बहरबद्ध गजल

Ram, Mani, Acharya, राममणि आचार्य, पल्लव

राममणि आचार्य

यहाँ पेल्न पाए सधैँ पेल्छ मान्छे ।
गिता धेर गाए सधै पेल्छ मान्छे ।।

हदै सम्म माया भए वेश राम्रो ।
शिरैमा चढाए सधै पेल्छ मान्छे ।।

विरोध् गर्न थाले उधो शीर्ष पार्छ ।
नबोली निदाए सधै पेल्छ मान्छे ।।

 

Continue reading


राममणि अचार्यका एकजोर कविता

Ram, Mani, Acharya, राममणि आचार्य, पल्लव

राममणि आचार्य

सत्कर्म सम्पूर्ण हो !!!
सेवा भाव लिएर नै सब जुनी बित्दोछ निरन्तर ।
सोचेको विपरीत भो प्रतिफलै आश्चर्य लाग्यो तर ।।
जो जो हर्षित छन् सबै परपरै आफ्ना थिएनन् सबै ।
आफ्नाको खुश गर्न भो कठिनता सम्पुर्ण भागे परै ।।

लाग्यो यो पनि चुम्बकीय नियमै आश्चर्यमा पो परेँ ।
खौरेरै मसिनो हुदैन र दिदा आफन्त बन्दैन रे ।।
जो जो छन् नजिकै तिनै बलगरी उत्रे विपक्षी बनी ।
धोकाबाट सिकेर पाठ गतिलो चल्दैछ दैनिन्दनी ।।

 

Continue reading


पिडा

Ram, Mani, Acharya, राममणि आचार्य, पल्लव

राममणि आचार्य

व्यर्थै गो कुहिएर ओखतमुलो जस्का वनैमा सबै ।
मर्नै वाध्य बनाइए जनहरू वेऔषधी कल्पदै ।।
खोला बग्दछ नित्य खोँच तिरको बाटो विना कामले ।
पानी वेगर तड्पिदै दिन कुरे खेती र उद्यानले ।।

खेती योग्य जमीनमा घरबने पर्ती भए जो बचे ।
दुर्भिक्षे अनिकालको पिर कथा भज्दैछ यो देशले ।।
पर्देसिन्छ युवादलै पिडित भै कामै नमिल्दा यहा ।
यस्तो दुच्छर राजनीति त कतै पाइन्न संसारमा ।।

 

Continue reading


बहरबद्ध गजल

Ram, Mani, Acharya, राममणि आचार्य, पल्लव

राममणि आचार्य

कतै चल्छ सत्ता त अण्डाहरूको ।
कतै चल्छ सत्ता त डण्डाहरूको ।।

ल यो गृष्म गर्मी बढो धेर तात्यो ।
भयो पार बेला ल ठण्डाहरूको ।।

पुराना कसौँडी सबै दूर भाग्दा ।
छ भान्सा भरी राज हण्डाहरूको ।।

 

Continue reading


गुरू वन्दना

Ram, Mani, Acharya, राममणि आचार्य, पल्लव

राममणि आचार्य

के को वर्णन गर्नु सुन्दर कुरा राम्रो त राम्रै छ नि ।
वास्नाको किन गर्नु व्यर्थ गुणगान् यो सुन्दरै हो भनी ।।
बर्खीलाप गरिन्छ दुष्ट जनको सुध्रेर जाओस् मति ।
यै हो ओखति घोचपेच नरको संझेर सुध्रे कति ।।

के विज्ञापन गाउने असलको जो नामले चिन्दछ ।
धेरै कम्सल बस्तु ढाँट्न सजिलो पर्चारले किन्दछ ।।
धेरै दुष्ट भए भने ग्रहहरू पूजा गरिन्छन् यहाँ ।
सोझाले अपमान खेप्दछ सधै को गर्छ पूजा कहाँ ।।

 

Continue reading


चुनाव

Ram, Mani, Acharya, राममणि आचार्य, पल्लव

राममणि आचार्य

बिँडै हो वल ती खुडा र खुकुरी कुन्दो छ बन्दूकमा ।
त्यस्तै भोटदिने रहन्छ वलमा सर्वोच्च नेतृत्वमा ।।
कस्ले गर्दछ व्यर्थ मान उसको कामै चलायो गयो ।
हामी चैँ अबुझै बनी हरघडी उफ्रेर के काम भो ।।

गोरूका वलले तनाउछ हलो गुण्डा दियो खानमा ।
घोडा बोक्दछ थाम्छ भार उसले दाना छ सम्मानमा ।।
यो चाला नबुझी बुझेर कतिले व्यर्थै जवानी गयो ।
शक्ती बास बसेपछी मनुज हो शिक्षा विनाकाम भो ।।

 

Continue reading


राममणि अाचार्यका एकजोर गजल

Ram, Mani, Acharya, राममणि आचार्य, पल्लव

राममणि आचार्य

बहरबद्ध गजल– १,
भयो लाज लाग्दो चली निन्दु सत्ता ।
छ छायाँ अनौठो बली इन्दु सत्ता ।।

