शान्ति अधिकारीका केही मुक्तकहरूः

Shanti, Adhikari, Pokhrel,, शान्ति अधिकारी, pallawa, पल्लव

शान्ति अधिकारी

नगरी काम यहाँ कुरा गरेर बस्छौँ ।
सधै अरुकै आसा भर परेर बस्छौँ ।।
छैन जाँगर आफ्नो जोश मारेर सबै ।
अगाडी बाट सुट्ट पछि सरेर बस्छौँ ।।

सम्झनाको आगो सल्काई रुन्छ पापी मन ।
हृदयमा माया छ्ल्काई रुन्छ पापी मन ।।
सम्वन्धको कमानीमा लाग्यो खिया भन्थे ।
आज त्यही कमानी टल्काई रुन्छ पापी मन।।

 

Continue reading


छन्दात्मक गजल

Shanti, Adhikari, Pokhrel,, शान्ति अधिकारी, pallawa, पल्लव

शान्ति अधिकारी

स्वयम् मार्ग थुन्छौ खुलाऊँ नि भन्छौ ,
टिपी कोपिलामै फुलाऊ नि भन्छौ ।

जुधाएर आँखा चुम्यो ओठ पैले ,
बसाएर माया भुलाऊ नि भन्छौ ।

कसोरी पिलाऊ सबैको अगाडी ,
लुकेरै नशामा झुलाऊ न भन्छौ ।

 

Continue reading


‘वैशाख फर्की किन आउँदो हो’

Sirjana, Aryal, Adhikari, Adhikary, सृजना अर्याल अधिकारी, pallawa, पल्लवDhading

सृजना अर्याल अधिकारी

यो घामछाया अनि मेघ पानी
बाढी र वर्षा सरि जिन्दगानी
सम्झेर छाती कति चर्किँदो हो
वैशाख फर्की किन आउँदो हो

पानी परोस् या त चलोस् बतास
हुन्थे सबै ती दिन रात खास
खाटो बसेको खत बल्झिँदो हो
वैशाख फर्की किन आउँदो हो !

 

Continue reading


गजल

Sangee, Sangi, Adhikari, Pokharel, संगी अधिकारी पोखरेल, pallawa, पल्लव

संगी अधिकारी पोखरेल

हिक्क लाग्यो बाडुल्की मनमा मात लाग्यो।
हलचल भो जीवन तन वदनमा मात लाग्यो।

झरी बनी बर्सीरहे एकनास उनका यादहरु
रुझाई दिए निथ्रुक्क यौवनमा मात लाग्यो।

ऐना सामु उभ्याई आफु हेरेँ उनका नजरले
खुनसँगै मुटुको चाल चलनमा मात लाग्यो।

 

Continue reading


शान्ति अधिकारीका केही मुक्तकहरूः

Shanti, Adhikari, Pokhrel,, शान्ति अधिकारी, pallawa, पल्लव

शान्ति अधिकारी

दुखेको मन बतासिदै कहाँ पुग्छ पुग्छ ।
मायालु सम्झी अतासिदै कहाँ पुग्छ पुग्छ ।।
पानी सरी बग्ने मन हो जमाउन गाह्रो ।
वर्षे भेल भै हतासिदै कहाँ पुग्छ पुग्छ ।।

यहाँ पराई पनि हुन्छ माने पछि आफ्नो ।
ब्यवहारले आत्मीय ठाने पछि आफ्नो ।।
घमण्डको भारी बोकी हिड्न छाडी अब।
सम्वन्धको डोरी बाट्न जाने पछि आफ्नो ।।

 

Continue reading


शन्ति अधकारीका केही मुक्तकहरूः

Shanti, Adhikari, Pokhrel,, शान्ति अधिकारी, pallawa, पल्लव

शान्ति अधिकारी

तिम्रै लागी जिउछु मर्छु भन्न सकेनौ ।
जिन्दगीमा केही त गर्छु भन्न सकेनौ ।।
बाच्नु मात्र ठूलो हैन निकम्मा बनेर ।
गर्दै कर्म बिश्वास भर्छु भन्न सकेनौ ।।

