लक्ष्मी अच्यूत ढुङ्गाना का केही मुक्तक

Laxmi, Achyut, Dhungana, लक्ष्मी अच्यूत ढुङ्गाना, pallawa, पल्लव

लक्ष्मी अच्यूत ढुङ्गाना

यो पुलमा उभिएर हेर्दैछु म टिस्टालाई
इतिहाससँगै मनमा बेर्दैछु म टिस्टालाई
नेपालीको वीरताको चिनारी हो, गर्व लाग्छ
मनभरी मायासँगै घेर्दैछु म टिस्टालाई ।।

टिस्टा तिम्रो पानीसँगै हाम्रो इतिहास बोल्छ
नेपालीको पौरख र वीरताको शान घोल्छ
अपमानको सन्धी बोल्छ, अंग्रेजको झेल बोल्छ
विगतको कथा व्यथाले सबैलाई पिरोल्छ ।।

 

Continue reading


तड्पिएको मन

Laxmi, Achyut, Dhungana, लक्ष्मी अच्यूत ढुङ्गाना, pallawa, पल्लव

लक्ष्मी अच्यूत ढुङ्गाना

हेरेरै बस्छु मनको खुसी यो रातो तीजको
मान्दैन मन कहिल्यै पनि त्यो खुसी दीनको
बसेर व्रत आस्थालाई मनले निश्चय ठानेर
मानेकै थिए तीजलाई मैले सौभाग्य ठानेर । १

आफैँले हारेरै पछि सरेर हिँडे सबैको सामुमा
नक्कली हाँसो देखाउँदै हाँसे हजुरको सामुमा
मानेन मन त्यो खुसी हेर्न भाग्दैछु सबै माझ
जे गरे पनि मान्दैन मन खुशीकै खल्लो साँझ ।२

 

Continue reading


“उनको सम्झनामा म नसुतेको रात”

Laxmi, Achyut, Dhungana, लक्ष्मी अच्यूत ढुङ्गाना, pallawa, पल्लव

लक्ष्मी अच्यूत ढुङ्गाना

म सुतेकै थिएँ ओछ्यानमा
म एकोहोरो सुन्दैथिएँ तिनका कुरा
एक एक घन्टामा साउती मार्दै
मनमनै भन्दै ,अन्तरआत्माले सुन्दै
लाग्दै थियो मनमा ,उत्साहले म रमाँउदै थिएँ
लाग्छ आफैं कता हराएको छु
यस्तै खुशीले पनि हो, म निदाएको छैन ।।

मन आफैं फूरुङ्ग भएको छ
तिमी मलाई भन्दै छौ
“हामी भोलि पर जाने है
अलिक चाँडो उठ्नू ! ”
चाहे जेसुकै होस् म त खुशी छु
आख़िर ननिदाएर के भो र ?

 

Continue reading


“चिहानबाट”

Laxmi, Achyut, Dhungana, लक्ष्मी अच्यूत ढुङ्गाना, pallawa, पल्लव

लक्ष्मी अच्यूत ढुङ्गाना

बर्सेनी थपिएका हजारौं भव्य कङ्क्रीटका चिहानहरू
लाखौं खर्च गरेर बनाए पनि
हजारौं मलामीहरूलाई
“धन्यवाद “सम्म भन्न सक्तैनन्
एक दिन डरलाग्दो चिच्याहटका साथ
तिनीहरूले भने
“सडीसकेका हामीमाथि
यो कङ्क्रीटको असह्य बोझ थुपारिदिने
बुद्धिहीन हाम्रा सन्ततिहरूलाई धिक्कार छ !
तिनीहरूलाई हाम्रो श्राप लागिरहनेछ !”
फलैंचा,चौतारा,धर्मशाला र प्रतीक्षालयहरू
कुवा ,धारा,इनार र पाठशालाहरू
यिनीहरूलाई सोधें
“के छ तपाईंहरूको खबर ?”

 

Continue reading


लक्ष्मी अच्यूत ढुङ्गानाका केही मुक्तकहरूः

Laxmi, Achyut, Dhungana, लक्ष्मी अच्यूत ढुङ्गाना, pallawa, पल्लव

लक्ष्मी अच्यूत ढुङ्गाना

जहाँपुग्यो त्यही‌बस्यो घुमन्तेको घर हुँदैन
नभन्नुहोला तपार्इं घुमन्तेहरूको भर हुँदैन
सकिएन भन्दैमा अरुको आरिस गर्नु हुन्न
जरुरी पर्छ र पो नत्र घुम्न रहर हुँदैन ??

सद्भावको छ यात्रा, कोही बस्यौं अगाडि
चक्का भरि अडेको गुड्दैछ ठेल गाडी
यो जिन्दगी छ यस्तै गन्तव्य छैन टुंगो
गन्तव्यमा पुग्ने हो, पुग्छ कुनै पछाडि ।

 

Continue reading