अम्बिका अधिकारी का केही मुक्तकिय टुक्रहरूः !

Ambika, Adhikari, अम्विका अधिकारी, pallawa, पल्लव

अम्विका अधिकारी

बोलेको छु मिठो वोली पाप छैन जिन्दगीमा
माया प्रिती लाउन कर काप छैन जिन्दगीमा
भिख मागी हीड्दा तिमी मजाक उडाउंथ्यौ
अव आशा मारेको छु स्राप छैन जिन्दगीमा ।

स्वार्थिहरूले आफ्नै सम्बन्धमा चोट पुर्‍यउँदा रहेछन्
आफ्नैदुनो सोझ्याउँन आफन्तमा खोट पुर्‍यउँदा रहेछन्
सधैँ सम्मान गर्दा गर्दै अपमानको भारी बोकाएर
सदैव आफ्नै मा रुवाउँने अठोट पुर्‍यउँदा रहेछन् ।।

 

Continue reading


वैशाख फर्की किन आउँदो हो ??

Sirjana, Aryal, Adhikari, Adhikary, सृजना अर्याल अधिकारी, pallawa, पल्लवDhading

सृजना अर्याल अधिकारी

यो घामछाया अनि मेघ पानी
बाढी र वर्षा सरि जिन्दगानी
सम्झेर छाती कति चर्किँदो हो
वैशाख फर्की किन आउँदो हो ?

पानी परोस् या त चलोस् बतास
हुन्थे सबै ती दिन रात खास
खाटो बसेको खत बल्झिँदो हो
वैशाख फर्की किन आउँदो हो ?

 

Continue reading


‘वैशाख फर्की किन आउँदो हो’

Sirjana, Aryal, Adhikari, Adhikary, सृजना अर्याल अधिकारी, pallawa, पल्लवDhading

सृजना अर्याल अधिकारी

यो घामछाया अनि मेघ पानी
बाढी र वर्षा सरि जिन्दगानी
सम्झेर छाती कति चर्किँदो हो
वैशाख फर्की किन आउँदो हो

पानी परोस् या त चलोस् बतास
हुन्थे सबै ती दिन रात खास
खाटो बसेको खत बल्झिँदो हो
वैशाख फर्की किन आउँदो हो !

 

Continue reading


गजल

adhikary, sabeena, अधिकारी सविना, ,pallawa पल्लव

धिकारी सविना

भन्छौ मन नजिक छ बढेको दुरीमात्र हो ।
तिमी आउँदैनौ आइपुग्ने बाडुलिमात्र हो !

हिजो नआउ भन्थ्यौ आज नजाउ भन्छौ
यो पनि तिम्रो बेकारको जिद्दीमात्र हो ।

अरु सबथोक ठिक छ ठिकठाक चल्छ,
बेढंगले चलेको त मेरो जिन्दगीमात्र हो !

 

Continue reading


तिम्रो मनको इच्छा . . . . . .

adhikary, sabeena, अधिकारी सविना, ,pallawa पल्लव

अधिकारी सविना

गीति कविता
मेरो प्रेम पेन्सिलको अक्षर जस्तो भयो।
तिम्रो मनको इच्छा इरेजर जस्तो भयो।

न ओभानो रहने न प्यास मेटाउन मिल्ने
आँखाहरू हिउँदे शितलहर जस्तो भयो।

छोराको मन क्यासिनोमा बढ्न थालेपछि,
बा’को झिटी डढेलोको खर जस्तो भयो।

 

Continue reading


गजल

adhikary, sabeena, अधिकारी सविना, ,pallawa पल्लव

धिकारी सविना

मन छ अनेकौँ रहरहरु छन्।
म छु र पो मेरा सफरहरु छन्।

हेरेर मात्रै मैले पत्ता लगाउनु छ,
मान्छे झैँ देखिने पत्थरहरु छन्।

तिमी फर्कन्नौ भन्ने पक्कापक्की भयो,
र पनि बाटोभरी नजरहरु छन्।

 

Continue reading