बाँचुन्जेल खाने त हो किन तेरो मेरो ।
ढिलो चाँडो जाने त हो किन तेरो मेरो ।।
दिएर त कस्लाई पुग्छ गर्दै मिठा कुरा ।
आफ्नै जस्तो माने त हो किन तेरो मेरो ।।

 

Continue reading


सन्देश अधिकारी का एकजोर कविता

Sandesh, Adhikari,सन्देश अधिकारी, pallawa, पल्लव

सन्देश अधिकारी

१) सारङ्गी र म
हो म पनि एक सारङ्गी नै हुँ।
सारङ्गी र म मा फरक छ त
फगत
शारीरिक बनोट र दुईमुठ्ठी सासको।

जसरी धनुको प्रयोग गरि कसैले
निर्मम भई सारङ्गीका तारहरु रेट्छन।
र जीवन र मरणको दोसाँधमा
रेटिईरहेका ती तारहरु
पिडाले छट्पटीरहदा निस्किएको
रोदन अनि वियोगको धुन सुनेर
मनोरञ्जन लिईरहन्छन सारा जगत

 

Continue reading


हाम्रो पितृसत्तात्मक सोच!

Srijana, Aryal, Adhikai, सृजना अर्याल अधिकारी, pallawa, पल्लव

सृजना अर्याल अधिकारी

श्रीमती उवाच:
हे प्यारा तनमा छ दर्द अति नै लौ के भयो के भयो
छाती कम्मर ढाड कोख सबमा चस्केर दुख्दो भयो
दुख्छन् यी पिँडुला कठै! कटकटी खायो असाध्यै भयो
गर्दा मालिस तेलले यदि कतै हुन्थ्यो कि वा यो निको

श्रीमान उवाच:
गर्छेस् स्वाङ अलच्छिनी तँ जहिल्यै आएर मेरो घर
लोग्ने साथ हुँदा बिमार जहिल्यै सन्चो कहाँ हुन्छ र!
लाजै छैन नकच्चरी कति कुरा गर्छेस् र लोग्नेसित
स्वास्नीको शुश्रुषा गरेर म बसूँ? गर्छेस् कि बेइज्जत

 

Continue reading


मौन विद्रोह मा रमाउँदा . . . . .

Khagendra, Adhikari, Amrit, खगेन्द्र अधिकारी ‘अमृत’, pallawa, पल्लव

खगेन्द्र अधिकारी ‘अमृत’

समीक्षित कृति

डोल्पामा जन्मेर लमजुङमा हुर्केर सुनसरीमा वैवाहिक गठबन्धनमा बाँधिए पनि नेपालगञ्ज नर्सिङ्ग क्याम्पसमा सेवा गरिरहेकी शान्ति अधिकारी साविकको मध्यपश्चिम क्षेत्रमा रहेर नेपाली गजलमा कलम चलाउने एक शसक्त नारी स्रष्टा । साविकको मध्यपश्चिममा नेपाली साहित्यको गजल विद्याले आफ्नो साम्राज्य जमाएको मात्र होइन यसलाई प्रत्येक साहित्यिक मनको मझेरीमा गजलबीज समेत छरिरहेको छ । जीवनमा जो कोही पनि कवि बन्छ भन्ने उक्ती अब जीवनमा गजलकार नबन्ने मान्छे छैन भन्नेमा परिणत भइसकेको छ होला सायद । अप्ठ्यारो भित्रको सजिलो खोज्नका लागि गजललाई अध्ययन गर्नु जरुरी छ । गजलका बारेमा उठेका अनेकन प्रश्नहरुको उत्तर खोज्नु छ भने गजललाई अध्ययन गर्नु त्यति नै आवश्यक छ ।

 

Continue reading


आसा रित्तिए पछि

Shanti, Adhikari,शान्ति अधिकारी, pallawa, पल्लव

शान्ति अधिकारी

अचेल मनै टट्टाउने खबरले
रंगिन छन अखवारका पानाहरू
खै कसरी घटित हुन्छन् घटनाहरू
एक पछि अर्को उस्तै प्रकृतिले सुशोभित भएर
शिक्षित र अशिक्षितमा भिन्नता नै छैन

