु’

मेरो बूढो ससुरा कप्तान हुनुहुन्थ्यो।
ससुरा बा आर्मीकै हवल्दारमा
पेन्सन निस्किनुभयो ।
मेरो पति पेन्सन पाक्ने बेलासम्म पनि
प्र. ज .हुनुहुन्छ ।
इमान्दारी र आदर्श बोकेर
राष्ट्र सेवक कहलाएको मेरो सन्तान
बाच्न निकै गार्‍हो भएको महसुस हुदैछ ।
छोरालाई भने अब गुण्डा बनाउन मन छ मेरो
त्यसैले मेरो छोरालाई गुण्डा भन्नुहोस् ।

 

Continue reading


नजन्माऊ नारीलाई

Ambika, Bhandari, Pokhara. अम्बिका भण्डारी, pallawa , पल्लव

अम्बिका भण्डारी

हरेक आमाहरू बोक्सी हुन ।
हे भगवानहरू हो ।
नबस यी बोक्सीहरूको गर्भमा ।
अनि नजन्म यी बोक्सीहरूको कोखबाट ।
हो नजन्म ।
बरु मारिदेउ प्रत्येक नारीहरूलाई ।
अनि आफै गर सृष्टी
हो
अनि जन्माउ बुद्ध शिव बिष्णु
अनि जन्माउ तेत्तिस कोटि देवता
तर नजन्माउ नारीलाई ।

 

Continue reading


गजल

Ambika, Karki, Bharatpur,अम्बिका कार्की ‘अमु’, pallawa, पल्लव

अम्बिका कार्की ‘अमु’

प्रीय सहिद तिमीले देशको माटो भिजाएर गयौ।
मैले टेकेको भूमिको अशुद्ध बाटो भिजाएर गयौ ।

टिष्टा कागडा लुट्नेको विरुद्ध हिजो बलिदान दिने :
तिमी महान भएर यी यिनै पाटो भिजाएर गयौ ।

बुझ्नै नसक्ने रिवाज बनेको छ यो इतिहास फेर्न :
ढाल्छन् शालिक गर्ल्याम्म मनको खाटो भिजाएर गयौ।

 

Continue reading


अम्बिका कार्की अमु का जोर गजल

Ambika, Karki, Bharatpur,अम्बिका कार्की ‘अमु’, pallawa, पल्लव

अम्बिका कार्की ‘अमु’

बहरबद्ध गजल– १,
भोक नै भयो खाल्डोमा फसाउँने ।
लोभले बनायो सारा गलाउँने ।

जानु पर्छ छोडेरै प्राण वायुमा :
कर्म त्यो गरौं देखेरै रमाउँने ।

शब्दमा तिखो बोली गर्नुहुन्न है :
व्यबहारले हो आफ्ना बनाउँने ।

 

Continue reading


“छोरी”

Ambika, Karki, Bharatpur,अम्बिका कार्की ‘अमु’, pallawa, पल्लव

अम्बिका कार्की ‘अमु’

छोरी ! यो शान्त,स्थिरता भएको देशमा
बुद्धत्व माथी बलत्कार भएकोछ।
तिनै बलात्कारीहरू बाट नै
तिमी लगायत कयौं बालकहरूको
रहरहरूका हत्या भएकोछ।
प्रत्येक पाइला-पाइला
साथै चोक चोकमा
प्रदूषित वायुका टुक्राहरू
ठोक्किएका छन् ।
विभक्त छ जीवन र उस्तै
विभक्त थिए चाहाना ,इच्छा र आकांक्षाहरू
जहाँ हुर्कनै नपाई बलत्कार भए।
उस्तै बलात्कृत म

 

Continue reading


बहरबद्ध गजल

Ambika, Karki, Bharatpur,अम्बिका कार्की ‘अमु’, pallawa, पल्लव

अम्बिका कार्की ‘अमु’

भत्केको दिलको आली लगाउन आयौ ।
गुम्सेका मनका इच्छा जगाउन आयौ ।

यो मेरो मनको गुञ्जार नै नहुने`थ्यो
रङ्गिन्दै छ जवानी यो सजाउन आयौ ।

ठूलो चोट सहेथेँ हर्षमा दुनियाँ भो
मेरो प्रेमिल दीयो नै जलाउन आयौ ।

 

Continue reading