दिसा गर्छ ल्वागे पछि देख्छ दैलो ।
कता उठ्न सक्ला ढली हिन्दु सत्ता ।।

सबै घुम्छ फन्को पुरा गर्छ मूर्ख ।
सके भातमारा छली विन्दु सत्ता ।।

 

Continue reading


Ram, Mani, Acharya, राममणि आचार्य, पल्लव

राममणि आचार्य

१) हितोपदेस
वासस्थान छ काचको वरिपरी आफ्ना घरैको तर ।
ढुङ्गा हान्दछ नित्य ऊ रिस गरी अर्काहरूका घर ।।
के होला र भविष्य उज्वल उसै बुझ्दैन त्यो मूर्खले ।
यस्तो सोच लिएर धेर मनुवा पारी तरे जो ढले ।।

आगोका सित खेल्न उत्सुक छ जो उस्कै छ लाहा घर ।
ईर्ष्या पाल्दछ जो मनुष्य उसको उद्योग देखिन्छ र ?
अर्काको बदखाइ वर्णन गरी बढ्दैन उस्को छवी ।
थाक्दैनन् दिनरातको लगनमा पूजा भएका रवि ।।

 

Continue reading


ईच्छा

Ram, Mani, Acharya, राममणि आचार्य, पल्लव

राममणि आचार्य

खोले पेट भरी नभेटिइ गयो आशा गरी प्राण यो ।
भो भो पिण्ड म खान्न श्राद्ध रसले पर्दैन गर्नु भयो ।।
नाङ्गो आङ लिएर व्यतित भयो खाँडी न भै ज्यान यो ।
भो भो लाश नढाक तास कपडा पर्दैन लज्जा भयो ।।

तारामण्डल झोपडी कुरिगयो दुःखै गरी जिन्दगी ।
भो भो लाज नपार कब्र गतिलो ढालेर सिँहार्मरी ।।
मैले क्यै सुख दान गर्न नसकी फालेँ पुरै जिन्दगी ।
हे आफन्त नबार व्यर्थ नुन है मेरा पिरैमा बसी ।।

 

Continue reading


राममणिका तीन गजल

Ram, Mani, Acharya, राममणि आचार्य, पल्लव

राममणि आचार्य

बहरबद्ध गजल– १,
मनै हुन्छ कप्टी स्वयं नाश हुन्छ ।
बने मूर्ख मान्छे कुशै घाँस हुन्छ ।।

यहा खेत बाझो भएको छ साथी ।
घरै छैन जोत्ने कहा चास हुन्छ ।।

रूदै छट्पटिन्छिन् त नेपाल आमा ।
रहे सास बाकी झिनो आश हुन्छ ।।

 

Continue reading


भक्ती संदेश

Ram, Mani, Acharya, राममणि आचार्य, पल्लव

राममणि आचार्य

के को धर्म विना धनै? भजनले भो धर्म आडम्वरी ।
गर्दा दान असक्तमा हृदयले मिल्नेछ सेवा गरी ।।
आमा बाबु समान तिर्थ गतिलो क्यै छैन संसारमा ।
आफ्ना संतति लाँउदा सुपथमा तर्नेछ भू भारमा ।।

कस्तो मंदिर धाउने घर भुली हो उच्च देवालय ।
राम्रो मेलमिलापले घर चले त्यै हुन्छ तिर्थस्थल ।।
सन्ध्यामा सबकाम सक्छ जसले सल्लाह राम्रो गरी ।
आगामी दिनको त काम कुन हो चर्चा मिलेरै गरी ।।

 

Continue reading


राममणि अाचार्यका एकजोर गजल

Ram, Mani, Acharya, राममणि आचार्य, पल्लव

राममणि आचार्य

बहरबद्ध गजल– ो,

गुणै बाड्न खोज्दा यहा लाख मिल्छ ।
खरावी छ मान्छे कहाँ काख मिल्छ ।।

भयो मान्छे दानी भलो हुन्छ उस्कै ।
बिषैवृक्ष रोपी कहा दाख मिल्छ ।।

असंतोष आत्मा भरी बोक्छ मान्छे ।
स्वयं भिल्ल बन्दा कहा चाख मिल्छ ।।

 

Continue reading


मुटु रैछ ढुङ्गा जस्तो  

Subi, Sudha, Acharya, सुबिसुधा आचार्य, pallawa, पल्लव

सुबिसुधा आचार्य

चटक्कै भुली दियौ, मुटु रैछ ढुङ्गा जस्तो ।
किनारा छोडी जाने माझीदाइको डुङ्गा जस्तो ।।

सगै पाइला बढाएको, गोरेटोले सोध्छ तिम्लाई ।
सधै साथ खोज्छ हावा, सुस्त सुस्त छेउ आई ।।
नाजुक रैछ माया, झर्ने फुल्को थुङ्गा जस्तो ।
किनारा छोडी जाने, माझीदाइको डुङ्गा जस्तो ।।