मानव भएकोमा गर्भ गर्ने ठाउँ नै नराखी
गरिएका कार्यहरू
गाउँ र शहरमा फरक देखिदैन
बिकृत मानव मस्तिष्कहरू
जहाँ पनि उस्तै नाङ्गिएकै छन्
चेतना शुन्य भएर यत्रतत्र सर्बत्र

 

Continue reading


गजल

Narayan, Adhikari, Aaditya  नारायण अधिकारी ‘आदित्य’, pallawa, पल्लव,

नारायण अधिकारी ‘आदित्य’

जिन्दगी जीउने खै कुनै पनि आधार थिएन ।।
घातै घात भो जीवन भरि कतै प्यार थिएन ।।

हिजो सम्म सबथोक आफ्नै जस्तो लाग्थ्यो मलाई ।
आज उनीलाई नै आफ्नो भन्ने अधिकार थिएन ।।

आँशुलाई जब देखि शब्दमा लेख्न सिकेको थिए ।
यस्तो लाग्थ्यो कलम भन्दा ठुलो तरबार थिएन ।।

 

Continue reading


शान्ति अधकारीका केही मुक्तकहरूः

Shanti, Adhikari, Pokhrel,, शान्ति अधिकारी, pallawa, पल्लव

शान्ति अधिकारी

दुखियाको कर्मै खोटो दु ख पर्यो कसो गरौँ।
उपाय कहि केही नहुदा आसा मर्यो कसो गरौँ ।।
घर चलाउन गाह्रो हुँदा बिदेशिय छोराछोरी ।
तिनै छोराछोरी सम्झी आँशु झर्यो कसो गरौँ।।

जिन्दगीमा एकान्त पन रसिलो हुदैन ।
सम्बन्ध नि बिश्वास बिना कसिलो हुदैन ।।
बाध्यतामा जसोतसो गर्ने जीवन यात्रा ।।
फूल अनि पुर्णे जून झै हसिलो हुदैन ।।

 

Continue reading


*जगाउँ चेतना*

Shanti, Adhikari, Pokhrel,, शान्ति अधिकारी, pallawa, पल्लव

शान्ति अधिकारी

युगौ देखिको थिचो मिचो
असमानता र तिरस्कारको
ज्वालामा पिल्सिएर पनि
सास्कृतिक जेल भित्र कुरितिका
नेल हत्कडी ले बाँधिएर पनि
दबिएका आवाजहरू बुलन्द पार्दै
मन भरी उत्साहको भारी बोकेर
लैङ्गिक विभेदका साङ्लाहरु चुडाल्ने
दृढ बिश्वास लिएर
मुक्त आकाशमा कावा खाने रहर साचेर
परिवर्तित युगलाई आत्मसाथ गर्दै

 

Continue reading


शान्तिका केही मुक्तकहरूः

Shanti, Adhikari, Pokhrel,, शान्ति अधिकारी, pallawa, पल्लव

शान्ति अधिकारी

नेपाली हौं आफन्तमै लड्ने बानी हाम्रो ।
दुनियाँको नजरबाट झर्ने बानी हाम्रो ।।
मान गरे सम्मान हुन्छ भन्ने कुरा भुल्दै ।
दुई पाखुरा सुर्की अघि बढ्ने बानी हाम्रो ।।

सबैका चाहना …..अधुरो बनायो ।
सहारा टुटाई …….टुहुरो बनायो ।।
थियो चोडा छाती अनयासै आज ।
बगे अश्रु धारा मन साँघुरो बनायो ।।

 

