खण्डहर-शौन्दर्य

Amar, dhwoj, Khati, अजम्बरध्वज खाती, pallawa, पल्लव

अजम्बरध्वज खाती

जब जब नुवाकोटको त्यो डाँडो,
भीर, पाखा, पखेरो र
बसन्तपुरको टुप्पो हेरेर सुत्छु-,
सपना देख्दा
सधै म तिनाउको बाढले बगेको हुन्छु
त्यही भित्र निसास्सिएर रोएको हुन्छु
यो चुरेको पहाड समुद्र परेर बग्दै
बटौली छोपेको देख्छु
फेरि बटौली पृथ्वीको गर्भमा पुरिएर
तिलौराकोटको नियति हो
भोगेको देख्छु
लुम्बिनीको नियति हो
भोगेको देख्छु
विचराहरु जो आफ्नो अतितको सम्पन्नता हेर्न
उत्खनन पर्खेर बसेको छन् ।

 

Continue reading


अमर त्यागीका हाइकुहरू

Amar, Tyagee, अमर त्यागी , pallawa, पल्लव

अमर त्यागी

नेता हजार
बाँदरको उपद्रो
देश उजार ।

हर्दम् कहर
राष्ट्र राजनीतिमा
शीतलहर ।

काम बियाँलो
कर्मचारी यन्त्रमा
हुस्सु–तुवाँलो ।

 

Continue reading


अमर त्यागीका मुक्तकहरूः

amar, tyagee, अमर त्यागी, pallawa, पल्लव

अमर त्यागी

आफ्नासँग दिल खोलेर खुशीले हाँस्न नसकेको पनि धेरै दिन भयो
अपनत्वले दिल खोलेर हार्दिकता गाँस्न नसकेको पनि धेरै दिन भयो ।
खल्तीमा धारिलो छुरा बोकेर हिंड्छन् सबै छैन भरोसा कसैको पनि
जिन्दगी दिल खोलेर निश्चिन्तले बाँच्न नसकेको पनि धेरै दिन भयो ।।

इष्टमित्र आफन्त छन् मतलबका यार यहाँ
मतलबकै निम्ति गर्छन् देखावटी प्यार यहाँ ।
हिड्नुपर्छ टेकी हर्दम् खुकुरीको धारमाथि
साह्रै दु:ख दर्दमय छ जिउनुको सार यहाँ ।।

 

Continue reading


त्यागीका केही अमर मुक्तक……………

amar, tyagee, अमर त्यागी, pallawa, पल्लव

अमर त्यागी

सबै महान् गुरू बन्छन् चेला बन्नै गाह्रो हजूर !
टल्कने त्यो काँचलाई हीरा भन्नै गाह्रो हजूर !
समुद्रको भ्रम पाली कुवाभित्रै रम्दा धेरै,
पानीमाथि ओभानो त्यो बाटो खन्नै गाह्रो हजूर !

ढुंगालाई देवता बनाउँछन् र आफूलाई ढुंगा बनाउँछन् मान्छे
निर्धाको बली चढाउँछन् र आफूलाई महान् जताउँछन् मान्छे ।
संवेदनाहीन भए अब मानवताहीन निठुरी भए हजुर सबै
अगाडि गला लगाउँछन् र पछाडिबाट छुरी चलाउँछन् मान्छे ।।

 

Continue reading


त्यागीका केही मुक्तकहरू

Amar, Tyagee, अमर त्यागी , pallawa, पल्लव

अमर त्यागी

जस्तै चोट पीडामा नि मेरो दिल रुन्न
जस्तै शोकसुर्तामा नि कहिल्यै उदास हुन्न
परिस्थितिले नै मलाई यस्तो बनाई दियो
जस्तै घात आघातले पनि छँदै छुन्न…..!!

ढाँटी,छली र ढोंगीकै धुर्त्याइँ छ जहाँ पनि
निमुखा र सोझालाईनै कज्याइँ छ जहाँ पनि
ठगिएकै हुन्छ सधैं सज्जन र इमान्दार
बेइमानी र स्वार्थीकै रजाइँ छ जहाँ पनि ।

 

Continue reading


गजल

Amar, Nyaupane, अमर न्यौपाने, pallawa, पल्लव

अमर न्यौपाने

जति साँझ पर्छ बिहानी लेख्छ कवि
सबैभन्दा बढी जवानी लेख्छ कवि

केही बिर्सेबिर्सेझैँ केही सम्झेसम्झेझैँ
आफ्नै जिन्दगीको कहानी लेख्छ कवि

डुबेर जिन्दगीमा फर्केर पछि हेर्दै
आफ्नै पाइलाहरुको निशानी लेख्छ कवि

 

Continue reading