Continue reading


राममणिका एकजोर गजल

Ram, Mani, Acharya, राममणि आचार्य, पल्लव

राममणि आचार्य

बहरबद्ध गजल– २,
यहाँ भ्रष्ट मान्छे ठुलो बन्छ खाली ।
यहीँ सत्यवादी धुलो बन्छ खाली ।।

भयो खेत उच्चा नदी फेद पर्दा ।
पुर्याइन्न पानी कुलो बन्छ खाली ।।

न सामान्त सत्ता भएको छ अन्त्य ।
न भै अन्न पानी चुलो बन्छ खाली ।।

 

Continue reading


राममणि अाचार्यका एकजोर गजल

Ram, Mani, Acharya, राममणि आचार्य, पल्लव

राममणि आचार्य

बहरबद्ध गजल– १,
मिठो हुन्छ भन्दा म चाखेछ बुझ्छु ।
झुकी हिड्छ मान्छे म थाकेछ बुझ्छु ।।

म निस्वार्थ मान्छे ठगी खान्न भन्दा ।
लुकाएर यस्ले नि राखेछ बुझ्छु ।।

नमिल्ने छ कामै मिलायो कसैले ।
बुझाएछ या क्यै त भाकेछ बुझ्छु ।।

 

Continue reading


बोल्नै नसक्ने भऍ

Ram, Mani, Acharya, राममणि आचार्य, पल्लव

राममणि आचार्य

मानै भो अपमान भो सहिदको बुझ्नै नसक्नू भयो ।
मारिन्छन् घर भित्र नै रणगरी दर्ता सहिद्मा भयो ।।
जस्ले देश बनाउने प्रणगरी अर्पेर ज्यानै गए ।
त्यस्ता पो कहलाउँथे सहिदमा सम्मानमा पर्दथे ।।

आयो दुष्ट प्रथा सबै धन गयो यो देशको ब्यार्थ भो ।
पार्टी आड लिएर घोषित भए जात्रा नयाँ देखियो ।।
भोको पेट लिएर बस्छ जनता हेर्दैन कोही अहो!
बोल्ने मात्र स्वतंत्रता गरिवले पाएर के अर्थ भो?

 

Continue reading


आह्वान

Dibya, Chandra, Acharya, दिव्यचन्द्र आचार्य, pallawa, पल्लव

दिव्यचन्द्र आचार्य

मानौँ श्रीसुन्दरीले ललितशिखरको वस्त्र आँफै हटाइन्
कौमारी दक्षताले सकलवदनमा दिव्य आभा अटाइन् ।
त्यस्तै चाला बनाई अरुणकिरणले लालिमा दिन्छ होला
साँच्चै न्यानोपनाको मृदुलतमकला भर्न खोज्दैछ होला ।।

फक्रेको फूल जस्तै सरम सहितको तप्त सौन्दर्य देख्दा
लाग्यो नारीकला हो किन किन किन लौ सूर्यको बिम्ब देख्दा ।
लज्जाको कान्ति जस्तै वदन उपरमा देख्छु रक्ताम्य आभा
टाढाबाटै मलाई विचलित किन हो पार्न खोज्दैछ आभा ।।

 

Continue reading


राममणिका एकजोर गजल

Ram, Mani, Acharya, राममणि आचार्य, पल्लव

राममणि आचार्य

बहरबद्ध गजल– १,
लुकाएर खान्छ यहा टार्छ भोक ।
मराएर जान्छ यहा बार्छ शोक ।।

ठुलाका कुरामा परे नित्य साना ।
लुकाएर लान्छ कहा हार्छ लोक ।।

उधो शिर्ष गर्दै परैबाट भाग्छ ।
फकाएर लान्छ जहा मार्छ झोक ।।

 

Continue reading


राममणि अाचार्यका एकजोर गजल

Ram, Mani, Acharya, राममणि आचार्य, पल्लव

राममणि आचार्य

बहरबद्ध गजल– १,
उजेलो गयो रात हेरिन्छ साथी ।
यहा भारती मात हेरिन्छ साथी ।।

दशा हो पुरानै पुरानै छ नेता ।
विनासित्तिमा हात हेरिन्छ साथी ।।

कुरा वर्गको भो तरै काम हुन्न ।
सबै काममा जात हेरिन्छ साथी ।।

 

Continue reading


बहरबद्ध गजल

Ram, Mani, Acharya, राममणि आचार्य, पल्लव

राममणि आचार्य

सियो जोड्न फाली कटाइन्छ गम्की ।
विनाकाम ब्यार्थै लगाइन्छ धम्की ।।

वडा बन्छ गा बी स उद्योग भै गो ।
विरोधी भए क्वै कराइन्छ बम्की ।।

यहा भ्रष्टचारी त नामै हरायो ।
लु गंगा जलैले नुहाइन्छ छम्की ।।

 

Continue reading