Continue reading


आलस्य महिमा

srijana, aryal, adhikari, सृजना अर्याल अधिकारी‎ , pallawa, पल्लव

सृजना अर्याल अधिकारी‎

मीठा सुन्दर भावना मगजमा आएर घुम्दा पनि
“लेख् लेख् लेख्ँन छिटो भनी कलमले हैरान गर्दा पनि
मेरा हातहरू समाइ यसरी आलस्य आईकन
बिस्तारा तिर लान्छ भन्छ-“अब सुत्” लोरी सुनाईकन

हेरौं पुस्तकमा तथापि उसले आँखा उसै लाउँछ
नौलो क्यै जब हुन्छ फेसबुकमा आएर ब्यूँझाउँछ
धन्दा काम यता बसे कति उसै पर्दैन गर्नै भनी
मोड्यो ध्यान कता कता अधमले मोडिन्न भन्दा पनि

 

Continue reading


गजल

Bishal, Adhikari, Aashutosh, बिशाल अधिकारी आशुतोष, pallawa, पल्लव

बिशाल अधिकारी आशुतोष

चिन्दै छु यहाँ कसले कलम बेचेको छ ।
घाउ पार्दै अस्पतालले मलम बेचेको छ ।

बारबार देशको मुहार फेर्छु भन्नेले नै,
परिवारै लत्याएर घर्जम बेचेको छ ।

पिडितलाई पीडा थपि निर्दोषलाई पक्रिएर
काधे फुलि लाउने दाईले सलाम बेचेको छ ।

 

Continue reading


शान्ति अधिकारी काकेही मुक्तकः

Shanti, Adhikari, Pokhrel,, शान्ति अधिकारी, pallawa, पल्लव

शान्ति अधिकारी

भयो सम्बन्ध नै झुत्रे पाल जस्तो ।
गरिबिमा लाग्ने अनिकाल जस्तो ।।
भोलि हुन्छ भन्दै न त राख्न सक्यौ
मिसाएर ढुङ्गा बेच्ने दाल जस्तो ।।

भैगो आगो लगाउने काम नगरौँ ।
फेरि मुर्दा जगाउने काम नगरौँ ।।
बन्द भका कारखाना खुल्ने कैले हो ।
देशका युवा भगाउने काम नगरौँ ।।

 

Continue reading


गजल

Geetf, Adhikari, Pabat,गीता अधिकारी, pallawa, पल्लव

गीता अधिकारी

किन आउँछ नमिठो याद, त्यो मन अन्तै सारेको दिनको,
स्वप्निल माया माग्दा नि तिरस्कारमा पारेको दिनको !

पथ्थर सरि भएका थियौ र मुटु भरि चोट पारी
मेरो माया नचिनेरै काँडेतारले बारेको दिनको ।

संघर्ष मै रमाउने भुल्ने बानी परेको जीवन,
बिर्सिएर यादहरू जिन्दगी नै हारेको दिनको ।

 

Continue reading


बहरबद्ध गजल

Shanti, Adhikari,शान्ति अधिकारी, pallawa, पल्लव

शान्ति अधिकारी

अहम् भावनाले जलेको छ मान्छे,
यही धृष्टताले ढलेको छ मान्छे।

अहंकार च्यापी दुबै खोकिलामा ,
स्वयं अग्नि पथमा चलेको छ मान्छे।

हराएर हो कि ! सदाचार हाम्रो,
सधैँ हीनताले गलेको छ मान्छे ।

 

Continue reading


शान्ति अधिकारीका केही मुक्तकहरूः

Shanti, Adhikari, Pokhrel,, शान्ति अधिकारी, pallawa, पल्लव

शान्ति अधिकारी

ढुङ्गा सरि भएको मन गाल्नलाई आए ।
हृदयमा प्रेम वस्ती बसाल्नलाई आए ।।
सम्झौता नै हो जिन्दगी भन्ने बुझे पछि ।
मनको सारा कालो मैलो पखाल्नलाई आए ।।

आगो लाउन सजिलो छ निभाउन गार्हो ।
लडाउन भन्दा हुन्छ मिलाउन गार्हो ।।
जुनै तन्त्र आए पनी लोभी पापीलाई ।
हुन्न यस्तो गर्न भनी सिकाउन गार्हो ।।

 

Continue reading