गजल

Chhiring, Sherpa, Abiral, छिरिङ शेर्पा अविरल, pallawa, पल्लव

छिरिङ शेर्पा अविरल

मेरो हार भित्र उसैको जीत लिएर
समाचार भित्र उसैको हित लिएर

के गर्छौ र तिमी एक्लै खुशी भएर
रहर भित्र उसैको तजबिज लिएर

समय पल भित्र खुशीको अनुभुती
मेरै शहर भित्र उसैको गीत लिएर

 

Continue reading


गजल

KP, Aviral, Abiral, के पी अविरल, pallawa, पल्लव

के पी अविरल

कोही हासेँ कोही रमाए, छुटेको देख्दा
मन्दिरजस्तो घरबार यहाँ, टुटेको देख्दा

घर भाड्ने आइमाई नै हो, जस्तो लाग्छ
बिहेपछि मात्र भाईभाई, फुटेको देख्दा

कुन चै नाता सम्बन्धलाई,विश्वास गर्नु
बाउले छोरीको अस्मिता, लुटेको देख्दा

 

Continue reading


शाश्वत काव्य महोत्सवमा स्थानिय साहित्यकारहरूलाई उपेक्षा

arjun, abiral, अर्जुन अविरल, pallawa, पल्लव

अर्जुन अविरल

शाश्वत धाम दुम्कौली , नवलपुरमा सञ्चालित काव्य महोत्सवमा नवलपुर र चितवनका राष्ट्रिय स्तरका कविहरूलाई उपेक्षा गरिएको छ । चितवन र नवलपुरका राष्ट्रिय स्तरमा चिनिएका साहित्यकारहरूलाई खबर नगरिएको र उपस्थित भएका चितवन र नवलपुरका राष्ट्रिय स्तरमा चिनिएका कविहरूलाई उपेक्षा गरिएको पनि भेटिएको छ । काव्य महोत्सव फाल्गुण १२ र १३ मा भनिए पनि नवलपुरका साहित्यकारलाई भने १३ गते मात्रै खबर गरिएको थियो । विभिन्न जिल्लाको भनिए पनि राजधानी काठमाण्डौंसँग जोडिएका केही कवि र सिमित व्यक्तिहरूको चिनजानलाई मात्रै बोलाईएको आरोप चितवन र नवलपुरका कविहरूले लगाएका छन् ।

 

Continue reading


मनै शुन्य बनायो . . . . .

Chhiring, Sherpa, Abiral, छिरिङ शेर्पा अविरल, pallawa, पल्लव

छिरिङ शेर्पा अविरल

अनायास आज उनले नजर मिलाएर
मनै शुन्य बनायो कसैको याद दिलाएर

एक्लो थिए खुशीहरू बटुलेर जिउदै थिए
आश हरू सङ्गालेर पिडाहरू पिउदै थिए
हावाका झोक्का सङ्गै शितल दिलाएर
मनमा माया जगाई दियो नजर मिलाएर ।

 

Continue reading


धनको भरी मनको चै खाली . . . . .

Chhiring, Sherpa, Abiral, छिरिङ शेर्पा अविरल, pallawa, पल्लव

छिरिङ शेर्पा अविरल

आप्नो भन्ने सबै यहाँ जाली भए पछि ।
धनको भरी मनको चै खाली भए पछि ।

मनको पिडा ब्यथा एकाअर्कामा बाडन सके
कति सुन्दर हुन्थ्यो जीवन खुशी साटन सके
बाचुन्जेल सबै धनको मात्रै माली भए पछि ।
ठिक्क पार्नु किन मनको जाली भए पछि ।

 

Continue reading


फर्की आउ परदेशी

Chhiring, Sherpa, Abiral, छिरिङ शेर्पा अविरल, pallawa, पल्लव

छिरिङ शेर्पा अविरल

गाउँ बस्तीहरू पर्खिरहेछ्न फर्की आउ परदेशी ।
गाउँ बस्तीहरू चर्किरहेछ्न फर्की आउ परदेशी ।

भुकम्पले चर्किएका भित्ताहरु कहिले हो पोत्ने ?
चिरा चिरा चर्किएका गराहरु कहिले हो जोत्ने ?
पुर्खाको चिनारी आफै पोतौ फर्की आउ परदेशी ।
बारीको पाटा पनि आफै जोतौ फर्की आउ परदेशी ।

 

Continue reading


के पी अविरलका जोर गजल

KP, Aviral, Abiral, के पी अविरल, pallawa, पल्लव

के पी अविरल

गजल– १,
कामैकामको तलासमा बित्छ दिन परदेशमा
मात्र पैसाको आशमा बित्छ दिन परदेशमा

मरभूमीको चर्को घाम त्यो तातो हावासँगै
यो खुल्ला आकाशमा बित्छ दिन परदेशमा

सञ्चो बिसञ्चो घामपानी यहाँ केही नभनी
हजारौँ मजदुर मासमा बित्छ दिन परदेशमा

 

Continue reading


सपनाको खोजी सङ्गै

Chhiring, Sherpa, Abiral, छिरिङ शेर्पा अविरल, pallawa, पल्लव

छिरिङ शेर्पा अविरल

शहर माथी मडरिएका
तुवाँलो भित्र पनि कतै
सपनाहरू लुकिए झै लाग्छ ।
खोज्दै ती सपनाहरू
बितेका छन समय
पल पल सङ्गै
घण्टा घरको घडीको सुई घुमिरहे सङ्गै
साझ बिहानको
हरेक आवश्यकताहरुमा
पोखिन्छ पिडाहरु
यसै भित्र समाहित छन –

 

Continue reading


गजल

Ramesh, Lamichhane, Abiral, रमेश लामिछाने ‘अविरल’, pallawa, पल्लव

रमेश लामिछाने ‘अविरल’

बिस्तार बिस्तार म अचम्मै जड भएछु
उस्को प्रभाव हो सायद गडबड भएछु

जिम्मेवारी हैन मैले उस्कै भारी बोकेँ
म त उस्को भारी खेप्ने खच्चड भएछु

सपथ मात्र खाइयो यता सेवा उतैको
देशको कथा नबुझ्ने म अनपड भएछु (अनपढ)

 

Continue reading


छिरिङ शेर्पा अविरलको यौटा गीत

Chhiring, Sherpa, Abiral, छिरिङ शेर्पा अविरल, pallawa, पल्लव

छिरिङ शेर्पा अविरल

मलाई पनि भन्नू सानू टाढा हुँदैछौ भने
पराई शहर पुगी कतै सम्झी रुँदैछौ भने ।

तिम्रो मेरो सम्बन्धको शहर कति टाढा भयो
यादमा कति रुन्छ मन माया कति गाढा भयो
मलाई पनि भन्नू सानू अन्तै फुल्दैछौ भने
रङ्गीन त्यो दुनियाँमा मलाई भुल्दैछौ भने ।

 

Continue reading


गजल

Chhiring, Sherpa, Abiral, छिरिङ शेर्पा अविरल, pallawa, पल्लव

छिरिङ शेर्पा अविरल

जिन्दगीका किताब भित्र सपनाका शब्दहरू
छाती भरी कुदिएर लेखु लेखु लाग्यो मलाई ।

सपनाका गीतमा सधै गुन्जिरहने शब्दहरू
मन भरी बुनिएर देखु देखु लाग्यो मलाई ।

मन भरी सल्बलाउदै बिलाई जाने रहरहरू
पधेरीमा तिर्खा बनी मेटु मेटु लाग्यो मलाई ।

 

Continue reading


गजल

Krishna, Abiral, Adhikari,कृष्ण अविरल अधिकारी, pallawa, पल्लव

कृष्ण अविरल अधिकारी

तिम्रै यादमा,बाँच्नु छ आज।
मुठी सासले,हाँस्नु छ आज॥

म रुँदै गर्दा,दुनियाँ हाँस्छ।
तिम्रै मायामा,नाँच्नु छ आज॥

अँधेरो देख्छु,पुर्णिमा रात।
ज्योती मेरो यो,साँच्नु छ आज॥

 

Continue reading


गजल

Krishna, Abiral, कृष्ण अबिरल, pallawa, पल्लव

कृष्ण अबिरल

झुपडिमा चुलो म ,बाल्ने सोचिराछु।
सारा दुख पिर ,पखाल्ने सोचिराछु॥

केहि बर्ष बिदेश जान देउ मेरि आमा।
फाटेको तिम्रो चोलि ,टाल्ने सोचिराछु॥

सोच यस्तो लिएर अगि बढनेछु अब।
अन्तिरक्षमा बस्ति ,बसाल्ने सोचिराछु॥

 

Continue reading


गजल

Krishna, Abiral, Adhikari, कृष्ण अविरल अधिकारी,pallawa, पल्लव

कृष्ण अविरल अधिकारी,

एउटा मान्छे आएर गयो।
धर्ती उज्यालो छाएर गयो॥

पृथ्वीको भार नभई किन।
उपहार नै पाएर गयो॥

काम उसको महान भयो।
गुण नै ठुलो लाएर गयो॥

 

Continue reading


गजल

Krishna, Abiral, कृष्ण अबिरल, pallawa, पल्लव

कृष्ण अबिरल

झुपडिमा चुलो म ,बाल्ने सोचिराछु।
सारा दुख पिर ,पखाल्ने सोचिराछु॥

केहि बर्ष बिदेश जान देउ मेरि आमा।
फाटेको तिम्रो चोलि ,टाल्ने सोचिराछु॥

सोच यस्तो लिएर अगि बढनेछु अब।
अन्तिरक्षमा बस्ति ,बसाल्ने सोचिराछु॥

 

Continue reading


छिटो

Raj, Abiral, Yatri, Giri, राज अबिरल यात्री, pallawa

राज अबिरल यात्री

मेनुकाको बिहेमा पदमकाकाको घरमा बिहेको अघिल्लै दिनबाट रमाईलो थियो । भोलि छोरी गैहाल्छे भनेर अामा फुपु, छेमाहरुको नाचगान बिहान मात्र सकियो । दिदी गैहाल्छे भनेर गाउँका भाई बहिनीको नाच धुमधाम चलिरहेको थियो । मेनुकाका संगै पढेका संगीहरु उसलाई श्रृङ्गार्नमा ब्यस्त ।
“जन्ती गाग्रे भन्ज्याङ अाई पुग्यो रे” मेनुकाको काका प्रकाश कराए ।
“लु बेहुली छिटो ठिक पार त” मेनुकाको फुपु शान्ति कराईन ।
फेरि नाच गान त उत्तिकै छ, साथी गैहाल्छे भनेर उसका छिमेकका संगिनीहरु पनि नाच्न थाले ।
जन्ति अाईपुगे, बेहुलालाई स्वयंवरमा उभ्याईयो ।
“लु बेहुली निकाल त दियो कलश समाउने केटीहरु त नाच्दै पो रैछ ” – मेनुकाकी छेमा कराईन ।

 

Continue reading